काठमाडौं- अविश्वास प्रस्ताव या राजस्व तथा कर उठाउने विधेयकमध्ये कुन पहिला छलफल गर्ने भन्ने विवाद टुंगो नलाग्दा बिहीबार व्यवस्थापिका संसद्को बैठक बस्न सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पेस भएसँगै कुन विषयमा पहिला छलफल गर्ने भन्नेबारे सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढेपछि साताअघि संसद् बैठक स्थगित गरिएको थियो। यस अवधिमा उक्त विषयलाई टुंगोमा पुर्याउन सत्ता र प्रतिपक्षका नेताबीच पटकपटक छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको थिएन।
संसद् बैठक बोलाइएको मितिसम्म अविश्वास प्रस्ताव या दुई विधेयकमध्ये कुन पहिला छलफल गर्ने भन्ने विषयमा विवाद कायमै रहेपछि बिहीबार दुईपटक शीर्षस्थ नेताको बैठक बस्यो। दुईपटक गरेर करिब चार घन्टा छलफलमा बसे। तर, कुनै निष्कर्ष निकाल्न सकेनन्। दिनहु“ नया“–नया“ राजनीतिक समस्या थपिँदै गएका छन्।
संसद् बस्ने तय गरिएको समयअघि दुई घन्टा र दिउँसो दुई बजे प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएका छलफलले कुनै निष्कर्ष निकाल्न नसकेपछि अन्ततः संसद्को बैठक सुरु हुनै सकेन।
छलफलमा उनीहरू आ–आफ्नै अडानमा रहँदा कुनै निष्कर्ष निस्कन नसकेको हो। समस्या समाधानको उपाय फेला पर्नुको साटो नेताहरूले उल्टै एकपछि अर्को माग थपेपछि अविश्वास प्रस्ताव या राजस्व तथा कर उठाउनेमध्ये कुन छलफल पहिला भन्ने विवाद झनै बढेको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्रीले अविश्वास प्रस्ताव सामना गरेर मात्र समस्याको निकास ननिस्कने भएकाले पहिला संविधान संशोधन गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। तर, कांग्रेस–माओवादीका नेताहरूले भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, नभए अविश्वास प्रस्ताव सामना गर्नुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीले भने मुलुकमा संक्रमणकालीन अवस्थामा नयाँ प्रधानमन्त्रीको चयनबारे संविधान मौन रहेकाले संविधानको संशोधन गर्नुपर्ने शीर्षस्थ नेताको बैठकमा धारणा राखेका थिए। जबर्जस्ती अविश्वास प्रस्तावको छलफल अघि बढाइए प्रतिकार गर्ने चेतावनी सत्ताधारी दलले दिएपछि सहमतिबाटै समस्या समाधान गर्न सभामुखले शीर्ष नेताबीच छलफल गराएकी हुन्।
प्रधानमन्त्री ओली पहिलेदेखि नै संसद्को कार्यसूचीमा रहेका दुई विधेयकलाई पहिला छलफलमा ल्याएर पारित गराउने पक्षमा छन्। कांग्रेस–माओवादीका नेताहरू पारित हुन बाँकी दुई विधेयकलाई छलफलमा ल्याएर पारित गर्न दिने हो भने ओली सरकारको बहुमत देखिनसक्ने भयले नयाँ सरकार गठनपछि मात्र ती विधेयक पारित गर्नुपर्ने पक्षमा छन्।
कांग्रेस–माओवादी गबठन्धनका नेताहरू प्रधानमन्त्री ओली विभिन्न बहानामा जसरी हुन्छ सत्ता लम्ब्याउने प्रयासमा रहेको बताउँछन्। माओवादी नेता कृष्णबहादुर महराले सहज निकासका लागि बिहीबार शीर्षस्थ नेताको छलफल राखिएको बताए। बिहीबार कुनै निकास निकाल्न नसकेका शीर्षस्थ नेताको बैठक विवादित विषयलाई टुंगो लगाउन पुनः शुक्रबार बस्ने तय गरिएको छ। सभामुख ओनसरी घर्तीले शुक्रबार दिउँसो विवादित विषय टुंगोमा पुगे पनि या नपुगे पनि संसद् बैठक सुचारु हुने बताइन्।
रमिते सांसद
कांग्रेस संसदीय दल बैठकसमेत भ्याउनेगरी नयाँ बानेश्वरस्थित व्यवस्थपिका संसद्मा ८ बजे छिरेका सांसद बादशाह कुर्मीलाई बिहीबार निकै उकुसमुकुस भयो। संसदीय दलको बैठक सकेर संसद् बैठकमा सहभागी हुने तयारीका साथ संसद् भवन छिरेका कुर्मीलाई बैठक नै सुरु नभएपछि समय व्यतित गर्न निकै कठिन भएको हो। 'संसद् बैठक सुरु होला भन्दै भवन वरिपरि गर्दागर्दै चार बज्यो,' उनले भने, 'चिया पनि कति खानु! कुरा पनि कति गर्नु!'
अविश्वास प्रस्तावमा भाग लिने अठोटका साथ संसद् छिरेका अधिकांश सांसदको हालत कुर्मीको जस्तै थियो। संसद् भवन छाडेर जानसक्ने सम्भावना पनि थिएन। भवन कुरेर बस्दा उनीहरूसँग कुनै काम थिएन। एक सांसद भन्दै थिए, 'संसद्मा कुनै ठूलो विषयले प्रवेश पाउनै नहुने भयो। यस्ता विषयमा सांसदको भूमिका हुनु त कता हो कता, उल्टै सांसद पीडित हुने क्रम नरोकिने भयो।' कुनै विषयमा दलहरूबीच विवाद भयो भने समाधान गर्न शीर्षस्थ नेताबीच छलफल हुने र त्यस्ता छलफलमा मध्यमखाले नेता, सांसदलाई सहभागी नगराइने गरेका कारण धेरैले त्यसलाई अपमानको रूपमा लिने गरेका छन्।
'कुनै पनि विषयलाई टुंग्याउन हरेक सांसदको सहभागिता होस् भन्ने चाहन्छौैं,' ती सांसदले भने, 'तर दलका ठूला नेताले सांसदलाई मनपरी गर्ने क्रम अझै कायमै रहेको बिहीबार पनि देखियो।' शीर्षस्थ नेताले सांसद भनेका जनताका प्रतिनिधि हुन् भन्ने कुरा बिर्सेको गुनासो उनीहरू गर्छन्। कांग्रेस नेता तथा सांसद भरतबहादुर खड्का समस्याको कुनै निकास निस्केला कि भनेर सांसदहरू संयम भइरहेको बताउँछन्। 'हतारमा भन्दा समझदारीमा निर्णय गर्दा राम्रो हुन्छ,' उनले भने, 'यतिखेर संविधान कार्यान्वयनका लागि पनि सबैको सहमति आवश्यक छ।'
संसद् बैठक सुरु नहुँदा अलमलमा परेका कतिपय सांसद सञ्चारकर्मीलाई शीर्षस्थ नेताको कुरा मिले/नमिलेको बारे सोधिरहेका थिए भने कतिपय सांसद शीर्षस्थ नेताप्रति गुनासो गरिरहेका थिए।