‘सेवाप्रवाहमा विलम्ब गरे कारबाही’
२० पौष २०७९
•
२ मिनेट पाठ
‘सेवाप्रवाहमा विलम्ब गरे कारबाही’
प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले दिने सार्वजनिक सेवालाई चुस्त र भरपर्दो बनाउन सचिवहरूलाई निर्देशन दिएका छन्। तेस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका दाहालले मंगलबार सचिवहरूलाई निर्देशन दिँदै एकले अर्कोलाई देखाएर कमजोरीबाट उम्कन कसैलाई पनि छुट नभएको बताएका हुन्।  

निर्देशनका क्रममा प्रधानमन्त्री दाहालले राहदानी लिन, राष्ट्रिय परिचयपत्र बनाउन, सवारी लाइसेन्स लिन, शिक्षा मन्त्रालयबाट प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट लिन, सरकारी अस्पतालमा उपचार गराउन, मालपोत, नापी, करदस्तुर बुझाउन सेवाग्राहीले अहिलेजस्तै एक महिनापछि पनि लाइनमा बस्नुपर्न अवस्था आए सम्बन्धित अधिकारी कारबाहीमा पर्ने बताए। उनले सचिवहरूलाई सुशासनसम्बन्धी ३० बुँदे निर्देशन दिएका छन्।  

प्रधानमन्त्री दाहालले ठूला आयोजनामा विनियोजन भएको बजेट, हालसम्मको खर्च तथा भौतिक प्रगति विवरण र विकास आयोजनालाई तीव्रता दिने उपायसहितका योजना तत्काल तयार गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन्। चुनावका क्रममा प्रधानमन्त्री भएर मुलुकमा सुशासन, विकास र समृद्धिको नेतृत्व गर्ने रहर भएको बताएका दाहालले सिंहदरबारमा पुगेपछि प्रशासनिक कार्यालयमा सचिवहरूलाई सुशासन कायम गर्न निर्देशन दिएका हुन्।  

‘म प्रमुख कार्यकारी भूमिकामा तेस्रोपटक र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रोपटक तपाईंहरूसमक्ष उपस्थित भएको छु। अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संघीय सरकार गठन भएको छ। अहिले तपाईंहरूकै भरमा मैले धेरै मन्त्रालयका काम गर्नुपर्ने भएको छ। यो जिम्मेवारी तपाईंहरूबाट पूरा हुने विश्वास लिएको छु,’ दाहालले निर्देशनका क्रममा भने।  

उनले चालु आर्थिक वर्षको करिब आधाआधी समय व्यतीत भइसक्दा पुस १५ सम्म राजस्व वार्षिक लक्ष्यको करिब २५ प्रतिशत मात्र संकलन भएकोमा चिन्ता व्यक्त गरे। ‘अनुदानसहितको स्रोत करिब २७ प्रतिशत संकलन भएको र यो अवधिमा कुल खर्च करिब २८ प्रतिशत मात्र भएकाले संकलित आयस्रोतभन्दा बढी खर्च भएको देखियो। चालु खर्च करिब ३३ प्रतिशत र पूँजीगत खर्च करिब ११ प्रतिशत मात्र भएको छ। वैदेशिक अनुदान ५५ अर्ब प्राप्त हुने वार्षिक लक्ष्य रहेकोमा पुस १५ सम्म ३ अर्ब ४२ करोड (करिब ६ प्रतिशत) मात्र प्राप्त भएको छ,’ उनले भने।  

प्रधानमन्त्री दाहालले संघीयता लागु भएपछि घरदैलोमा सहज सेवा पाउने जनअपेक्षा पुरा नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे।  

प्रधानमन्त्री दाहालले मन्त्रालय र विभागमा बिनाकामका कर्मचारी थुप्रो लाग्ने तर जनतालाई आधारभूत सेवा दिने पालिका तहमा जनशक्ति अभाव भइ जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्नेमा जोड दिएका थिए। ‘प्रदेश तथा स्थानीय तहमा करिब एकतिहाइ कर्मचारी दरबन्दी रिक्त हुँदा सेवाप्रवाह र विकास निर्माणमा असर परेको छ । संघीय निकायका अनावश्यक दरबन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा तत्काल जनशक्ति आपूर्ति गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागोस्,’ उनले भने, ‘संघीय निजामती ऐन संसद्मा पेस गर्नेगरी तयारी पनि गर्नुहोस्।’
अर्को समाचार
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
१४ मिनेट अघि
•
१ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र पार्टी कठिन परिस्थितिमा रहेका बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको टिप्पणी गरे।

आइतबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै देउवा समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले आधिकारिकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरे।

‘शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो। यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्,’ उनले भने, ‘मुलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ।’
गोप्य सूचना चुहाए बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने
समाज
Clock ६ सेकेन्ड अघि | ० मिनेट पाठ
गोप्य सूचना चुहाए बहालवाला र पूर्वप्रहरीमाथि कारबाही हुने
नेपाल प्रहरी प्रधान कार्यालयले फौजदारी अपराधको अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा चुहावट गर्ने बहालवाला तथा पूर्वप्रहरी कर्मचा...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
यो पनि पढौँ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस