गठबन्धनको रिले अनशनबाट १८ लाख आम्दानी
०३ साउन २०७३
•
५ मिनेट पाठ
गठबन्धनको रिले अनशनबाट १८ लाख आम्दानी
काठमाडौं–नयाँ संविधानप्रति बिमति जनाउँदै खुल्लामञ्चमा अनसन बसेको संघीय गठबन्धनले १८ लाख चन्दा संकलन गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको उक्त गठबन्धनले ३९ दिनसम्म रिले अनसन गर्दा उक्त रकम बराबरको रकम संकलन गरेको हो। सोही संकलित रकम उक्त अनसन अवधि भरमा खर्च गरिएको थियो।




‘ गठबन्धनमा आबद्ध ४२ सांसदबाट दश लाख ५० हजार र बाँकी २५ हजारका दरले अन्य दलबाटचन्दा संकलन गरिएको थियो’, तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले नागरिकन्युजसँग भने। उनका अनुसार यसरी उठाइएको रकमले नै ३९ औं दिनसम्म अनसनमा खर्च गरिएको हो।

अनसनमा बसेको उक्त गठबन्धनमा २९ दल आवद्ध रहँदै आएका छन्। जसअनुसार ७ लाख २५ हजार रुपैयाँ दलीय आधारमा संकलित भएको थियो भने गठबन्धनमा आवद्ध रहेका दलका ४२ जना सांसदवाट १० लाख ५० हजार रुपैयाँ संकलन गर्ने कार्यक्रम तय भएको थियो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले सांसद हुने पार्टीलाई भने दोहोरो रकम संकलन गर्नु पर्ने अवस्था रहेको थियो । ‘ब्यवस्थापिका सांसद नरहेका पार्टीले २५ हजार मात्रै दिए पुग्थ्यो भने सांसद रहेका पार्टीले चाँही पार्टी र सांसद दुवैले २५–२५ हजारका दरले दिनुपर्ने गरी उक्त रकम संकलन गरिएको हो,’ प्रवक्ता झाले नागरिकसँग भने ।

उनका अनुसार उक्त संकलित रकम मध्ये टेन्ट, पाल, कुर्सी, माइक, सुरक्षालगायत अनसनस्थलमा आइपर्ने अन्य आवाश्यकीय कार्यमा खर्च गरिएको छ । उक्त संकलित रकम खर्च गर्नका लागि संघीय समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राई, तमसपा बरिष्ठ नेता रामनरेश राय र थरुहट तराई पार्टीका भानु चौधरीको हस्ताक्षर हुने गरी चेकबुक उपलब्ध गराइएको थियो ।

उक्त रिले अनसनमा ३९ दिनसम्म बस्दा करिव ८ लाख ५० हजार खर्च भएको सो अनसनको ब्यवस्थापनको जिम्मेवारीसमेत पाएका रामसपाका प्रवक्ता झाले भने । ‘अनसन अवधिभर ८ लाख ५० हजार जति खर्च भएको छ, हिसाब गर्दैछौं,’ झाले भने । उनका अनुसार उक्त अनसनमा ऐक्यवद्धता जनाउन आएका अन्य सहयोगी र सरोकारवाला संस्थाले पनि आर्थिक र भौतिक सहयोग गरेका छन् ।

तर, उक्त अनसनस्थलको लागि प्रत्येक पार्टी र प्रत्येक सांसदले २५–२५ हजार दिने सहमति गरे पनि राजेन्द्र महत्तो नेतृत्वको सदभावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिकले भने अझै पनि रकम उपलब्ध गराएका छैनन्। गठबन्धनको बैठकको निर्णायानुसार दिनु पर्ने महतो सदभावनाको हकमा पार्टी र ४ सांसदको १ लाख २५ हजार, झाले पार्टी र १ सांसदको ५० हजार र यादवको पार्टी र सांसदको गरी ५० हजार रकम बुझाउनु पर्नेमा अझै बुझाएका छैनन, स्रोतले भन्यो ।

‘अरु पार्टीको आम्दानीको विभिन्न स्रोतहरु रहेका छन तर हाम्रो पार्टीको आम्दानीको स्रोत छैन, कसरी रकम दिनु ?’ झाले भने । अनसनस्थलको खर्चका लागि रकम दिने प्रतिवद्धता जनाए पनि तत्काल दिन नसकिएको र उपयुक्त समयमा सो रकम दिइने झाले जनाएका छन् ।

यता, उक्त अनसनस्थल अवधिभर खुल्लामञ्च नपुगेका सदभावना अध्यक्ष महतो र तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुर मध्ये ठाकुरले भने रकम उपलब्ध गराइसकेका छन्। गठबन्धनप्रति असन्तुष्ट महतो र झाले भने पछिल्लो दुई हप्तादेखि अनसनस्थलमा प्रतिनिधि पनि पठाउन छाडेका थिए।

अनसनको ३९ औं दिन अर्थात अन्तिम ‘भावी प्रधानमन्त्री’ तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेर ऐक्यवद्धता जनाएका थिए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस