डा. केसीको समर्थनमा हजारौं सडकमा
०२ साउन २०७३
•
१२ मिनेट पाठ
डा. केसीको समर्थनमा हजारौं सडकमा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्नेलगायत चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर सात दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको समर्थनमा सर्वसाधारण तथा विद्यार्थी सडकमा ओर्लिएका छन्।

डा. केसीको अनशनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार हजारांै सर्वसाधारण सडकमा ओर्लिए। अनशनको सातौं दिनसम्म महाभियोगका लागि संसद् र सरकारले कुनै पहल नगरेपछि दबाबका लागि अभियानले शनिबार बिहान र्‍याली निकालेको हो। बिहान ११ बजे माइतीघरमण्डलामा विभिन्न प्लेकार्ड, ब्यानर बोकेर उपस्थित डाक्टर, नर्स र चिकित्साशास्त्रका विद्यार्थीलाई ठूलो संख्याका सर्वसाधारणले साथ दिए।

माइतीघरमण्डलाबाट सुरु भएको र्‍याली बानेश्वर पुगेर टुंगिएको थियो। माइतीघर र बानेश्वर दुवै क्षेत्रमा प्रहरीले तार लगाएर रोकेको थियो। चिकित्सा शिक्षामा भएका विकृतिविरुद्ध लामो समयदेखि लड्दै आएका केसीले उठाएका विषयलाई युवा सहभागीले 'आकर्षक नारा र प्लेकार्ड' बनाएर प्रदर्शन गरेका थिए।

डा. केसीले यसपटक पत्रकार सम्मेलनमार्फत अनशन घोषणा गरेलगत्तै अख्तियारले विज्ञप्ति जारी गरेर उनलाई 'पागल' संज्ञा दिँदै उपचारका लागि सरकारसँग माग राखेको थियो। अख्तियारको यो कदमपछि डा. केसीका समर्थकले सामाजिक सञ्जालमा 'डा. केसी पागल भए म पनि पागल' भन्ने अभियानै थालेका थिए। शनिबारको प्रदर्शनमा सहभागी युवा पनि अख्तियारविरुद्ध बढी आक्रामक देखिन्थे। 'डा. केसी पागल भए, हामी सबै पागल' भन्ने नारासहित अधिकांश सहभागीले 'अख्तियारको घडीमा लोकमानको ब्याट्री' लेखिएको 'प्ले कार्ड' बोकेका थिए।

र्‍यालीमा सहभागी हुन आएका विवेकशील नेपाली अभियानका सदस्यले 'भ्रष्टाचार अन्त्य गर्ने कि भ्रष्टाचारविरुद्ध बोल्नेलाई अन्त्य गर्ने?', 'भ्रष्ट्र माफियाहरु होसियार' लगायत लेखिएका ब्यानर बोकेका थिए। अनेरास्वावियु क्रान्तिकारी, अन्तरतम परिषद्जस्ता संस्थाले संस्थागत व्यानरसहित र्‍यालीमा सहभागिता जनाएका थिए।

आइओएममा विभिन्न तहमा अध्ययनरत चिकित्सक एवं चिकित्सा शिक्षाका विद्यार्थीले भने 'केसीको अनशन, माफियालाई टेन्सन', 'माफियाको मिसन, सिटामोलमा कमिसन', 'चिकित्सा शिक्षामा सुधार सम्पूर्ण नेपालीको स्वास्थ्य आधार' जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले स्वास्थ्य सेवा र चिकित्सा शिक्षासम्म रहेको पहुँचको खाडल झल्किने विभिन्न तथ्यसहितका प्लेकार्ड बोकेका थिए।

प्रदर्शनमा सहभागीले डा. केसीको स्केचसहितको मास्कलगायतका साथै अनुहारमा 'आई एम विथ डा. केसी' समेत लेखेका थिए। उनीहरुले सडकमै बिरामी जाँचेर सांकेतिक रुपमा केसीका पक्षमा आवाज उचाले।

प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। र्‍याली तयारीमा सहभागीका अनुसार कार्यक्रममा सहभागी नहुन वरिष्ठ चिकित्सकहरुलाई चेतावनी दिइएको थियो। अनशनमा नसघाउन सुरुमै जिल्ला प्रशासन कार्यालयबाट पत्राचार गरिएकामा आइओएम प्रशासनले समेत सोही चेतावनीसहित सूचना जारी गरेको थियो। त्यसयता टिचिङका चिकित्सक डा. केसीलाई उपचार गर्नसमेत डराइरहेका छन्। डा. केसीलाई सघाउनेलाई छानीछानी धम्की दिने काम भइरहेको चिकित्सक बताउँछन्।

थुप्रै वरिष्ठ चिकित्सकले आफूहरुलाई र्‍यालीमा आउन मन भए पनि कारबाहीको धम्की आएकाले आउन नसक्ने बताएका थिए। र्‍यालीलाई सम्बोधनकर्ताले समेकत त्यसको संकेत गरेका थिए।

उपस्थित समुदायलाई सम्बोधन गर्दै वरिष्ठ चिकित्सक डा. सरोज धितालले डा. केसीलाई सम्यक् महाअभियन्ताको संज्ञा दिँदै सो बाटोमा ऐक्यबद्धताका लागि अझै बलियोसँग एकअर्कालाई अँगालो मारे अगाडि बढ्न आह्वान गरे। धितालले 'डा. केसीले अस्पतालमा ओछ्यानसमेत नपाउँदा पनि प्रिया युवा मित्रहरुको सहयोगमा थोत्रो ओछ्यानमा सुतेर' अभियान जारी राखेको बताए। उनले भने, 'मेरा मित्र गोविन्द केसी आज अनशन गरिरहनुभएको छ, हामीले आवाज उठाउँदा आतंककारी भनिरहेका छन्, जेलमा पुर्‍याउँछौं भनिरहेका छन्,' डा. धितालले थपे, 'त्यति बुद्धि पुर्‍याए भने,यो देशको भलो हुन्छ, हेरिराख कति हजारलाई पुर्‍याउँछौ?'

उनले डा. केसीको अभियानलाई सानो झिल्कोको संज्ञा दिँदै सानो झिल्को ठूलो जंगल डढाउनेजस्तै गरी यो अभियान फैलिने चेतावनीसमेत दिए। 'कुनै दिन यो क्रिटिकल मास विस्फोट हुनेछ, त्यो विस्फोटले कसकसलाई कहाँ पुर्‍याउनेछ,' उनले भने, 'सानो जमात भए पनि रेडियो एक्टिभ विकीरणजस्तै फैलिनेछ।'

उनले अभियानले क्रिटिकल मासलाई छोएपछि जन्मिने फोर्सले नयाँ नेपाल जन्माउने पनि बताए। 'यो विस्फोटका लागि कुनै बन्दुक बोक्न पर्दैन, मेरा प्रिय मित्रले सम्यक् महाअभियानको बाटो देखाइरहेका छन्।'

डा. केसीका सहयोगी डा. जीवन क्षत्रीले देशको शिक्षा र स्वास्थ्यमा विशुद्ध व्यापारीकरण मौलाइरहेको बताए। उनले अहिले चिकित्सा शिक्षामा विकृतिविरुद्ध गुणस्तर कायम गर्ने बाटोमा रहेको समेत बताए। हामीले यो विकृति–विसंगतिविरुद्ध र चिकित्सा शिक्षामा गुणस्तर कायम गर्न यो बाटो लिएका हौं,' क्षत्रीले  भने, 'यो  अभियान गुणस्तरीय शिक्षा पैसा भएकाले मात्रै लिन पाउने भन्ने प्रश्नमा आधारित हो।'

क्षत्रीले राज्यको संवैधानिक निकायमा बसेर अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकले संस्थागत सुधारलाई रोकिरहेको भन्दै अहिले अचाक्ली भएपछि प्रमाण जुटाएर आन्दोलन छेडिएको बताए।

'सरकारले ३५ लाख शुल्क तोक्यो, उनीहरु १०/१० लाख बढी शुल्क उठाइरहेका छन्,' उनले भने, 'एउटा ज्ञानेन्द्र फालेर अर्को ज्ञानेन्द्र ल्याउन (जनताले) लोकतन्त्र ल्याएको होइन।'

उनले नेपाल क्युबा र उत्तर कोरियातिर लम्केको संकेत गर्दै अहिले डा. केसीप्रति सद्भाव राख्ने चिकित्सकको फोन र एसएमएस ट्याप गरेर पञ्चायतको दोस्रो 'भर्सन' अंगीकार गर्न खोजिएको आरोप लगाए।

डा. केसी पद्धति बसाल्न लागिपरेकाले यसमा सबैले नैतिक बल नदिए स्वास्थ्य क्षेत्र डुब्ने औंल्याए। उनले मार्टिन लुथर किङ र महात्मा गान्धीसँग डा. केसीको तुलना गर्दै डा. केसीले अभियान सफल हुन्छ कि हुन्न भनेर नथालेको भन्दै यो अभियान सफल भएर छाड्ने बताए।

'माग पूरा नभए चिकित्सक आन्दोलन'

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीले उठाएका माग तत्काल सम्बोधन नगरे चिकित्सक संघ बाध्य भएर कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा डा. केदारले डा. गोविन्द केसीको मागमा संघको पूर्ण ऐक्यबद्धता रहेको भन्दै संघ आन्दोलनमा आउनुपर्ने अवस्था आउन नदिन आग्रह गरे।

'हामी फलाम तातेपछि राम्रैसँग हान्छौं, हामीलाई राम्रो ज्ञान छ, कतिखेर के गर्नुपर्छ भनेर,' डा. केदारले भने। उनले कसैलाई पनि डाक्टरलाई पागल भन्ने अधिकार नभएको भन्दै डा. केसीको माग पूरा गर्न संसदीय आयोग गठन गर्नसमेत माग गरे।

डा. केदारले डा. केसीको स्वास्थ्य गम्भीर बन्दै गएको भन्दै खेलाँची नगर्न सरकारसँग आग्रह गरे। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनीकुमार झाले डा. केसीको अनशन स्वास्थ्य क्षेत्र सुधारका लागि भएको भन्दै त्यसको स्वागत गरे। उनले डा. केसी अनशनमा बस्नु हुँदैन भन्नेका पछाडि कुनै तर्क नरहेको पनि बताए।

उनले चिकित्सक संघले 'अख्तियार वा अन्य कुनै निकाय वा आइजी एआइजीविरुद्ध लागेर किन इनर्जी नष्ट गर्ने?' आफूहरुको लडाइँ  लडाइँ त नेपाल सरकारसँग हुने बताए। निजी मेडिकल कलेजका सञ्चालकको संस्थाका अध्यक्ष डा. भोला रिजालले मनमोहन अधिकारी नेपाल र नेपाली जनताका लागि सम्मानित व्यक्तित्व भएकाले उनको नाममा मनमोहन मेडिकल चिकित्सा विश्वविद्यालयको स्थापना गर्दा राम्रो हुने भन्दै विधेयकको बचाऊ गरे।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस