नागरिक अगुवाहरूले निकट भविष्यमा राष्ट्रपतिको पद रिक्त हुन लागेकाले नयाँ राष्ट्रपतिको नियुक्तिलाई राजनीतिक भागबन्डाको विषय नबनाउन दलहरूलाई आग्रह गरेका छन्।
विगतमा राष्ट्रपतिबाट नियुक्त हुने पदहरूमा सक्षम, विज्ञ तथा असंलग्न पृष्ठभूमि भएका व्यक्तित्व हुनुपर्नेमा अन्यथा भएको र यसले राष्ट्रपति पदको महत्व कमजोर हुन गएको उनीहरूले बताएका छन्। विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा रहेका ३४ जना नागरिक अगुवाहरूले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्। उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतालगायत केही विषयका सम्बन्धमा निर्वाह गरेको भूमिकालाई भने अपवादका रूपमा लिन सकिने बताएका छन्।
‘वर्तमान संविधान र यसको कपटपूर्ण प्रयोगले नेपाल र नेपालीको हितअनुकूल काम गर्न नसकेको देखिएकाले यसको भविष्य अनिश्चित देखिन्छ। तैपनि संविधानले दिएको मौका प्रयोग गरी कस्ता व्यक्ति राष्ट्राध्यक्ष पदमा आसीन हुनुपर्छ भन्ने आवाज उठाउन छाड्नु हुँदैन भन्ने हाम्रो धारणा छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको सुदूर भविष्यलाई ध्यानमा राखी काम गर्न, आम नागरिकलाई सतर्क गराउन र अभिभावकको भूमिका निर्वाह गर्न सक्षम व्यक्ति राष्ट्रपति हुनुपर्छ।’
विज्ञप्तिमा मुलुकको सर्वोच्च संवैधानिक पद धारण गरेको व्यक्ति दलविशेषको स्वार्थ संवद्र्धन गर्ने कार्यमा संलग्न हुन र बाह्य प्रभावमा पर्न नहुने उल्लेख गरिएको छ।