माओवादी केन्द्रको महाधिवेशन माघभित्रै
१४ असार २०७३
•
७ मिनेट पाठ
माओवादी केन्द्रको महाधिवेशन माघभित्रै
काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रले आगामी माघ महिनाभित्रै पार्टी महाधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित कार्यविधि बनाएको छ। विभिन्न १० साना माओवादी पार्टीबीच एकीकरण भएको एक महिनापछि संगठनात्मक र निर्वाचन कार्यविधि निर्माण गरेर केन्द्रले आगामी माघभित्र महाधिवेशन गर्ने लक्ष्य निर्धारण गरेको हो। कार्यविधिमा हाल महाधिवेशन आयोजक समितिमा रहेका सबै सदस्य तल्लो कमिटीबाटै निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ।

वर्षमान पुन नेतृत्वको समितिले उक्त दुई कार्यविधि बनाएको हो। 'समितिबाट दुवै कार्यविधि प्रस्तुत भएको छ, त्यसलाई पारित गरेर अविलम्ब कार्यान्वयनमा लैजान्छौं,' केन्द्रीय कार्यालयका मणि थापाले नागरिकसँग भने। उनका अनुसार माघ महिनाभित्रै महाधिवेशन सम्पन्न गर्नेगरी पार्टीका गतिबिधि बढ्नेछन्।

हाललाई १४ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाए पनि सबै नाम अझै टुंगो नलागेको उनको भनाइ छ। '१५ गतेभित्र नाम टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ,' उनले भने।

पुन नेतृत्वको समितिले पेस गरेको प्रतिवेदनअनुसार माघमा हुने भनिएको महाधिवेशनका लागि आयोजक समितिमा परेका सबैजसो सदस्य तलबाटै चुनिएर आउनुपर्ने व्यवस्था गरिएको छ। 'राष्ट्रिय महाधिवेशन आयोजक समति सदस्य तथा सल्लाहकार सदस्यहरू आ–आफ्नो कार्यक्षेत्रका जिल्ला वा आयोजक समितिले तोकेको जिल्लाबाट निर्वाचित भएर प्रतिनिधि हुनेछन्,' संगठनात्मक कार्यविधिमा उल्लेख छ।

माघमा हुने महाधिवेशनपछि भने माओवादी केन्द्रको केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुनेछ। 'राष्ट्रिय महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ, जसमा ५० प्रतिशत खुला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनको व्यवस्था रहनेछ,' कार्यविधिमा छ, 'केन्द्रीय समितिमा महिला सदस्यको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेछ।'

२०७३ भदौभित्रमा पार्टी सदस्यता नवीकरण गरिसक्ने र माघभित्र स्थानीय, जिल्ला र प्रदेशस्तरका समितिको निर्वाचन गर्ने केन्द्रले जनाएको छ। सबै तहको उम्मेदवार हुनका लागि योग्यता पनि कार्यविधिमा तय गरिएको छ। केन्द्रीय समितिको उम्मेदवारका लागि पार्टीमा १० वर्ष लगानी गरेको, प्रदेशका लागि ८ वर्ष, जिल्लाका लागि ६ वर्ष र गाउँ, वडा र नगरका लागि कम्तीमा ४ वर्ष लगानी गरेको हुनुपर्ने सर्त राखिएको छ।

माओवादीले संविधानसँग मेल खानेगरी चार तहको सांगठनिक संरचना बनाउने भएको छ। जसअनुसार गाउँ समिति ५१ सदस्यीय, जिल्ला समिति ७५ सदस्यीय र प्रदेश समिति ९९ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ। 'नगरमा ५१ जना, उपमहानगरमा ६५ जना र महानगरमा ७५ जनासम्मको समिति बनाउन सकिनेछ,' कार्यविधिमा भनिएको छ।

यसरी समिति बनाउँदा 'एकमा तीन' अर्थात युवा (४० वर्षसम्म) प्रौढ (६० वर्षसम्म) र वृद्ध (६० भन्दामाथि) अनुसार समिति बनाउनुपर्ने सर्त तेर्स्याइएको छ भने सबै सदस्यको हकमा मासिक लेबी १५ रुपैयाँ तोके पनि कर्मचारी र राजनीतिक नियुक्ति पाएका पार्टी सदस्यले भने महिनाको एक दिनको तलब पार्टीलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ। सांसद, मन्त्रीसहित केन्द्रीय तहको लेबीको हकमा केन्द्रीय कार्यालयले नै आवश्यक व्यवस्थापन गर्ने जनाएको छ।

नयाँ संविधानमा ११ वटा 'क्लस्टर' उल्लेख भए पनि माओवादी केन्द्रले भने महिला, आदिवासी जनजाति (थारुसमेत), दलित (पहाडी–मधेसी), मधेसी–मुस्लिम गरी चारवटा 'क्लस्टर' पनि छुट्याइएको छ। हरेक तहमा महिलालाई ३३ प्रतिशत कोटा सुनिश्चित गर्नुपर्ने जनाउँदै कार्यविधिमा भनिएको छ, 'कुनै क्षेत्रमा खस–आर्य समुदायको जनसंख्या १० प्रतिशतभन्दा कम रहेछ भने त्यस प्रकारको क्षेत्रमा समितिको ५ प्रतिशत सिट संख्या छुट्टयाई विशेष व्यवस्थाबाट प्रतिनिधित्व गराउनु पर्नेछ।' महाधिवेशनका लागि क, ख र ग सहित अपवादका जिल्ला गरी चार समूहमा विभाजन गरी खुला, विशेष र मनोनीत गरी तीन तहको निर्वाचन प्रणाली व्यवस्था गरिएको छ।

स्थानीयदेखि केन्द्रसम्मको निर्वाचन गराउनका लागि एकजना महिलासहित ३ देखि ७ सदस्यीय समिति बनाउनुपर्ने जनाएका छ। 'प्रस्तावक र समर्थक नहुनेले उम्मेदवारी दिन पाउने छैनन्,' निर्वाचन कार्यविधिमा भनिएको छ। कुनै पनि पदमा उम्मेदवारी दिनका लागि अनिवार्य रूपमा प्रतिनिधि चयन भएर आउनु पर्नेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस