तमलोपामा मुख्य पद मिलाउन सकस
१३ असार २०७३
•
५ मिनेट पाठ
तमलोपामा मुख्य पद मिलाउन सकस
काठमाडौं- महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। रामग्राम, नवलपरासीमा केन्द्रीय समितिलाई पूर्णता नै नदिई गत असार ८ गते प्रथम महाधिवेशन सम्पन्न भए पनि महामन्त्री र सहमहामन्त्री चयन गर्न नसक्दा केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन। यद्यपि उक्त महाधिवेशनले ठाकुरलाई भने अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो।

तीन दिनसम्म चलेको महाधिवेशनले केन्द्रीय समितिलाई पूर्णता दिन नसकेपछि अध्यक्ष ठाकुरलाई जिम्मेवारी दिइएको थियो। 'केन्द्रीय समितिलाई पूर्णता दिने प्रयास भइरहेको छ, कतिपयले जिम्मेवारी पाइसक्नुभएको छ, केही भने बाँकी छन्,' नेता बिपी यादवले नागरिकसँग भने, 'अध्यक्षले केही दिनमा त्यसलाई पूर्णता दिइसक्नु हुनेमा विश्वस्त छु।' उनका अनुसार त्यसका लागि अध्यक्ष ठाकुरले छलफल जारी राखेका छन्।

नयाँ विद्यानअनुसार महामन्त्री/सहमहामन्त्री पदमा अब २–२ जना निर्वाचित र १–१ जना मनोनीत सदस्य रहनेछन्। महामन्त्रीका लागि जितेन्द्र सोनल, बृजेशकुमार गुप्ता, विमल श्रीवास्तव, जंगीलाल रायलगायत आंकाक्षी देखापरेका छन् भने सहमहामन्त्रीका लागि सुरेश मण्डल, कृष्णा सिंह, जितेन्द्र सिंह, जयप्रकाश ठाकुर, महाजन यादव, अविराम शर्मा, पशुपतिदयाल मिश्र, राकेश मिश्र, उदय तिवारीलगायतले दाबी प्रस्तुत गर्दै आएका छन्। विधानअनुसार पद कम तर आंकाक्षी बढी भएपछि दुई महŒवपूर्ण पदमा जिम्मेवारी दिन नसकेको हो।

महाधिवेशनबाट पारित विधानअनुसार तमलोपाको केन्द्रीय समिति भने ७५ सदस्यीय हुनेछ, जो तराई–मधेसकेन्द्रित दलमध्ये सबैभन्दा सानो केन्द्रीय समिति हो। जसअनुसार ३३ जना खुला, २७ आरक्षण र १५ जनालाई मनोनीत गर्ने प्रावधान राखिएको निर्वाचन समिति प्रमुख नागेन्द्र यादवले बताए।

'महाधिवेशनस्थलमा महामन्त्री, सहमहामन्त्री र खुला केन्द्रीय सदस्यसहित महिला र मुस्लिम कोटामा बढी आंकाक्षी देखापरेको अवस्था थियो, त्यसलाई सहमतिमै टुंग्याउने भनेर त्यहाँबाट फर्केका हौं,' यादवले नागरिकसँग भने। उनका अनुसार रामग्रामका आंकाक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी र दाबी क्रमशः फिर्तासमेत लिइरहेको अवस्था छ।

पहिलोपटक महिला ५, आदिवासी/जनजाति ५, मुस्लिम ४, दलित ३ र अपांग १ सहित ५ वटा आरक्षणका किटान गर्दै 'क्लस्टर' छुटाइएको छ भने प्रवक्ता/सहप्रवक्ता र सहकोषाध्यक्ष केन्द्रीय समितिको सिफारिसमा अध्यक्षले मनोनीत गर्ने प्रावधन विधानमा राखिएको प्रमुख यादवले जानकारी दिए।

यद्यपि रामग्राम, नवलपरासीबाट भने अध्यक्षमा ठाकुरसहित अपांगता भएका व्यक्तिको कोटाबाट प्रेमनारायण झा, दलित कोटाबाट रामप्रवेश बैठा, कोषाध्यक्षमा अनिता यादव, उपाध्यक्षमा बृषेशचन्द्र लाल र वरिष्ठ उपाध्यक्षमा हृदयेश त्रिपाठी भने चयन गरिसकिएको छ। पार्टीका अर्का उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले भने केन्द्रीय समितिमा मात्रै उम्मेदवारी दिएका छन्।

'केही आंकाक्षीबाट उम्मेदवारी फिर्ता लिने क्रम सुरु भएकाले चाँडै नै केन्द्रीय समितिले पूर्णता पाउनेमा विश्वास व्यक्त गरिएको छ,' केन्द्रीय सदस्य सुरेश मण्डलले भने। उनका अनुसार गोविन्द चौधरी, बिपी यादव, कविन्द्रनाथ ठाकुर, राजेन्द्र साह, उमाकान्त झालगायतले उम्मेदवारी फिर्ता लिइसकेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस