‘राजनीतिक रूपमा अनुभवी मान्छे राष्ट्रपति बन्दा राम्रो’
०३ पौष २०७९
•
४ मिनेट पाठ
‘राजनीतिक रूपमा अनुभवी मान्छे राष्ट्रपति बन्दा राम्रो’
पूर्वराष्ट्रपति डा.रामवरण यादवले राजनीतिक रूपमा अनुभवीर संविधान बुझेको मान्छे राष्ट्रपति हुँदाराम्रो हुने धारणा व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको साधारणसभा उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो धारणा राखेका हुन्।  

हालै दुई चरणको निर्वाचन सम्पन्न भई नयाँ राष्ट्रपतिको चयन प्रक्रियामा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला पूर्वराष्ट्रपति यादवको यस्तो धारणा आएको हो। उनले हाल मुलुकले प्राप्त गरेका उपलब्धिलाई जगेर्ना गर्दै अघि बढ्नका लागि राजनीतिक दलहरूमा मेलमिलापको आवश्यकता रहेको पनि बताए।

गैरराजनीतिक व्यक्तिलाईराष्ट्रपति बनाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहल गरिरहेको विषय सार्वजनिक भइरहेका बेला देउवा निकट मानिने पार्टी उपसभापति पूर्णबहादुर खड्काले भने यस विषयमा पार्टीले कसैसँग सम्झौता गर्न नहुने धारणा व्यक्त गरेका छन्। उपसभापति खड्काले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो ? मेरो प्रस्ट धारणा छ,राष्ट्रपति देश, जनतार संविधानसभाले बनाएको संविधानप्रति दिलदिमागदेखि नै पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ।’

‘यो कुरामा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्दैनर गर्नुहुँदैन,’ उपसभापति खड्काले भने । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति चयन गर्ने विषयमा कांग्रेसको शीर्ष तह नै एकमत हुन नसकेको प्रस्ट देखिन्छ।  

राष्ट्रपति बन्नका लागि राजनीतिक नेतृत्वभित्रैबाट कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ तथा एकीकृत समाजवादीबाट झलनाथ खनालर माओवादीको कोटामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुरसहितका नेताहरूले इच्छा व्यक्त गरिरहेका बेला गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने प्रयास भइरहेको कुरा बाहिरिएको हो।  

विशेष गरी पहिलो संविधानसभा विघटनको आदेश दिएर मन्त्रिपरिषद्को अध्यक्ष बनेका तत्कालीन प्रधानन्यायाधीश खिलराजरेग्मी, अनुराधा कोइराला, पूर्वसभामुख दमनाथ ढुंगानालगायत व्यक्तिलाई राष्ट्रपति बनाउने विषयमा छफफल भइरहेको र त्यसमा मुलुकको आन्तरिक भन्दा पनि बाह्य स्वार्थले काम गरिरहेको बताइन्छ। बहुदलीय व्यवस्थामा गैरराजनीतिक नेतृत्वले चुनावी सरकारको नेतृत्व गरेको विषयलाईराजनीतिक दलका नेताहरूले नेपालको इतिहासमा दोहोरिन नहुने गल्तीका रूपमा अथ्र्याउने गरेका छन्।  

स्थानीय तहर संसदीय निर्वाचनलगत्तै सरकारको नेतृत्व र राष्ट्रपतिसहित राज्यका महत्वपूर्ण निकायमा नियुक्तिको विषयलाई दलहरूले प्याकेजमै टुंग्याउने भनिरहेका बेला गैरराजनीतिक व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने विषयमा छलफल सुरु भएको कुरा सार्वजनिक भएको हो। सत्ता स्वार्थका लागि राष्ट्रप्रमुख जस्तो महत्वपूर्ण पदमा समेत राष्ट्रिय हित बाझिने गरी बाह्य स्वार्थमा गैरराजनीतिक व्यक्तिलाई चयन गर्ने तयारी भइरहेको भन्दै यस विषयमा चौतर्फी विरोधर आलोचना भइरहेको छ। ‘पत्रकारिता संकुचन बनाउने प्रयास भइरहेको छ’

यादवले पत्रकारितालाई संकुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिए। ‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, अभिव्यक्तिको स्वतन्त्रता हुन्छ। तर स्वतन्त्रता विस्तारै संकुचनमा गइरहेको छ,’ उनले भने। यादवले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिन नेपाली पत्रकारलाई आग्रह गरेका थिए।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले वार्षिक साधारणसभामार्फत श्रमर सम्पादकीय स्वतन्त्रताका विषयमा गहन छलफल हुनुपर्ने बताए। उनले पत्रकारिताभित्र श्रमको उचित मूल्यांकन हुन नसकेको भन्दै सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा पनि समीक्षा गर्नुपर्ने बताए।  

महासंघ प्रतिष्ठान प्रदेश अध्यक्ष बालकृष्ण अधिकारीले साधारण सभामा कोरोना महामारीबीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षार आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए। कार्यक्रममा प्रदेश परिषद् सदस्यमा मनोनीत कान्तिपुर दैनिकका अतुल मिश्र,राजधानी दैनिकका राजेन्द्र श्रेष्ठ, ग्लोबल टेलिभिजनका प्रकाश गिरी, नागरिक दैनिकबाट पवित्रा सुनार, नेपाल टेलिभिजनका टंक उप्रेती,रातोपाटी डटकमका रोहित दाहाल, नेपाल समाचारपत्रका दीपक रिजाल र कारोबार दैनिकका बालकृष्ण ज्ञवालीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा पाँचवटा प्रतिष्ठान शाखालाई पनि सम्मान गरिएको थियो।
अर्को समाचार
प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा कमाउनुस्: पूर्वराष्ट्रपति यादव
२१ पौष २०७८
•
१ मिनेट पाठ
प्रकृतिमैत्री कामहरुमा लगानी गरेर पैसा कमाउनुस्: पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा.रामवरण यादवले नेपालको कृषि, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति यादवले नेपालको भूबनावट नै कृषि, जलविद्युत र पर्यटन क्षेत्रको विकासका लागि अनुकूल रहेको उल्लेख गर्दै सोही क्षेत्रमा लगानी गरेर सहज ढंगले प्रतिफल लिन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरेका हुन्। बुधबार आइडिया फर नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको स्रोतआधार अनुसारको क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने बताए।  

पूर्व राष्ट्रपति यादवले नेपालको प्रकृतिमैत्री क्षेत्रमा लगानी गरेर नेपालीहरुलाई स्वदेशमै रोजगार बनाउन सहयोग गरिरहेको भन्दै आइडिया फर नेपालको पनि प्रशंशा गरे। त्यस अवसरमा पूर्वराष्ट्रपति यादवले प्रकृतिमैत्री क्षेत्रमा लगानी गर्दा वातावरणमा समेत प्रतिकूल असर नपर्ने बताए।
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस