देउवाको ध्यान ‘दलको नेता’मा
०३ पौष २०७९
•
३ मिनेट पाठ
देउवाको ध्यान ‘दलको नेता’मा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण ध्यान पार्टी संसदीय दलको नेतामा लगाएका छन्। मंसिर ४ गते भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवा पार्टी संसदीय दलको नेता बनेर फेरि सरकारको नेतृत्व गर्ने पक्षमा देखिएका हुन्।  




सरकारको नेतृत्व हस्तान्तरण गर्न देउवामाथि पार्टीभित्र र बाहिरबाट तीव्र दबाब परिरहेको छ। तापनि देउवा पार्टीभित्र सर्वसम्मतिबाट संसदीय दलको नेता बन्ने र अहिलेको गठबन्धनलाई नै निरन्तरता दिएर छैटौं पटक प्रधानमन्त्री बन्ने रणनीतिमा छन्। संसदीय दलको नेतामा विभिन्न नेताहरूले दाबी गरिहेका बेला प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सदस्यलाई एक्लाएक्लै भेटेर देउवाले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा चियापान आयोजना गरेका थिए।  

आइतबार बस्ने कार्यसम्पादन समिति बैठकले कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। संसदीय दलको नेतामा सकेसम्म सर्वसम्मतिबाट चयन हुने पक्षमा रहेका देउवा त्यसपछि मात्र नयाँ सरकार गठनका विषयमा अन्य दलहरूसँग छलफल अघि बढाउने पक्षमा छन्। शनिबार मात्र देउवालाई भेट्न पुगेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई पनि संसदीय दलको नेता चयनपछि मात्र प्रधानमन्त्रीसहित सत्ता साझेदारीका विषयमा छलफल गर्ने आश्वासन दिएका छन्।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अब बन्ने सरकारको नेतृत्व गर्न चाहेका छन्। देउवासँगको भेटमा नयाँ सरकार गठनसहित सत्तासाझेदारीका विषयमा दाहालले कुरा गर्न चाहेका छन्। दाहाल सकेसम्म आफू प्रधानमन्त्री बन्ने पक्षमा छन् नभए अन्य पदसहितको सत्ता साझेदारीको पक्षमा देखिएका छन्।  

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको ठुलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने कुरा स्वाभाविक भएको बताए। कांग्रेस संसदीय दलको नेता चयनका लागि केही दिनमै निर्वाचन हुने जानकारी दिँदै उनले अरू दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास भइरहेको दाबी गरे। ‘पुष्पकमल दाहालले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई पनि हामी स्वाभाविक मान्छौं,’ देउवाले आयोजना गरेको चियापानपछि महतले भने, ‘तर सबै रूपमा कांग्रेसको नेतृत्व उपयुुक्त हुन्छ।’

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानमन्त्रीसहितका विषयमा गठबन्धनमै छलफल गरेर टुंगोमा पुग्ने बताए। सत्ता गठबन्धनलाई जनताले अनुमोदन गरेको दाबी गर्दै कार्कीले सोही कार्यक्रममा भने, ‘अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बन्छ।’ संसदीय दलको नेता छिट्टै चुन्ने प्रक्रिया सुरु हुने कार्कीले जानकारी दिए।  

कांग्रेसभित्र देउवाका साथै संसदीय दलको नेतामा शेखर कोइराला, महामन्त्री गगनकुमार थापासहितका नेताले दाबी गर्दै आएका छन्। संसदीय दलका नेता नभए पनि प्रधानमन्त्री बन्न सकिने भएकाले नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री शशांक कोइराला, प्रकाशमान सिंहसहित आकांक्षी छन्। निर्वाचन आयोगले चुनावी परिणाम बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने तयारीमा दलहरू छन्। तर कांग्रेस भने प्रतिनिधिसभा सदस्यको शपथपछि मात्र प्रधानमन्त्रीको दाबी गर्नुपर्ने पक्षमा छ। प्रतिनिधिसभा सदस्यको शपथ नभई प्रधानमन्त्री नियुक्त हुन नसक्ने भन्दै कांग्रेसले २०७४ सालको चुनावपछि राष्ट्रपतिले विधि मिचेको भन्दै विरोध गरेको थियो।
अर्को समाचार
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
२१ मिनेट अघि
•
१ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्षक महासंघले आन्दोलनको चेतावनी दिएको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै सातबुँदे माग अघि सारेको हो।




विगतका सरकारले पनि सहमति पालना नगरेको र बलियो जनमतसहित आएको वर्तमान सरकारले समेत बेवास्ता गरेकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको महासंघले जनाएको छ।

सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक १०० बुँदे प्रतिबद्धतामा ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने उल्लेख थियो।

राज्य चरित्रका कारण शिक्षक-कर्मचारीले बारम्बार उही मुद्दामा लडिरहनुपरेको महासंघले उल्लेख गरेको छ।

‘शिक्षक आन्दोलनपछि वार्तामा शिक्षक-कर्मचारीसँग सहमति गर्ने, सार्वजनिक खपतका लागि शिक्षा र शिक्षक-कर्मचारीको पक्षमा अग्रगामी भई बोल्ने तर तिनै विषयहरू कार्यान्वयनमा भने कहिल्यै इमानदार र जिम्मेवार नहुने राज्य चरित्रका कारण लामो समयदेखि थुप्रै पीडा सहेर शिक्षक-कर्मचारीले उही र उस्तै माग मुद्दामा लडिरहनु परेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले अघि सारेको सातबुँदे मागमध्ये नयाँ विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई आधार मानी त्यसअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने उल्लेख छ

 ऐन जारी भएपछि स्थायी हुनेको हकमा योगदानमा आधारित निवृत्तिभरण प्रणाली सुरु गर्न शिक्षा ऐन तथा निवृत्तिभरण ऐन संशोधन गर्नुपर्ने माग गरिएको छ।

यस्तै, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि नपुग सेवा अवधि अस्थायी सेवाबाट जोडी पेन्सन दिइनुपर्ने र यो सुविधा हाल निवृत्त भइसकेका त्यस्ता शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने महासंघले जनाएको छ।

कार्यक्रम कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधारमा दुर्गम क्षेत्रका शिक्षकले पाउँदै आएको दुर्गम र स्थानीय भत्ता हटाइएको तथा विगतमा खाइपाई सकेको रकमसमेत महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाई फिर्ता गर्न पत्राचार गर्नु अन्यायपूर्ण रहेको महासंघको ठहर छ।

उक्त विभेदकारी नीति सच्याई सबै शिक्षकलाई दुर्गम र स्थानीय भत्ता उपलब्ध गराउन माग गरिएको छ ।

यसैगरी, विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउनुपर्ने माग महासंघको छ।

महासंघसँग संस्थागत सहकार्य र संवादमा विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गरी विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने मागमा उल्लेख छ।

महासंघको तेस्रो राष्ट्रिय परिषद्बाट पारित भई पेस भएको ५४ सूत्रीय मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने माग समेत अघि सारिएको छ।

साथै, शिक्षा नियमावली दशौँ संशोधनको नियम १८७ उपनियम तीनअनुसार मन्त्रालयमा पेस भएको महासंघको विधान अविलम्ब स्वीकृत गर्नुपर्ने महासंघले जनाएको छ।
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
यो पनि पढौँ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस