गोरखा– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाओवादी परित्याग गरी नयाँ शक्ति गठन गरेका बाबुराम भट्टराई माओवादी भएकै कारणमात्र चुनाव जितेको बताएका छन्। शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले भने, 'एमाओवादी भएकै कारणले बाबुरामजीले चुनाव जित्नुभएको हो। पिएचडी गरेको कारण होइन।'बाबुराम भट्टराईप्रति आक्रामक देखिएका दाहालले भट्टराईले गारखाली जनतालाई धोका दिएको बताए। देशमा थुप्रै पिएचडी गरेका व्यक्ति जागिर नपाएर हिँडिरहेको बताउँदै दाहालले चुनाव जिताएर पठाएका जनतालाई एकपटक पनि नसोधी पार्टी छाड्ने कामले मतदातालाई कुठराघात गरेको आरोप लगाए। कार्यकर्ता परिर्वतन र न्यायको पक्षमा रहेको बताउँदै अध्यक्ष दाहालले भट्टराईले पार्टी छाड्दैमा बिचलित नहुन आग्रहसमेत गरे।
उनले कांग्रेसको महाधिवेशनपछि संयुक्त सरकार बनाएर अघि बढ्ने योजनामा रहेको बताउँदै अहिलेको सरकारको नेतृत्वमा वा अन्य कुनै नेतृत्वमा सहमति हुँदापनि आफ्नो पार्टीलाई कुनै फरक नपर्ने बताए। उनले अहिलेको सरकारमा आफ्ना मन्त्रीहरुको कार्यशैली पहिले भन्दा सुधार हुँदै गएको बताए। दाहालले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारमा सरकात्मक देखिएको भए पनि पूरै सफल भने नभएको बताए।
'मेरो भनाइलाई ध्यान दिनुहोस् प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक छ भनेको छु, मैले पूरै सफलता भनेको छैन,' उनले भने। इन्धन आपूर्ति सहज नहुनु, संविधानका विषयमा भारत अझै पूर्णरुपमा सकारात्मक नदेखिनु, मधेसी मोर्चाले आन्दोलन स्थगित गरेर संविधान नस्विकार्नुजस्ता कारणले अझै पनि भारतसँगको सम्बन्ध राम्रो भइनसकेको एमाओवादी अध्यक्ष दाहालले बताए। 'तर भ्रमणले छिमेकी देशसँगको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको छ,' उनले भने ।
शुक्रबार साँझ पार्टी कार्यकर्ता प्रशिक्षणका लागि गोरखा आएका उनले शनिबार बिहानैदेखि जिल्लाका कार्यालय प्रमुख, ब्यापारीसँग भेटघाट गरेका छन्। शनिबार दिउँसो कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ससहभागी भएर शनिबार नै काठमाडौं फर्कने एमाओवादीले जनाएको छ।