प्रमुख दलहरूप्रति असन्तुष्ट बनेकाहरू र युवाहरूले मंसिर ४ मा घण्टी बजाउने भन्दै देशभर अभियान चलाए। मोरङमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टीलाई मतदान गर्ने अभियान चल्यो। तर प्ररम्भिक मतपरिणामले मोरङमा मुख्य दलहरूलाई घण्टी अभियानले खासै असर पार्न सकेको देखिएको छैन। मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कतै पनि घण्टीको अग्रता छैन र प्रमुख दलहरूलाई पछ्याउन पनि सकेको छैन।
मोरङमा प्रत्यक्षतर्फ घण्टीले उल्लेख्य मत ल्याउन नसके पनि समानुपातिकतर्फ धेरै मत ल्याउने आकलन भइरहेको छ। त्यसो त मोरङमा राप्रपाको पनि चर्चा धेरै चलेको थियो। तर चर्चाजस्तो राप्रपाले पनि उल्लेख्य मत प्राप्त गर्न सकेको छैन।
विशेष गरी प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापा निर्वाचनको प्रचार अवधिभर चर्चामा थिइन्। तर निर्वाचनको मत परिणाममा उनले चर्चा भएअनुसार मत पाउन सकेको देखिएको छैन। मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार शुनिल शर्माले अग्रता कायम गरिरहेका छन्। शर्मालाई नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले पछ्याइरहेका छन्।
मोरङ ३ मा पनि नेपाली कांग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिस्पर्धा देखिइरहेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका सुनिल शर्माले ५ हजार ६७ मत पाएका छन् भने नेकपा एमालेका भानुभक्त ढकालले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाकी रेखा थापा १ हजार ४ सय ५२ मतका साथ तेस्रो स्थानमा छिन्।
मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले अग्रता कायम गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बुले पछ्याइरहेका छन्। मोरङ १ मा नेकपा एमालेका घनश्याम खतिवडाले ३ हजार ८ सय ६२ मतका साथ अग्रता कायम गरिरहेका छन्। उनलाई नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले ३ हजार ९५ मतका साथ पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबहादुर श्रेष्ठ १ हजार ७ सय १५ मतका साथ तेस्रो स्थानमा छन्। यस्तै मोरङ २ मा नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता कायम गरिरहेकी छिन्। उनलाई नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले पछ्याइरहेका छन्।
मंगलबार साँझको मत परिणामअनुसार नेपाली कांग्रेसकी सुजाता कोइरालाले ४ हजार ३ सय ७० मत ल्याएकी छिन्। नेकपा एमालेका ऋषिकेश पोखरेलले ४ हजार ३ सय १३ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठगेन्द्रप्रसाद न्यौपाने ४ सय ३० मतका साथ तेस्रो स्थानमा छन्।
मोरङको क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनका तर्फका नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदी अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका उम्मेदवार विनोद ढकालले पछ्याइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले १० हजार १ सय ५७ मतका साथ अग्रता कायम गरिरहेका छन्। यस्तै नेकपा एमालेका विनोद ढकालले ६ हजार ५ सय ८८ मतले पछ्याइरहेका छन्।
राप्रपाका उम्मेदवार रवि रिजाल ६ सय १२ मतका साथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद सिवाकोटी ३ सय २५ मतका साथ चौथो स्थानमा छन्। मोरङ ५ मा नेकपा एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम गरिरहेका छन्। उनलाई सत्तारुढ गठबन्धनतर्फका उम्मेदवार शिवकुमार मण्डलले पछ्याइरहेका छन्। पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार मण्डलले ७ हजार २ सय ३६ मतका साथ अग्रता कायम गरिरहेका छन्।
सत्तारुढ गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले ४ हजार ८ सय १३ मतका साथ पछ्याइरहेका छन्। जसपाका उम्मेदवार राजकुमार यादव ४ हजार ५ सय ७ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार मण्डल ४ सय ५९ मतका साथ पाँचौं स्थानमा छन्। यस्तै मोरङ ६ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम गरिरहेका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले पछ्याइरहेका छन्।
पछिल्लो मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले ३ हजार ५ सय ४४ मतका साथ अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका लालबाबु पण्डितले २ हजार ७ सय ६८ मतका साथ पछ्याइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान १ हजार ९४ मतका साथ तेस्रो स्थानमा छन्। मोरङका ५ वटा क्षेत्रमा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ भने मोरङको एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता कायम गरिरहेका छन्।