नेकपा एमालेको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट दोस्रो जित हासिल गरेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले आफ्नो जित सम्पुर्ण मतदाताको जित भएको बताएका छन्।
निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार टेकबहादुर पोखरेललाई ९ सय ९५ मतले पछि पार्दै आठौं पटक उमेदवार बनेर चौथो जित हासिल गर्न सफल श्रेष्ठले यो जित आफ्नो नभै सम्पुर्ण मतदाताको जित भएको बताए।
विजयी लगत्तै उनले भने 'गएको निर्वाचनमा मेरा मतदाताले मायाले मत दिएर विजयी गराउनुभएको थियो, यो निर्वाचनमा पनि त्यसरी नै विजयी गराउनु भएकोमा सबै मतदातालाई धन्यबाद दिन चाहन्छु। यो जित मेरो मात्र होइन सम्पुर्ण राष्ट्रवादी जनताको हो , नेकपा एमालेको हो' उनले भने।
विजयी लगत्तै प्रतिकृया दिदै उनले भने 'मलाई अझै उत्साह थपिएको छ, अब जनताको घर घरमा गएर थप काम गर्नेछु। जनताको योजना अनुसार विकास निर्माणको गतिलाई थप तिब्र गतिमा लौजानेछु।' काठमाडौं क्षेत्र नम्बर ९ मा ४३ हजार ६७ मत खसेको थियो। श्रेष्ठ ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका थिए। उनको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेले १० हजार ९ सय ६१ मत ल्याएका थिए।
गठबन्धनबाट उमेदवार माओवादी केन्द्रकी धमलाले ६ हजार ४ सय २ मत पाएकी छिन्। बि सं २०४८ पछि भएको निर्वाचनमा आठ पटक उमेदवार बनेका श्रेष्ठ एमालेका स्थायी कमिटी सदस्य हुन्।
निर्वाचित भए लगत्तै श्रेष्ठले बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्र्यार्पण गरेका हुन्। त्यस अवसरमा उनले सबै मतदाताको सहयोगले आफुले निर्वाचनमा विजयी हासिल गरेको बताए।