पोखरामा च्यांग्रा मेला (फोटोसहित)
२७ असोज २०७८
•
३ मिनेट पाठ
पोखरामा च्यांग्रा मेला (फोटोसहित)
मुस्ताङबाट हिँडाएर पोखरा झारिएका च्यांग्रा। तस्बिरः उमेश पुन/नागरिक
दसैंमा सबैभन्दा बढी चाँसो मासुको हुन्छ। त्यसैले त अरुबेलाको तुलनामा दसैंमा दोब्बर बढी मासु खपत पनि हुन्छ। मासुमा पनि हिमाली च्यांग्रा भनेपछि पोखरा र आसपासका मात्र नभई टाढाका उपभोक्ता हुरुक्कै हुने गरेका छन्।




हिमाली जटिबुटी खाएर हुर्केका ती च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।  

यतिबेला पोखरामा च्यांग्राको मेला लागेको छ। वर्षेनी झैं यो दसेैंका लागि हिमाली जिल्ला मुस्ताङबाट हजारौं च्यांग्रा पोखरा झारिएको छ। पोखरामा यतिबेला च्यांग्रा रोज्न पुगेका उपभोक्ताको हेम्जा क्षेत्रमा भीडभाड छ।

पछिल्लो समय हिमाली जिल्लाका ती च्यांग्रा राजधानी काठमाडौंमा समेत पु¥याउन थालिएको थियो । खाद्य संस्थानले मुस्ताङका किसानसँग किनेको च्यांग्रा सिधै काठमाडौं लगेर उपभोक्तालाई बिक्री गर्दै आएकोमा कोरोना भाइरस संक्रमण सुरु भएपछि खाद्यले राजधानीमा च्यांग्रा बेचेको छैन।  

व्यावसायीका अनुसार दसैंमा मात्र पोखरा क्षेत्रमा करिब ३० हजार गोटा च्यांग्रा बिक्री हुन्छन्। पोखरामा बिक्रीका लागि झारिने च्यांग्रा किन्न व्यापारीहरु केहीदिन अघि नै मुस्ताङ उक्लिसकेका थिए।  

‘च्यांग्रा किन्न झन्डै एकमहिना अघिदेखि व्यवसायी उकालो लागेका थिए। दुईसाता अघि नै च्यांग्रा ओरालो लागेका हुन,’ मुस्ताङको लोमान्थाङ गाउँपालिका–७ न्याम्दोका नुर्पु गुरुङले भने, ‘स्थानीय व्यवसायीले पहिले नै किसानसँग च्यांगा किनेर राखिसक्छन। बजारीया व्यवसायीले उनै स्थानीय व्यवसायीसँग च्यांग्रा किन्ने हो।’

योपटक तिब्बतबाट च्यांग्रा भिœयाउन नपाउँदा पोखरामा मुल्य बढेको छ। व्यवसायी तथा च्यांग्रा  पालक किसान इन्दुङ गुरुङ भने यो पटक तिब्बतबाट आयात नहुँदा मुल्य बढेको बताउँछन्।  उनले भने, ‘तिब्बतबाट आयात गर्न नपाउँदा किसानले नै महंगो मुल्य भनेकोले च्यांग्राको भाउ बढेको छ। उनका अनुसार यो पटक ४० किलो जिउँदो च्याङग्राको मुल्य ३९ हजार रुपैयाँसम्म परेको छ। 

 ‘तिब्बतबाट आयात गर्न नपाएपछि किसानले नै भाउ बढाएका छन,’ उनले भने, ‘पहिला पहिला तिब्बतबाट च्याङग्रा आउथ्यो। पर्याप्त हुँदा किसानले पनि बढी भाउ लिन सकेका थिएनन।’ कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा पोहोरदेखि तिब्बतबाट आयात हुन पाएको छैन। तिब्बतबाट आयात नभएपछि स्थानीय उत्पादनले माग थेग्न नसक्दा महंगो परेको उनले बताए।  

कास्की बाहेक स्याङजा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउँछन । च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पूख्र्यौली स्वादको रुपमा पनि लिने गरेका छन।  

उपल्लो क्षेत्रमा पालिएका ती च्यांग्रालाई वातावरणसँग घुलमिल बनाउँदै हिडाएरै पोखरा झारिन्छ। किसानले झन्डै चारवर्ष पालेपछि बल्ल च्यांग्रा खानयोग्य हुन्छन। हिमाली जडिबुटी र हावापानीमा हुर्केकोले पनि पोखरेली उपभोक्ताले च्यांग्रा रुचाउँछन।  

पोखरा मात्र नभई कास्की आसपासका जिल्लाका उपभोक्तले च्यांग्रा रुचाउन थालेका छन्। कास्की बाहेक स्याङजा, तनहुँ, चितवन, बुटवलबाट समेत उपभोक्ता च्यांग्रा किन्न पोखरासम्म आउने गरेको उनले व्यवसायीले बताए। च्यांग्राको मासुको स्वादलाई पोखरेली उपभोक्ताले पूख्र्यौली स्वादको रुपमा पनि लिने गरेका छन्।  
अर्को समाचार
पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)
१३ असोज २०७९
•
२ मिनेट पाठ
पोखरामा हिमाली च्यांग्रा (फोटोफिचर)
दशैंका लागि पोखरा झरेका च्यांग्रा। तस्बिरः उमेश पुन/नागरिक
हिमाली जिल्ला मुस्ताङका च्यांग्रा दशैंका लागि पोखरा ल्याउन थालिएको छ। पहिलो चरणमा केही संख्यामा च्यांग्रा पोखरा झरेका छन्। ती च्यांग्रा पोखराको सिमपानी, याम्दी क्षेत्रमा बिक्रीका लागि राखिएको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभइ विभिन्न जिल्लासम्म पुर्‍याइन्छ।  




कोरोना संक्रमणले गर्दा मेला लाग्न नपाएपछि यो पटकको दसैंका लागि पनि तिब्बतबाट हुने भेडा च्यांग्राको आयात समेत हुन पाएको छैन। चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाको सिमामा पर्ने कोरलामा कोरोना संक्रमण सुरु भएपछि मेला रोकिएको थियो। मेला नलाग्दा नाका हुँदै वर्षेनी भित्रिने हजारौं भेडाच्यांग्राको आयात योवर्ष पनि रोकिएको छ। त्यसले गर्दा अहिले स्वदेशी च्यांग्रा मात्र तल झर्ने गरेका छन्।  

कोरला नाकामा वर्षमा दुईपटक मेला लाग्थ्यो। असार–साउनमा एकपटक र भदौ–असोजमा अर्काेपटक गरेर वर्षमा १० देखि १५ दिनसम्मका लागि व्यापार मेला लाग्ने गरेको थियो। अन्तरदेशीय त्यो व्यापार मेलाको समन्वय दुई देशका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा नाकाबाट १० किलोमिटर पर चीतर्फ लाग्ने गरेको थियो। तर कोरोना संक्रमण सुरु भएपछि विगत तीनवर्षदेखि त्यो मेला लागेको छैन। त्यो व्यापार मेलामा स्थानीयले च्यांग्रा भित्र्याएर त्यो वापत स्वदेशी बस्तु निर्यात गर्दै आएका थिए। तर, मेला लाग्न छाड्दा ब्यापार नै हुन पाएको छैन।  

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन्। तिनै च्यांग्रा किसानसँग किनेर अरु व्यवासायीले पोखरामा बेच्नका लागि झार्छन्। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।  

हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्यांग्राको मासु बढी स्वादिलो हुने भन्दै चितवन, रुपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन्।  

https://images.nagariknewscdn.com/authors/1664441497_Chyangra%20%20(1).jpeg
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस