रौतहट– ढुंगा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। स्थानीय भसेढवा गाविस– ६ का २७ वर्षीय रामनरायण दासले आफ्ना २४ वर्षीया जेठी श्रीमती मञ्जु दुवीको हत्या गरेको प्रहरीले जनाएको छ।
दुई विवाह गरेको दासले जेठी मञ्जुसँग बराबर झगडा गरिरहन्थे। श्रीमान–श्रीमतीबीच खटपट रहेका कारण मंगलबार राति १० बजेको समयमा टाउकोमा ढुंगा प्रहार गर्दा घटना स्थलमै मन्जुको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमतीको हत्या गरी फरार भएपछि छिमेकीहरुले तत्कालै प्रहरीलाई खबर गरेका थिए। घटना बारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया र इप्रका गरुडाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले २ घण्टापछि अभियुक्त श्रीमान दासलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए।
हत्या आरोपमा पक्राउ परेका अभियुक्त दासलाई इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पासवानले बताए। मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएकोे उनले जानकारी दिए। सदरमुकाम गौरबाट ३५ किलोमिटर उत्तरी पश्चिमी भेगमा पर्ने भसेढवाका रामनारायण दास राजधानीमा सिलाइ कटाइको काम गर्दै आएको थियो। उनले ७ महिना अगाडी भक्तपुरकी २० वर्षीया लक्ष्मी सिन्दुसँग अर्को बिवाह गरेका थिए। विवाह गरेको चार महिनापछि कान्छि श्रीमतीलाई घरमा भित्रयाएको भन्दै जेठी श्रीमती मन्जुले विरोध गरेकी थिइन्।
मन्जुको कोखबाट जन्मेकी ५ वर्षीया छोरीलाई समेत दासले विभिन्न यातना दिनुका साथै निर्घात रुपमा कुटपिट गर्दै आएका बताइएको छ। कान्छि श्रीमती भिœयाएको निहुँमा मंगलबार बिहानैदेखि दास र मन्जुबीच झगडा भएको थियो। राति खाना खाएर कोठामा सुतेका मन्जुको टाउकोमा दासले ढुंगा प्रहार गर्दा घटना स्थलमै उनको मृत्यु भएको थियो।
मन्जुसँगै सुतेका छोरीले आमाको हत्या बारे जानकारी पाए लगत्तै रुन कराउन थालेपछि छिमेकीहरु उनको घरमा गएपछि दास हत्या गरेर भाग्दै गरेको अवस्थामा देखेका थिए। र, प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले श्रीमानलाई नियन्त्रणमा लिए पनि कान्छि श्रीमती लक्ष्मी फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। आफ्ना बहिनीको हत्या गरेको आरोपमा पक्राउ परेको अभियुक्त दासलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै मृतकका दाजु जंगीदासले इलाका प्रहरी कार्यालय गरुडमा लिखित उजुरी दर्ता गराएका छन् ।