काठमाडौं-नक्कली ऋणीको नाममा ऋण निकालेर बैंकलाई हानीनोक्साी पुर्याएको, आफैंले अनुसन्धान र कार्वाहिकालागि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोमा पत्र पठाएको ब्यक्तिलाई नेपाल राष्ट्र बैंकले आफ्नै गोष्ठीमा सहभागी गराएको खुलेको छ।नक्कली ऋणी देखाएर बैंकलाई २३ करोड रुपैंया नोक्सान पुर्याएको अभियोगमा फरार सूचीमा रहेका नारायणी विकास बैंकका अध्यक्ष उत्तमप्रसाद द्वालाई बैंकको समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले बिहीबार आयोजना गरेको ‘रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय’ विषयको गोष्ठीमा निम्त्याएको हो।
अदालतबाट म्याद जारी गरिएपछि फरार रहेका उनी राष्ट्र बैंकको कार्यक्रममा सहभागी रहेको सूचनाको आधारमा ब्युरोको प्रहरीले उनलाई बिहीबार बैंकको थापाथली कार्यालयबाट निस्कदै गर्दा पक्राउ गरेको हो ।
नक्कली ऋणी देखाएर कमशल धितो राखेर बैंकलाई नोक्सान पुर्याएको भन्दै अनुसन्धानकालागि ब्युरोमा पत्र पठाएको बैंकको पत्रको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । बैंकका महाप्रबन्धक बिरेन्द्र श्रेष्ठ लगायतका पक्राउ परे पनि द्वा फरार थिए ।
विरेन्द्र असार २३ गते पक्राउ परेका थिए भने बैंकका पूर्व अध्यक्ष दिव्य कुमार श्रेष्ठ क्रिष्टल फाइनान्स लिमिटेड हिनामिनाको अनुसन्धानमा पक्राउ परी पुनरावेदन अदालत पाटनको आदेशमा कारागार चलान भइसकेका थिए । अनुसन्धानमा सो प्रकरणको मुख्य योजनाकार द्वा देखिए पनि उनी पक्राउ परेका थिएनन् ।
पुनरावेदन अदालत हेटौडाले २०७२ भदौं ५ मा बिरेन्द्र श्रेष्ठ समेतलाई पुर्पक्षका लागि थुनामा पठाउँदै द्वालाई अदालतमा उपस्थित हुन म्याद तोके पनि उनी अदालतमा हाजिर नभई फरारनै थिए । ब्युरो अधिकारीका अनुसार कागजमा उनी फरार भनिए पनि उनी सोही बैंकको अध्यक्षको हैसियतमा काम गर्ने गरेको सूचनापछि ब्युरोले खोजी शुरु गरेको थियो ।
नेपाल राष्ट्र बैंक, समस्याग्रस्त संस्था तथा रिजोलुसन महाशाखाले बिहीबार आयोजना गरेको रिजोलुसन प्रक्रियामा देखिएका समस्या र समाधानका उपाय विषयको गोष्ठीमा द्वा नारायणी विकास बैंकका अध्यक्षको हैसियतमा सहभागी थिए । ब्युरो अधिकारीका अनुसार द्वा केमिड्रग ईण्डष्ट्रिज प्रालि थानकोटका प्रबन्ध निर्देशक समेत हुन ।
ब्युरोले यसअघि सोही बैंकका संचालक प्रकाश रेग्मीलाई ठगी अभियोगमा पक्राउ गरेको थियो । आफुलाई नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागको कर्मचारी भन्दै कुमारी बैंकका ऋणी जितेन्द्र बहादुर श्रेष्ठसँग ब्युरोमा केस मिलाउने भन्दै ३० लाख रुपैंया मागेको घटनाको अनुसन्धानका लागी ब्युरोले उनलाई पक्राउ गरेको थियो ।