पुनर्निर्माणको सङ्घर्ष
०८ माघ २०७२
•
२० मिनेट पाठ
पुनर्निर्माणको सङ्घर्ष
७ दशमलव ८ रिक्टर स्केलको भूकम्पले देश हल्लाएको नौ महिना भयो। भूकम्पबाट करिब नौ हजार मानिसले ज्यान गुमाए भने २२ हजारभन्दा धेरै घाइते भए। देशले सात खर्बभन्दा धेरै रुपैयाँ भौतिक क्षति बेहोर्योस।




दिन गन्ती गर्दा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प गएको दुई सय ७३ दिन भयो। बितेका यी दिन भूकम्प पीडितका लागि निकै लामा भए। यही बीचमा चार ऋतु बिते। बर्खा बित्यो। भूकम्प पीडितका पालभित्र पानी छिर्यो । सामान भिजे। चाडपर्वको मौसम सुरु भयो। पालभित्रै दसैं, तिहार, छठ पर्व सबै मनाइए।

चाडपर्व सकियो। जाडो महिना सुरु भयो। जाडो 'पिक' मा पुगेको छ। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका दर्जनभन्दा धेरैको जाडोबाट ज्यान गइसकेको छ। बारपाक र त्योभन्दा माथि पर्ने लाप्राक, गुम्दा लगायत गाउँमा तीन साताअघि नै हिउँ परेर बेहाल भयो। भूकम्पले घर भत्किएर बर्खा र जाडो थाम्ने ओत नभएका करिब दुई लाख परिवार अझै अस्थायी आवासमा बस्न बाध्य छन्।

कति पीडितले भत्किएका घर आफैं बनाए। कतिलाई अन्य व्यक्ति वा संस्थाले घर बनाउन सहयोग गरे। सडकसँग नजोडिएका वा सहरबाट टाढा रहेका गाउँमा भने न भूकम्पपीडितले आफैं बनाउन सके, न अरुको सहयोग पाउनै सके। सरकारले घर बनाइदेला भन्ने आसमा बसेका पीडितहरु बर्खा र जाडोमा सुरक्षित हुन सकेनन्।

नौ महिनापछि राष्ट्रिय भूकम्प सुरक्षा दिवस पारेर पुनर्निर्माण महाअभियान सुरु भएको छ। तर, पुनर्निर्माण प्रक्रिया आगामी बर्खाभन्दा अगाडि पूरा नहुने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओले नै बताइसकेका छन्।

मिठा आश्वासन

भूकम्पपछि सुशील कोइराला नेतृत्वको सरकारले गत जेठ महिनाभित्रै अस्थायी पुनर्बास व्यवस्था गर्ने बताएको थियो। त्यस्तै, भूकम्पबाट ध्वस्त घर पुनर्निर्माण गर्न प्रतिघर दुई लाख नगद दिने घोषणा गरिएको थियो। अर्थमन्त्री रामशरण महतले बजेट प्रस्तुत गर्दै भूकम्पबाट पूर्ण क्षति भएका घर निश्चित मापदण्डका आधारमा आफैं बनाउन चाहनेका लागि स्वीकृत कार्यविधिका आधारमा दुई लाख रुपैयाँसम्म सहायता उपलब्ध गराउने बताएका थिए। त्यस्तै, क्षतिग्रस्त घर पुनर्निर्माण गर्न चाहनेले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन चाहे सरल प्रक्रिया अपनाई राष्ट्र बैंकले तर्जुमा गरेको कार्यविधिका आधारमा काठमाडौं उपत्यकाभित्र २५ लाखसम्म र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म भूकम्प पीडित विशेष आवास कर्जा व्यवस्था गरेको बताएका थिए। कर्जाको ब्याजदर दुई प्रतिशत मात्र हुने भनिएको थियो।

प्राधिकरणको सकस

भूकम्पबाट गाउँ र बस्ती पूरै भत्किएपछि एकीकृत बसोबास योजना र बस्ती सार्नेसम्मका बहस सुरु भए। २०६२/६३ सालको जनआन्दोलनपछि संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सबै समस्या समाधान हुने भनेर बताएजस्तै भूकम्प प्रभावितलाई पुनर्निर्माण प्राधिकरण त्यस्तै 'जादुको छडी' का रुपमा बताइयो। सरकारले प्राधिकरण गठन भएपछि राहतदेखि पुनर्निर्माणसम्मको काम त्यसले अगाडि बढाउने भन्दै जनतालाई धैर्य गर्न भन्यो। खर्बौं रकम खेलाउने प्राधिकरणको नेतृत्व र त्यसको बाँडफाँडमा कुरा नमिल्दा समयमै प्राधिकरण गठन हुन सकेन।

सरकारले पुनर्निर्माणको काम आन्तरिक स्रोतसाधनले पूरा हुन नसक्ने भन्दै दाता सम्मेलन गर्यो । सम्मेलनकै मुखमा तत्कालीन राष्ट्रपति रामवरण यादवले 'भूकम्पबाट भएको क्षतिका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अध्यादेश' जारी गरे। भूकम्पपछिको पुनर्निर्माण, पुनर्स्थापना तथा नवनिर्माणका लागि बाह्य सहायता जुटाउन असार १० गते भएको दाता सम्मेलनमा विभिन्न देश र संस्थाले करिब चार खर्ब सहयोगको बाचा गरे।

तर, प्राधिकरण गठन गर्ने अध्यादेश जारी भएको झन्डै दुई महिनासम्म प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति हुन सकेन। सिइओ कसलाई बनाउने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद जारी रह्यो। अन्ततः सरकारले साउन २८ गते सिइओमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्योन। प्रधानमन्त्री कोइरालाको अध्यक्षतामा भदौ ८ गते प्राधिकरणको पहिलो बैठक बसेर कामको औपचारिक थालनी गरेको थियो। तर, संसद सुरु भएको ६० दिनसम्म पनि अध्यादेश संसदबाट पारित नगराएकाले भदौ १३ गते अध्यादेश निष्त्रि्कय भयो।

भूकम्प पीडितमाथि राजनीति

अध्यादेश निष्त्रि्कय भए पनि दलहरु विधेयक पारित गराउन लागिपरेनन्। सरकार र प्रमुख दलहरु संविधान जारी गर्न लागिपरे। पुनर्निर्माणको मुद्दा ओझेल पर्योन। असोज पहिलो साता संविधान जारी भयो। भारतले अघोषित नाकाबन्दी सुरु गर्योु। कांग्रेस र एमालेबीच प्राधिकरणको सिइओ कसलाई बनाउने भन्नेमा विवाद सुरु भयो। कांग्रेसले आफूले नियुक्त गरेका सिइओलाई निरन्तरता दिन चाह्यो भने एमालेले नयाँ नियुक्त गर्ने अड्डी लियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विधेयक पारित भयो। सरकारले सुशील ज्ञवालीलाई सिइओका रुपमा नियुक्त गर्यो।

खर्बौं रकम परिचालन गर्ने प्राधिकरणको सिइओको विवादमा भूकम्पपीडित मारमा परे। राजनीतिक खिचातानीले पुनर्निर्माण प्राधिकरणलाई पूर्णता दिन र पुनर्निर्माण प्रक्रियामा ढिलासुस्ती भएको पूर्व मुख्यसचिव लीलामणि पौड्याल बताउँछन्। दलहरुले आफ्नो स्वार्थलाई छोड्न नसकेको र राजनीतिक भागबन्डा र असमझदारीले बनेका योजनासमेत कार्यान्वयन हुन नसकेको उनको आरोप छ।

प्राधिकरणका प्रथम सिइओ पोखरेल प्राधिकरणले पहिलो प्राथमिकतामा जनशक्ति व्यवस्थापनलाई राख्नुपर्नेमा जोड दिन्छन्। भूकम्प गएको नौ महिना बितिसक्दा पनि प्राधिकरणले ठोस काम अगाडि बढाउन नसक्नुमा उनी राजनीतिक हस्तक्षेपलाई मुख्य दोषी मान्छन्। 'राजनीतिक हस्तक्षेप र प्रशासनको ढिलासुस्तीले भूकम्पबाट पीडित लाखौं मानिस मर्कामा छन्,' उनी भन्छन्। अहिले भूकम्प पीडितको अवस्था सुधार्ने र पुनर्निर्माणको कामसमेत प्राधिकरणले गर्नुपरेकाले एकीकृत बस्ती व्यवस्थापनबारे राम्रोसँग अध्ययन गरी काम थालनी गर्नुपर्ने उनको धारणा छ।

पीडितमाथि दलहरुले राजनीति गरेकै कारण काम समयमै सुरु हुन नसके पनि अब प्राधिकरणले जनशक्ति एकीकृत गर्ने, गाउँबस्तीमा तालिम दिने, विज्ञ खटाउने र निजी क्षेत्रसँग सहकार्य गर्न आवश्यक रहेको उनी बताउँछन्। प्राधिकरणले पुनर्निर्माण प्रक्रियामा अन्तर्राष्ट्रिय वा राष्ट्रिय गैरसरकारी संस्थाभन्दा पनि निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। पूर्वाधार निर्माणसँगै मुलुकको आर्थिक विकास जोडिएकाले निजी क्षेत्रसँगको सहकार्य दीर्घकालीन रुपमा फलदायी हुने उनी बताउँछन्। 'पुनर्निर्माण महाअभियान सुरु भइसकेको अवस्थामा राजनीतिक दलहरुले आफ्नो वा अर्काको नभनी प्राधिकरणलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ,' उनले भने।

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतका रुपमा दुई साता मात्र काम गर्दा पनि पोखरेल नेतृत्वको टोलीले पुनर्निर्माणको मस्यौदा तयार गरी तालिमसमेत दिएको थियो। पुनर्निर्माणका लागि १९ खाले घरको नक्सा तयार गरेको थियो भने भवन निर्माणसम्बन्धी छलफल पनि सुरु गरेको थियो।

नेकपा (एमाले) का नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भने प्राधिकरणको काम ढिला हुनुमा राजनीतिक दल र नेताको हस्तक्षेप भन्ने कुरा ठाडै अस्वीकार गर्छन्। पुनर्निर्माण निकै संवेदनशील विषय भएकाले त्यसमा एमालेले कहिले पनि असहयोग नगरेको उनी दाबी गर्छन्। 'हाम्रो कहिले असहयोग थिएन। न हिजो थियो, न आज छ,' उनी थप्छन्, 'यसमा कानुनले समेत रोकतोक गर्न दिँदैन।' पुनर्निर्माण गर्ने सरकारले भएकाले अन्य पक्षको त्यसमा खास भूमिका नहुने उनी दाबी गर्छन्। सिइओ लगायत पद सरकारले नियुक्त गर्ने भएकाले अरुले हस्तक्षेप गरेर केही फरक नपर्ने उनी बताउँछन्। 'नौ महिनामा बल्ल यो अभियान सुरु भएको छ। अब यो प्रक्रिया चाँडै अगाडि बढ्नुपर्छ,' पाण्डे जोड दिन्छन्।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री महेश आचार्य पुनर्निर्माण र भूकम्प पीडितको सवालमा कसैले राजनीति गर्न नहुने बताउँछन्। यसमा राजनीतिक विवाद नहुने बताउँदै उनले पुनर्निर्माणमा कांग्रेसको सहयोग र समर्थन पूर्ण रुपमा हुने बताउँछन्। 'हामीले पुनर्निर्माणका विषयमा सरकारलाई सधैं सहयोग गरिरहेका छौं। आगामी दिनमा पनि हाम्रो सहयोग निरन्तर रहिरहनेछ,' उनी भन्छन्। सरकारले शक्तिशाली संयन्त्र बनाएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ। अहिलेको प्रतिकूल मौसमले भूकम्प पीडितलाई पीडा थपेकाले सरकारले नीतिगत निर्णय गरी तत्काल ती उनीहरुका घर बनाइदिनुपर्ने उनको सल्लाह छ। त्यसबाहेक, अस्पताल, विद्यालयजस्ता भत्किएका संरचना पनि चाँडै बनाउनुपर्नेमा आचार्य जोड दिन्छन्।

प्राधिकरणका चुनौती

पुनर्निर्माण महाअभियान सुरु भए पनि प्राधिकरणका चुनौती धेरै छन्। सरकारले सबै सरकारी निकायको समेत अधिकार कटौती गरेर पुनर्निर्माण प्राधिकरण विधेयकअनुसार सबै काम प्राधिकरणले गर्ने व्यवस्था छ । विधेयकअनुसार प्राधिकरणले भूकम्पको क्षति यकिन गर्नेदेखि, पुनर्निर्माण र पुनर्स्थापना नीतिसम्म, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्नेदेखि, काम गर्न कुनै निकायलाई निर्देशन दिने कामसम्म गर्नेछ।

यस्तै प्राधिकरणले नै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी तथा पुनर्निर्माणका लागि आवश्यक पर्ने जनशक्ति विकास र कार्यक्रम लागु गर्ने, गैरसरकारी संस्था, निजी क्षेत्र वा समुदायलाई परिचालन गर्ने, पुनर्निर्माणका काममा सरोकारवाला निकायको क्षमता विकास गर्ने काम पनि गर्नुपर्नेछ ।

पोखरेलको अनुभवमा सबै सरोकारवालालाई संयोजन गरी पुनर्निर्माण अगाडि बढाउनु प्राधिकरणका लागि ठूलो चुनौती हो। तर पुनर्निर्माण प्रक्रिया मानवीय सरोकारको विषयसमेत भएकाले सबै पक्षले यसमा सहयोग गर्नुपर्ने र दलहरुले यसमा राजनीति गर्न नहुने उनको जोड छ। 'विभिन्न खालका जनशक्ति परिचालन गरी समन्वय गर्ने काम प्राधिकरणको हो,' उनी भन्छन्। सरकारी निकाय, निजी क्षेत्र, स्वदेशी तथा विदेशी संघसंस्थासँगको सहकार्यमा एकजुट भई निष्पक्ष पुनर्निर्माणमा लाग्न प्राधिकरणलाई उनको सुझाव छ।

पुनर्निर्माण चुनौतीपूर्ण छ। नेपालजस्तो ससाना राजनीतिक घटनाले ठूलो प्रभाव पार्ने मुलुकमा सहज पुनर्निर्माण सम्भव छैन। भूकम्पजस्ता ठूला प्राकृतिक विपत्तिले नयाँ निर्माणको अवसर पनि प्रदान गर्छन्। विश्वका धेरै मुलुकले यस्ता विपदपछिको पुनर्निर्माणलाई नयाँ ढंगले सुरु गरेका छन्। उदाहरणका लागि, भारतको गुजरातमा डेढ दशकअघि गएको भूकम्पबाट भएको महाविनाशको साक्षी बनेकाहरु अहिले त्यहाँ भएको विकासले दंग छन्। त्यहाँका परिवारहरूले ध्वस्त दुईकोठे पुरानो घरको साटो चारकोठे घर पाए। ठूलो कोठा भएका ती घरमा पानी र शौचालयको पनि प्रबन्ध छ। गाउँमा सुविधासम्पन्न स्वास्थ्य चौकी, मन्दिर र अन्य मानिस भेला हुने ठाउँ पनि बनेको छ, जुन पहिले थिएन। त्यहाँ आर्थिक क्रान्ति मात्र भएको छैन, लाखौं मानिसले रोजगारीसमेत पाएका छन्।

अहिले पुनर्निर्माण भौतिक पुनर्निर्माण मात्र नभई आर्थिक पुनर्निर्माण पनि भएको कुरामा सरोकारवाला सहमत छन्। पूर्व मुख्यसचिव पौड्याल ढिलै भए पनि पुनर्निर्माण महाअभियान सुरु भएकोमा सकारात्मक छन्। भूकम्पपछि ध्वस्त भएका संरचना पुनर्निर्माण अहिले राज्यको पहिलो प्राथमिकतामा परेको उनले महसुस गरेका छन्। अब राजनीतिक खिचातानीमा पुनर्निर्माण प्रक्रियालाई मुछ्न नहुनेमा उनी जोड दिन्छन्। 'यो समग्र राष्ट्रको पुनर्निर्माण हो। अबका दिनमा पुनर्निर्माणमा गर्नुपर्ने काम निकै धेरै छन्,' उनी भन्छन्।

पौड्यालले पुनर्निर्माण पूरा गर्न धेरै चुनौती देखेका छन्। पुनर्निर्माणका लागि आवश्यक साधनस्रोत, दक्ष जनशक्ति र स्वयंसेवक लगायतको कमी उनले अवलोकन गरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा आर्थिक, सामाजिक, सांस्कृतिक लगायत धेरै पक्षलाई ख्याल राख्नुपर्ने उनी बताउँछन्। 'यो सबै कामका लागि आन्तरिक उत्पादन र स्वदेशी मानवस्रोत प्रयोग गर्नेमा जोड दिनुपर्छ। त्यस्तै, कामको गुणस्तरीयता पनि सुनिश्चित गर्नुपर्छ,' पौड्याल भन्छन्।

एकीकृत बस्ती निर्माण र जोखिममा रहेका बस्ती सार्ने बहस चलिरहेको छ। सजिलै पुग्न नसकिने र प्राकृतिक प्रकोपको जोखिममा रहेका बस्ती सुरक्षित र सुगम स्थानमा सार्न विज्ञले जोड दिइरहेका छन्। पौड्याल विगतमा पनि जोखिमयुक्त बस्ती सार्ने योजना असफल भएकाले यसलाई नयाँ शैली र प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्ने बताउँछन्। 'मुगुको रारा ताल, बर्दिया लगायत ठाउँबाट बस्ती सारिएको हो। तर समस्या जस्ताको तस्तै छ,' उनी थप्छन्, 'बस्ती स्थानान्तरण गर्ने काम सबैभन्दा धेरै चुनौतीपूर्ण हो।' यस्ता धेरै सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक र मानसिक चुनौती रहेको उनी बताउँछन्।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस