मानो रोपेर मुरी
२५ असार २०७२
•
१ मिनेट पाठ
मानो रोपेर मुरी
छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो, लगाई पानी आएर गोडौंला।

असारे भाकाका यस्ता गीत गाउँदै रोपाइँ गर्नुको रमाइलो शब्दमा वर्णन गर्न सकिन्न। असार महिना किसानहरूका लागि अति व्यस्त समय हो। चारैतिर हरियाली, हिलोमाटोको सुगन्ध अनि छिनमै पानी र घाम लाग्ने चुलबुले मौसम। मानो खाएर मुरी उब्जाउने बेला गोरखा, छेपेटारका किसान गतहप्ता यसरी नै असोर भाका गाउँदै रोपाइँमा व्यस्त देखिन्थे।

कृषिमा भएको धेरथोर आधुनिकीकरण र युवायुवतीको कम चासोका कारण असारे भाका आजकाल हराउँदै गएको छ। यस्तै हो भने अबका केही वर्षपछि असारे भाकाहरू किंवदन्तीहरूमा मात्र रहने हुन् कि!
अर्को समाचार
मुरी फलाउने मानोकै चिन्ता
१४ जेष्ठ २०७२
•
२३ मिनेट पाठ
मुरी फलाउने मानोकै चिन्ता
सिन्धुपाल्चोक/काभ्रे/धादिङ/नुवाकोट/गोरखा-सामान्य अवस्था हुँदो हो त सिन्धुपाल्चोक जिल्लाको पीपलडाँडा, भीरकुनागाउँका लोकबहादुर पुरी अचेल दिनहुँ खेतमै भेटिन्थे। बर्खे खेतीको चटारोले छोपिसक्थ्यो उनलाई। मानो रोपेर मुरी फलाउने मौसम सुरु भइसके पनि भूकम्पले रन्थनाइरहेका किसान अहिलेसम्म अलमलमै छन्– बिउ कहाँ पाउने? मल कहाँबाट ल्याउने? यसपालि कसरी अन्न फलाउने?यो अवस्था सिन्धुपाल्चोकका ग्रामीण किसानको मात्र होइन, भूकम्प अति प्रभावित गोरखा, धादिङ, काभ्रे, नुवाकोेट, मकवानपुरलगायत सबै जिल्लाको हो।
अघिल्लो वर्ष भीरकुनाका किसानले जेठ पहिलो साता नै धान र कोदोका बिउ छरिसकेका थिए। माटोका गिर्खा पल्टाउँदै यतिबेला धान र कोदो टुसाउन थालिसकेका थिए खेतमा। अगौटे कोदो त रोप्ने नै चटारो सुरु भइसक्थ्यो। 
बर्खे खेतीको उब्जनीले वर्षभर गुजारा चलाउने पुरीजस्ताका किसानी जिन्दगी वैशाख १२ को महाभूकम्पले अवरुद्ध पारिदिएको छ। घरसँगै बिउबिजन सबै नष्ट भएपछि उनी कसरी खेती गर्ने, विलखबन्दमा छन्।
‘अन्न सबै घरमै पुरियो। बर्खे खेतीलाई जोहो गरेको बिउबिजन पनि बाँकी रहेन,' उनले नागरिसकसँग दुःख बिसाए। 
भूकम्पले त्रिपाल बासमा पुर्याेए पनि आफूलाई सम्हाल्दै उनले खेतबारी खनजोत गरेका छन्। प्रांगारिक मल छरेर ब्याड राख्ने खेत पनि तयार पारे। त्यतिन्जेल कुनै उपायबाट बिउ जोहो होला भन्ने उनको आस थियो। ‘सबै घर ध्वस्त भएकाले छिमेकीको पनि केही बाँकी रहेन। बजारमा किन्न पनि पाइएन। पैंचो चल्ने अवस्था छैन,' उनले चिन्ता व्यक्त गरे। 
सात पाथी धानको बिउ लाग्ने ६ रोपनी टारी खेत छ उनको। बर्खाको भलबाडी छोप्नुपर्ने भएकाले जतिसक्दो छिटो बिउ उमार्नुपर्ने बाध्यता छ उनीसँग। 
गोरखा, हंसपुर–४ की अनु भट्टले अहिलेसम्म धानको बिउ राखेकी छैनन्। यो मौसममै अघिल्लो वर्ष धानको बिउ छरिसकेकी थिइन् उनले। उनलाई १० पाथी धानको बिउ चाहिने भए पनि अहिलेसम्म एक गेडो छैन। 
‘भुइँचालोले घर भत्कियो, एकदाना पनि अन्न निकाल्न सकिएन। दुई–चार दिनमा बिउ पाइएन भने यसपालि खेत बाँझै हुन्छ,' निराश हुँदै उनले भनिन् ।
लोकबहादुर र अनु मात्र होइन, सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, काभ्रे, रसुवा, धादिङलगायत जिल्ल्ााका भूकम्पप्रभावित किसानलाई बर्षेखेतीका लागि धानको बिउ कसरी जुटाउने भन्ने चिन्ता छ।
बर्खाको मुखैमा गएको महाभूकम्पले ती जिल्लाका कृषि क्षेत्र नराम्ररी प्रभावित भएको छ। भूकम्पको क्षति र त्रास लुकाउँदै किसानले खनजोत गरे पनि ब्याड राख्न धानको बिउ नै छैन। घरसँगै बिउबिजन पुरिएका सबैको हालत उस्तै छ, सरसापट, अैँचोपैँचो चल्ने अवस्था पनि छैन। ती जिल्लाका अधिकांश बजार ध्वस्त भएकाले किन्ने विकल्प पनि छैन। ‘असार पहिलो साताबाट धान र अगौटे कोदो रोपाइँको चटारो चल्छ। साउन पहिलो साताबाट पछ्योटे कोदो रोपाइँ सुरु हुन्छ। त्यसका लागि बिउ छर्न ढिलो भइसकेको छ,' सिन्धुपाल्चोक, गौरातीका टीकालाल श्रेष्ठले सुनाए।
गाँसवासविहीन किसानलाई बर्खे खेती लगाउनै नपाइने हो कि भन्ने पिरलो छ। ती जिल्लाका जनसंख्याको ठूलो हिस्सा कृषिमा निर्भर छ। धान, कोदो र मकै यहाँको मुख्य उत्पादन हो। 
सरकारसँग उनीहरूको माग छ– राहतमा खाद्यान्नसँगै बिउबिजन पनि पाउँ्क। बिउबिजन उपलब्ध भए कात्तिकबाट उत्पादन सुरु भई राहत बाँड्नुपर्ने अवस्था अन्त्य हुने उनीहरू सुनाउँछन्।
जिल्ला कृषि विकास कार्यालयका अनुसार सिन्धुपाल्चोकमा २ हजार २ सय २० हेक्टरमा बर्खे धानबाली लाग्छ। यो जमिन ढाक्न ६ सय मेटि्रक टन बिउ आवश्यक पर्छ। केही किसानले बचाएको, केही संस्थाले धान बिउ सहयोग बचन दिएका पनि अझै झन्डै ३ सय मेटि्रक टन अभाव रहेको वरिष्ठ कृषि विकास अधिकृत वेदप्रसाद चौलागाईंले बताए।
‘बिउ राख्न ढिलो भइसकेको छ। सबै संयन्त्र लगाएर धानको खोजी गरिरहेका छौं,' उनले भने। कार्यालयले भूकम्पअघि र पछिसमेत गरेर झन्डै १० हजार किलो धान बिउ वितरण गरेको थियो। यसैबाट कतिपय किसानले बिउ छर्न पाएको बताइए पनि धेरैको ब्याड भूकम्पले नष्ट गरिदियो। 
विश्व खाद्य तथा कृषि संस्थाले भूकम्पपछि ४५ मेटि्रक टन मकवानपुरे–१ र पाँच मेटि्रक टन खुमल–४ जातको धान बिउ दिने कबोल गरे पनि हालसम्म २७ मेटि्रक टन उपलब्ध गराएको छ। ‘यस समेत सबै गर्दा पनि अझै ५० प्रतिशत बिउको खाँचो छ,' चौलागाईंले भने। विगत वर्षमा सिन्धुपाल्चोकले अन्य जिल्लामा धान बिउ निर्यात गर्थ्यो।
१ हजार ५ सय हेक्टरमा धान र ४ हजार ३ सय ३९ हेक्टरमा कोदो खेती हुन्छ। बेसीदेखि उच्च हिमाली भेगमा समेत कोदो लाग्छ। बिउको लागि १ सय ३५ मेटि्रक टन कोदो आवश्यक पर्ने कार्यालयले जनाएको छ। 
कार्यालयका अनुसार ५० मेटि्रक टन कोदो बिउ आवश्यक छ। अगौटे कोदो बिउ छर्न ढिलो भए पनि पछ्योटेका लागि अझै समय छ। जिल्लाको जलवीर, मेलम्ची, महांकाल, किउल, इन्द्रावती करिडोरका जमिन धान खेतीका लागि अग्रणी मानिन्छन्। 
सिन्धुपाल्चोक कृषि क्षेत्रबाट आत्मनिर्भर जिल्ला हो। कार्यालयका अनुसार महाभूकम्पबाट १ अर्ब ८८ करोड ५० लाख रुपैयाँ बराबरका कृषि यन्त्र, अन्न, तरकारीसमेत नष्ट भएका छन्। जिल्लाको प्रमुख उत्पादन धान, मकै, गहुँ, कोदो, दलहन, तेलहन र आलु गरी ७१ करोड ९० लाख, ९० करोड बराबरका कृषि उपकरण र गोलभेेँडा, काउली, बन्दा, लहरे तरकारीसमेत २७ करोड रुपैयाँ बराबरको तरकारी नष्ट भएको छ। 
धान, मकै, गहुँ, कोदो, दलहन र आलु गरी १३ लाख २६ हजार मेटि्रक टन अन्नपात घरसँगै पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ। ३ हजार हेक्टरमा लगाइएको तरकारी खेती, ४ हजार मौरीघार, ६ हजार प्लास्टिक टनेल, कन्य च्याउका १ सय ९० टनेल, सिकाके च्याउका ३० टहरा क्षतिग्रस्त भएको छ।
मल अभावमा मकै र धान पहेंलिँदै गएका छन्। २४ हजार ९ सय हेक्टरमा मकै खेती लगाइएको छ। बजारमा मल छैन। सम्हालिँदै गरेका उनीहरू टाढा जान सक्ने अवस्था छैन। अन्न बेचेर मल जोहो गर्ने उनीहरूसँग खरिद गर्ने पैसा छैन।
औषधिउपचार र मल समयमै पाउने हो भने यही उत्पादनबाट जिल्लाका किसानले पाँच महिनासम्म धान्न सक्छन्। राहतको मल ढुवानी गरेर सहज आपूर्ति गर्न गाउँका कृषि सहकारी संस्थालाई कृषि कार्यालयले आग्रह गरी सिफारिस दिएको वरिष्ठ कृषि विकास अधिकृत चौलागाईं बताउँछन्। 
काभ्रेमा नगदेबाली सखाप 
भूकम्पले कुलो बगाउनुका साथै खेत चिरा–चिरा पारेपछि महादेवस्थान–३, रायोबारीका रंगप्रसाद नेपालले करिब ४ रोपनीमा लगाएको अलैंची सखाप भयो। पाखापखेरीमा मात्रै अलैंची खेती हुने गरेकामा प्रयोगका रूपमा तीन वर्षदेखि खेतमै अलैंची लगाउँदै आएका उनी यस वर्ष १ लाख रुपैंयाँ आम्दानी गर्ने योजनामा थिए तर भूकम्पले घर भत्किनुका साथै अलैंची खेतीसमेत नष्ट भयो। 
मध्यपहाडी जिल्ला काभ्रेपलाञ्चोकमा यस सिजनमा धान, मकै, कोदो खेती हुने बेला भएको छ। प्रायः किसानले यिनै खाद्यबालीको बिउमा चासो देखाएका छन्। ‘भूकम्पबाट बढी प्रभावित भूभागमा यतिखेर धान र अन्य बाली लगाउने समय भएको छ। यसैले पनि बढी ध्यान दुवै अन्नबालीको बिउमा छ,' वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले भने।
कृषि कार्यालयले भूकम्पका कारण जिल्लामा भण्डार गरिएको खाद्यान्न, तरकारी, तेलहन र तिनका बिउ समेतबाट १ अर्ब २५ करोडको क्षति पुगेको जनाएको छ। सबैभन्दा बढी धान १० हजार मेटि्रक टन, मकै ८ हजार मेटि्रक टन, गहुँ २ हजार मेटि्रक टन, तोरी २ हजार मेटि्रक टन, कोदो १ हजार र फापर ४ सय मेटि्रक टन क्षति भएको छ। 
भण्डारण गरिएका बिउमा आलु ५ सय मेटि्रक टन, धान १ सय २० मेटि्रक टन, मकै ६० मेटि्रक टन, गहुँ ५ मेटि्रक टन, कोदो २ मेटि्रक टन र फापर १ मेटि्रक टन छ। भुकम्पले गर्दा मौरीपालन व्यवसायमा समेत क्षति पुर्याटएको पौडेलको भनाइ छ। १ हजारभन्दा बढी संख्यामा खोपे घार र उन्नत घारमा पालिएको मौरी नष्ट हुनुका साथै मह पनि खेर गएको छ। हजारभन्दा बढी प्लास्टिक हाउसमा खेती भएको गोलभेंडा खेती नष्ट भएको छ। गोलभेंडा र च्याउखेती भइरहेको प्लास्टिक हाउसमा अस्थायी आश्रय लिनुपर्दा उत्पादनमा थप नोक्सानी पुगेको छ। तरकारीमा मात्रै ३० लाख रुपैंयाभन्दा बढीको क्षति भएको कार्यालयको भनाइ छ। 
कृषि कार्यालयले तत्काल कृषि राहतका लागि कृषि विभागसँग १० हजार हेक्टरका लागि धानको बिउ र २४ हजार हेक्टरका लागि मकैको बिउ माग गरेको छ तर मकैको बिउ एक गेडो पनि आएको छैन। 
‘माथिल्लो भेगमा वैशाखकै सुरुमा मकै छर्ने काम सकिएको भए पनि तल्लो भेगमा भने अझै बिउको माग छ। मकैको बिउ नआउँदा मकै खेतीमा संलग्न कृषकलाई मर्का पर्छ,' पौडेलले भने। 
भग्नावशेषबाट बचेखुचेका केही अन्नपात सेना र प्रहरीको मद्दतमा निकाल्न सकिए पनि ती अन्नपातको भण्डारणमा समस्या आएको उनले सुनाए। अस्थायी रूपमा सुपरग्रेन ब्यागजस्ता प्लास्टिकमा भण्डारण गरेर उपयोग गर्न सकिने उनको सुझाव छ। 
जिल्लामा उद्धार र राहतका काम सुरु भएको महिनादिन पुग्दा समेत जीविकोपार्जन कार्यक्रमप्रति सरोकारवालाको ध्यान पुग्न नसकेको किसानको गुनासो छ।
जिल्लाभरलाई तीन मेटि्रक टन कोदोको बिउ भए पर्याप्त हुनेमा जिल्ला विकास समितिबाट रकमान्तर नभए बिउ वितरण कार्य प्रभावित हुने देखिन्छ। अघिल्लो वर्षसम्म काभ्रेपलान्चोक जिल्लामा उत्पादित खाद्यान्नले जिल्लाको माग मात्र नधानी केही मात्रामा बढीसमेत हुन्थ्यो। भूकम्प र वातावरणीय प्रभावले यस वर्ष उत्पादनमा ह्रास आउने वरिष्ठ कृषि विकास अधिकृत पौडेलको आँकलन छ।
‘विगतमा सबै खाद्यान्नको सञ्चिति २ हजार मेटि्रक टनसम्म हुन्थ्यो तर यसपटक एकैपटक ठूलो परिमाणमा अपुग हुने प्रारम्भिक अध्ययनले देखाएको छ। यसबाट काभ्रेमा समेत खाद्य संकटको अवस्था आउने निश्चित छ,' उनले थपे। कृषि कार्यालयले यो वर्ष २३ हजार मेटि्रक टन खाद्यान्न अपुग हुने बताउँदै आएको छ। 

कहिले आउँछ धानको बिउ?
जिल्ला कृषि विकास कार्यालय, धादिङको टोल फ्री नम्बर १६६०१०५२४१९ अचेल छिनछिनमा बजिरहन्छ। ‘धानको बिउ आउँछ कि आउँदैन?' अधिकांशले यही प्रश्न दोहोर्याचउँछन्। ‘प्रयास जारी छ,' कर्मचारी आश्वासन बाँड्छन्। 
महाभूकम्पले जिल्ल्ााका अधिकांश घर नष्ट गरेसँगै त्यहाँ राखिएको अन्नपात पुरिएकाले बिउ अभाव भएको हो। यहाँका ८० प्रतिशत घर पूर्ण नष्ट भएका छन्। जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा ६ सय मेटि्रक टन धानको बिउ आवश्यक पर्छ। तर, कार्यालयले भने अहिलेसम्म ५० मेटि्रक टन बिउ जोहो गर्न सकेकोे छ।
जिल्ला कृषि विकास कार्यालय, धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र कौडाल मागबमोजिम धानको बिउ जिल्ला भिœयाउन नसकिएको बताउँछन्। ‘कम्तीमा प्रतिपरिवार १० किलो बिउ आवश्यक छ,' कौडाल भन्छन्, ‘तत्काल आइपरेको समस्याका कारण मागबमोजिम व्यवस्थापन गर्न सकिएको छैन।' 
कार्यालयले मन्त्रालय र विभागमा ३ सय मेटि्रक टन धान, चार मेटि्रक टन तरकारी र १० मेटि्रक टन कोदोको बिउ माग गरे पनि आपूर्ति हुन सकेको छैन। जेठ २० सम्म बिउ वितरण गर्न नसके खेतीपाती प्रभावित हुने उनको भनाइ छ। धादिङमा कुल १६ हजार ४ सय ४५ हेक्टर खेतमा धान खेती हुन्छ। 
बिउबिजन नपाउँदा आक्रोश
खेतीको मौसम सुरु हुन लाग्दा पनि बिउबिजन नपाउँदा नुवाकोटका किसान आक्रोशित छन्। आफूहरूले पटक–पटक अनुरोध गर्दा पनि कुनै पनि निकायले धान, मकै र कोदोको बिउ उपलब्ध नगराएको उनीहरूको गुनासो छ। 
‘विभिन्न संघसंस्था तथा व्यक्तिहरूले उपलब्ध गराएको चामल र दालले केही दिन धान्ला, अब हामीलाई मलखाद, औजार र बिउ चाहिएको छ,' स्थानीय सानुमाया तामाङले भनिन् , ‘ब्याड राख्ने खेत तयार भए पनि बिउ नभएकाले चिन्ता थपिएको छ, केही दिनभित्र धानको बिउ नपाए यसपालि खेत बाँझै हुन्छ।'
सरकारले भूकम्प पीडित जनताका लागि निःशुल्क बिउ, मल र औजार व्यवस्था गनुपर्ने देखिन्छ। ‘क्षणिक समयका लागि राहत दिएर मात्र हुँदैन, खेतीपाती गरिएन भने केही महिनापछि भोकभोकै पर्ने अवस्था आउँछ,' काउले–१ की मेन्दो तामाङ भन्छिन्।
भूकम्पले नुवाकोटका अधिकांश घर नष्ट भएपछि बर्खेधान लगाउन ठिक्क पारेको बिउबिजन पुरिएको कृषि विकास कार्यालय, नुवाकोटले जनाएको छ। ५ सय मेटि्रक टन धानको बिउ, २५ मेटि्रक टन कोदोको बिउ र ६ मेटि्रक टन आलुको बिउ पुरिएको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत महेश रेग्मीले बताए। 
जिल्लाभर ५ सय मेटि्रक टन बिउ माग भए पनि कृषि विकास मन्त्रालयबाट ६० मेटि्रक टन मात्र उपलब्ध भएको छ। ‘यति बिउले जिल्लाभरका किसानलाई पुग्दैन, यो त हात्तीको मुखमा जिरासरह हुन्छ,' फिकुरी–१ का प्रतापसिंह तामाङले भने। 
धानबाली प्रमुख उत्पादनका रूपमा रहेको जिल्ला कृषि विकास कार्यालय, नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार जिल्लामा १५ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइन्छ। त्यस्तै, २४ हजार हेक्टरमा मकै र ५ हजार हेक्टरमा कोदोको खेती हुन्छ। कुखुरा, गाई गोरु, भैसी, बाख्रा, भेंडा, बंगुर गरी २० हजारभन्दा बढी चौपाया मर्दा किसानलाई १० करोडभन्दा बढी नोक्सान भएको छ।
ग्रामीण किसान मारमा
गोरखामा धान, मकै, कोदो र गहुँ गरी १२ हजार ३ सय ८ मेटि्रक टन अन्न नष्ट भएको कृषि कार्यालयले जनाएको छ। ४६ हजार घर पूर्ण क्षति भएका घरमध्ये अधिकांश ग्रामीण भेगका छन्। किसानले घरमा भण्डारण गरेका धानको बिउ पुरिएपछि खेतीको मौसममा किसानमा औडाहा देखिन्छ। 
भूकम्पले ४२ करोडबराबरको अन्नपात नोक्सान भएको वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताए। ‘यहाँका ९० प्रतिशतभन्दा बढी किसानसँग बिउ राख्ने धान छैन,' उनले भने। यहाँका किसानलाई ४ सय १८ मेटि्रक टन धानको बिउ चाहिन्छ। जिल्ला कृषि विकास कार्यालयले १० मेटि्रक टन र अन्य गैरसरकारी संघसंस्थाले केही बिउ बाँडे पनि पर्याप्त छैन। कतिपय फाँटमा सिँचाइका लागि बनाइएको कुलो भत्कँदा बाँझै रहने अवस्था रहेको कृषि कार्यालयका प्रमुख तीर्थकुमार श्रेष्ठ बताउँछन्।
राहतमा कृषि औजार र उपकरण छैन
भूकम्पले काभ्रेका बहुसंख्यक कृषक प्रभाव पारेको वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेल बताउँछन्। ‘सरकारले तत्काल राहतका लागि धान र मकैको बिउ उपलब्ध गराउने नीति लिए पनि कृषि कर्मका लागि आवश्यक औजार तथा उपकरणका लागि कुनै योजना आएको छैन। कृषि इन्जिनियरिङ निर्देशनलायले चालु आर्थिक वर्षका लागि सीमित संख्यामा मिनिटिलर, पावरटिलर, हाते ट्याक्टरमा अनुदान दिने योजना छ’, उनले भने।
गत वर्षसम्म यी उपकरणमा ५० प्रतिशत अनुदान व्यवस्था थियो। यस वर्ष घटेर ३० प्रतिशत मात्रै भएको उनको भनाइ छ। गाउँमा कृषिमा खट्ने जनशक्ति अभावले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई राहत कार्यक्रममा कृषि औजार र उपकरणलाई प्राथमिकता दिँदै अनुदानमा समेत पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस