ग १ ज ४९०४ नम्बरको गाडी ट्याक्सी हो। तर अक्सर ट्याक्सी भनेर चिनिने गाडीहरूभन्दा यो भिन्न छ। यात्रु ओसारपसार गर्ने ट्याक्सी अक्सर मारुती ८०० सिसीका हुन्छन्। ४९०४ नम्बरचाहिँ स्यान्ट्रो हो। यसका मालिक चेत आले मारुती ८०० भन्दा सुविधासम्पन्न गाडीलाई ट्याक्सीका रूपमा चलाएर होइन, अक्सर ट्याक्सी चालक भनेर चलनचल्तीमा बुझिने विम्ब बदलेर यसपालि झन् फरक भएका छन्। एक महिनाभन्दा बढी भयो आलेको अवतार बदलिएको। हो, अहिले पनि उनी त्यही ट्याक्सी चलाइरहेकै छन्, तर फरक उद्देश्य र यात्रु बोकेर।ग १ ज ४९०४ नम्बरको ट्याक्सी अचेल पोखराका सडकमा साधारण यात्रु बोक्दैन। भूकम्प प्रभावित बिरामीहरू यसका यात्रु हुन्। र, तिनले आलेलाई पैसा तिर्नुपर्दैन। अस्पतालदेखि आश्रयस्थलसम्म जहाँबाट जहाँ जानु परे पनि र आउनुपरे पनि ९८०६७६६५७१ मा फोन गरे पुग्छ। आले टुप्लुक्कै आइपुग्छन् र भनेको ठाउँमा लगिदिन्छन्, ल्याइदिन्छन्।
वैशाख १२ गतेको भुइँचालोबाट प्रभावितहरूलाई धेरैले धेरै तरिकाले सरसहयोग गरे। आले भने निःशुल्क ट्याक्सी सेवाको अवतार लिएर प्रकट भए। गोरखा बारपाक केन्द्रबिन्दु बनाएर गएको भुइँचालोबाट घाइते भएका धेरै गोरखाली पोखरा ल्याइएका छन्। कतिपय निको भएर घर फर्के पनि चार सयभन्दा बढीले पोखराका विभिन्न ठाउँमा आश्रय लिए। तिनीहरूलाई अस्पताल जानुपर्दा र फर्कनुपर्दाका हितैषी पोखरा—१५ रामबजारका चेत आले भएका छन्। ‘म त ट्याक्सी ड्राइभर,' आलेलाई लाग्यो, ‘किन ट्याक्सीबाटै सहयोग नगर्ने?' अनि उनले सुरु गरे भूकम्पपीडितलाई निःशुल्क ट्याक्सी सेवा।
भुइँचालो गएको दोस्रो दिनदेखि गोरखाका घाइतेलाई नेपाली सेनाले हेलिकोप्टरमा पोखरा झारेको थियो। तेस्रो दिन आफ्ना साथीभाइ बटुलेर केही जुस र केही बिस्कुट लिएर आले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका थिए। ९० जनालाई त्यति खानेकुरा दिएर सहयोग गर्दा उनको धीत मरेन। गोरखा नै पुगेर गाउँमा उद्धारमा खटिने ह्याउ भने थिएन। अस्पतालबाट डिस्चार्ज भएर आश्रयस्थल जानुपर्ने भूकम्पपीडित बिरामीलाई ओसार्दा पैसा लिन चेतको चेतनाले दिएन। बरु आफ्नो ट्याक्सीबाटै सेवा दिन सके हुन्थ्यो भन्ने लाग्यो र ट्याक्सीमा ‘भूकम्पपीडितलाई निःशुल्क ट्याक्सी सेवा' भन्ने स्टिकर लेखेरै टाँसे। ‘त्यो स्टिकर देखेपछि अरू यात्रुले नरोक्ने,' आलेले अनुभव पाए, ‘भूकम्पपीडित आफूले नचिन्ने भयो।'
दुई–तीन दिन त्यत्तिकै त्यत्तिकै गुड्दागुड्दै आलेले पश्चिमाञ्चल क्षेत्रीय, मणिपाल र गण्डकी मेडिकल कलेज अस्पतालमा आफ्नो उही फोन नम्बर छाडे। त्यसपछि फोन आउन थाल्यो र बिरामीलाई पोखरा नगर क्षेत्रभित्रका गन्तव्य पुर्याफउन थाले। यो महिना उनले अरू बेलाजस्तो मासिक ४० हजार कमाएनन्, उल्टो पेट्रोलका लागि आफ्नै गोजीको पैसा सके। ‘तर, मलाई आनन्द बढेको छ,' यसो भन्दा उनी प्रफुल्ल देखिन्छन्।
‘
क्षेत्रीय अस्पतालमात्रै होइन मणिपाल र गण्डकी शिक्षण कलेजका अस्पतालहरूमा भूकम्पपीडित थपिन थालेका थिए। अस्पतालका बेडैपिच्छे बिरामीको छटपटाहट थियो। वैशाख १२ गते धर्तीलाई भुइँचालोले हल्लाएभन्दा पनि बढी चेतको चेतना हल्लिन थाल्यो। जुस र बिस्कुट, चिउरा वा दाममोठ दिएर मात्रै ती बिरामीको सेवा हुन्न भन्ने लाग्यो। झन् एक–दुई दिनपछि त बिरामी अस्पतालबाट डिस्चार्ज भएर कहाँ जाने हो भनेर सुर्ताइरहेका थिए। प्रशासनले पोखरामै आश्रयस्थल खोज्यो। धेरैजसो बिरामी तमु धिं नेपालको भवनमा लगिए। बिरौटाको ज्योति भोकेसनल केन्द्र पनि पुर्या ए। कतिलाई त केही दिन गुम्बामा शरण मिलाइयो।
आश्रय स्थलमा सबैखाले सेवा सुविधा उपलब्ध गराइयो। तमु धिंमा आइसकेपछि सुत्केरी भएकाहरुलाई तमु धिं अन्तर्गत समाजका सदस्यले घरघरै लगेर पनि स्याहारे। अरू घाइते र बिरामीलाई अस्पताल भर्ना नै गरेर बस्नु नपरेर पनि बरोबर गइरहनुपर्थ्याे। घरै भत्किएर त्यही घरको चोट निको पार्न सैनिक हेलिकोप्टरमा ल्याइएकाहरूसँग एकसरो लुगाफोटोबाहेक केही थिएन। ट्याक्सी चढेर अस्पताल आउजाउ गर्ने पैसा हुने कुरै भएन। उनीहरूका लागि आलेको सेवाले ठूलो राहत दियो।
तमु धिंको भवनमा सुरुमा तीन सय जना थिए, भूकम्पपीडित। तिनलाई अस्पताल लैजान र ल्याउन केही एम्बुलेन्सको पनि व्यवस्था गरिएको थियो। सबै बिरामीका लागि एम्बुलेन्स पर्याप्त नहुँदा साथ दिए, उनै आलेले। एम्बुलेन्सहरू पातलिँदै जाँदा पनि उनको सेवा निरन्तर छ। ‘एम्बुलेन्सले भनेको बेला नभ्याउने,' भूकम्पले घाइते भएकी बज्यै कान्छीमाया गुरुङको हेरचाहका लागि लाप्राक गोरखाबाट आएका होमबहादुरले भने, ‘तर जति बेला फोन गरे पनि ट्याक्सी लिएर चेत दाइ हाजिर।' सरकार र अरू सामाजिक संस्थाले दिनुपर्ने सेवा आलेले व्यक्तिगत रूपमै दिन सकेको होम बताउँछन्। भन्छन्, ‘उहाँ साँच्चिकै सेवा गर्छु भनेर लाग्नुभएको छ। ट्याक्सीमात्रै फ्रि गर्नुभएको होइन, बिरामी अस्पताल लैजाँदा र ल्याउँदा धेरै कुरामा सहयोग गर्नुहुन्छ।' रातबिरात फोन गरेर बोलाउँदा पनि आएर चेतले सेवा दिएको तमु धिंकी सरस्वती गुरुङ बताउँछिन्। भन्छिन्, ‘तमु धिंले पेट्रोल खर्च दिऊँला नि भन्दा पनि उहाँले लिन मान्नुभएन।'
चेतले निःशुल्क सेवा दिन थालेपछि दिनमै १०/१२ खेप अस्पताल ओहोरदोहोर गर्थे। अहिले बिरामीहरू घर फर्केर तमु धिंमा सवा सयमात्रै बाँकी छन्। ज्योति केन्द्रमा त्यस्तै ३५/४० छन्। तिनीहरूमध्ये गर्भवती र बूढाबूढीहरूलाई अस्पताल लाने–ल्याउने गेरेरै आलेको दिन बितिरहन्छन्। बिरामी ओसार्न पर्ला भनेरै उनी दिनभरजसो पोखरा नयाँ बजारको तमु धिं कार्यालयमै हुन्छन्। भूकम्पपीडितलाई ओसार्न थालेको यतिका समययता उनले अरू यात्रुलाई जम्मा चार–पाँच पटकमात्रै ओसारे होलान्। भूकम्पपीडितका लागि भने उनी पोखराबाहेक गोरखासम्म पनि पुगेका छन्।
उनले ट्याक्सी चलाउन थालेको आधा दशक पनि भएको छैन। खासमा उनको परिचय आफ्ना मगर समुदायको पुर्ख्यौली पेसासँग जोडिएको छ। उनी लाहुरे हुन्। भारतीय सेनामा भर्ती भएर सन् १९९७ मा निवृत्त भए। त्यसपछि इराक, साउदी, कतार र मलेसियामा रोजगारीका लागि गए। पोखरामा घरघडेरी जोडेर परिवार पाल्न पुगेकै हो। तर, पनि फाल्टु बस्न मन लागेन। ‘फुर्सदमा हुनुभन्दा बिजी भएको राम्रो,' पाँच वर्षअघि ट्याक्सी चलाउन सुरु गर्दा उनमा यस्तो सोच आएको थियो।
मारुतीभन्दा केही ठूलो र सुविधाजनक गाडीलाई सार्वजनिक यातायात बनाउनु ट्याक्सीप्रतिको इमेज बदल्नु त हुँदै हो झन् यसपालि आलेले भूकम्पपीडितका लागि निःशुल्क सेवा दिएर ट्याक्सी ड्राइभर भनेर दुनियाँले देख्ने नजरिया नै बदलिदिए। सेवा गरेर बताइदिए कि ट्याक्सी चालक यात्रु ओसार्ने र पैसा कमाउनेमात्रै गर्दैनन्, परेको बेला आफ्नो कमाइको माया मारेर दुनियाँको सेवामा पनि खटिन्छन्।