सिंगापुरे पुलिसको विकास अनुभव
११ वैशाख २०७२
•
१८ मिनेट पाठ
सिंगापुरे पुलिसको विकास अनुभव
जनस्वास्थ्यमा मुखियाको जागिर थियो र तलब पाउँथे महिनाको दुई सय ५२ रुपैयाँ। चार सय जनालाई उछिनेर एक नम्बरमा नाम निकालेको जागिरकै सिलसिलामा एउटा तालिम पर्योि, तीन महिने। दमौलीमा तालिम लिइरहेकै बेला ब्रिटिस आर्मीका लागि तनहुँबाट छनोट लिइरहेको देखेपछि कास्कीमा कहिले होला भन्ने खुल्दुली मच्चियो। पुस ६ गते हुन्छ भन्ने भएपछि घर जानुपर्ने काम परेको बहाना बनाएर तालिममा छुट्टी लिए। पोखरा रमाना भए। याङ्जाकोटतिरका गल्ला गुमानसिंह गुरुङलाई भनेर नाम बुक गराए। छाती नपाए। पहिलो चरणमा नाम निस्कियो।पोखरामा छनोट भएर मात्रै पुग्दैनथ्यो। जानुपर्थ्याे पक्लिहवा। तालिम सकिए पनि अफिस त छँदै थियो। फेरि बिदा लिने कसरी? उनले हाकिम शेरबहादुर चौधरीसँग आफू ब्रिटिस आर्मीमा भर्ती हुन चाहेको प्रस्टै भनिदिए। 'किन मुखिया सा'ब,' चौधरीले सोधे, 'उता तलब कति हुन्छ?'




'१८ सय रुपैयाँ।'

'त्यसो भए जानोस्, बरु बिरामी बिदा केके छ, सबै लिनोस्।'

'हुन्छ सर' भनेर गएको जनस्वास्थ्यको मुखिया पक्लिहवा पुगेर भर्ती भयो। यो कथा हो, २०३४ सालको। कास्की मिजुरेडाँडाका हरिध्वज गुरुङको।

छनोट ब्रिटिसले गरे पनि बेलायतै जाने भन्ने हुँदैनथ्यो। उसकै सेनामा सेवा गर्ने भन्ने पनि हुँदैनथ्यो। सिंगापुर पुलिस वा बेलायती सेना कता पर्ने हो भन्ने टुंगो हुँदैनथ्यो। सिंगापुरतिर परिए गज्जब हुन्थ्यो भन्ने हरिध्वजलाई लागेकै थियो। उनले सोचेजस्तै भयो र सिंगापुरकै लागि छानिए पनि। 'अगाडि–अगाडि हुनेलाई सिंगापुर र पछाडिकालाई बेलायतिर पारेछ,' हरिध्वजलाई त्यो बेलाको कुरा अझै ताजै लाग्छ। ब्रिटिस आर्मीमा भन्दा सिंगापुरेमा आकर्षण हुनुको कारण के थियो भने सिंगापुरमा भर्ती भएको छ वर्षपछि सपरिवार सेवा अवधिभर बस्न पाइन्छ। कुनै युद्धमा खटिनुपर्दैन। छोराछोरी पनि उतै पढाउन पाइन्छ। नोकरीको अवधि पनि सिंगापुरतिरै बढी। २७ वर्ष सेवा गर्न पाइने।

नेपालमा महिनाको दुई सय ५० तलब हुँदा सात गुणाजस्तो बढी तलब दिन सक्ने देश यसै चानचुने होइन भन्ने हरिध्वजलाई लाग्यो। पत्रपत्रिका पढिरहनुपर्ने आदतका उनलाई त्यसै पनि सिंगापुर विकासतिर लम्किन थालेको भेउ थियो। सन् १९७८ मा भर्ती सिंगापुरमा पाइला राख्दा आफ्नो देश नेपालसँग दाँज्न भ्याइहाले। उता सरकार स्थिर थियो, विकास गतिशील। यता नेपालमा पञ्चायती सरकार थियो र विकास पनि उसले स्थिरै राखिराखेको थियो। 'अझ सिंगापुरको विकासले म गएको दुई वर्षपछि त द्रूत गति लियो,' उनी सुनाउँछन्, 'सन् १९८० को दशकबाट सिंगापुर फटाफट विकासको उकालो चढ्यो।' यसो भनिरहँदा सिंगापुरे पुलिसका भूतपूर्व चिफ इन्सपेक्टर हरिध्वज त्यहाँका तत्कालीन प्रधानमन्त्री ली क्वान युको नाम पटकपटक लिन्छन्। तिनै ली क्वान जसको नाम विश्वले पटकपटक लिएको छ। नेपाली राजनीतिका सबैजसो शीर्ष नेताले पटकपटक लिइरहेका छन्। जसको चैत ८ गते निधन भयो र फेरि विकासवादी विश्व नेताका रूपमा फेरि विश्वले धेरैपटक ली क्वान, ली क्वान भनेर उनको नाम उच्चारित गरिरहेको छ।

'असीको दसक सुरु हुनासाथ ठूलाठूला घर, भवन र उद्योगधन्दा बन्न थालेका हुन्,' घटनाको साक्षी गवाहझैं हरिध्वज बोल्छन्, 'त्यसपछि नै सिंगापुर धनी बन्यो।' उनका अनुसार ५ सय ८० वर्ग माइलको फुच्चे देश विकासमा अग्लिन समुद्रको योगदान पनि छ। 'समुद्री बन्दरगाहको भरपुर सदुपयोग सिंगापुरले गर्यो ,' उनले थपे, 'जमिन थोरै थियो, समुद्र पुरेर देश फराकिलो बनायो। अहिले विश्वकै नमुना चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल समुद्र पुरेर बनाएको ठाउँमै छ।' के समुद्र नभएकाले र भूपरिवेष्ठित भएकाले मात्रै नेपाल पछि परेको हो? हरिध्वजलाई त्यस्तो लाग्दैन। भन्छन्, 'त्यहाँका नेताले देश बनाए, यहाँकाले बनाएनन्।' खुला अर्थतन्त्रको बाटो समातेर देशमा विदेशको लगानी भिœयाउने काम ली क्वानले गरेको उनी बताउँछन्।

'लगानी भिœयाएर मात्रै उद्योगधन्दा त्यत्तिकै फस्टाएनन्,' हरिले कुरा के हो भने, 'त्यहाँ औद्योगिक वातावरण पनि थियो।' मजदुरका हडताल हुँदैनथे, उद्योग सरासर चल्न पाउँथे। आजसम्मको सत्य पनि त्यही छ भन्छन्, उनी। 'सबैलाई खान–लाउन पुगेपछि किन हडताल हुन्थ्यो र,' उनलाई लागेको कारण त्यही हो, 'स्वास्थ्य, शिक्षाको ग्यारेन्टी, गास, बास र कपासको ग्यारेन्टी।'

हरेक नेपालीको सपना हुन्छ— जीवनमा एउटा घर बनाउने। सिंगापुरमा यो सपना देख्नै पर्दैन। सजिलै साकार हुन्छ। हरिध्वज भन्छन्, 'बिहे गरेको सर्टिफिकेट लगेपछि हाउजिङ डेभलपमेन्ट विभागले उसको कमाइले भ्याउनेसम्मको घर सहुलियतमा उपलब्ध गराउँछ। बिहे नगरी बसेको छ भने निश्चित उमेरमा त्यो सुविधा लिन पाउँछ।' सपना त त्यहाँ बिएमडब्लु कारको हुन्छ। जीवनमा एकपटक पाइने त्यस्तो घरको सुविधाको वस्तु बिक्री गरेर अर्काे किन्नुपर्यो भने बजारमूल्य अनुसारै तिर्नुपर्छ।

असीको दशकबाट रफ्तार लिनुअघिदेखि नै प्रधानमन्त्री थिए, ली क्वान। उनले सन् १९५९ मै सत्तारोहण गरेका हुन्। किन त्यतिका समयपछि मात्रै रफ्तारमा लगाए होलान् त लीले। ओ लेभलको औपचारिक शिक्षा लिँदा सिंगापुरको इतिहास पनि पढेका हरिध्वज भन्छन्, 'विकास सुरु गर्नुभन्दा अघि कानुनको शासन सुरु गरे नि।' हरिध्वजका अनुसार दादागिरी, अपहरण, चन्दा आतंक, मजदुरका हडतालजस्ता अहिलेको नेपालका विशेषता उःबेलाको सिंगापुरमा थिए। आफ्ना राजनीतिक विपक्षीमाथि दमन गरेको आरोप लागेका लीले दादागिरी गर्नेहरूलाई जेल कोचेर कानुनी शासन लागू गरेको हरिध्वज बताउँछन्। 'भ्रष्टाचार नियन्त्रणमा खरो उत्रिए,' उनले थपे, 'हाम्रोमा अख्तियार दुरुपयोग नियन्त्रण भनेजस्तै अनुसन्धान विभाग बनाएर काम गरे।' सिधासिधी भ्रष्टाचारमात्रै होइन ह्वाइट कलर क्राइमको ली सरकारको तारो बन्यो। राजनीतिक तहबाट हुने नीतिदेखि सेटिङ मिलाएर हुने भ्रष्टाचारको लीले दोहोलो काढे। 'भ्रष्टाचार घटाएपछि राजस्व बढ्यो,' हरिध्वज अर्थ्याउने प्रयास गर्छन्, 'सरकारको आम्दानी बढेपछि शिक्षक, कर्मचारी, सेना र प्रहरीको तलब पनि बढ्यो, विकास गर्ने पैसा पनि भयो।'

भुरेटाकुरे राजाहरूकै शासनमा रहेको सिंगापुरलाई ब्रिटिसहरूले उपनिवेश बनाएका थिए। त्यसको एउटै कारण के थियो भने पूर्वी एसिया र प्रशान्त महासागरतिर आउन–जान सिंगापुरको बन्दरगाह कामलाग्दो थियो। समुद्री यात्राका लागि अत्यावश्यक बिसौनी भएकैले ब्रिटिसले त्यसमा आँखा लगाए र मुठीमा राखे। भारत ब्रिटिसबाट स्वतन्त्र भएपछि एसियामा स्वतन्त्रताको हावा चलिहाल्यो। मलेसिया पनि ब्रिटिसको पञ्जाबाट फुत्कियो। सिंगापुर पनि १९५९ मा मुक्त भयो। न प्राकृतिक स्रोत न केही भएको मुलुक मलाया महासंघ अर्थात् मलेसिया फेडेरेसनको अंग बन्यो। ब्रिटिसबाट स्वतन्त्र हुँदाकै वर्ष अर्थात् सन् १९५९ मै हो ली चुनाव जितेर स्वतन्त्र सिंगापुरको पहिलो प्रधानमन्त्री बनेको। पहिलो राष्ट्रपति भने युसोफ बिन इसाख थिए। कार्यकारी अधिकार लीसँग थियो। बेलायतको क्याम्ब्रिज पढेर आएका उत्तम विद्यार्थी लीसँग बोल्ने गज्जबको कला थियो, त्यसैले विद्वता र वाकपटुताको भरमा उनले चुनाव जितेको हरिध्वज ठहर्यारउँछन्। त्यो चुनाव जितेपछि आफूले पनि फर्केर पछाडि हेरेनन् र देशलाई पनि फर्केर हेर्नुपर्ने बनाएनन्। सबै जनताले सुखको राजमार्गमा जिन्दगी हाँक्न पाए।

सानो ठाउँ, त्यो पनि कुनै प्राकृतिक स्रोत नभएकाले मलाया महासंघमा त्यो घाँडो भएको थियो भन्ने हरिध्वजको विश्लेषण छ। त्यसैले नै उसले १९६५ मा मलेसियाबाट छुट्टिनुपर्योा।

बेलायतमा कानुन पढेर ल फर्म चलाइरहेको मान्छेले चुनाव जित्नुका तत्कालीन कारण तिनै थिए उनको विचारमा। स्विट्जरल्यान्डमा उत्पादन हुने धनाढ्यको नाडीमा बाँधिन पाउने ब्रान्ड ओमेगा घडीको पसल चलाउने बाबुका छोरा ली क्वान प्रधानमन्त्री हुँदा ३५ वर्षका मात्रै थिए। र, ३१ वर्ष त्यो पदमा रहे। त्यसपछि पनि मिनिस्टर मेन्टरलगायत पदमा रहेर शासनसत्ताको रिमोर्ट चलाए। एउटै आरोप उनीमाथि लाग्यो तानाशाहको। तर, त्यसमा एउटा विशेषण झुन्डिन आइपुग्ने भने उनी आफैंले आफ्नै कर्मले बनाए— उदारवादी तानाशाह। आर्थिक उदारीकरण गरेर त्यो विशेषण पाएका लीको जीवनशैली भने समाजवादी शैलीको थियो भन्छन्, हरिध्वज। महात्मा गान्धीजस्तै खालीखुट्टा हिँड्ने र धोती लगाउने त होइनन्। 'काठको सानो घरमा बस्थे,' लीकै घरमा समेत सुरक्षा ड्युटी बसेका हरिध्वज सुनाउँछन्, 'लगाइखवाइ पनि साधारण थियो। उनले तडकभडक र चमकदमक गरेको देखिनँ।' नेता महलमा बस्ने देशका जनता गरिब हुन्छन् र झुपडीमा नेता बस्ने देशका जनता धनी हुन्छन् भन्ने भनाइ लीले नसुनेका पनि हुन सक्थे। उनी र उनको देशमा भने सत्य कुरा त्यही छ।

स्कुलमा राम्रो पढ्ने कुनै नेपाली बच्चालाई सोध्यो भने ऊ कि डक्टर बन्छु बन्छ कि पाइलट वा इन्जिनियर। हरिध्वजले भने सिंगापुरमा त्यस्तो देखेनन्। त्यहाँ त पढाइमा राम्रो व्यक्ति शिक्षक बनेको देखे। सबैतिर असफल भएपछि शिक्षक हुने नेपालको चलनभन्दा ठिक विपरीत छ सिंगापुरमा। 'राम्रो पढेलेखेको मान्छे शिक्षक भएकैले पो राम्रो जनशक्ति उत्पादन भइरहेको छ,' उनी भन्छन्, 'राम्रो ब्रेन भएकालाई स्कुलदेखि नै छात्रवृत्ति दिने अनि उनैलाई पछि सरकारी सेवामा ल्याउने नीति पनि सिंगापुर विकास हुनुको अर्काे कारण हो।' आम्दानीको सबैभन्दा धेरै हिस्सा शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने नेपालको जस्तो विवशता पनि सिंगापुरेले भोग्नुपर्दैन भन्ने पनि सुनाउँछन् हरिध्वज। 'सामाजिक सुरक्षा त यहाँसम्म कि जागिर नगरी घर सम्हाल्ने गृहिणीका नाममा पनि सञ्चय कोश जम्मा हुने सिस्टम सरकारले बसाइदिएको छ,' उनी भन्छन्, 'घरका अरू जागिरेको आम्दानीमा कट्टी हुने र सरकारले पनि थप्ने गरी त्यस्तो कोश बन्छ।' उःबेलाको कंगाल सिंगापुर आजको वैभवशाली सिंगापुर बन्नुपछाडिको कारण २७ वर्ष त्यहाँ बसेका हरिध्वजले राम्रैगरी बुझेको ठान्छन्। उनले देखेको सत्य भनेको ली क्वानको प्रभावशाली नेतृत्व र उनको टिमवर्क गर्ने शैली नै हो। भ्रष्टाचार नियन्त्रण गरेर विधिको शासन लागू गर्नु अनि उद्योगधन्दा फस्टाउने वातावरण बनाउनु नै सिंगापुरको श्रीवृद्धिको कारण ठान्छन् उनी। विपक्षीमाथि दमन गरेको भन्ने आरोप लागेका ली क्वानले कर्मचारीतन्त्र र राजनीतिमा भने हाम्रो होइन राम्रो मान्छेलाई चयन गरेको हरिध्वजको बुझाइ हो। सानो हुँदाहुँदै सिंगापुर पनि बहुभाषी र बहुजाति छन्। मलाया, चिनिया, तामिल र अरू जातजातिबीच समान अधिकारको बाँडफाँड दिँदै पहिचान स्थापित हुने काम पनि सिंगापुरले गरेको हरिध्वज बताउँछन्।

अवकासपछिको जिन्दगीमा लाहुरेहरू सजिलो जिन्दगी बिताउन चाहन्छन्। हरिध्वज त्यस मामलामा भिन्न पात्र हुन्। पत्रपत्रिकामा मात्रै होइन धर्म, संस्कृति, राजनीति, इतिहास र साहित्यलगायत जुनसुकै विधाका पुस्तक खोजीखोजी पढ्ने आदत उनमा छ। नेपालमा सुरु भएको पहिचानको आन्दोलनमा पनि उनी सक्रिय रहे। धेरै नेपाली नेताले नेपाललाई सिंगापुर जस्तो विकसित बनाउँछु भने पनि सिन्को भाँचेनन्। हरिध्वजलाई त्यसैमा अफसोस लाग्यो। त्यसैले देशमा सुरु भएको पहिचानको आन्दोलनमा सरिक हुँदाहुँदै राजनीतिमा पनि प्रवेश गरेका छन्। संघीय समाजवादी पार्टीको केन्द्रीय तहमै बुद्धिजीवी फाँटको जिम्मेवारी काँधमा उचालेका उनलाई नेपाललाई सिंगापुर बनाउन सकिन्छ भन्ने त लाग्छ, तर त्यसका लागि समय धेरै लाग्ने उनको अनुमान छ। 'अस्ति भर्खर पनि सिंगापुर पुगेँ अनि अनि नेपाल सम्झिएँ,' उनले भने, 'सिंगापुरका नेता थोरै बोल्छन्, धेरै काम गर्छन्। नेपालका नेताले पनि त्यस्तै गरे त बन्छ नि नेपाल पनि सिंगापुर। तर समय लाग्छ- किनभने सिंगापुर एक दिनमा बनेको होइन।'
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस