‘आमा' शब्दलाई लिएर कैयौं कविता लेखिए होलान्। कथा, उपन्यास, निबन्ध, संस्मरण आदिका शीर्षकमै आमा राखिएका धेरै लेख पढेका छौं हामीले। तर आमा नै यस्ती हुन्, जसको व्याख्या सधैं अपूर्ण हुन्छ; त्यत्ति महान् र विशाल छिन् उनी। आमा शब्दलाई एकातिर र अर्कोतिर बाँकी सबै शब्दलाई मात्र होइन पूरा ब्रह्मान्डलाई राख्दा पनि त्यो समतुल्य हुन सक्दैन। ‘अरूको लाख, आमाको काख' उखान त्यसै बनेको होइन।
आज मातातीर्थ औंसी। आमो मुख हेर्ने दिन। सन्तान हुर्काउनका लागि एउटी आमाले गर्ने कैयौं दुःखलाई यी तस्बिरले सम्पूर्णतामा प्रतिविम्बत गर्न सक्दैन। तैपनि आमा बिर्सने केही कपुतहरूका लागि यी तस्बिरले थोरै भए पनि मातृवात्सल्य सम्झाउला कि!

संसारमा आमासँगै बस्न पाउनुजत्तिको खुसी र भाग्यमानी अरू केही पनि हुँदैन। मेरा लागि भने आजका दिनसम्म भगवान् त देखेको छुइनँ तर आमासँगै बस्ने सौभाग्यचाहिँ पाइरहेको छु।

तस्बिर : चन्द्रशेखर कार्की