झापा-दिन ढल्दै जान्छ, दक्षिणी झापाका सर्वसाधारण पिरोलिन थाल्छन्। चकमन्न रातमा डाँका समूहको आक्रमण भयले उनीहरूलाई राम्ररी निदाउन दिँदैन। आइतबार राति पृथ्वीनगरमा डाँका आक्रमणमै एक जनाको मृत्यु भएपछि त पीडा झन् बल्झिएको छ।‘दुई रात भो, झपक्कै निदाउन सकिएको छैन,' पृथ्वीनगर–८ की रनमाया कार्की भन्छिन्, ‘कहिले पल्लो गाउँमा डाँका लाग्छन्, हिजो हाम्रो गाउँमा लागे। अब फेरि कहाँ लाग्ने हुन्, केही टुंगो छैन।'
उनको जस्तै चिन्ता पृथ्वीनगर र आसपास गाउँका घरैपिच्छे व्याप्त छ। डकैती समूहको आक्रमण यहाँको पुरानो समस्या हो। खास गरी भारतीय सीमानजिकैका नेपाली बस्तीमा लगातारजसो डकैती हुने गरेको छ। यसक्रममा धेरै गाउँलेको सिरिखुरी लुटिएको छ भने केहीले ज्यानै गुमाएका छन्। ‘आइतबार रातिको आक्रमण यसअघिकै घटनाको निरन्तरता मात्रै हो,' पृथ्वीनगरका लीला प्रधान भन्छन्, ‘सदरमुकामदेखि दस किलोमिटर दक्षिणको क्षेत्र दशकौंदेखि यही आतंकबाट गुजि्ररहेछ।'
स्थानीयका अनुसार पछिल्लो दुई महिनाभित्र डकैतीका दुई ठूला घटना भएका छन्। तर, दुवै घटनामा प्रहरीले डकैत गिरोहलाई पक्रन सकेको छैन। प्रहरीको यो विफलता गाउँलेका लागि सधैंको त्रास बन्दै आएको छ। ‘पुलिसले मान्छे पक्रिदिए डाँका आउने आँटै गर्दैनथे', आइतबार राति डाँका आक्रमणमा मृत्यु भएका पृथ्वीनगरका देवकुमार श्रेष्ठको घरमा भेला भएका स्थानीयको एकै स्वर थियो, ‘तर, पुलिसले मान्छे समात्नै सक्दैन। उनीहरू झन् उत्साही हुन्छन्।'
गाउँलेको यो गुनासो तथ्यरहित र मनोगत छैन। फागुन २ गते मात्रै पथरिया–४ बगान बजारका तारा खतिवडाको घरमा सशस्त्र समूहले लुट मच्चायो। डाँकाहरूले रडले हानेर उनको हात भाँचिदिए। उनले एक साताभन्दा बढी अस्पताल बस्नुपर्योो। त्यस बेला जिल्ला प्रहरी कार्यालयले सार्वजनिक रुपमै ‘प्रहरी अपराधीको नजिकै पुगेको' बताएको थियो। तर, छिमेकी गाउँमा मान्छे नै मारिँदासम्म पनि प्रहरीले अघिल्लै घटनाका दोषी पत्ता लगाउन सकेको छैन। त्यसअघि बनियानीमा भएको डकैतीका दोषी पनि प्रहरीले पक्रन सकेन।
केही वर्षअघि मात्रै जिल्ला शिक्षा कार्यालय झापाका स्रोतव्यक्ति पथरियानिवासी भूमि राजवंशीको घरमा पनि ठूलो डकैती भयो। त्यति बेला गाउँले आँट गरेर प्रतिकारमा उत्रिए। स्थानीयको कुटाइले डाँका समूहका चार मारिए। सनाखतको बेला उनीहरू भारतीय रहेको पत्तो लाग्यो। ‘डाँका मारेको एक–दुई साल ढुक्क भएको थियो,' पथरियाका तारकेश्वर चौधरी भन्छन्, ‘अब फेरि पहिलेजस्तै आतंक सुरु भएको छ।'
दक्षिणी झापामा डकैती बढ्दै गएको बारे जिल्ला प्रहरीले कुनै प्रतिक्रिया दिएन। ‘केही घटना हेर्दा यस्तो देखिन्छ', जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विश्वमणि पोखरेलले भने, ‘तर, अन्यत्र पनि हुन्छ। त्यता मात्रै हुन्छ भन्ने होइन।'
यसरी हुन्छ डकैती
स्थानीयका अनुसार सीमापारिका पेसेबर डाँका समूहले गाउँलेलाई पिरोल्ने गरेको छ। तीन वर्षअघि चारपानेको सूर्यचोकमा भएको डकैतीमा प्रहरीले लुटेको सामानसहित गिरोहलाई उति बेलै पक्रेको थियो। अधिकांश भारतीय नागरिक संलग्न गिरोहलाई केही स्थानीय ‘एजेन्ट' ले सघाएको खुलेको थियो। कतिपय डाँका त बिर्तामोडमै वर्षौंदेखि डेरा गरी बस्दै आएको पाइएको थियो। भारतीय डकैत समूहका सदस्य विभिन्न काम गर्ने बहानामा नेपाली बस्तीमै अड्डा जमाउँछन्। स्थानीय वस्तुस्थिति बुझेपछि उनीहरूले समूहलाई बोलाउने गरेका छन्।
पृथ्वीनगरको पछिल्लो घटना पनि यस्तै शैलीमा भएको छ। पीडित परिवारका अनुसार लुटपाटका लागि घरभित्र पसेका लुटेरालाई मृतक श्रेष्ठकी पत्नी गंगाले नक्कली गहना सुम्पेकी थिइन्। ‘ममीले नक्कली गहना दिँदा यो होइन, अर्को सक्कलीचाहिँ निकाल भनेर धम्क्यायो,' छोरा रोशनले भने, ‘यी सबै कुरा थाहा पाएकै मान्छेले मात्र भन्न सक्छ।' सोही घरमा बसेका श्रेष्ठ परिवारका भान्जा पर्ने नातेदारले त डाँका समूहका धेरैलाई आफूले चिनेको बताएका छन्। ‘भान्जाले सबैलाई चिन्छु भनेका छन्,' रोशनले भने, ‘पक्कै चिनेकै मान्छे आएको हुनुपर्छ।'
पीडितका अनुसार अधिकांश डकैतीका घटना भारतीय सीमानजिकै भएका छन्। लुटपाटपछि तुरुन्तै सीमा काटिहाल्न सकिने र प्रहरी पनि तत्काल पुगिनहाल्ने भएकाले गिरोहले यस्ता स्थान छान्ने गरेका छन्। ‘मजदुरीका लागि, व्यापारका लागि यता आउने अनि सबै कुरा बुझेर डकैती गर्ने प्रवृत्ति देखिन्छ,' झापा बनियानीका सरोज थापा भन्छन्, ‘नत्र नयाँ मान्छेलाई कसको घरमा के छ भन्ने कसरी थाहा होस्?'