पोखरा- नक्कली कागजात बनाएर २० करोडभन्दा बढी मूल्य पर्ने अर्काको जग्गा नामसारी गर्न खोजेको आरोपमा रामेछापकी गंगामाया कार्की र उनका छोरा सूर्य भन्ने टेकबहादुरलाई कास्की प्रहरीले पक्रेको छ। त्यही उद्देश्यमा लागेका मुख्य तीनजना भने फरार छन्।पोखरा-१७, बिरौटाको ६ रोपनीभन्दा बढी जग्गा नामसारीका लागि कास्की मालपोत पुगेका कार्की आमाछोरामाथि त्यहाँका कर्मचारीले सुरुमै शंका गरेका थिए। उनीहरुले पेस गरेका कागजात नक्कली भएको शंकामा प्रहरीलाई मातपोत कर्मचारीले खबर गरेका हुन्। उनीहरुले तीन वर्षअघि मृत्यु भइसकेका पोखरा–४ का कीर्तिबहादुर बाटाजुको जग्गा आफ्नो नाममा सार्न कागजातसहित निवेदन पेस गरेका थिए। आफू कीर्तिकी श्रीमती भएको भन्दै नक्कली कागजातसहित गंगामाया मालपोत पुगेकी थिइन्। श्रीमान् कीर्तिबहादुर बितेको २० दिनपछि उनकी श्रीमती हर्षमायाको पनि मृत्यु भएको थियो तर कार्कीले आफू हर्षमाया भएको भन्ने कागजात पेस गरी नामसारी गर्न खोजेकी थिइन्।
नागरिकता, लालपुर्जा, नगरपालिकाको सिफारिस, नाताप्रमाणितलगायत सातथरी कागजात नक्कली बनाएर गंगामाया मालपोत पुगेकी थिइन्। उनले साताअघि नै सरुवा भइसकेका पोखरा उपमहानगपालिकाका कार्यकारी अधिकृत महेश बरालको नामबाट बुधबारको मितिको सिफारिसपत्र बनाएको जानकारी कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पालले दिए। 'महेश बराललाई बडाल लेखेर लगेका रहेछन्,' उनले भने, 'थर पनि नमिलेको र हस्ताक्षर पनि होइन भन्ने लागेपछि मालपोतका कर्मचारीले शंका गर्नुभएछ।' मालपोत कर्मचारीले काम नगरिदिएपछि बाहिर निस्किएकी गंगामायालाई प्रहरीले लेकसाइडबाट पक्रेको हो।
पोखरा–४ का कीर्तिबहादुरलाई राम्ररी चिनेका, उनको नाममा ६ रोपनीभन्दा बढी जग्गा छ भन्ने थाहा पाएका, उनी र उनकी श्रीमतीको मृत्यु भइसकेको जानेकै व्यक्तिको योजनामा ठगी प्रयास गरिएको एसपी पालले बताए। उनका अनुसार २०६९ चैत २ गते मृत्यु भएका कीर्तिबहादुर बाटाजुकी श्रीमती पनि त्यही महिनाको २० गते बितेकी थिइन्।
यसअघि कीर्तिकुमार बाटाजुको लेकसाइडमा ट्राभल एजेन्सी रहेको र त्यसैमा काम गर्ने पर्यटकगाइड रमेश जिरेलको नेतृत्वमा जग्गा पास गर्ने योजना बनेको स्रोतको भनाइ छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) देवी पौडेलका अनुसार कार्कीले आफू हर्षमाया भएको मात्रै नभई कीर्तिबहादुरकी छोरी लक्ष्मीको सट्टा पनि अर्कै एक महिलालाई छोरी भनेर नाता प्रमाणित गरेको कागजात पेस गरेकी थिइन्। '७० वर्षकी बूढीमान्छेलाई पैसा पाइने लालच देखाएर ल्याइएको रहेछ,' उनले भने, '४० लाख रुपैयाँ दिन्छु भनेका रहेछन्।' २० करोड पर्ने जग्गा उनकोमा नामसारी गराएर बेच्ने योजना भएका युवाले त्यसो गरेको इन्स्पेक्टर पौडेलले बताए। 'तिनीहरु भागेका भए पनि हामी समातिहाल्छौं,' उनले भने।
अर्काको जग्गा सुटुक्क बेच्न पल्केको गिरोहले जग्गा दर्ता गराउने उद्देश्यले नै गंगामायालाई काठमाडौंदेखि पोखरा डाकेको जानकारी पनि पौडेलले दिए। 'उनीहरु चैत १४ गते पोखरा आएर ड्यामसाइडको होटलमा बसेका थिए,' उनले भने, 'दुई–तीन दिन त्यहीँ बसी सबै कागजात तयार पारेर बुधबार मालपोत पुगेका हुन्।' गंगामाया मालपोतबाट निक्लेलगत्तै पक्राउ परेकी थिइन् भने उनका छोरा टेकबहादुर बुधबार राति पोखरा पृथ्वीचोकको होटलबाट समातिएका थिए। फरारको पनि प्रहरीले खोजी गरिरहेको छ।
एकजनाको नामको जग्गा अर्कैले बेचेको घटना कास्कीमा बरोबर भइरहँदा पनि मुख्य योजनाकार पक्राउ नपर्नाले बुधबार फेरि यस्तो प्रयास भएको हो। यसअघि स्याङ्जा जगतभन्ज्याङका रंगप्रसाद श्रेष्ठको पोखरा-८, जाल्पारोडको ११ आना जग्गा अर्कैले बेचिदिएका थिए। काभ्रेका कृष्णबहादुर श्रेष्ठले आफू रंगप्रसाद भएको नक्कली नागरिकतालगायत कागजात बनाई जग्गा अर्कैलाई बेच्न सफल भएका थिए। त्यस घटनामा उनलाई प्रयोग गर्ने मुख्य योजनाकारलाई प्रहरीले अझै पक्रेको छैन। पैसामा लोभिएर उक्त कार्यमा संलग्न भरिया कृष्णबहादुर भने अहिले जेलमा छन्। यो पोहोर मंसिरको घटना हो। त्यसभन्दा अघिल्लो वर्ष भदौमा शान्ति राणाको जग्गा अर्कैले बेचेको घटना सार्वजनिक भएको थियो।
राणा अमेरिका बस्दै आएको थाहा पाएको गिरोहले नुवाकोटकी आशामाया लामालाई शान्ति राणा बनाएर जग्गा बिक्री गराउन सफल भएको थियो। आशामाया पनि अहिले जेलमा छिन् तर मुख्य योजनाकार फरार छन्।