झापा- पछिल्लो समय बढेको यौनहिंसाका घटनामा पीडित अधिकांश बालिका विपन्न आर्थिक पृष्ठभूमिका छन्। उनीहरुले भोगिरहेको अभावको पीडालाई माध्यम बनाउँदै अपराधीले प्रलोभनमा पारेर अस्मिता लुटेको घटना प्रकाशमा आएका छन्।वर्ष दिनभित्र झापामा दर्जनभन्दा बढी यौनहिंसाका घटना भएका छन्। जसमा पीडित हुनेमध्ये अधिकांश कमजोर आर्थिक हैसियत भएको परिवारका सदस्य छन्। तीमध्ये धेरै अभिभावकविहीन बालिका पनि छन्। 'बालिकाको सबैभन्दा कमजोर पक्ष थाहा पाएकाले त्यही कमजोरी भजाउँदै यौनतृष्णा मेट्न खोजेको देखिन्छ,' झापाका सक्रिय मानवअधिकारकर्मी अर्जुन बस्नेत भन्छन्, 'प्रलोभन देखाउने, धम्क्याउनेलगायत उपाय लगाएको देखिन्छ।'
इन्सेकमा क्रियाशील उनका अनुसार अभावले पीडित बालिका आफन्त वा नजिकका छिमेकीको प्रलोभनमा आकर्षित हुनु अनौठो होइन तर कलिला नानीको विश्वासमाथि घात गर्दै अपराधीले आक्रमण गर्ने गरेका छन्। कपडा, मिठाइ, पैसा आदिको प्रलोभनमा पारेर अपराधीले जबरजस्ती गर्दै आइरहेका छन्।
उनले भनेजस्तै धेरै बलात्कारका घटनामा प्रलोभनले नै मुख्य काम गरेको तथ्य अघि आउँछ। हल्दिबारी–७ का भैरव सोरेनले नातामा भतिजी पर्ने १० वर्षीया बालिकालाई छिट्टै बजार लगेर कपडा किन्दिने आश्वासन दिँदै आएका थिए। काकाले नयाँ लुगा ल्याइदिने आशमा बालिका पनि फुरुंग थिइन्। बाबुआमाले मजदुरी गरेर चलाउने परिवारमा नयाँ लुगाका लागि विशेष अवसर नै कुर्नुपर्थ्यो, त्यसैले उनी त्यो दिनको प्रतीक्षामा थिइन्।
भेट्दैपिच्छे नयाँ लुगा किनिदिने वचन दिने भैरवले भतिजीलाई लुगा किनिदिनुको साटो एकदिन घरैमा बलात्कार गर्योै र फेरि भन्यो, 'यो कुरा कसैलाई नभन्नू, म लुगा किनिदिन्छु।' असह्य पीडाको सिकार बनेकी अवोध बालिकाले अभिभावकसामु घटनाको बेलिविस्तार लगाइन्। पीडक प्रहरी नियन्त्रणमा पुग्यो। गएको असोजमा भएको बलात्कारको यो घटनापछि धेरैवटा यस्तै प्रकरण सार्वजनिक भए, जहाँ प्रलोभनमै परेको कारणले धेरै बालिकाले अस्मिता गुमाए।
झापा जिल्ला प्रहरीका प्रवक्ता डिएसपी विश्वमणि पोखरेल प्रहरीले बलात्कारका घटनामा कस्ता बालिका बढी पीडित भएका छन् भन्ने कोणबाट अनुसन्धान नगरेको बताए। 'तर सरसर्ती हेर्दा घटना बढिरहेको भेटिन्छ,' उनले भने, 'पीडित केही निर्धन नै देखिन्छन्।'
झापाकै दुहागढीकी नौ वर्षीया बालिका तीन महिनाअघि छिमेकमै रहेका नातेदार ६० वर्षे सुफल हेमरमको अपहरणमा परिन्। बाबुआमा दुवै मजदुरीका लागि जाने मुर्मु थरकी ती बालिकालाई नातेदारले बजार जान कर गरे। बजारमा गएर लुगा किनिदिने लोभ उनले देखाए। बच्चा न हो, उनी पछि लागिन् तर ती वृद्धले बच्ची लिएर गएको १५ दिनसम्म गाउँमा पाइला टेकेनन्। उनले बच्चीलाई भारतको विभिन्न ठाउँ पुर्यागएका थिए तर भारतीय प्रहरीको सहयोगमा उनको उद्धार भयो, ती वृद्ध अहिले जेलमा छन्।
शुक्रबार मात्रै झापामा दुईजना बालिका बलात्कृत भए। दुईमध्ये एउटा घटनामा बाबुले नै छोरीमाथि बलात्कार गरेका थिए भने अर्को घटनामा बाबुकै उमेरसमानका छिमेकीले। बिर्तामोडमा स्थानीय सूर्यमान तामाङबाट बलात्कृत १३ वर्षीया बालिका बाबु–आमाको संरक्षण नपाएकी, अर्काको चिया पसलमा काम गरेर हुर्किदै गरेकी थिइन्। यो विषयमा पूरै जानकार पीडकले उनको यही कमजोरीमाथि खेलेको हुनसक्ने अनुमान प्रहरीको छ। 'बाबुआमा नभएकी, अर्काकोमा काम गर्ने केटी भनेरै उसले यो दुस्साहस गरेको देखिन्छ,' झापा प्रहरीका एक अधिकृत भन्छन्।
त्यही दिन पृथ्वीनगरमा बाबुबाटै बलात्कृत ११ वर्षीया बालिकाचाहिँ बाबुले आमासँग बदला लिन खोज्दाको सिकार भइन्। छिमेकीका अनुसार तामाङ थरका उनका बाबुलाई छाडेर आमा केही समयअघि गाउँकै अर्का एक व्यक्तिसँग दोस्रो विवाह गरेर गएकी थिइन्। छोरी आमाकै काख रोज्दै उनकै पछि लागिन्। त्यहीबेलादेखि उनी 'त्यसलाई म देखाइदिन्छु' भन्दै हिँड्थे। घटना भएको दिन बाबु छोरी लिन गएका थिए। आमा बाबुसँग छोरी पठाउन राजी थिइनन् तर बाबुले घर लगेर मासु खुवाउने, बजारमा गएर चप्पल किन्दिने भनेपछि बालिका आफैँ घर जान उत्साही भइन्। घरमा आएपछि जे भयो, त्यसबारे सायदै कसैले कल्पना गर्नसक्छ। बाहुनडाँगी– १ का ७५ वर्षीय हर्कबहादुर दर्जीले पनि छिमेकी ६ वर्षे बालिकालाई बलात्कार गरे। उनले नजिकैको पसलमा मिठाइ किन्दिने प्रलोभनमा पारेर बलात्कार गरेका थिए।
पछिल्लो डेढ वर्षे अवधिका घटनाक्रम हेर्दा गाउँघरमा रहेका कमजोर आर्थिक अवस्थाका बालिका बढी यौनहिंसामा परेको देखिन्छ। घरमा अभिभावक नभएका, भएर पनि बालिकालाई एक्लै छाडेर काममा निस्कने गरेका, आमाबाबु वैदेशिक रोजगारीमा गएका बालिका बढी हिंसामा परेको भेटिएका छन्।