सडकसँगै बढ्यो उत्साह
२९ फागुन २०७१
•
१५ मिनेट पाठ
सडकसँगै बढ्यो उत्साह
सिन्धुलीमाढी– सिन्धुली, रतनचुरा–४ स्थित एक महिला सहकारी संस्थाको कार्यालयमा सदस्यहरूको रक्तचाप विवरण टाँसिएको छ। नागरिक सचेतना केन्द्रका ३० महिला सदस्यमध्ये २३ जनाको रिपोर्टमा १२ जनाको रक्तचाप कम, ११ को ठिक्क र २ जनाको बढी देखिन्छ। स्थानीय महिलामाझ 'हसना' नामले चिनिने जापानी महिला खओरी कुनिगोले तीन साताअघि रक्तचाप विवरण संकलन गरेकी हुन्।




उनले सहकारीमा आबद्ध महिलाको घरघर पुगेर चुलोचौका कस्तो छ, भान्छामा के के पाक्छ, कति खान्छन्, खानामा पोषक तत्वको मात्रा के कति छ भन्नेजस्ता विवरणको फेहरिस्त पनि बनाएकी छन्।

रतनचुराका स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिरहेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाकी स्वंयसेविका हसनाले यसरी महिलाको रक्तचाप विवरण संकलन गर्नुको कारण के त?

'महिलाहरूको अवस्थाबारे जानकारी लिन,' हसना भन्छिन्, 'कम रक्तचापको कारण खानपिन नमिल्नु हो जस्तो लाग्छ, अब म यहाँका महिलालाई खानपिनको तरिका सिकाउँछु।'

जाइकाले जिल्ला विकास समिति सिन्धुलीको सहकार्यमा सहकारी संस्थामार्फत तरकारी खेती, पशुपालन र व्यापार व्यवसायमा स्थानीयलाई सहयोग गर्दै आएको छ। यसले स्थानीय महिलालाई उत्पादन तथा व्यवसायमा लाग्न प्रेरित गरेको छ। उनीहरूलाई आत्मनिर्भर बनाउन थालेको छ।

'कुनै बेला वर्षको तीन महिना खान नपुग्ने आम्दानीले अचेल आधा वर्ष धान्न थालेको छ,' स्थानीय सावित्रा थापा भन्छिन्।

जीवनस्तरमा आइरहेको यो बद्लावसँगै आनीबानी र खानपिनमा पनि सुधार ल्याउन भरमग्दुर प्रयासरत छिन् हसिना। रक्तचाप विवरणदेखि स्थानीयको सामाजिक, आर्थिक तथा साँस्कृतिक स्थिति झल्कने विवरण संकलनको कारण यही हो।

...

सिन्धुलीका जुनार सहकारीमाझ 'नवराज' नामले चिनिन्छन्, जापानी स्वयंसेवक युहेयी अराई। सिन्धुलीका सहकारीलाई जापानी सहकारीको दाँजोमा पुर्यामउन सक्रिय छन् उनी।

सिन्धुलीमा मात्र जुनारसँग सम्बन्धित ३९ सहकारी छन्। बिपी राजमार्ग बन्नुअघि नै जापानले गहिरो चासो र लगानी गरेकाले सिन्धुली 'जुनारको राजधानी' बनेको छ।

जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दीपक कोइरालाका अनुसार २०३५ बाट सुरु भएर बीचमा सुस्ताएको जुनार खेती २०५५/५६ देखि फेरि जुर्मुराएको हो। यसमा जापानी सहयोगको मुख्य हात रहेको उनको भनाइ छ।

'एकै साइज र स्वादका जुनार सिन्धुलीको मौलिक उत्पादन हो,' उनी भन्छन्, 'बिपी राजमार्ग निर्माणसँगै यसमा किसानको आकर्षण फेरि बढेको छ।' सिन्धुलीमा करिब १ हजार ६ सय हेक्टरमा जुनार खेती हुन थालेको उनले बताए।

जुनार मात्र होइन, अन्य फलफूल तथा तरकारी खेती विस्तारमा पनि जापानी सहयोगमा निर्मित बिपी राजमार्गले महŒवपूर्ण भूमिका खेलेको छ। बिपि राजमार्ग र यस क्षेत्रमा निर्माण भएका अन्य सडकले हिमाल, पहाड र तराईलाई आपसमा जोड्दा आर्थिक सम्भाव्यताको ढोका खुलेको कोइराला बताउँछन्।

र, यो सम्भाव्यता अझ बढाउने प्रयासमा छन्, खओरी कुनिगो 'हसना' र युहेयी अराईजस्ता जापानी स्वयंसेवकहरू।

बिपी राजमार्ग

काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबाससम्म जापानको अनुदानमा बनेको बिपी राजमार्ग पूर्वीपहाड जोड्ने सूत्र हो। काठमाडौंलाई तराई जोड्ने वैकल्पिक राजमार्गको अवधारणामा सुरु भएको यो राजमार्ग अहिले पूर्वी नेपालका हिमाल, पहाड र तराई जोड्ने मेरुदण्ड बन्न पुगेको छ।

दुई दशकअघि निर्माण सुरु भएको १ सय ६० किलोमीटर राजमार्ग यसै वर्ष औपचारिक रूपमा सम्पन्न भएको हो। जापानले आउँदो वैशाखमा आयोजनाको अन्तिम खण्ड नेपालथोक–खुर्कोट हस्तान्तरण गरेपछि पूरै सडक नेपाल सरकारको जिम्मामा आउने अधिकारीहरू बताउँछन्। यसअघि धुलिखेल–नेपालथोक, बर्दिबास–सिन्धुली र सिन्धुली–खुर्कोट खण्ड सरकारमातहत आइसकेका छन्।

धुलिखेल–बर्दिबास सडक आयोजनामा १५ वर्ष आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका विन्दुशमशेर राणाका अनुसार यो सडक वातावरणमैत्री छ। 'यसमा विस्फोटक पड्काएर पहरा भत्काइएको छैन,' राणा भन्छन्, 'सडक बनाउँदा निस्किएका ढुंगामाटो जथाभाबी फालिएको छैन, व्यवस्थित किसिमले तह लगाइएको छ।'

पहराहरूमा नागबेली गर्दै बगेको सडकमा भूबनोट, माटो र चट्टानको प्रकृतिअनुसार संरचना निर्माण गरिएको छ। सडक निर्माण गर्ने निप्पोनकोइका प्रोजेक्ट म्यानेजर एवं परामर्शदाता इन्जिनियर हिरोसी फुजिसाँवाका अनुसार जमिनको भूबनोटलाई ध्यानमा राखेर भौतिक संरचना निर्माण गरिएको हो। पहारा माथिबाट सडकमात्र बगेको छैन, पहराको शिरदेखि खोला किनारसम्म भौतिक संरचना बनाइएका छन्, सडकको स्थायित्वका लागि।

पानीको निकासलाई महŒव दिइएको यो सडक खण्डका डाँडापाखामा सिमेन्टको ढलानजस्तो पर्खाल लगाइएको छ। कतिपय ठाउँमा त डाँडाको माटोमा सिमेन्टले प्लास्टर गरेजस्तै देखिन्छ। यस्तो पर्खाल १८ मिटरसम्म अग्ला छन् जसमाथि सडक निर्माण गरिएको छ।

'काभ्रे, मुलकोटनजिकै रिठ्ठेभीरमा नागबेली सडक किन? सोझै सुनकोशीको बगरैबगर बाटो किन नलगेको?' नागरिकको प्रश्नमा फुजिसाँवा भन्छन्, 'नजिकैको पहिरो छल्न माथि डाँडासम्म पुर्यानउनुपर्यो । यस क्षेत्रका कतिपय पुराना पहिरा अहिले पनि सक्रिय छन्। त्यस्ता पहिरामाथिबाट बाटो बनाउन धेरै खर्चिलो हुन्छ, बाटो भत्कने जोखिम रहिरहन्छ।'

नेपालका अन्य सडकजस्तो बिपी राजमार्गमा एकैखाले पिच छैन। प्राविधिकका अनुसार सम्म ठाउँमा अलकत्राको दोहोरो तहमा स–सना गिट्टी ओछ्याइएको छ। बर्दिबास–सिन्धुली खण्डमा यस्तै पातलो पिच छ। धुलिखेल–सिन्धुलीका घुम्तीमा भने ५ सेन्टिमिटर बाक्लो कालोपत्रे गरिएको छ। उकालोओरालो र घुम्तीसमेत भएका स्थानमा १०–१५ सेन्टिमिटर बाक्लो ढलान गरिएको भेटिन्छ।

बाटो सुरक्षाका लागि पानीको निकास प्रमुख मान्छन् प्राविधिकहरू। बिपी राजमार्गमा बर्सातको पानी र डाँडापाखामा रसाउने पानी दुवैको राम्रो व्यवस्थापन गरिएको छ।

चुनौतीका पहाड

मर्मतसम्भार : सडक विभागमा मुलकभरका सडक मर्मतसम्भार गर्ने बेग्लै निकाय छ। बिपी राजमार्गका लागि भने जापानीहरूको लगानीमा बेग्लै मर्मतसम्भार इकाई अस्तित्वमा आइसकेको छ।

आयोजना सरकारमातहत आएपछि दुई वर्षसम्म जापानीहरूको प्रत्यक्ष सहभागितामै मर्मतसम्भार गर्ने योजना छ। यसका लागि सिन्धुलीको रातमाटा र महोत्तरीको बर्दिबासमा मर्मतसम्भार युनिट स्थापना भएका छन्। जापान सरकारले ४ करोड बराबरका उपकरण उपलब्ध गराउने इकाइका संयोजक विन्दु राणा बताउँछन्।

एक दशकअघि नै सञ्चालनमा आएको धुलिखेल–नेपालथोक खण्ड मर्मतसम्भारको प्रतीक्षामा छ। काठमाडौंका लागि निर्माण सामग्री ओसार्ने टिपरको लर्को र बिपी राजमार्गमा थपिएको ट्राफिकले यहाँ सवारी चाप बढेको छ। त्यही भएर प्राविधिकहरू यसको स्तरोन्नति र चौडाइ बढाउनुपर्ने आवश्यकता औंल्याइरहेका छन्।

जापानीहरूले चटक्क पारेर सुम्पिएको सडकखण्डका ठाउँठाउँ भत्किएका छन्। पानी निकासका पूर्वाधार पुरिएका र भत्किएको पाइन्छ। बनेपा–सिन्धुली–बर्दिबास सडक आयोजना प्रमुख भरतकाजी देउजु धुलिखेल–नेपालथोक खण्डमा अस्फाल्ट पिचका लागि प्रस्ताव गरिसकेको बताउँछन्।

'यो खण्डमा ट्राफिक दबाब छ, यसको व्यवस्थापनका लागि हामी काम गर्दैछौं,' उनले भने, 'घुम्तीहरूलाई चौडा बनाउन थालिएको छ। विपरीत दिशाबाट आइरहेका सवारीचालकले घुम्तीमा एकअर्कालाई देख्नसक्ने गरी चौडा बनाउने काम हुँदैछ।'

यातायातको चाप र गति : बिपी राजमार्गमा प्रतिघन्टा २०–४० किलोमिटर गतिमा सवारी कुदाउन सकिने प्राविधिक बताउँछन्। व्यवहारमा भने पूर्वी र मध्यतराईबाट राजधानी हुइँकिने साना सवारी साधनको गति सडक क्षमताको दोब्बर छ।

बिपी राजमार्ग बर्दिबास–सिन्धुली खण्ड दुई लेन हो। त्यसबाहेक पूरै खण्ड एक लेनभन्दा चौडा र दुई लेनभन्दा सानो छ। पहाडी भिरपाखाबाट बगेको यो बाटो घुमाउरो भएकाले यसका घुम्ती नै सवारी गतिको अवरोध हो।

परामर्शदाता इन्जिनियर फुजिसाँवाका अनुसार यहाँ सबैखाले यातायात चलाउन सकिन्छ तर स्पिड बढाउने उपाय छैन। 'लामालामा लहरी चलाउन मिल्नेखालका घुम्ती छन्,' फुजिसाँवा भन्छन्, 'घुम्तीमा विस्तारै चलाउँदा जस्तासुकै गाडी आउजाउ गर्न सक्छन्।' बाटौ चौडा बनाएको अवस्थामा पनि गति क्षमता बढाउन नसकिने उनको भनाइ छ। राजमार्गमा प्रत्येक २ सयदेखि ३ सय मिटर दुरीमा 'पासिङ जोन' भनेर सडक चौडा बनाइको प्राविधिक बताउँछन्।

सडकको गति क्षमता बढाउन सडकमा घुम्ती बढाउनुपर्ने हुन्छ। प्राविधिकहरूका अनुसार भने सिन्धुली–खुर्कोट खण्डमा घुम्ती बढाउन सकिने अवस्था छैन। बाँकी क्षेत्रमा थोरै चौडाइ बढाउन सकिन्छ। 'यो सडकलाई थौरै चौडा बनाउन सकिए पनि धुलिखेल–सिन्धुली खण्डमा दुईलेन बनाउन धेरै खर्चिलो हुन्छ,' फुजिसाँवा भन्छन्, 'यो बाटो विस्तारै आनन्दसाथ गाडी चलाउन बनाएको हो, सवारी हुइँक्याउन होइन।'

तीव्र गतिकै कारण यो सडक खण्डमा दुर्घटना हुने गरेको अधिकारी बताउँछन्। सन् २००८ देखि २०१४ सम्म यहाँ १ सय ३३ सवारी दुर्घटना भएका छन्, जसमा १ सय ३४ जनाको ज्यान गएको छ भने ३ सय ८३ जनाको अंगभंग भएको छ। अहिलेसम्म ५ करोड बराबर क्षति भएको सिन्धुली सडक मर्मतसम्भार इकाइको आँकलन छ।

बर्दिबासदेखि बिपी राजमार्ग सुरु भए पनि सवारीको सबैभन्दा बढी चाप खुर्कोटबाट हुने गरेको प्रहरी भनाइ छ। प्रहरीका अनुसार खुर्कोटबाट झन्डै दैनिक ७ सय हाराहारी सवारी आवतजावत गर्ने गरेका छन्। अहिलेसम्म ठूलाखाले यातायात साधन, मालवाहक ट्रकलाई बन्देज गरिएको छ। यी सवारी पनि खुला गर्दा बिपी राजमार्गमा सवारी चाप अझ बढ्नेछ, जसको व्यवस्थापन चुनौतीपूर्ण छ। यसको निम्ति सडक विभाग, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच समन्वय र सहकार्य हुनुपर्छ।

र, यस्तो समन्वय र सहकार्य जापानीले होइन नेपालीले नै गर्न सक्नुपर्छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस