शोकले फेरेको जाजरकोट
२३ माघ २०७१
•
२० मिनेट पाठ
शोकले फेरेको जाजरकोट
काठमाडौं-पाँच वर्षअघि मजकोट–७, जाजरकोटकी सरिता कार्कीले अकालमै आमा गुमाइन्।
कारण थियो– झाडापखाला। हेलचेक्रयाइँ र अति सामान्य स्वास्थ्य समस्यामा उपचारै नपाएर रती कार्कीको ज्यान गुमेको थियो।
सदरमुकाम खलंगाबाट दुई दिन पैदल हिँडेपछि पुगिने मजकोटमा ०६६ सालमा फैलिएको झाडापखालाको महामारीमा ४६ वर्षीया आमा गुमाउँदाको पीडा सरितामा नराम्ररी बिझायो। उनले प्रण गरिन्– आफ्नो वरपर अब कसैलाई यस्तो पीडाको आहालमा डुब्न दिनेछैन।त्यसपछि उनी अहोरात्र गाउँकै सरसफाइमा खटिइन्। जिल्लामा अभियान पनि महामारीझैं फैलियो। पाँचै वर्षमा यसले ठूलो सफलता हात पार्योल। जिल्लामा सरसफाइ अभियन्ताको परिचय बनाएकी सरिता र उनीजस्ता स्थानीयको सामूहिक प्रयासको परिणाम अहिले जाजरकोटको मुहार फेरिएको छ।
पाँच वर्षअघिको जाजरकोट र अहिलेको जाजरकोटमा निकै ठूलो अन्तर छ।
स्वच्छ, स्वस्थ, सफा र सुन्दर जाजरकोट ।

jajarkot khalnagha
...
खलंगाबाट करिब ६ घन्टा पैदल यात्रापछि पुगिने पुन्मा–९ का बासिन्दा हुन्, जयबहादुर बिसी। पाँच वर्षअघिको त्यो महामारीमा सरिताले जस्तो बिसीले आफ्नै परिवारका सदस्य त गुमाएनन्, तर ३५ वर्षीया जेठीसासू जयसरा बुढामगरलाई भने बचाउन सकेनन्।
जयसरासँगै झाडापखालाको सिकार भएकी उनकी आमा ५५ वर्षीया महेसरा रोकाया भने समयमै उपचार पाएका कारण बाँच्न सफल भइन्। आफ्नै आँखाअगाडि जेठीसासूको मृत्यु देखेका बिसी सरसफाइप्रति चनाखो छन्।
बिसीले जेठीसासू र गाउँका ६ बालबालिकाको अकालमै मृत्यु भएको देखे, महामारीमा। पखालाले लखतरान बालबालिकालाई उनले पनि बोकेर नजिकैको स्वास्थ्य संस्था पुर्याेएका थिए। तर, स्वास्थ्य संस्थामा पर्याप्त स्लाइन थिएन। उपचार नपाएरै ती सबैले ज्यान गुमाउनुपर्योथ। त्यो घटनापछि सिंगो गाउँमा सरसफाइप्रति सचेतना फैलियो।
बिसीका अनुसार अहिले गाउँका सबैले शौचालय बनाइसकेका छन्, सफा र स्वच्छ पानी मात्र पिउँछन्।
सरिता र बिसी मात्र होइनन्, दुर्गम पहाडी जिल्ला जाजरकोटका हरेक गाउँमा सरसफाइ चेतना फैलिएको छ। शुद्ध र स्वच्छ खानपिनसँगै सफासुग्घर भए रोग लाग्दैन भन्नेमा सबैजसो सचेत छन्। पाँच वर्षअघिको महामारीमा बगेको आँसुको भेलले उनीहरुलाई सफाइ चेतनाको शिखर चढाएको छ। 
२०६६ जेठमा जाजरकोट रोकायगाउँ–७ का रतनबहादुर नेपालीको झाडापखालाले ज्यान लियो। त्यसलगत्तै फैलिएको महामारीले समग्र जिल्ला प्रभावित बनाएको थियो। 
सरसफाइ कमीले हुने झाडापखालाजस्तो सामान्य रोगबाट ६ महिना अवधिमा ३ सयभन्दा बढीको ज्यान गएको थियो। छोटो समयमै भएको त्यति ठूलो मानवीय क्षतिले समग्र जाजरकोटबासीलाई ठूलो पाठ सिकायो। हरेक गाउँमा मृत्युको संवेदनाले सबैमा सकारात्मक परिर्वतन ल्याइदियो।
उनीहरुका आँखामा अझै पनि झाडापखाला र हैजाको भय भने हटिसकेको छैन। मनमा एक किसिमको त्रासले सताइरहन्छ। त्यही डर र त्रासले होला, समग्र जाजरकोटबासी पुनः त्यस्तो महामारी दोहोरिन नदिने अभियानमा एकजुट भएर निरन्तर लागिरहेका छन्। 
स्थानीय विकास अधिकारी ज्ञानराज सापकोटाका अनुसार जाजरकोटबासीले विगतको जस्तो भयानक महामारी फैलन नदिने एउटा संकल्प नै लिएर काम अगाडि बढाइरहेका छन्। पाँच वर्ष अवधिबीच सरसफाइ क्षेत्रमा ठूलो सफलता हासिल गर्न सफल छन् जाजरकोटबासी। त्यतिबेला सदरमुकाम खलंगाका केही र गाउँका एकाध घरमा मात्र चर्पीको पहुँच थियो। तर अहिले समग्र जिल्ला नै खुला दिसामुक्त भइसकेको छ।
jajarkot2

त्यतिबेला जाजरकोटका गाउँमा मात्र होइन, सदरमुकामका विभिन्न क्षेत्रमा समेत जथाभाबी खुला दिसापिसाब हुन्थ्यो। बाटो हिँड्दा डुङडुङ्ती गनाउँथ्यो। घरवरपर र भित्रसमेत फोहर हुन्थ्यो। धेरैका जिउमा बाहिरैबाट प्रस्ट मयल देखिन्थे, लुगा उस्तै फोहर। लामा नङ र फोहर कपाल। यति मात्र होइन, बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा निष्पि्कक्री खान्थे उनीहरु। अहिले अवस्था पूरै फेरिएको छ। पाँच वर्ष अवधिमै जाजरकोट सरसफाइ क्षेत्रमा देशकै उदाहरणीय जिल्ला बन्न सफल भएको छ। 
सरकारी तथ्यांकअनुसार नेपालमा हाल ८३ दशमलब ५९ प्रतिशत जनता स्वच्छ खानेपानीको पहुँचमा छन् भने ७० दशमलब २८ प्रतिशत सरसफाइ पहुँचमा। यस आधारमा हेर्दा जाजरकोट सरसफाइमा समग्र नेपालको अवस्थाभन्दा निकै अगाडि पुगिसकेको छ। 
जिविसका अनुसार महामारी फैलनुअघि जाजरकोटमा मुश्किलले २५ प्रतिशत घरमा मात्र चर्पीको पहुँच थियो। तर अहिले ९९ सय प्रतिशतको घरमा छ। मानिसले आफू मात्र होइन, घरआँगन, टोल सफासुग्घर राख्न थालेका छन्। खोलाको पानी पिउनेले अहिले शुद्ध पानी मात्र पिउँछन्। विगतमा फोहोरको डुंगुर रहेका क्षेत्र अहिले सफासुग्घर छन् भने खुला दिसापिसाब पूर्ण बन्द छ।

यति छोटो अवधिमा यत्रो कायापलट कसरी?


jajarkot222

स्थानीय विकास अधिकारी सापकोटा भन्छन्, ‘करिब ८० प्रतिशत सफलता सबैको सहयोग र सामूहिक योगदानमा हासिल भयो भने बाँकी २० प्रतिशतनिम्ति निकै ठूलो मिहेनत गर्नुपर्योक।' उनका अनुसार ठूलो मानवीय क्षतिपछि मानिसमा देखिएको मृत्यु पीडाले सरसफाइ अभियानमा जुट्ने ठूलो ऊर्जा प्रदान गरेकाले धेरै स्थानमा सहजै काम गर्न सफलता मिलेको थियो। तर, कतिपय स्थानमा भने प्रहरी प्रशासन लगाउनेदेखि सरकारी कर्मचारीको तलबभत्तासमेत रोक्नुपरेको थियो।

उनका अनुसार अशिक्षित समुदायको बाहुल्य रहेका क्षेत्रमा भन्दा शिक्षित समाजमा नै काम गर्न समस्या परेको थियो। ‘केही पढे–लेखेका नै यो अभियानलाई असफल बनाउन लागिपरे,' उनले भने, ‘तर हामीले प्रहरीको सहयोगमा भए पनि तिनीहरुलाई तह लगाउन सक्यौँ। केही गाउँ तथा क्षेत्रमा प्रहरीले घेरा हालेर अभियान सुचारु गराएको थियो।'
महामारी फैलिएलगत्तै जिल्लाले छुट्टै सरसरफाइ रणनीति बनाएको थियो। वर्षदिनपछि मात्र सरकारले पूर्ण सरसफाइ अभियान ल्याएको थियो। जिल्लालाई सन् २०१५ भित्रै खुला दिसामुक्त बनाउन ०६७ सालमै पाँचवर्षे सरसफाइ रणनीति योजना (०६७–०७१) बनाएको थियो। जबकि नेपाल सरकारले त्यसको एक वर्षपछि मात्र सरसफाइ गुरुयोजना– ०६८ बनाएको हो। सरकारभन्दा अगाडि योजना बनाउन महामारीकै पीडाले हौस्याएको सापकोटा बताउँछन्।

jajarkot khalnagha 1
सरकारले सन् २०१७ भित्र सबै नेपालीलाई शुद्ध पिउने पानी र सरसफाइ पहुँचमा पुर्यााउने लक्ष्य लिएको छ। जाजरकोटले त्यसभन्दा दुई वर्षअघि नै यो लक्ष्य हासिल गरिसकेको छ। तर, पानीको पहुँचका लागि भने जिल्लाले अझै धेरै मिहेनत गर्न बाँकी छ।
जिल्लाका कुल ३० हजार ३ सय ४० घरधुरीमध्ये २७ हजार १ सय १५ घरमा पक्की शौचालय, २ हजार ६ सय घरमा कच्ची र ६ सय १८ घरमा अस्थायी शौचालय निर्माण भएपछि ०७१ पुस १८ गते एक कार्यक्रम आयोजना गरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो। खुला दिसामुक्त हुनेमा यो नेपालकै २० औँ जिल्ला हो भने मध्यपश्चिमको पाँचौं र भेरी अञ्चलकै पहिलो।
महामारीलगत्तै सफाइ अभियानमा जुट्दै आएका जाजरकोट नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहका अनुसार जिल्लामा पहिलोपटक डाँडागाउँ गाविसलाई ०६९ वैशाख ५ गते खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो। जिल्लाका ३० वटै गाविसमा पुगेर सफाइबारे चेतना फैलाएका शाहका अनुसार जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले चर्पी नहुने शिक्षक, सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीको तलब निकासा रोक्ने निर्णय गरेपछि सफाइ अभियानले तीव्रता पाएको हो।
अभियान सफल बनाउन चर्पी नहुनेको नागरिकता सिफारिस, जन्म–विवाह दर्ता रोक्ने, उपभोक्ता समितिमा बस्न नपाउने तथा अन्य कुनै पनि सरकारी सेवामा प्रवेश नपाउने व्यवस्था गरेपछि स्वतस्पफूर्त रुपमा चर्पी निर्माण र सफाइ अभियानमा जुट्नेको संख्या बढ्दै गएको थियो।
‘सबैलाई नैतिक संकटमा पारेर मनोवैज्ञानिक त्रास देखाएपछि अभियानका काम छिटो अगाडि बढ्यो,' उनले भने, ‘विद्यार्थीहरुको सहयोगले छिटो सफल भयो।' उनका अनुसार चर्पी भएको घरका विद्यार्थीलाई स्वास्थ्य विषयमा प्रयोगात्मक अंक बढी दिने, चर्पी भएका विद्यार्थीलाई कक्षामा हात उठाउन लगाउने र धन्यावाद दिँदै टीका लगाइदिएर सम्मान गर्नेजस्ता कार्य गर्दा विद्यार्थीले घरमा चर्पी बनाउन र सफा पानी तथा खानेकुरा खान सिकाएका थिए।

jajarkot khalnagha 2
खानेपानी तथा ढल व्यवस्था विभागका अनुसार सरकारले सन् २०१७ भित्र सबै नेपाली नागरिकलाई शुद्ध पिउने पानी र सरसफाइ पहुँचमा पुर्याेइसक्ने लक्ष्य लिएको छ। तर विडम्बना! अझै देशका झन्डै १० प्रतिशतले शुद्ध पानी पाउन सकेका छैनन्। अझै देशका ५० भन्दा बढी जिल्ला खुला दिसामुक्त हुन बाँकी छ। विभागको तथ्यांकअनुसार अझै ३० प्रतिशत नेपाली सरसफाइ पहुँचमा पुग्न सकेका छैनन्। यही कारण धेरैजसो जिल्लामा हरेक वर्ष झाडाजन्य रोग तथा अन्य पानी तथा सरसफाइका कारण लाग्ने रोगबाट २० हजारभन्दा बढीको अकालमा मृत्यु हुने गरेको अनुमान छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पानीजन्य रोगबाट हुने मृत्यु रोक्न सरकारले देशव्यापी चेतना फैलाउनुका साथै सरसफाइ र स्वच्छ पानीको पहुँच विस्तार गर्नुपर्छ।

झाडाजन्य रोग घट्यो, लुतो बढ्यो


jajarkot khalnagha 5

जाजरकोटमा महामारीपछि चालिएको अभिायनपछि झाडापखाला, हैजा, आउँ, टाइफाइडजस्ता रोगको संक्रमणमा उल्लेख्य कमी आएको छ। विगतमा जिल्लाका प्रमुख दस रोगमध्ये अग्रपंक्तिमा आउने यी रोग अहिले निकै कम मात्रामा देखिन थालेको जिल्ला अस्पतालका चिकित्सक डा. बोम बिसी बताउँछन्। ‘शुद्ध खानेपानी पिउने र बासी–सडेगलेका खानेकुरा खानेको संख्या स्वात्तै घटेको छ,' उनले भने, ‘जसका कारण झाडाजन्य रोगका बिरामी निकै कम मात्रामा देखिन थालेका छन्।' 
‘अघिल्ला वर्षमा जटिल खालका झाडाजन्य समस्या भएका बिरामी सय हाराहारी आउँथे तर अघिल्लो आर्थिक वर्षमा जिल्लाभर जम्मा ६ जनामा मात्र जटिल झाडा देखिएको थियो,' उनले जानकारी दिए, ‘चालु आर्थिक वर्षको ८ महिना अवधिमा जम्मा २ जनामा मात्र यस्तो समस्या पाइएको छ।'
मानिसको चेतनामा आएको परिवर्तनले खानपिनमा सचेत हुँदा झाडाजन्य रोगबाट संक्रमण हुनेको संख्यामा कमी आए पनि जिल्लामा सरसफाइ अभावकै कारण हुने अर्को समस्या देखिन थालेको छ। त्यो हो– लुतो। डा. बिसीका अनुसार मानिसमा हातगोडा धुने, सफासुग्घर रहने, स्वच्छ खानेकुरा मात्र खाने चेतना त आयो तर नियमित नुहाउनुपर्छ भन्ने चेतना अझै आउन सकेको छैन। लुतोको समस्या बढ्नुको कारण यही हो। 
‘अघिल्लो वर्ष स्वास्थ्य संस्थाका तथ्यांक हेर्दा लुतो एक नम्बर रोग देखिएको छ,' उनले भने, ‘यसले पनि के देखाउँछ भने जिल्लामा अझै सरसफाइ चेतना पूर्ण हुन सकेको छैन।' उनका अनुसार अघिल्लो वर्ष झाडापखाला अन्तिम दस नम्बरमा झरेको थियो।
चुनौती पानी अभाव
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार अझै ३४ प्रतिशत जनता शुद्ध खानेपानीको पहुँचबाहिर छन्। जसका कारण जुनसुकै बेला जिल्लामा रोगको महामारी फैलने खतरा छ। महामारी फैलनुअगाडि जिल्लाका ३० प्रतिशत मानिस मात्र शुद्ध पानीको पहुँचमा थिए। तर अहिले यो दर बढेर ६६ प्रतिशतमा पुगेको छ। यसका साथै जिल्लाका सबै ३० हजार ३ सय ४० घरधुरीमा चर्पी बने पनि कतिपय ठाउँमा खानेपानी अभावका कारण चर्पी भए पनि प्रयोग नै नहुने, प्रयोग भए पनि अत्यन्त दुर्गन्धित पाइएको छ। 
डिभिजन कार्यालयका प्रमुख महेसी महतोका अनुसार शुद्ध पानी अभावकै कारण जिल्लाका धेरै क्षेत्रमा रोग फैलने खतरा अझै छ। उनले जिल्लाका हरेक घरमा शुद्ध पानी पुर्याकउने अभियानमा जुटिरहेको जानकारी पनि दिए। ‘कतिपय स्थानमा पानी भएर पनि आनीबानी परिवर्तन गर्न समय लागिरहेको छ,' उनले भने, ‘कतिपय स्थानमा पानी नहुँदासमेत मानिसले सुरक्षित उपाय अपनाइरहेको पनि पाइएको छ।' 
उनका अनुसार सुक्खायाम र वर्षामा पिउने पानी अभाव बढ्छ। यहाँका मानिस खोला र खोचका फोहर पानी पिउन बाध्य हुन्छन्। यसले रोगको खतरा बढ्ने हुँदा सरकारले त्यस्ता क्षेत्रमा पानी शुद्ध गर्ने पियुस, वाटरगार्डजस्ता औषधि उपलब्ध गराउनुपर्ने महतो बताउँछन्। ‘मानिसहरु सबैमा खोलाको पानी ल्याएपछि तताएर पिउनुपर्छ भन्ने ज्ञान नै छैन,' उनले भने, ‘त्यसकारण स्वास्थ्य मन्त्रालयले ती क्षेत्रका लागि आवश्यक औषधि पनि उपलब्ध गराउनु आवश्यक छ।'
जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोटले पानी अभाव भएका क्षेत्रका सबै स्वास्थ्य संस्थामा जीवनजल र आवश्यक अन्य औषधि व्यवस्थाको तयारी भइरहेको जनायो। डा. बिसीका अनुसार पानी शुद्ध पार्ने वाटरगार्डका विषयमा भने स्वास्थ्य सेवा विभागमा कुरा भइरहेको छ। ‘हामीकहाँ गाउँगाँउबाट वाटरगार्ड छ भनेर सोध्न दैनिक मानिस आउँछन्,' उनले भने, ‘तर उपलब्ध नभएकाले जीवनजल दिएर पठाउन बाध्य छौँ।' 
उनका अनुसार झाडाजन्य रोग नियन्त्रणका लागि जिल्लाका हरेक महिला स्वास्थ्य स्वयंसेविकाका झोलामा कम्तीमा १० वटा जीवनजलका प्याकेट र केही वाटरगार्ड अनिवार्य रुपमा पठाइएको छ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस