कलिलैमा क्यान्सर
०४ पौष २०७१
•
१३ मिनेट पाठ
कलिलैमा क्यान्सर
चितवन-इरफान अन्सारीको उमेर तीन वर्ष तीन महिनामात्रै भएको छ। पर्सा देउरवानाका इरफान बाबु सैय आलमसहित भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा बस्न थालेको अढाइ महिना हुन थाल्यो। रक्तक्यान्सरपीडित इरफानलाई अझै २८ महिना लगातर उपचार गराउनुपर्ने चिकित्सकहरूको भनाइ छ।झापा काँकडभिट्टाकी १४ वर्षीया अपर्ना निरौला सो अस्पताल धाउन थालेको माघमा तीन वर्ष पुग्छ। पछिल्लो समय असोजदेखि उनी लगातार अस्पतालको बेडमा छिन्। भरतपुर आउनुअघि पनि उनले अनेक अस्पताल धाएकी थिइन्। भरतपुर आएपछि उनलाई रक्तक्यान्सर भएको पत्ता लाग्यो। निको हुने आशमा आमा मनमाया उनको कुरुवा बसेर उपचार गराइरहेकी छन्।
क्यान्सरको उपचार हुने देशको मुख्य अस्पताल भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर भएका बच्चालाई राखेर उपचार गराउने १२ शैऒ्ढया छन्। अन्य विभागको समेत थपथाप गरेर १६ वटा शैऒ्ढयामा क्यान्सर भएका बच्चालाई राख्ने गरिन्छ। तर कहिले शैऒ्ढया खाली होला र भर्ना भएर बसौंला भनेर पालो कुर्ने बिरामी पनि उत्तिकै हुन्छन्।
अस्पतालको बाल क्यान्सर रोग इकाई प्रमुख डा.कृष्णसागर पौडेलका अनुसार नेपालमा बर्सेनि १५ सय जना बालबालिका क्यान्सरबाट ग्रस्त हुने अनुमान छ। त्यसमध्ये धेरै कम अस्पतालसम्म आउँछन्। तर उपचार हुने अस्पताल र शैऒ्ढया कम भएका कारण उपचारमा कठिनाइ भोग्नुपरेको छ। 
भरतपुर अस्पताल र काठमाडौंको कान्ति बाल अस्पतालमा मात्रै क्यान्सर भएका बालबालिकाको उपचार हुन्छ। भरतपुरमा नै जम्मा एक जनामात्रै बालबालिकाको क्यान्सरसम्बन्धि विशेषज्ञ चिकित्सक छन्। नेपालभरमा बाल क्यान्सरको उपचारको क्षेत्रमा काम गर्ने जम्मा तीन–चार जना चिकित्सक भएको डा.पौडेल बताउँछन्।

बिरामीको संख्या 


देशका मुख्य पाँच अस्पतालमा उपचार गराएका क्यान्सरका रोगीहरूको तथ्यांक राख्ने भरतपुर क्यान्सर अस्पतालको क्यान्सर अनुसन्धान, रोकथाम र नियन्त्रण विभागले दिएको जानकारीअनुसार सन् २००३ देखि २०१२ सम्मको १० वर्षको अवधिमा क्यान्सर पत्ता लागेका पुरुष बिरामीमध्ये चारदेखि १४ वर्षसम्मका बालकहरू पाँच प्रतिशत छन्।
त्यस्तै, सोही १० वर्षको अवधिमा क्यान्सर भएका कुल महिलामध्ये चारदेखि १४ वर्षसम्मका बालिकाको संख्या तीन प्रतिशत छ। विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले दिएको जानकारी अनुसार यो १० वर्षे अवधिमा चार वर्षसम्मका ४२०, पाँचदेखि नौ वर्षसम्मका ५२० र १० देखि १४ वर्षसम्मका ५७७ गरेर कुल एक हजार ५७७ बालकहरुलाई क्यान्सर भएको छ।
चार वर्षसम्मका बालिकाहरू २४९, पाँचदेखि नौ वर्षसम्मका ३०३ र १० देखि १४ वर्षसम्मका बालिका ३६५ जना रहेका छन्। सन् २००३ देखि २०१२ सम्म चारदेखि १४ वर्षसम्मका कुल ९१७ जना बालिकाहरूको क्यान्सर भएर उपचार गराएको प्रधानाङ्गले जानकारी दिए। उपचारका लागि आउनेको संख्या बर्सेनि बढ्दो छ।
यो १० वर्षे अवधिमा १४ वर्षभन्दा माथि १५ देखि १९ वर्षसम्मका किशोरहरू ६०१ जना र किशोरीहरू ४९३ जनाको उपचार भएको छ । ‘रक्तक्यान्सर भएका बालबालिकाहरू बढी आउने गरेका छन्। उनीहरूको उपचारका लागि न पर्याप्त चिकित्सक छन् न उपयुक्त प्रविधिको व्यवस्था हुन सकेको छ,' डा.कृष्णसागर पौडेल भन्छन्। 

पत्ता लगाउँदै बित्छ समय


Chikitsak  1

भरतपुर क्यान्सर अस्पतालको बालबालिका इकाईमा बिरामीको बारेमा सोधखोज गर्दै चिकित्सकको समूह। तस्बिर : रमेशकुमार पौडेल

अपर्ना भरतपुर आउनुअघि चार ठाउँका अस्पताल धाइकी थिइन्। शरीरमा गाँठागुठी देखा परेपछि सुरुमा उनलाई भारत सिलगुडीको अस्पताल लगियो। त्यहाँ एक हप्ता राखेपछि रोग केही छैन भनेर फर्काइदियो। घर ल्याएर राखे पनि आमा बाबुको मन मानेन। बिर्तामोड लगेर देखाइयो। त्यहाँ पनि केही पत्ता लागेन। फेरि भद्रपुर जाँदा पनि केही पत्ता लागेन।
आमा मनमाया भन्छिन्, ‘गाँठागुठी आउन छाडेन। तर जहाँ गएर देखाउँदा पनि केही रोग होइन भन्छ। हाम्रो मन मान्दै मानेन। एकपटक विराटनगर लगेर पनि देखायौं।' विराटनगरको अस्पतालले भने मनमायालाई छोरीलाई भरतपुर लगेर देखाउन सुझाव दियो। भरतपुर आएर परीक्षण गरेपछि मात्रै उनलाई रक्तक्यान्सर भएको पत्ता लाग्यो। 
क्यान्सर भएको लामो समयपछि बल्ल बालबालिकालाई उपचारका लागि ल्याइने गरिन्छ। ‘सुरुमै आएर उपचार गराए निको हुन्छ। तर क्यान्सर भएको लामो समयपछि उपचारका लागि आउने क्रम देखिएको छ,' क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रण विभागका प्रमुख प्रधानाङ्गले भने। विशेषज्ञ चिकित्सकले सुरुमा हेर्न नपाउँदा रोग पत्ता लगाउने समय गुज्रने उनले बताए। 
बालबालिकामा हुने क्यान्सरका केही खास खतराका चिह्नहरू हुन्छन्, त्यसलाई जान्न/चिन्न सके अन्य स्वास्थ्यकर्मीले पनि विशेषज्ञ चिकित्सकलाई भेट्न पठाउँछन्। नभए यताबाट उता जाँदै गर्दा नै समय सकिन्छ। उपचारसमेत हुन नपाउने अवस्था छ। त्यसैले बालबालिकालाई हुने क्यान्सरका खास खतराका चिह्नका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक छ भन्छन्, प्रधानाङ्ग।
मकवानपुर हाँडीखोलाका छ वर्षीय दीपेन पौडेल भरतपुर क्यान्सर अस्पताल आएको एक महिना पनि भएको छैन। खटिरा र ज्वरो आउनुका साथै शरीर पहेँलो हुन थालेपछि उनले छोरालाई हेटौंडा अस्पताल लगेका थिए। अवस्था हेरेपछि त्यहँका चिकित्सकले तुरुन्त भरतपुर क्यान्सर अस्पताल लैजान सल्लाह दिए।
शरीरमा गिर्खा आएपछि रुपन्देही खैरेनीका अमरबहादुर राना मगरले छोरा शिवलाई बुटवल लगेर देखाए। अस्पतालले तुरुन्तै भरतपुर जान भन्यो। भरतपुर आएर परीक्षण गराए। रक्तक्यान्सर भएको पत्ता लागेपछि उपचार सुरु भएको छ। चाँडै आएर उपचार सुरु गराएमा निको हुने सम्भावना बढेर जान्छ। ढिला भएमा गाह्रो हुने चिकित्सकहरू बताउँछन्। 

‘खतराका यस्ता संकेत देखा पर्दा विशेषज्ञ चिकित्सककहाँ जानुपर्छ। तर, त्यसो नभएर अन्यत्रै जाने परिपाटी ज्यादै छ,' प्रधानाङ्गले भने, ‘जसले गर्दा अलमल हुन्छ। क्यान्सरले गलाएपछि मात्रै बल्ल रोग पत्ता लाग्छ।'
विकसित देशमा क्यान्सर भएका १० बालबालिकामध्ये आठ जना निको हुने गरेको चिकित्सकहरू बताउँछन्। नेपालजस्तो गरिब देशहरूमा क्यान्सर भएकामध्ये दुईदेखि तीन जनामात्रै बाँच्ने गरेको अवस्था छ। ‘त्यसैले समयमै रोग पत्ता लगाएर उपचारको प्रबन्ध मिलाउन हामीले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ,' उनी भन्छन्। 
बालबालिकामा क्यान्सर हुनुको खास कारणबारे अझै पत्ता लागेको छैन। धेरैलाई जन्मजात नै क्यान्सर हुने गरेको छ। यो वंशाणुगत कारणले हुने डा.कृष्णसागर पौडेल बताउँछन्। त्यसैले बालबालिकालाई क्यान्सरबाट जोगाउन नसकिए पनि समयमै खतराका संकेत चिनेर उपचारतर्फ लाग्न डा.पौडेल सुझाउँछन्। 

उपचारमा अभावै अभाव


बिरामीको संख्यालाई आधार मान्दा नेपालमा क्यान्सर भएका बालबालिकाका उपचार गर्न प्रत्येक विकास क्षेत्रमा कम्तीमा एउटा अस्पताल हुनुपर्ने डा. कृष्णसागर पौडेल बताउँछन्। भरतपुर र काठमाडौंको कान्तिमा मात्रै उपचार सेवा छ। भरतपुरका १६ र काठमाडौंका १२ शैऒ्ढया बिरामीका लागि साह्रै अपुग छ भन्छन् पौडेल।
‘बिरामीको चाप हेर्दा कम्तीमा पनि ५०/६० जना चिकित्सक र ठाउँ–ठाउँमा गरेर क्यान्सर भएका बालबालिका राख्ने पाँच सय शैऒ्ढया भए उपचार सहज हुने सम्भावना छ। ‘तर हामी निकै सीमित स्रोत साधनमा निर्भर छौं,' डा.पौडेलले भने, ‘बिरामीको उपचार सहज बनाउने सामान्य उपकरणको पनि अभाव छ।'
रक्तक्यान्सर भएका बिरामीका लागि रगतको प्लेटलेट अति आवश्यक हुन्छ। फेलेसिस प्लेटलेट नामक उपकरण भए त्यसबाट झिकेको रगतले बिरामीलाई चाहिने प्लेटलेट आपूर्तिमा सहज हुन्थ्यो। तर, सो उपकरण नहुँदा आवश्यक प्लेटलेट लिन छ पोका रगत खर्च गर्नुपरेको अवस्था रहेको डा.पौडेल बताउँछन्।
बिरामीका आफन्तले ठूलो आर्थिक भार खेप्नुपरेको छ। क्यान्सर भएका १५ वर्षसम्मका बच्चाको उपचार निःशुल्क हुने भनिएको छ। तर निःशुल्क भनिएका औषधिहरू आवश्यक परेका बेलामा पाइँदैन। बाहिर किन्दा महँगो पर्छ। ‘अहिले नै सात–आठ लाख रुपैयाँ सकियो। ऋण खोजेर हैरान भइयो,' मनमाया दुखेसो पोख्छिन्, ‘बाँकी उपचार के कसरी गर्ने हो, सम्झँदा कहाली लाग्छ।'
अर्को समाचार
कलिलैमा ब्लड क्यान्सर: बोनम्यारो प्रत्यारोपणकै आस
०६ पौष २०७१
•
१३ मिनेट पाठ
कलिलैमा ब्लड क्यान्सर: बोनम्यारो प्रत्यारोपणकै आस
काठमाडौं- नेपाली सेनाका हवल्दार रामबहादुर विष्ट आफ्ना १४ वर्षीय छोरा घनश्यामका लागि ‘एलोजेनिक' बोनम्यारो प्रत्यारोपणको अनुमति लिन सरकारी निकाय धाएका धायै छन्। मानव अंग प्रत्यारोपण ऐनले नै रोक लगाएकाले उनी स्वास्थ्य मन्त्रालयबाट निर्णय गराउने अभियानमा लागिपरेका छन्।
उनकै व्यक्तिगत पहलमा यससम्बन्धी पत्राचार सुरु भए पनि यो निर्णय स्वास्थ्य सेवा विभागअन्तर्गत मानव अंग प्रत्यारोपण समन्वय समितिमा आएर अड्किएको छ। ऐनअन्तर्गत यस्तो अनुमति दिने आधिकारिक निकाय यही समिति हो। समिति साउनदेखि म्याद सकिएर पदाधिकारीविहीन भएकाले निर्णय गर्न ढिलाइ भइरहेको स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाका निर्देशक डा. गुणराज लोहनीले बताए।

उनका अनुसार केही दिनमै समितिको पदाधिकारी चयन गर्ने तयारी भइरहेको छ। ‘भोलि–पर्सिमै समिति चयन हुन्छ। त्यसपछि बैठक बसेर अनुमति दिने कि नदिने निर्णय हुन्छ,' उनले आइतबार नागरिकसँग भने, ‘दिने निर्णय भयो भने नेपालमै एलोजेनिक बोनम्यारो प्रत्यारोपण सुरु गर्न सकिन्छ।'

रामबहादुर ब्लड क्यान्सर भएका आफ्ना छोराको ज्यान बचाउन २०७१ असोज १० गते पहिलोचोटि निवेदन बोकेर स्वास्थ्य मन्त्रालय पुगेका थिए। केही दिनमै स्वास्थ्यका डा. लोहनीले यसबारे निर्णय गर्न मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग राय माग गरे। रामबहादुरका अनुसार उनी आफैं उक्त फाइल बोेकेर केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलाई भेट्न भक्तपुर पुगेका थिए।

‘डाक्टरसापले एक सातापछि आउनू भन्नुभयो,' उनले भने, ‘एक सातापछि जाँदा पत्र तयार थियो।'

पत्रमा लेखिएको थियो– ‘रगतको कोषिका पनि मानव अंग नै भएकाले मानव अंग प्रत्यारोपण ऐनअन्तर्गत यो अनुमति दिने आधिकारिक संस्था समन्वय समिति भएको जानकारी गराउँछु।'

कात्तिक दोस्रो साता उनी उक्त पत्र बोकेर स्वास्थ्य मन्त्रालय फर्के। डा. लोहनीले कात्तिक १७ गते समितिको बैठक बोलाउने निर्णय गरे। त्यसैअनुरुप समन्वय समितिको बैठक बोलाउन स्वास्थ्य सेवा महाशाखामा पत्र पठाइयो। तर, काम बनेन। समिति साउनदेखि नै म्याद सकिएर पदाधिकारीविहीन भएको थियो।

‘समितिको म्याद सकिएकाले बैठक बोलाउन मिल्दैन भन्ने कुरा आयो,' रामबहादुरले भने, ‘अहिले मन्त्रालय पदाधिकारीको चयन गर्न लागेको छ भन्ने सुनेको छु, के हो थाहा छैन।'

स्वदेशमै छोराको उपचार गराउन मन्त्रालय र महाशाखा धाउँदा धाउँदा हैरान भएका रामबहादुरको आस अब समितिको निर्णयमा अड्किएको छ। ‘म छोरालाई अस्पताल लगुँ कि मन्त्रालय धाउँ कि सहयोग संकलन गर्न हिँडु?' उनले भने, ‘जतिसक्दो छिटो निर्णय भइदिए हुन्थ्यो।'

अरू स्वस्थ व्यक्ति खोजेर उसको बोनम्यारो बिरामीलाई दिनु ‘एलोजेनिक प्रत्यारोपण' हो। अर्को किसिमको प्रत्यारोपण पनि छ, जसमा बिरामीबाटै स्वस्थ बोनम्यारो झिकेर उसैलाई दिइन्छ। यसलाई ‘अटोलोगस प्रत्यारोपण' भनिन्छ। नेपालमा पछिल्लोलाई मात्र सरकारले अनुमति दिएको छ। पाँचवटा सफल प्रत्यारोपण पनि भइसके। अघिल्लो (एलोजेनिक) लाई भने मानवअंग प्रत्यारोपण ऐनले रोक लगाएको छ। अहिलेसम्मको स्थितिमा यस्तो प्रत्यारोपण गर्न कम्तीमा भारत लग्नुपर्छ। खर्च लाग्छ, लगभग ३२ लाख।

रामबहादुरजस्ता थुप्रै अभिभावक निजामती कर्मचारी (सिभिल) र कान्ति बाल अस्पतालमा छन्, जसका नानीहरू ब्लड क्यान्सरसँग जुधिरहेका छन्।

एलोजेनिक बोनम्यारो प्रत्यारोपण गरे उनीहरूको ज्यान बचाउन सकिन्छ। तर, स्वदेशमा यसको अनुमति छैन। भारतमा ३२ लाख खर्च गरेर यस्तो प्रत्यारोपण गराउने हैसियत उनीहरूसँग छैन। ब्लड क्यान्सरसँग जुधिरहेका अधिकांश नानी कमजोर आर्थिक स्थितिका छन्। सरकारले सर्वसुलभ उपचार सुविधा दिन नसक्ने र उपचार खर्च महँगो पर्ने यो रोग आर्थिक हैसियत कमजोर भएकाहरूमै बढी पाइएको छ। आर्थिक संकटकै कारण कतिपय अभिभावक उपचार गर्ने हैसियत नभएपछि आफ्ना नानीहरूको मृत्यु स्विकार्न बाध्य भएका छन्।

सिभिल अस्पतालका रक्तरोग विशेषज्ञ डा. विशेष पौड्यालका अनुसार नेपालमै प्रत्यारोपण गर्दा भारतको तुलनामा आधा पनि खर्च पर्दैन। ‘सिभिल अस्पतालमै यस्तो प्रत्यारोपण १० लाखमै गर्न सकिन्छ,' उनले नागरिकसँग भने, ‘हामीले अनुमति पायौं भने धेरै नेपालीले सहुलियतमै उपचार गराउन पाउँथे।'

उनका अनुसार संसारमा बोनम्यारो प्रत्यारोपण हुने कुनै पनि देशमा यसलाई मानव अंग प्रत्यारोपण ऐनअन्तर्गत राखिएको हुँदैन। ‘बोनम्यारो प्रत्यारोपण कुनै पनि देशमा मानव अंग प्रत्यारोपण ऐनअन्तर्गत पर्दैन, यो ब्लडबैंक निर्देशिका वा ऐनअन्तर्गत राखिएको हुन्छ,' उनले भने, ‘खासमा रगत दान दिनु र बोनम्यारो दान दिनुमा केही फरक छैन।'

सरकारले कानुन परिवर्तन गर्दैन र बोनम्यारो प्रत्यारोपणलाई मानव अंग प्रत्यारोपणकै कानुनअन्तर्गत राख्छ भने रागत दान दिनु र लिनु पनि गैरकानुनी हुने उनी बताउँछन्।

‘सबै प्रकारका बोनम्यारो प्रत्यारोपण नेपालमा सहज रूपमा गर्न दिने हो भने भारतमा लाग्ने भन्दा आधा रकममा हामी यहीँ विश्वस्तरको प्रत्यारोपण गर्न सक्छौं,' डा. पौड्यालले भने, ‘यसका लागि सिभिल अस्पताल नै सम्पूर्ण काम गर्न सक्षम अवस्थामा पुगेको छ।'

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. विमल थापा कुनै पनि किसिमको बोनम्यारो प्रत्यारोपण गराउन समक्ष रहेको बताउँछन्। ‘तीन महिनाभित्र ब्लड इर्‍याडिकेटर मेसिन जडान हुन्छ। त्यसपछि छिट्टै प्रत्यारोपण सेवा पनि सुरु हुन्छ,' उनले नागरिकसँग भने।

रामबहादुरका छोरा घनश्यामलाई रगतको गम्भीर रोग माइलोड डिस्प्लास्टिक सिन्ड्रोम (एमडिएस) भएको छ। डाक्टरी भाषामा ‘एमडिएस' भनिने यो रोग रगतको क्यान्सर हुनुभन्दा एक चरणअघिको अवस्था हो। ‘एमडिएस' यस्तो प्रकारको रोग हो, जसको उपचार समयमै गरे पूर्ण निको हुनसक्छ। नत्र रगतको क्यान्सरमा परिणत हुने सम्भावना रहन्छ। यसका लागि बोनम्यारो प्रत्यारोपण नै विकल्प भएको डाक्टरहरू बताउँछन्।

सिभिल अस्पतालमै उपचाररत संखुवासभा घर भएका १७ वर्षीय मुकेश याक्खाका लागि पनि बोनम्यारो प्रत्यारोपण नै विकल्प देखिएको छ।

मुकेशलाई १५ वर्ष उमेरमा माइलोड डिस्प्लास्टिक सिन्ड्रोम भएको थियो। उपचारमा संलग्न डा. पौड्यालका अनुसार अहिले उनको एमडिएस बल्भि्कएर एक्युट माइलोड ल्युकिमिया (एएमएल) भइसकेको छ। यो बच्चाहरूलाई हुने दुर्लभ किसिमको रक्तक्यान्सर हो।

‘हामीले सुरुमै बोनम्यारो प्रत्यारोपण गर्न सकेको भए ऊ पूरै निको हुने सम्भावना ८० प्रतिशत थियो,’ डा. पौड्यालले भने, ‘अब उसको एलोजेनिक बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ, जुन हामीलाई अनुमति छैन।’

सिभिल अस्पतालमा गत वर्ष रक्तरोगको उपचार गराउन पुगेका बालबालिकामध्ये ३६ प्रतिशतमा क्यान्सर फेला पर्‍यो। ‘जर्नल अफ नेपाल पेडियाटि्रक सोसाइटी' मा प्रकाशित बाल क्यान्सर रोग विशेषज्ञ डा. कैलाशप्रसाद साहको अध्ययन प्रतिवेदनअनुसार सन् १९९८ देखि २०१२ मार्चसम्म कान्ति अस्पतालमा ७ सय ५५ जना क्यान्सर लागेका बालबालिका उपचार गर्न पुगेका थिए। यसमध्ये आधा रगतकै क्यान्सरका बिरामी रहेको उनको प्रतिवेदनमा छ।

देशका मुख्य पाँच अस्पतालमा उपचार गराएका क्यान्सरका बिरामीको तथ्यांक राख्ने भरतपुर क्यान्सर अस्पतालले दिएको जानकारीअनुसार सन् २००३ देखि २०१२ सम्मको १० वर्ष अवधिमा क्यान्सर पत्ता लागेका पुरुष बिरामीमध्ये चारदेखि १४ वर्षसम्मका बालक पाँच प्रतिशत छन्। त्यही अवधिमा क्यान्सर भएका कुल महिलामध्ये चारदेखि १४ वर्षसम्मका बालिकाको संख्या तीन प्रतिशत छ।

अस्पतालका विभागीय प्रमुख किशोरकुमार प्रधानाङ्गका अनुसार यो १० वर्ष अवधिमा चार वर्षसम्मका ४ सय २०, पाँचदेखि नौ वर्षसम्मका ५ सय २० र १० देखि १४ वर्षसम्मका ५ सय ७७ गरी कुल १ हजार ५ सय ७७ बालकलाई क्यान्सर भएको छ।

 

 

बोनम्यारो प्रत्यारोपण भनेको के?

बोनम्यारो भनेको सामान्य भाषामा हड्डी भित्रको मासीलाई बुझिन्छ। बोनम्यारोभित्र स्टिम सेल (विशेष प्रकारको कोष) हुन्छ। यही कोषले रगतमा हुने विभिन्न रक्तकोष निर्माण गर्छ। स्टिम सेल थोरै मात्रामा रगतमा पनि हुन्छ। विभिन्न औषधि प्रयोगले बोनम्यारोभित्रका ती स्टिम सेललाई रगतमा ल्याउन सकिन्छ र शरीरबाट रक्तदान गरेझैं सजिलै बाहिर निकाल्न सकिन्छ।

रक्तसञ्चार सेवाले रक्तदाताहरूबाट संकलन गरेको रगतमा पनि स्टिम सेल हुन्छ। रगत दान गरेझैं स्टिम सेल निकाल्ने र रगत दिएजस्तै स्टिम सेल दिइने हुनाले बोनम्यारो प्रत्यारोपणलाई स्टिम सेल प्रत्यारोपण वा स्टिम सेल ट्रान्सफ्युजन पनि भनिन्छ। त्यसैले, विकसित मुलुकहरूमा बोनम्यारो प्रत्यारोपणलाई अंग प्रत्यारोपण नीतिअन्तर्गत राखिएको हुँदैन।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस