काठमाडौं-महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तस्करी गरी ल्याइएको १५ किलो सुन सहित भर्खरै १ जनालाई नक्सालबाट पक्राउ गरेको छ। नक्साल भगवतिबहालबाट पाछेङ खाम्बालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले बरामद गरेको सुनको बजार मुल्य अनुसार ६ करोड ५० लाख पर्छ।
बजारमा तस्करीको सुन बढेपछी प्रहरीले विशेष अपरेशन सञ्चालन गरिरहेको छ। सो अनुसार पाँच दिन अघि महाशाखाको टोलीले २ केजी सुन सहित १ जनालाई पक्राउ गरेको थियो। २ दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बौद्धको एक किराना पसलबाट तस्करीको २ केजी सुन बरामद गरेको थियो।