'नो कन्डम, नो सेक्स'
१८ मंसिर २०७१
•
१५ मिनेट पाठ
'नो कन्डम, नो सेक्स'
नेपालमा एचआईभी नियन्त्रणको कार्यक्रम सुरु भएको दुई दशक पूरा भइसकेको छ। तर, अझै पनि नेपालमा यौनकर्मी र तीनका ग्राहकले कन्डमबिना नै यौन सम्पर्क राख्दा एचआईभीको संक्रमण भित्रिरहेको पाइएको छ।
विश्वका अधिकांश देशमा यौनकर्मीले कन्डमबिना यौन सम्पर्क नै राख्दैनन्। तर, नेपालमा भने कन्डमबिना यौन सम्पर्क राख्दा एकजना यौनकर्मीले ८ जना ग्राहकलाई एचआईभी संक्रमण सारिरहेका तथ्यांक बाहिर आएको छ। सार्वजनिक तथ्यांकअनुसार नेपालमा अहिले १२ सय ३५ जना यौनकर्मी एचआईभी संक्रमित छन्। त्यस्तै यौनकर्मीका ग्राहक भने झन्डै १० हजार अर्थात् ९ हजार ४ सय ८८ जना एचआईभी संक्रमित छन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नै सार्वजनिक गरेको यो तथ्यांकले के देखाउँछ भने नेपालमा अझै पनि यौनकर्मी बिनाकन्डम असुरक्षित यौन सम्पर्क राखिरहेका छन्। केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार यौनकर्मी महिलामध्ये धेरैलाई ग्राहकले नै कन्डम नलगाई असुरक्षित यौन सम्पर्क राख्न बाध्य बनाएको समेत पाइएको छ।

'हाम्रोमा अझै 'नो कन्डम, नो सेक्स' भन्ने कुरा पूर्ण कार्यान्वयनमा आउन सकेको छैन,' उनले भने, 'जसले गर्दा यौनकर्मीसहित ग्राहक स्वयं एचआईभी संक्रमित भइरहेका छन्।' उनका अनुसार यौनकर्मी र तिनका ग्राहकमात्र नभई कामका लागि विदेशिएका पुरुष र तिनका श्रीमतीसमेत असुरक्षित सम्पर्कका कारण संक्रमित भइरहेका छन्। सिंहले यौनकर्मीका ग्राहकदेखि विदेशिएका व्यक्तिका कारण महिलामा एचआईभी संक्रमण सरिरहेको समेत बताए।

'एचआईभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन्। ती मध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ,' सिंहले भने, 'पुरुषको गल्तीका कारण महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेका छन्।' उनका अनुसार श्रीमान्ले बाहिर असुरक्षित रूपमा यौन सम्पर्क गर्दा श्रीमती बित्थामा संक्रमित हुन बाध्य भएका छन्। 'बाहिर सम्पर्क गर्ने पुरुषले कन्डम लगाएर सुरक्षित तवरमा यौन सम्पर्कमात्र राख्ने हो भने धेरै हदसम्म संक्रमणको दरमा कमी आउनेछ,' उनले भने।

युन एड्सको एचआईभी तथा एड्स कार्यक्रमले विश्वमा नै पछिल्लो १० वर्षको तुलनामा एचआईभी संक्रमित र एड्स रोगबाट मृत्यु हुनेको संख्या बिस्तारै घट्दै गएको देखाएको छ। 'समग्रमा हेर्दा विश्वमा एचआईभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ। तर, विश्वमा नै यो रोगबाट महिलाहरू बढी पीडित देखिएका छन् भने बच्चादेखि बुढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन,' युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, 'एचआईभी र एड्सको महामारी सन् १९९९ को तुलनामा हाल २५ प्रतिशतले कमी आएको छ।' प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै बेलामा जहा" पनि देखापर्न सक्ने भएकाले सर्तकता अपनाउन सबैलाई अनुरोध गरेको छ।

नेपालमा पनि २६ वर्र्षअघि देखापरेको एचआईभी शहर हुँदै ग्रामीण क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ। सन् १९८८ मा पहिलोपटक नेपालमा चारजना यौनकर्मीमा फेला परेको एचआईभीबाट अहिले हरेक दिन १५ जनाभन्दा बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञ बताउँछन्। नेपालमा एचआईभी र एड्स भित्रिएपछि देशभरमा तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै सत्तरी हजारको हाराहारीमा एचआईभी र एड्सबाट संक्रमित रहेको बताइएको छ।

नेपालमा अहिले ४० हजार ७ सय २३ जना मानिसमा एचआईभी भएको अनुमान गरिएको छ। तर, सरकारी सेवामा आएर परीक्षण गराउनेमा भने जम्मा २५ हजार २ सय २२ जना रहेका छन्। सरकारी सेवा बाहिर रहेका १५ हजार ५ सय १ एचआईभी संक्रमित कहाँ छन् ? स्वयं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पनि थाहा छैन। सेवा बाहिर रहेका ती संक्रमितले समेत रोग फैलाइरहेका छन्।

नेपालमा एचआईभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीबाट पनि नराम्र्रो रूपमा हेर्नेजस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. सिंह बताउँछन्। उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्नेको संख्यामा कमी आएको हो। सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ।

उनका अनुसार विगतमा यौनकर्मी र लागुऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि विदेशिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ। 'विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकमा गएर फर्किएका ग्रामिण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,' उनले भने, 'केही वर्षअघिसम्म एचआईभी वाहकका रूपमा यौनकर्मीहरूलाई मात्र लिने गरिन्थ्यो तर अहिले लागुऔषध सेवन गर्ने, विदेशिएर फर्किएका, पुरुषले पुरुषसँग यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन्।'

केन्द्रका अनुसार नेपालमा अहिले यौनकर्मी, समलिंगी, तेस्रोलिंगीको समूह तथा सुईबाट लागुपदार्थ सेवन गर्नालाई एचआईभी एड्स संक्रमण बढी मात्रामा सर्ने गरेको पाइएको छ। सरकारी सेवामा आएकाहरूमा १५ हजार ८ सय ३७ पुरुष ९ हजार ३ सय ४४ महिला र ४१ जना तेस्रोलिंगी संक्रमित रहेका छन्। तथ्यांकअनुसार अहिले ५ हजार ९ सय ९९ गृहिणी, १८ सय ६४ बालबालिका, विदेशमा काम गरेर फर्किएका १५ सय ३८, लागुपदार्थ सेवन गर्ने ३ हजार ८, यौनकर्मी महिला १२ सय ३५, पुरुषले पुरुषलाई नै यौन सम्पर्क गर्ने ३ सय ६३, रगत तथा अन्य अंग लिनेमध्ये १ सय ५, महिला यौनकर्मीका पुरुष साथी १ सय ४७, विदेशिएका कामदारका श्रीमती ९ सय ७० र अन्य केही ५ सय ५ जनालाई एचआईभी संक्रमण छ।

डा. सिंहका अनुसार पछिल्ला वर्षमा एचआईभी भएकोको जीवन लम्ब्याउने औषधि आएको तथा एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन्। उनका अनुसार हाल एचआईभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टी रेट्रोभाइरल (एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ। 'एचआईभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता (सीडी फोर)३०० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ,' सिंहले भने।

एचआईभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाँच्न सक्नेछन्। उनका अनुसार एचआईभी÷एड्सबाट संक्रमित भएकाहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोषिलो खानेकुरामा ध्यान दिनुपर्छ। संक्रमितले स्वस्थ्य र तन्दुरूस्त रहनको लागि नियमित रूपमा हलुका व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषणयुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँड्डुल गर्ने बानी गरेमा आयु लम्ब्याउन सक्ने उनको भनाइ छ।

 

के हो एआरटी ?

एआरटी अर्थात् एन्टी रेट्रोभाइरल थेरापीले एचआईभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ। यसले एचआइभीको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्दछ। यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन्। चिकित्सकका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एन्टी रेट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ।

 

एचआईभी र एड्स के हो ?

अधिकांश मानिसमा एचआईभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ। तर, एचआइभी र एड्स फरक कुरा हो। एचआईभी सुरुवातको अवस्था हो। यसलाई ह्युमन इम्युनो डिफिशियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने जिवाणुले आक्रमण गर्नु हो। एचआईभीको संक्रमण बिस्तारै बढ्दै जा"दा शरीरको प्रतिरोधात्मक क्षमता कम हु"दै जान्छ। केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिशियन्सी सिन्ड्रोमको रूप लिन्छ। यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ। यस रोगको बारेमा छिट्टै थाहा हुँदैन। किनकि, यसको कुनै विशेष लक्षण हु"दैन। तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हु"दै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ। त्यतिबेलामात्र यो रोगबारे थाहा हुन्छ। सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो जसमा एचआईभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैस"ग आक्रमण गर्दछन्। फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन्।

 

एचआईभी सर्ने माध्यम


  • असुरक्षित यौन सम्पर्क

  •  एचआईभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंग लिँदा

  • सुई तथा सिरिञ्जको साझा प्रयोग

  • संक्रमित आमाबाट बच्चामा


यसरी सर्दैन


  • लामखुट्टेले टोकेर

  • एउटै भाडामा खाना खाँदा

  • हाच्छिउँ गर्दा, खोक्दा

  • एउटै चर्पीको प्रयोग गर्दा

  • एउटै लुगा प्रयोग गर्दा

  • चुम्बन गर्दा

  • सँगै पौडी खोल्दा

  • बिरामीको स्याहारसुसार गर्दा

  • परिवारमा सँगै बस्दा


बच्ने उपाय


  • सुरक्षित यौन व्यवहार अपनाउने

  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौन सम्पर्क राख्ने

  • सुई तथा छाला छेड्ने औजार नयाँमात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने

  • एचआईभी संक्रमित महिला गर्भवती नभएर

  • यौन रोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने

  • आफ्नो यौन साथीलाई पनि उपचार गराउने

  • अंग प्रत्यारोपण गर्न परेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भएको नभएको कुरामा विशेष ध्यान पु¥याउने

  • रगत दिँदा सो रगत संक्रमण भए नभएको पक्का गर्ने

अर्को समाचार
'कण्डमले इन्जोए दिँदैन भन्ने गलत भ्रम छ पुरुषमा'
१५ मंसिर २०६९
•
१ मिनेट पाठ
'कण्डमले इन्जोए दिँदैन भन्ने गलत भ्रम छ पुरुषमा'
तपाईंका लागि सेक्स के हो?
बाँच्नका लागि अनिवार्य खुराक।
कति त सेक्सबिना पनि जीवन चल्छ भन्छन् नि?
उनीहरूले झुट बोलेको हुनुपर्छ। हरेक स्वस्थ मान्छेलाई सेक्स चाहिन्छ।
धेरै पुरुष कन्डम प्रयोग गर्न चाहँदैनन्। किन होला?
सायद उनीहरूलाई कन्डम प्रयोग गर्दा इन्जोय हुँदैन भन्ने भ्रम छ।
हस्तमैथुन कति उचित हो?
यौन चाहनालाई दबाउनुभन्दा हस्तमैथुन गर्नु धेरै राम्रो!

सेक्स ट्वइजको बढ्दो प्रयोगलाई कसरी लिनुहुन्छ?
चिकित्सा क्षेत्रमा काम गर्ने भएकाले यसलाई म नर्मल्ली नै लिन्छु। मेरा थुप्रै अविवाहित साथीहरू यस्ता कृत्रिम साधन प्रयोग गर्छन्।
सेक्स पार्टनर फेर्नु राम्रो कि नराम्रो?
विभिन्न जोखिम हुने हुँदा सेक्स पार्टनर फेर्नु राम्रो होइन।
प्रस्तुतिः जयन
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस