भित्री खेल : बेथितिको भुंग्रोमा खेलकुद
०४ मंसिर २०७१
•
२० मिनेट पाठ
भित्री खेल : बेथितिको भुंग्रोमा खेलकुद
सरकारले निर्वाचित नेपाल क्रिकेट संघ पुनर्गठन गरेपछि नेपाली खेलकुदमा फेरि एकपटक विधिको शासन मिचिएको छ।
सरकारले काम नगरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा टेक्दै क्रिकेट संघ पुनर्गठन गरेको थियो। तर, विघटित संघका पदाधिकारीहरुले निर्वाचित संघ विघटन गर्न नपाइने भन्दै एसियाली क्रिकेट परिषद् (एसीसी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग गुहार मागिसकेका छन्। साथमा सरकाले विघटनको पत्र थमाउनेबित्तिकै अदालतको ढोका घचघच्याउने तयारी गरिरहेका छन्।युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावअनुसार मन्त्री परिषद्ले कात्तिक २० मा क्रिकेट संघ पुनर्गठन गरेको थियो। कमिला मार्न बम पडकाएजस्तै मन्त्री परिषद्ले एउटा खेल संघ पुनर्गठन गरे पनि अझैसम्म हटाइएकालाई पत्र दिन सकेको छैन। तर, ल्याइएकालाई भने युवा तथा खेलकुद मन्त्रालयले पुनर्गठन गरेको एक सातापछि पदभार ग्रहण गराएको छ। युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले मन्त्रालय सम्हालेको १० महिनामा आधा दर्जनभन्दा बढी मुद्दा खेपिसकेका छन्। आउनेबित्तिकै माओवादीले नियुक्ति गरेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामालाई हटाउन खोज्दा उनले पहिलो मुद्दा खेपेका थिए। लामा सर्वोच्चको 'स्टेअर्डर'लिएर पदमा कायम छन्।

मन्त्रालयमा नयाँ नेतृत्व आएपछि नेपाली खेलकुदमा सरकार नै दुई खेमामा विभाजित भएको थियो। त्यसअघि विभिन्न नाममा थुप्रै चिरा परेको खेलकुदमा पौडेलको आगमनले सरकारलाई पनि नेकपा एमाले र एनेकपा माओवादीका रूपमा विभाजन गर्योो। एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षसमेत रहेका पौडेलले आफू आउनेबित्तिकै परिषद्मा एमालेकै कब्जा जमाउने रणनीति लिए। लामाले त्यसअघि नै परिषद्लाई माओवादीको कब्जामा राखिरहेका थिए। खेलकुदको नेतृत्वमा रहेका दुई मुख्य व्यक्तिबीचको दलीय स्वार्थले मन्त्री पौडेललाई एकपछि अर्को मुद्दा बोकाइरह्यो। पछिल्लो पटक क्रिकेट संघ पुनर्गठन गरेकोमा पनि मुद्दा बोक्नुपर्ने भयका कारण पत्र दिन ढिलाइ गरिएको हुन सक्छ। सरकारले एसीसी र आईसीसीको प्रतिक्रिया हेरेरमात्र पत्र दिने योजना बनाएको चर्चा थियो। कतैबाट पनि 'भिजन क्लियर' नभएपछि सरकारले बिहीवार बाध्य भएर पुनर्गठित पदाधिकारीलाई पदबहाली गरायो। तर, पदबहाली गराउँदा पनि पुरानो कमिटी विघटन नगरेको काइते तर्क गर्योच। मुद्दा खेप्नुपर्ने डरले मन्त्रालयले पुरानो कमिटी निलम्बन गरी नयाँ बनाएको तर्क गरेको थियो।

सरकारले क्रिकेट संघ विघटन गरेलगत्तै सरकारकै खेलकुद हेर्ने निकाय परिषद्का सदस्य सचिव युवराज लामाले त्यसलाई लोकतान्त्रिक प्रक्रियामाथिको ठाडो हस्तक्षेपका रूपमा प्रतिक्रिया दिए। 'राजा ज्ञानेन्द्रले हिजो निर्वाचित संसद् विघटन गरेजस्तै नालायकी वर्तमान सरकारले पनि प्रस्तुत गरेको छ। अन्तर्राष्ट्रिय मूल्यमान्यता बिर्सेर खेलकुद चलाउन सकिन्न। फेरि कुनै पनि संघको आफ्नै विधान हुन्छ र त्यसको सरकारले पनि सम्मान गर्नुपर्छ। जंगे पारामा गरिने कुनै पनि निर्णयले समाधान दिँदैन,' लामाले आक्रोश पोखेका थिए।

सरकारकै प्रतिनिधि मन्त्री परिषद्को निर्णयप्रति यति कठोर हुनुले खेलकुद आगामी दिनमा थप द्वन्द्वमा धकेलिने प्रस्ट हुन्छ। आफ्नै कर्मचारीलाई चित्त बुझाउन नसकिने गरी युवा तथा खेलकुद मन्त्रालयले किन यस्तो निर्णय प्रस्ताव ग¥यो र मन्त्री परिषद्ले त्यसमा लालमोहर लगायो त ? लामाको आरोपजस्तै यो पनि विशुद्ध एउटा राजनीतिक निर्णय हुन सक्छ। तर, सरकारले क्यान विघटन गर्नुलाई खेलाडीको असन्तुष्टि, मन्त्रालयको निर्देशनअनुसार प्रशिक्षकसँग 'वर्किङ एग्रिमेन्ट'नगरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन तथा क्यानले क्रिकेट विकासमा आवश्यक काम गर्न नसकेको आरोप लगाएको छ। सरकारले क्यानमाथि लगाएका सबै आरोपमा दम छ। खेलाडी विगतमा जस्तै वर्तमान क्यानप्रति पनि सकारात्मक थिएनन्। क्यानका सबै पदाधिकारी फेर्नुपर्ने मागसहित खेलाडीले आठ महिनाअघि राष्ट्रिय प्रतियोगितासमेत बहिष्कार गरेर आन्दोलन गरेका थिए।

नेपाली क्रिकेटलाई कीर्तिपुरबाट विश्वकपको मञ्चसम्म पुर्याहएका प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता नवीकरण नगर्न क्यानले पूरा प्रयास पनि गरेको हो। क्यानले पुबुदुको महँगो पारिश्रमिक धान्न नसक्ने बहाना गर्दै उनको सम्झौता नवीकरणमा उदासीनता देखाएको थियो। खासमा खेलाडीलाई उचालेको, क्यानविरुद्ध अनावश्यक राजनीति गरेको भन्दै पदाधिकारी पुबुदुविरुद्ध खनिने गरेका थिए। जसका कारण असारमा पुबुदु नेपाली क्रिकेटसँगको आफ्नो पहिलो कार्यकाल सम्पन्न गरेर क्यानाडा फर्किए। तर, सरकारले त्यो रकम तिरिदिने भन्दै आफैँ पुबुदुलाई भदौमा क्यानाडाबाट झिकाएर राष्ट्रिय टोली जिम्मा लगायो। मन्त्रालयले तत्कालै क्यानलाई पुबुदुसँग वर्किङ एग्रिमेन्ट गर्न निर्देशन पनि दियो। क्यान आफूले हटाउन चाहेको प्रशिक्षकलाई सरकारले थोपर्दैमा उनीसँग सहजै सम्झौता गर्ने पक्षमा थिएन।

नेपाली समर्थकको भावनाअनुसार खेललाई अघि बढाउन नसकेको अपजस पनि त्यसकै नेतृत्व गर्नेले लिनुपर्छ। सरकार र निजी क्षेत्रका साथै अन्तर्राष्ट्रिय निकायहरु पनि नेपाली क्रिकेटप्रति सहयोगी भएको अवस्थालाई क्यानले सही उपयोग गर्न सकिरहेको थिएन। यहाँसम्मकी समयमा अडिट प्रतिवेदन नबुझाएका कारण गतवर्ष आईसीसीले क्यानलाई ८३ लाख रुपैयाँ जरिवाना गर्नुका साथै नियमित रूपमा आउने करोडौँ रुपैयाँको 'ग्रान्ट'रोकेको थियो। संघका यस्तै नालायकीका कारण खेलाडी सम्पूर्ण पदाधिकारी फेरिनुपर्ने मागसहित आन्दोलित थिए।

खेलाडीले नै गरेको उजुरीका आधारमा अख्तियारले जेठ २५ मा भ्रष्टाचारको अभियोगमा संघका अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुर्याअलसहित १० अधिकारीलाई निलम्बन गर्दै विशेष अदालतमा मुद्दा चलाएको थियो। साथै अख्तियारले क्यानको तत्कालीन समितिले क्रिकेटप्रेमीको अपेक्षाअनुसार काम गर्न नसक्ने ठहर गर्दै क्रिकेटका अनुभवी, स्वच्छ छवि भएकालाई समावेश गरी पुनर्गठन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको थियो।

त्यसकारण वर्तमान संघको विकल्प नेपाली क्रिकेटलाई पक्कै चाहिएको थियो। तर, सरकारले यस्तै कमजोर बहानाको भरमा निर्वाचित संघलाई हस्तक्षेप गर्न मिल्छ त ? हस्तक्षेप नै गरे पनि सरकारले विधि प्रक्रियामा ध्यान दिनुपर्दैन ?

वर्तमान सरकारको नजरमा क्रिकेट संघमा माओवादीले कब्जा जमाएको छ। संघ पुनर्गठनको जोखिम लिनुको मुख्य कारण पनि अरू केही नभई यही हो। युवराज लामाले २०११ नोभेम्बरमा संघ पुनर्गठन गरेर माओवादी नेता टंक आङबुहाङलाई नेतृत्व सुम्पेका थिए। नेतृत्वमा आएको दुई महिनापछि नै आङबुहाङले चितवनमा साधारणसभा गराएर क्रिकेट संघमा माओवादी कब्जालाई वैधानिकता दिएका थिए। लामाले भिœयाएका माओवादीलाई निकालेर तत्काल क्रिकेट खेलको उद्धार गरेको भ्रम छर्दै सरकार फेरि क्रिकेटमा आफ्नै दलका कार्यकर्ता भर्ती गर्न तल्लीन देखिन्छ। पुबुदुको पारिश्रमिक सरकारले बेहोर्ने भन्दै लोकप्रिय निर्णय गर्दा नै सरकारले एउटा स्वायत्त संस्थामाथि हस्तक्षेप सुरु गरिसकेको थियो। कुनै पनि खेलको प्रशिक्षक नियुक्त गर्ने काम सरकारको होइन, सम्बन्धित संघको हो। पुबुदुलाई ठाडै सरकारले नेपाल झिकाउनु पनि क्यान नेतृत्वलाई बदनाम गर्ने एउटा चालमात्र थियो। सामन्ती संस्कारको छायाबाट मुक्त भइनसकेको क्यानको हठी नेतृत्वले पनि त्यसलाई बुझ्न सकेन।

क्यान नालायक छँदै थियो, त्यसमा खेलाडीको आन्दोलन, प्रशिक्षकको विवाद, अख्तियारको निर्देशन लगायतले सरकारलाई आफू अनुकूल राजनीतिक निर्णयको आधार बनायो। तर, सरकारको काम राजनीतिक स्वार्थप्रेरित निर्णय लिनेमात्र होइन।

नेपाली खेलकुदमा अहिले थितिको कुरा सबैभन्दा चर्को रूपमा उठिरहेको छ। सरकारको निर्णयअघि नै क्यानमा थिति नरहेको बहस चर्को भइसकेको थियो। फुटबलमा पनि थिति बसाल्ने भन्दै छ महिनादेखि आन्दोलन भइरहेको छ। व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एन्फा अध्यक्ष गणेश थापासहित पदाधिकारीमाथि ५८ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै थप छानबिन र कारबाहीका लागि सिफारिस गरिसकेको छ। फुटबलको छानबिन अख्तियार र सम्पत्ति शुद्धीकरण विभागसँगै विश्व फुटबलको सर्वोच्च निकायले गरिरहेको छ। कराँते, तेक्वान्दो, कबड्डीलगायत खेलमा समानान्तर संघको हानथापले खेल र खेलाडी पीडित भइरहेका छन्। विश्वमा कतै नभएको ओलम्पिक कमिटी पनि पछिल्लो सात वर्षदेखि नेपालमा दुई वटा छन्। अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई सर्वोच्च अदालतले २०६६ सालमै अवैधानिक ठहर गरिसकेको छ भने सर्वोच्चले ब्युँताएको राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटी ओलम्पिक अभियानका लागि वैधानिक छैन। राष्ट्रिय खेलकुद परिषद् छेपारोले झैँ रङ बदलिरहन्छ। कहिले अन्तर्राष्ट्रिय मान्तयताबिना ओलम्पिक कमिटीको हैसियत नहुने भन्दै अदालतको आदेश बेवास्ता गर्दै त्यसकै पछि लाग्छ। कहिले अदालतको आदेश देखाउँदै त्यसैलाई अवैधानिक भनेर सत्तोसराप गर्छ। तर, जति रङ बदले पनि, अदालतको आदेश जस्तो भए पनि, भाषणमा जे बोले पनि सहकार्य भने निरन्तर अन्तर्राष्ट्रिय मान्यता भएकैसँग गर्नुको विकल्प परिषद्सँग छैन।

स्वयं मन्त्री र परिषद्का सदस्य सचिवबीचको लडाइँ उत्कर्षमा छ। दुवैलाई एक–अर्काको अस्तित्व स्वीकार्य छैन। तर, मान्नुको विकल्प पनि छैन। पूरा खेलकुद बेथितिले गञ्जागोल पारेका बेला त्यसलाई थितिमा ल्याउने काम सरकारको हुनुपथ्र्यो। तर, सरकारले नै क्यानको विषयमा अत्यन्तै अपरिपक्व र राजनीतिक निर्णय गरेर आफू पनि थिति बिथोल्नै लालायित रहेको प्रमाण दियो। महासचिवले खेलाडी भगाएको आरोपमा पूरै एथलेटिक्स संघ पुनर्गठन गर्ने, डान सर्टिफिकेट बेचेको आरोपमा सिंगो कराँते महासंघलाई शिकार बनाउने सदस्य सचिव लामाले पनि अहिले क्रिकेट संघ पुनर्गठन हुँदा लोकतन्त्रको दुहाई दिनुको अर्थ छैन। उनले पनि आफूलाई लागेकै भरमा कुनै छानबिन र अनुसन्धानबिना एथलेटिक्स र कराँते संघ पुनर्गठन गरेका थिए। आफूले गर्दा ठीक, अर्काले गर्दा ज्ञानेन्द्र शैली भनेर कोकोहोलो मच्चाउने लामाकै तर्कअनुसार अख्तियारको निर्देशनका भरमा सरकारले निर्णय लिने होइन।

अख्तियारको काम मुद्दा दर्ता गर्नेमात्र हो, जुन गरिसक्यो। अख्तियारले मुद्दा चलाएका मानिस विशेष अदालतबाट निर्दोष साबित भए सरकारी निर्णयको औचित्य के होला ? अख्तियारले अभियोग लगाएका क्यानमा सक्रिय छैनन्। अध्यक्षसहित मुद्दा चलाइएका सबै १० जना मुद्दाको किनारा नलागेसम्म क्रिकेटबाट बाहिर बस्ने स्वैच्छिक निर्णय गरेका छन्। त्यसो हुँदा आङबुहाङको ठाउँमा उपाध्यक्ष तारणीविक्रम शाहले कार्यवाहक अध्यक्ष तथा प्याकुर्याालको सट्टा उत्तम कर्माचार्यले कार्यवाहक महासचिवका रूपमा काम गर्दै आएका थिए। पछिल्लो केही महिनायता शाह पनि निष्क्रिय भएपछि श्रीनिवास राणाले कार्यवाहक अध्यक्षका रूपमा काम गर्दै आएका थिए। तर, निर्वाचित संघका बहुमत २१ सदस्य अझै क्यानमै थिए।

'लामाले माओवादीकरण गरेको'क्यानलाई क्रिकेटकरण गर्न सरकार इमानदार भएको भए विधानअनुसार गर्नुपथ्र्यो। निर्वाचित भए पनि क्यानको कार्यसमिति कालजयी थिएन। चार वर्षको म्यान्डेट लिएर आएको समितिलाई वैधानिक रूपमा पन्छाउन नसके कार्यकाल पूरा गर्न दिनुको विकल्प हुँदैन। बीचमै हटाउन परे फौजदारी वा भ्रष्टाचार प्रमाणित गर्ने र विशेष साधारणसभामार्फत नयाँ नेतृत्व ल्याउनेबाहेक वैधानिक बाटो क्यानको विधानले दिएको छैन। तर, सरकारले बलमिचाइसाथ थरेको निर्णयले भोलिको दिनमा खेलकुदमा थप बेथितितर्फ उन्मुख हुने खतरा बढाएको छ। राज्यलाई जुनसुकै संघको स्वायत्ततामा पनि हस्तक्षेप गर्ने ढोका यो निर्णयले खोलेको छ। काम गर्न नसकेकै कारण विघटन गर्ने हो भने राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएका डेढ सय खेल संघमध्ये क्रिकेटअघि कम्तीमा १ सय ३० संघ विघटन भइसक्नुपर्ने थियो।

स्वयं खेलकुद मन्त्री पौडेल र परिषद्का सदस्य सचिव लामामाथि पनि खेलप्रेमीले थुप्रै प्रश्न उठाउन सक्छन्। सदस्य सचिवले विगतमा आफूखुशी जंगै शैलीमै विघटन गरेका संघको प्रसंग आउन सक्छ। मन्त्रीले पनि परिषद् झगडा मिलाउन नसकेको, ओलम्पिक विवादमा माखो नमारेको, पदमा आउनेबित्तिकै भनेअनुसार गौरीटार एकेडेमी बनाउनेमा सिन्को नभाँचेकोलगायत विषय उठ्न सक्छन्। त्यसो भए क्यानजस्तै काम गर्न नसकेको भन्दै मन्त्री पदमुक्त हुनुपर्ने कि नपर्ने ? नजिर, नियम, तर्क र राज्य अरूमाथि लागू हुने आफूमाथि नहुने भन्ने हुँदैन। राज्यले नै विधि मिच्ने हो भने अरूबाट अपेक्षा गर्न सकिन्न।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस