'एक्सपर्ट सिन्ड्रोम'
२८ कार्तिक २०७१
•
७ मिनेट पाठ
'एक्सपर्ट सिन्ड्रोम'
नेपालका अधिकांश फिल्मकर्मी तथा कलाकारलाई एउटा अनौठो रोगले सताएको पाइन्छ। यो मानसिक रोगको विशेषता के हो भने जसलाई यसले गाँजेको हुन्छ, उसलाई आफू रोगी छु भन्ने थाहा हुँदैन। न त वरपरका साथीभाइले यसलाई रोग ठानिदिन्छन्।


यो अनौठो रोगको नाम हो– 'एक्सपर्ट सिन्ड्रोम'। 'मलाई सबैकुरा थाहा छ, म नै सर्वोत्कृष्ट छु' भन्नु वा त्यस्तो भ्रम बोक्नु यो रोगको लक्षण हो। रोगीले आफूलाई आफ्नो क्षेत्रको विज्ञ ठान्छ। जब कि, उसको ज्ञान सतही र निकै दयनीय हुन सक्छ।

यो रोग फिल्म वा कला जगतका 'सेलिब्रिटी'लाई मात्र होइन, अरू क्षेत्रकालाई पनि लागेको हुन सक्छ। आफूलाई विज्ञ ठान्ने र विज्ञका रूपमा चिनाउन चाहनेहरूको भीड हाम्रो समाजमा व्यापक छ। यस्तो रोगीले वास्तविक विज्ञलाई चाहिँ विज्ञ ठानिरहेको हुँदैन।

'एक्सपर्ट सिन्ड्रोम' रोग लागेकाले अरूको बौद्धिक कुरा सुन्न चाहँदैन। धेरैजसो नेपाली फिल्मकर्मीको व्यहार यस्तै छ। फिल्मबारे कसैले ज्ञानगुनका कुरा सुनाउन खोज्यो भने विभिन्न बहाना बनाएर पन्छिन खोज्छन्। किनभने, उनीहरू सोच्छन्, 'म सबैकुरा जान्दछु, पूर्ण सक्षम छु।'

'मैले किन त्यसको कुरा सुन्ने, त्यसले पो मेरो कुरा सुन्ने हो त' भन्ने खालका तर्क उनीहरू दिन्छन्। त्यही भएर कुनै पनि कार्यक्रममा आफूले मौका पाउँदा लामो भाषण छाँट्छन्। अरूले बोल्ने बेला चाहिँ ध्यान दिँदैनन् वा बाहिर निस्किदिन्छन्।

काठमाडौँमा बेला–बेला फिल्म कार्यशाला र प्रशिक्षण चल्ने गर्छन्। त्यस्ता कार्यक्रममा क्रियाशील फिल्मकर्मीको उपस्थिति खासै रहँदैन। काम गरिरहेकाप्रति लक्षित कार्यशाला भए पनि उत्साहजनक सहभागिता हुँदैन। 'त्यसले मलाई सिकाउने? त्यसलाई के थाहा छ फिल्मको बारेमा?' भन्ने खालको सोचाइ र प्रशिक्षणमा भाग लिए अरूको नजरमा सानो हुन्छु भन्ने डर उनीहरूमा पाइन्छ। यो पनि 'एक्सपर्ट सिन्ड्रोम' रोगको करामत हो।

झुर फिल्म बनाइरहेका हुन्छन्, तर अरूको राम्रो फिल्मभन्दा आफ्नो फिल्मको प्रशंसा गरेर उनीहरू थाक्दैनन्। कसैले उनीहरूको फिल्मको आलोचना गर्योक भने उसलाई शत्रुको संज्ञा दिइहाल्छन्। आफ्नो फिल्म फितलो छ भन्ने तथ्य स्विकार्न चाहन्नन्। बरु, भ्रममा रमाउँछन्, 'मैले सबैभन्दा राम्रो फिल्म बनाएको छु। मेरोजत्तिको फिल्म अरूको कहाँ छ र?'

एक अभिनेत्रीले केही समयअघि काठमाडौँको ओस्कार फिल्म कलेज गएर अभिनय भनेको सिक्ने वा पढ्ने विषय होइन भनेर विद्यार्थीलाई रनभुल्लमा पारिन्। अभिनय वा अरू कुनै पनि विधा पठनपाठनको विषय हो भन्ने नस्विकार्नु 'एक्सपर्ट सिन्ड्रोम'को पराकाष्ठाको उदाहरण हो। जब कि, ती अभिनेत्रीले भन्नुपर्थ्यो, 'मैले अभिनयबारे अझै धेरै सिक्न र पढ्न बाँकी छ।'

कसैले नौलो प्रसंग वा ज्ञानको कुरा सुनायो भने यस्ता रोगीसँग रेडिमेड जवाफ सधैँ हुन्छ, 'मलाई यो कुरा पहिले नै थाहा थियो।' यथार्थमा चाहिँ त्यो कुरा पहिलोपटक सुनिरहेका हुन्छन्। 'मलाई यो कुरा थाहा थिएन, तपाईंले सुनाउनुभयो, धन्यवाद!' भन्न हिचकिचाउँछन्। यस्तो प्रवृत्ति फिल्मकर्मीमा अधिकतम पाइन्छ।

केही निर्देशकले संगीत, नृत्य, फाइट, क्यामेरा र पोस्टर डिजाइनसमेत आफैँले गरेका उदाहरण छन्। सबै विधामा आफू पारंगत छु भन्ने देखाउन उनीहरूले चाहेका हुन्। सम्बन्धित विधामा काम गरिरहेकालाई नै जिम्मेवारी दिँदा राम्रो नतिजा आउने सम्भावना हुँदाहुँदै निर्देशकको 'आफैँ जान्ने, आफैँ सुन्ने' प्रवृत्तिका कारण फिल्म पूरै कमजोर बन्न पुग्छ। अरूको ज्ञान वा विज्ञतालाई सराहना गर्न पनि मान्दैनन् उनीहरू।

फिल्मको पटकथा, संगीत, छायांकनमा त्रुटि छ भनेर कसैले टिप्पणी गरेमा 'एक्सपर्ट सिन्ड्रोम'ले ग्रस्त निर्देशक यसरी झर्किन सक्छ, 'तपाईंलाई पटकथाको बारेमा के थाहा छ? संगीत कत्तिको बुझ्नुहुन्छ? क्यामेरा कहिल्यै चलाउनुभएको छ?' अर्थात् ऊ आफूलाई कमजोर भनेको देखिसहँदैन।

'एक्सपर्ट सिन्ड्रोम' एउटा भयानक रोग हो। यसले नयाँ कुरा सिक्न र खोजी गर्न प्रेरित गर्दैन। बरु 'तैँले सबथोक जानेको छस्, अरूको कुरा नसुन्नू' भन्ने भ्रम सिर्जना गर्दै जहाँको तहीँ थन्काइदिन्छ।

नयाँ कुरा नसिक्नु भनेको कुनै पनि क्षेत्रमा 'फेशन आउट' हुनु हो। नेपालका अधिकांश फिल्मकर्मीको बौद्धिक विकास ठप्प छ। कतिपय 'फेशन आउट' भइसकेका छन् भने कतिपय हुने क्रममा छन्। पुराना फिल्मकर्मीहरू फेसन आउट हुने नेपालमा मात्र हो। विदेशतिर उमेरले ६० नाघेका फिल्मकर्मीले पनि मार्गनिर्देशक फिल्म बनाइरहेका छन्। किनभने, उनीहरूलाई 'एक्सपर्ट सिन्ड्रोम' रोग लागेको छैन र दिनहुँ केही न केही सिकिरहन्छन्, खोजिरहन्छन्।

घातक भए पनि 'एक्सपर्ट सिन्ड्रोम' निको नहुने रोग होइन। स्वघोषित विज्ञ फिल्मकर्मीले यसको उपचारतर्फ बेलैमा ध्यान दिए आफ्नो करिअर र नेपाली फिल्मको भविष्य दुवैलाई फाइदा पुग्नेछ।



अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस