केही दिनलाई काठमाडौं छाडेर बाहिर जान रमाइलो लाग्छ। सधैंको भागाभागबाट दुई–चार दिन भए पनि मुक्ति मिल्ने कुराले मन फुरुङ्ङ थियो। पहिलो औपचारिक भ्रमण नै सिंगापुर थियो । त्यसैले झनै पुलकित भएको थिएँ। हामी सामसुङ नेपालको सौजन्यमा त्यहाँ जाँदै थियौं।सिंगापुरबारे धेरै सुनेको थिएँ। आज त्यसलाई प्रत्यक्ष हेर्ने रहर पूरा हुँदै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चढ्दा कौतुहलता र एक प्रकारको डरले मन ढक्क फुलेको थियो। तर, विमानले जमिन छाडेको केही समयमै म मस्त निद्रामा डुबेकी थिएँ। याद छैन सपनीमा के देखेँ । तर, ब्युँझँदा म कुनै अर्कै देशको आकाशमा स्फूर्तिका साथ उडिरहेकी थिएँ।
लगभग पाँच घन्टा उडानपछि सिंगापुरको चांगी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिदाँ मनमा अनेक कुरा खेलिरहेका थिए। विमानस्थलको भव्यताले म मन्त्रमुग्ध भएकी थिएँ। त्यहाँबाट केही समय ट्याक्सीको सवारीपछि हामी तीन दिनको बासस्थान होटल 'फुरामा रिभर फ्रन्ट' पुग्यौं।
ट्याक्सीबाट देखिएको सिंगापुरको झलकमा त्यसै हराएको थिएँ। गगनचुम्बी भवन, फराकिला र सफा बाटो। अनि एकनाससँग दौडिरहेको गाडी। न हर्नको ट्वाँ–ट्वाँ छ। न गाडीको रफ्तारलाई अनावश्यक बाधा।
होटलमा चेक इन गरेर कोठामा छिरुन्जेलसम्म शरीर पूरै गलिसकेको थियो। सिंगापुर गर्मी ठाउँ हो। विमानस्थलबाट ट्याक्सी चढुन्जेल र ट्याक्सीबाट ओर्लेर होटल प्रवेश गरुन्जेलबीच खाएको गर्मी शरीर निस्तेज पार्न काफी थियो।
त्यस दिनका लागि हाम्रो केही कार्यक्रम थिएन। होटलको बाह्रौ तलामा मेरो कोठा थियो। त्यहाँबाट देखिएको सहरको मनमोहक दृश्यले मन त्यसै हर्षित थियो । भाइबरमा भेटिएका साथी भने म होटलको कोठाबाट सहर नियालिरहेको कुरा सुनेर निराश थिए। उनीहरू मलाई कोठाबाहिर निस्कन हौस्याइरहेका थिए । एकमनले त्यो सहरलाई त्यसै रात एक्लै भए पनि कोठाबाहिर निस्केर नियालौं भन्ने सोच मेरो मनमा नआएको होइन । पहिलो भ्रमण, नयाँ ठाउँ, नयाँ माहोल, मैले त्यो आँट गर्न सकिनँ।
आठ बजे डिनर टाइम थियो। सी–फुड र ननभेज परिकारमाझ आफूलाई रुच्ने साहकारी खाना खोज्न हम्मेहम्मे नै पर्यो । खान सकाएर कोठा पुगी खाटमा पल्टिएकी मात्र के थिएँ, भुसुक्कै निदाएँछु।
बिहान काठमाडौंबाट एक जना दाइले पठाइदिएको सामान लिन उहाँको बहिनीलाई होटलमा बोलाएकी थिएँ। उहाँलाई मेरो निद्रा खुलाउन ठूलै कसरत गर्नुपर्यो । केही छिनको गफगाफमै उहाँको र मेरो यस्तो ट्युनिङ मिल्यो कि उहाँले मलाई केही ठाउँ आफैं घुमाइदिने निर्णय गर्नुभयो । हामी होटलबाट बाहिर निस्केर बस चढ्यौं र सिंगापुरा मलमा पुग्यौँ । त्यहाँ पुग्दासम्म मनमा अनेकन प्रश्न उब्जिरहेका थिए, 'के यो सहर वास्तवमै व्यवस्थित र भव्य हो कि, मेरो पहिलो विदेश भ्रमण भएकाले सबै कुरा राम्रो लागेका ?' त्यहाँका हरेक कुरा भव्य र सुन्दर लागिरहेको थियो । जता नजर दौडाए पनि दृश्य रमाइलो थियो । हामी सहरको एउटा कुनाबाट अर्को कुना कहिले बस त कहिले मेट्रो चढेर पार गरिरहेका थियौं । केही बेर सिंगापुरमा भारतको झल्को दिने मुस्तफा सेन्टर त केही समय सिंगापुरको चाइना टाउन बुगिस मार्केट । म टुरिस्ट र स्मृति दिदी मेरो गाइड ।
त्यहाँको 'लिटिल इन्डिया'ले साँच्चि नै भारतको झल्को दिन्छ । भारतीय खानादेखि भारतीय लुगासम्म सबै पाइन्छ । यो सिंगापुरको 'चाँदनी चोक' हो भने पनि हुन्छ । त्यहाँबाट केही दुरीमै पर्छ चाइन टाउन । साँच्चैको छिमेकीजस्तै ।
त्यसै दिन बेलुका हामी 'वाइजी फ्यामिली कन्सर्ट'मा सहभागी हुन पुगेको थिएँ । सिंगापुर इन्डोर स्टेडियममा भएको उक्त कन्सर्टको मुख्य आकर्षण गंगनम स्टाइलका गायक पिएसवाई थिए । उनको लाइभ पफर्मेन्स रोमान्चक र उत्साहप्रद थियो । सामसुङ कोरियाले आयोजना गरेको उक्त कन्सर्टमा हजारौं दर्शक सहभागी थिए । उक्त कन्सर्टमा कोरियन ब्यान्ड विनरले पनि प्रस्तुति दिएको थियो ।
सिंगापुरमा मैले तीन दिन बिताएँ । त्यति दिन सिंगापुर डुल्न कुनै पनि हालतमा काफी छैन । त्यो समय त त्यो ठाउँ हेर्नसम्म पनि पुग्दैन । सिंगापुरको स्काई पार्कदेखि सेन्तोसाबीचको वाटर सोसम्म देख्दा बसाइको अवधि बढाउने सोचसम्म पनि मनमा आइसकेको थियो । तर त्यो सम्भव थिएन ।
मरिना बे सिंगापुरको मुख्य पर्यटकीय क्षेत्र । त्यहाँ विश्वविख्यात दुई रिसोर्ट छन्– स्काई पार्क र सेन्तोसा । स्काई पार्क ५५ तल्ले बिल्डिङ हो । जसको टुप्पोबाट देखिने नजाराले जो कसैलाई पनि रोमान्चित गराइदिन्छ । त्यहाँबाट सिंगापुरको आकाशलाई ३६० डिग्रीकै कोणबाट हेर्न सकिन्छ ।
सेन्तोसाको आर्कषण पनि छुट्टै छ । यहाँ वर्षको लगभग दुई करोड पर्यटक पुग्छन् । त्यहाँको आकर्षणको केन्द्र भनेको दुई किमि लामोबीच र हलिउडको युनिभर्सल स्टुडियोको नमुना पार्क हो । साँझ परेपछि त्यहाँ देखाइने 'वाटर शो' पनि हो । पानीको फोहोरालाई संगीतको लयसँगै तल–माथि, दायाँ–बायाँ बगेको देख्दा मन्त्रमुग्ध को नै नहोला र ? यो यस्तो अद्भूत दृश्य थियो, जसले धेरैपछिसम्म पनि मेरो मन तरंगित गराइरहेको थियो ।
सिंगापुर पर्यटकका लागि सिँगारिएको सहर हो । यसलाई जुन प्रकारले विकसित गरिएको छ, यो वास्तवमै एसियाको पर्यटकीय शान हो । सिंगापुरको जति छोटो वा लामो बसाइ होस्, दुवै कुनै न कुनै हिसाबमा सधैं अपुरो रहन्छ । किनकि सिंगापुर हेरर आँखा थाक्न सक्छ । डुलेर गोडा गल्न सक्छ । तर, मन भने कहिल्यै भरिँदैन । त्यही कतै विचरण गरी नै रहन चाहन्छ ।