२०४६ सालमा नेपाल टेलिभिजनमा जागिर खान जाँदा मभन्दा बढी मेरा साथीभाइ र एउटै घरमा डेरा गरी बस्नेहरूमा बढी उत्सुकता झल्किन्थ्यो। कारण– विकुपा (हाम्रो सर्कलले राखिदिएको नाम) सँग हुने मेरो भेट र ऊसँग भएका कुरा सुन्न पाउने साथीहरूको अभिलाषा।शंकै छैन, त्यस बेला अहिलेको भन्दा धेरै प्रख्यात थिए, विकुपा। अर्थात्, विजय कुमार पाण्डे। जसका धेरै कारण थिए। त्यति बेला सर्वसाधारणले बोल्न नसक्ने कुराहरू विकुपाले पञ्चायती टेलिभिजनबाट सजिलै बोलिदिन्थे। पञ्चायती व्यवस्था र त्यसका आडमा तर मार्नेहरूको विरोध गर्न कुनै आइतबार पर्खनु पर्दैनथ्यो उनलाई। र, आम मानिसलाई के लाग्थ्यो भने आफूहरूको मनको कुरा विजय कुमार पाण्डेले टेलिभिजनबाट भनिरहेको छ। पञ्चायतले प्रजातन्त्रका नाम बेचेर थोपरिदिएको निरकंुशताभित्रको उकुसमुकुसमा वाक स्वतन्त्रता शून्य नै थियो। त्यसैले वाक स्वतन्त्रताको कुण्ठा धेरथोर विकुपाको कार्यक्रममार्फत पोखिएको अनुभूति गर्दथे, दर्शक–स्रोताहरू। हामी पनि त्यसैमध्येका थियौं।
आफ्नो मनको कुरा बोल्ने मानिससँग नजिक हुन र उसका विषयमा धेरथोर कुरा जान्न खोज्नु स्वाभाविकै हो। र, यो मौका मलाई मिल्दै थियो भनेर सबै साथीभाइ मसँग नजिकिँदै थिए, विकुपाका कुरा सुन्न।
विजय कुमारका नाममै साथीभाइको दुई–चार कप चिया बढी पनि खाइयो होला। तर दिन बित्दै जाँदा हात लाग्यो शून्य भइरहेको थियो। अफिस जान लागेको छैटौं दिन विकुपासँग करिडोरमा जम्काभेट हुँदा मैले आदरतापूर्वक दुई हात जोडेर नमस्ते गरेँ। उनले पनि हात त उठाए तर आफ्नै कपाल अगाडि तान्दै गए (त्यति बेला कपाललाई अगाडि तान्दै हिँड्ने उनको बानी थियो)। नमस्ते फर्काएको हो या कपाल तानेको– मलाई बुझ्न गाह्रै भयो। तर, साथीभाइलाई सुनाउँदा ‘नमस्ते फर्काए' भनेँ (किनकि विकुपाले जोसुकैको नमस्कार फर्काउँदैनन् भन्ने सुनिन्थ्यो)।
त्यसको तीन–चार दिनपछि अफिस सकिएपछि म भर्यााङबाट ओर्लंदै गर्दा उनी सोही भर्यारङ चढिरहेका भेटिए। पहिलेको दच्को छँदै थियो, त्यसैले मैले अलि ठूलै स्वरमा ‘दाइ नमस्ते' भनेपछि मलाई पुलुक्क हेरेर कुममा धाप मारेझैं गरेर प्याट्ट हिर्काउँदै अघि बढे।
त्यो दिन गर्वका साथ साथीभाइलाई गफ हानियो र भनियो, ‘धैर्य गर, उसका कुराहरू मात्र होइन, कुनै दिन चिया पिउनका लागि यहीँ लिएर आऊँला!' मेरो गफ सुनेर केटाहरू मख्ख परेका थिए।
करिडोरतिरैका अरू दुई–तीन भेटमा उनले नमस्ते नफर्काएपछि मैले फेरि नमस्ते गर्ने धृष्टता गरिनँ। त्यसपछि केटाहरूलाई लगाउनका लागि गफ फुरेन। सबै बसेर एक दिन चिया गफमा निष्कर्ष निकालियो– विकुपा साँच्चिकै घमण्डी हो। त्यसपछि टेलिभिजनका बाँकी दिनहरूमा मेरा उनीसँग कहिल्यै कुनै नमस्कार र दोहोरो संवाद भएन।
समय बित्दै गयो। देशमा बहुदलीय व्यवस्थाको आगमनसँगै पत्रपत्रिका र टेलिभिजन सहज रूपमा खुल्न थाले। एफएम रेडियोहरू च्याउसरि छ्यासछ्यास्ती उमि्रन थाले। ‘जनमञ्च' पत्रिकापछि म जागिरको सिलसिलामा ‘कान्तिपुर' दैनिक पुगेँ। पूर्ण रूपले फोटो पत्रकारका रूपमा काम गरिरहेको थिएँ। उनी ‘नेपाल' पत्रिकामा सम्पादक भएर आए। क्यामेराम्यान र फोटोपत्रकारसँग उनी अरूभन्दा अलि बढी नजिक हुन चाहन्थे, तर सीमितहरूसँग मात्र। सायद कामले गर्दा होला। त्यसयता भने उनीसँग राम्रैसँग कुराकानी हुन थालेको थियो तर अफसोस, पहिलेका चिया–साथीहरू कामकै दौरानमा छिन्नभिन्न भइसकेकाले उनका कुरा कसैलाई सुनाउन पाइएन।
एउटै मिडियामा काम गर्दा उनीसँगको घनिष्ठता बढ्दै गयो। म पहिलेभन्दा झन् बढी उनीबाट प्रभावित हुन थालेँ। उनको धेरथोर स्वाभिमानी–स्वभावलाई हामीले घमण्डी भनेर बुझेका रहेछांै।
पञ्चायती व्यवस्थाले विश्वास गरेकाले उनी नेपालका ‘प्रिभिलेज्ड' पत्रकार हुन् भन्नेहरूको संख्या उःबेला उल्लेख्य थियो। मैले जति पत्रकारिता बुझेको थिएँ, त्यसका आधारमा केही हदसम्म म पनि यो कुरामा कन्भिन्स्ड थिएँ। तर नेपाल पत्रिकामा जब सँगै काम गर्न थालियो अनि थाहा भयो, उनले त्यो प्रिभिलेज त्यसै पाएका होइन रहेछन्। उनमा केही खुबी रहेछन्, जसले गर्दा उनी त्यस बेलाका हर्ताकर्ताहरूका आँखामा परेका रहेछन्। त्यही भएर नै यस्ता मौका र अवसर पाएका रहेछन्।
आजका दिनसम्म त्यसको दुरूपयोग गरेको मैलेचाहिँ कतै देखिनँ र सुनिनँ पनि। उनले जे जति गरे, सबै पत्रकारिताकै लागि गरे भन्ने मेरो बुझाइ छ। उनले अलिकतिमात्रै संकेत गरेका भए धेरै कुरा सजिलै प्राप्त गर्न सक्थे। पञ्चायतकालदेखि अहिलेसम्म पत्रकारितालाई निरन्तरता दिइरहने पत्रकारहरूको संख्या कम हुँदै गइरहेको छ। त्यस बेलाका नामी पत्रकारहरू अहिले कुन दुलोमा छिरेर के गर्दै छन्, तपाईं–हामीजस्ता पत्रकारले बुझेकै छौं। भनिन्छ– शिखरमा पुग्नु ठूलो कुरा होइन तर त्यहाँ टिकिरहनुचाहिँ गाह्रो हो। कन्जुस्याइँ नगरी भन्ने हो भने विकुपा शिखरमा पुगे पनि, र टिके राम्रैसँग।
‘
चिया गफमा उनका टाउकामा गुथाइदिएको घमण्डीको पगरी बिस्तारै मेरा नजरबाट खुस्कँदै थियो। किनकि मसँग नबोलेको कारणले उनलाई घमण्डीको पगरी भिराइदिएका थियौं। सबै मान्छेले सबैसँग समान व्यवहार गर्न सम्भव हुँदैन र गर्न पनि सक्दैन। गुण, दोष, बानी, व्यहोरा तथा व्यावसायिकताका आधारमा कसैसँगको सम्बन्ध अगाडि बढ्ने हो। राम्रोसँग चिनजान नभईकन केही अपेक्षा राख्नु मूर्खता शिवाय केही होइन।
विकुपा कान्तिपुर छिरेको केही महिनामै म क्लियर भएँ– यो मान्छे घमण्डी होइन। अलिकति रुखो र ठाडोचाहिँ पक्कै हो। घमण्डले मान्छेलाई अगाडि बढ्न दिँदैन। यदि ऊ घमण्डी भएको भए खुसीजस्तो किताब लेख्न सक्ने थिएन। पुस्तकले उसलाई अझ माथि उठाएको छ।
यो किताबलाई मैले पर्खेर बसेँ र हात परेको दिन आधाभन्दा बढी पृष्ठ छिचोलेँ। दोस्रो दिन ग्याप राखेर तेस्रो दिन आद्योपान्त पढिसिध्याएँ। धेरैपछि पूरा किताब पढेकोमा आफूलाई खूब आनन्द लाग्यो। पढिरहँदा किताबका विषयमा होइन विकुपाका विषयमा लेख्न मनले हुटहुटी जगाइदियो। पछिल्ला दिन उनको र मेरो ठिकैको सम्बन्ध थियो। लेना न देनाको। उनले आफ्ना प्रशंसकप्रति गरेको रुखो व्यवहार नै घमण्ड हो जस्तो मलाई लाग्छ। र, खुसीमा उनले धेरै ठाउँमा आफू घमण्डी नभएको पुष्टि गर्न धेरै शब्द खर्च गरेका छन्। उनको धेरथोर घमण्डीपनाले हामीलाई केही फरक पार्ने होइन। फरक त ती कुराले पार्दथ्यो, यदि व्यावसायिक पत्रकारिताका नाममा पीत पत्रकारिता गरेको भए, पत्रकारिताको आडमा ब्ल्याकमेलिङ गर्दै व्यवसाय नै बदनाम गराएको भए।
किताबको नाम खुसी भए पनि उनका दुःखको मसीले धेरै पाना रंगिएका छन्। उनका दुःख र विवशतापूर्ण कठिनाइले पाठक आँसु झार्ने गरी भावुक बन्न पुग्छन्। जीवन के हो खुलस्त भन्न नसके पनि केही बुझाइदिने कोसिस गरेका छन्। विकुपाले जीवनलाई यसरी नै बुझ्दै गए भने कुनै दिन ‘स्वामी' भएको सुन्दा अचम्म नमाने हुन्छ। किताब पढ्दा लाग्छ, उनी पत्रकारितामा अब बिस्तारै ‘स्याचुरेट' हुँदै छन् र अध्यात्म तथा दर्शनको बाटोतिर लाग्दै छन्। त्यसैले होला उनी कामदेव र हनुमानदेवको अग्लो पर्खालबीचमा कुनै ढोकाको खोजी गर्दै त्यहाँबाट सत्यको दर्शन गर्न पाउने आशा राख्छन्।
प्रसिद्धितिर उकालो लाग्दा फेस गरेको अप्ठ्यारालाई उनले यसरी लेखेका छन्– ‘आफ्नोभन्दा पछिल्लो पुस्ताका मानिससित वैरभावयुक्त प्रतिस्पर्धा गर्ने, प्रतिभावान युवाको बाटो छेक्नेहरू मलाई बिल्कुलै मन पर्दैन। आफू युवा छँदा घुसघुसेहरूको मारमा परेकाले कुनै पनि क्षेत्रका खुराफातीप्रति मेरो मनमा वितृष्णा छ। प्रतिस्पर्धाको आधार पेसागत दक्षता र क्षमता हुनुपर्छ, न कि ईर्ष्या र षड्यन्त्र।' साथै, उनको इमानदारीतालाई मूर्खताका रूपमा हेर्ने जमातसँग पनि दिक्दारी पोख्छन्।
सेक्सका विषयमा धेरै खुलस्त नभए पनि जति लेखेका छन्, त्यो आदर्श सेक्सझैं लाग्छ। उनका लागि सेक्स मन र शरीरको संगम हो।
सुरुवाती दिनमा परिवारप्रति पनि रुखै व्यवहार गर्ने विकुपा पछिल्लो समय पारिवारिक दायित्व र व्यावहारिक दैनिकीमा अति संवेदनशील देखिन्छन्।
कसैलाई रक्सी पिएकोमा पछुतो होला, कसैलाई घुस खाएकोमा त कसैलाई अरूलाई बिगारेकोमा। जीवनमा नपछुताउने मान्छे सायदै होलान्। रक्सी धेरै पिएकोमा आत्माग्लानि मात्र होइन धेरै पछुताएका छन्, उनी । रक्सी नपिउनका लागि उनले विशेष जोडका साथै आग्रह पनि गरेका छन्। उनले आफ्नी आमाको प्रसंग जोडेका अनुच्छेद पढ्दा जस्तोसुकै ‘ग्रेड'को जँड्याहालाई भावुक बनाउँछ र कम्तीमा बिस्तारै भए पनि रक्सी छाड्छु भनेेेर सोच्न बाध्य बनाइदिन्छ।
विकुपाले हामीले बुझेभन्दा धेरै पत्रकारिता बुझेका छन् भन्ने लाग्छ। पत्रकारिताको व्यवसायमा हामीले नसोचेको उनले भोगेका छन्। तर, नजिकबाट देखेको हुँदाहुँदै पनि पत्रकार र पत्रकारिताका विषयमा धेरै लेख्न चाहेका छैनन्। नेपालको पत्रकारिता व्यवसायभित्र हुने चलखेल उनलाई धेरै हदसम्म थाहा हुनुपर्छ। आखिर किन खुलेर लेखेनन्? डरले हो या कन्जुस्याँइले– त्यो उनैले बुझून्।
विकुपालाई मन नपराउनेहरू मैले चिनेजानेका पनि छन्। खुसी पढेपछि भने विकुपाबाट प्रभावित बनेको मलाई सुनाएका छन्, तिनैले। किताबका विषयमा धेरथोर विवाद नआएको होइन। तर संसारमा सबैलाई मान्य र सर्वस्वीकार्य हुने कुरा सायदै होलान्। विकुपाको किताब पनि अपवाद होइन यो विषयमा। हामीले हेर्ने समग्रमा हो। समग्रमा खुसी आत्मकथा नभएर विकुपाको सानोतिनो ‘आत्मदर्शन' हो। यो आत्मदर्शनले केही न केही सिकाउँछ नै। त्यसैले उनलाई मन नपराउने वा घृणा गर्नेहरूले अझ नजिकबाट बुझ्न यो किताब पढ्न जरुरी छ।