गुल्मी— मृगौला प्रत्यारोपण गर्ने भन्दै ३९ लाख रूपैँया ठगी गरेको आरोपमा प्रहरीले एक जोडीलाई पक्राउ गरेको छ।
तुराङ–६ का ५८ वर्षिय रामप्रसाद शर्मा र उनकी पत्नी ४८ बर्षीया लक्ष्मीलाई गुल्मी प्रहरीले बुटवल प्रहरीको सहयोगमा पक्राउ गरेको हो। तुराङ–४ की पार्वती कुमारी उपाध्यायलाई भारतमा लगेर मृगौला प्रयारोपण गर्ने भन्दै ३९ लाख ठगी गरेको आरोपमा उनीहरू प्रक्राउ परेको प्रहरी निरिक्षक महेन्द्र नेपालले बताए।
३५ वर्ष देखि भारतमा बस्दै आएको यो जोडिले २०६८ पुस देखि विभिन्न समयमा उपाध्यायसँग रकम लिएको थियो। लामो समय पछि उनीहरू नेपालमा आएको सूचना पाउने बित्तकै गुल्मी प्रहरीले बुटवल प्रहरीको सहयमा उनीहरूलाई असोज १४ गते पक्राउ गरेर अनुसन्धान सुरू गरेको जनाएको छ। प्रहरी निरिक्षक नेपालका अनुसार जिल्ला अदालतमा अदालती प्रक्रिया सुरू गरेर अनुसन्धान थालिएको छ ।
मोटो रकम कुम्ल्याएपछि पनि मृगौला प्रत्यारोपणको सुरसार नभएपछि उपाध्यायले ठगीको शंकामा प्रहरीलाई खबर गरेकी थिईन् । यसैबिच प्रहरीले ज्यान मार्ने उद्योगमा ३ महिना ५ दिन कैद सजाय पाएर फरार रहेका पौँदीअमराई–४ का ३१ बर्षिय गणेश विकलाई पनि पक्राउ गरेको छ । उनलाई प्रहरीले बिहिबार पक्राउ गरेर कारागार चलान गरेको हो । उनीपनि भारतमै लुक्दै आएका थिए।