चितवन-चितवन प्रहरीले बुधबार मध्यरातमा भन्सार छलेर ल्याएको २३ किलो १५० ग्राम चाँदी बरामद गरेको छ। बीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०७१ नम्बरको यात्रु बसबाट सो परिमाणको चाँदी बरामद भएको चितवन प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ।
भारतको मोतिहारी जिल्ला छौडादानका २२ वर्षीय विजयकुमारले आलु, प्याज, परबर राखेको बोराभित्र ति चाँदी लुकाएर काठमाडौं लैजाँदै गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए। बरामद चाँदीको अनुमानित बजार मुल्य १४ लाख ७३ हजार रुपैयाँ रहेको उनले जानकारी दिए।
चाँदीको मुर्ती, दाना, कि रिङ, पाउजु, औठी, लकेट र सिक्काहरु प्रहरीले बरामद गरेको हो। बरामद सामग्री र व्यक्तिलाई बाराको पथलैयामा रहेको राजश्व अनुशन्धान क्षेत्रीय कार्यालयमा बुझाउने चितवन प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक शान्तीराज कोइरलाले बताए। भरतपुर गोन्द्राङ चेक पोष्टमा बस चेक जाँच गर्दा चाँदी बरामद भएको प्रहरीले बताएको छ।