इन्चोन- पुरुष क्रिकेट र टेबल टेनिसको टिम इभेन्ट्समा अजय सुवालको सान्त्वना जितबाहेक एन्चोन एसियाडको दसौं दिन नेपालले खुसी हुने अरु कुनै नतिजा निकाल्न सकेन। नेपालको पुरुष टेबल टेनिस टिम आइतवार टिम इभेन्ट्सको प्रारम्भिक चरणको समूह 'बी' मा कुवेतसँग ३–१ ले पराजित भयो। त्यसमध्ये अजय सुवालले मात्र जित हासिल गरे।
अजयले पहिलो सेटमा पछाडि परेर पनि कुवेतका अल अन्सारी बासेललाई ५–११, ११–८, ११–६, ११–८ ले हराए। उनले १८ मिनेटमा नतिजा आफ्नो पक्षमा पारे।
अजयको जितले टिम इभेन्ट्सको खेलमा नेपाल च्याम्पियन शिव सुन्दर गोथेलाई रिटर्न म्याच खेल्ने अवसर त दियो, तर गोथे त्यसमा सफल भएनन्। उनले अल बाहरानी हुसेनलाई ११–७, ११–७, ११–३ को सोझो सेटमा नतिजा सुम्पेपछि नेपालको चुनौती समाप्त भयो।
त्यसअघि, पहिलो खेलमा शिवसुन्दर अल बालान जाबेरसँग ११–७, १२–१०, ११–८ ले पराजित भएका थिए। त्यसपछिको प्रतिस्पर्धात्मक खेलमा दीप साउन अल बारानी हुसेनसँग ११–९, ५–११, ११–५, १७–१५ ले पराजित भए।
समयमा विमान नउडेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा बसेर शनिबारमात्र इन्चोन आइपुगेको नेपाली टोली भारत र दक्षिण कोरियाविरुद्धको खेलमा वाकओभर दिन बाध्य भएको थियो।
महिला टिम इभेन्ट्समा नेपाल मलेसियासँग ३–० ले पराजित भयो। एक दिनअघि नेपाललाई भारत र गत एसियाडको विजेता चिनले पनि ३–० ले हराएको थियो।
मलेसिया र नेपालबीचको कुनै पनि खेल तीन सेटभन्दा अगाडी गएन। ११ मिनेटमात्र चलेको पहिलो खेलमा रविना महर्जन रोउ यु लीसँग ११–३, ११–५, ११–२ ले हारिन्। रिता प्रजापतिलाई यिङ होवाले सहजै ११–४, ११–७, ११–९ को नतिजामा पराजित गरिन। नेपाल च्याम्पियन नविता श्रेष्ठ पनि एकपक्षीय खेलमा लि वेइ बेहसँग ११–२, ११–४, ११–४ ले पराजित भइन्।
टिम इभेन्ट्समा चौधौं
पुरुष गल्फको व्यक्तिगत स्पर्धामा अन्तिम दिन आइतबार नेपालका टंकबहादुर कार्की ४६ औं स्थानमा रहे। अघिल्लो दिन ३९ औं स्थानमा रहेका टंकबहादुरले कुल ३ सय ५ स्कोर बनाए। दिनेश प्रजापतिले ५२ औं, विष्णु प्रसाद शर्माले ५७ औं र टासी छिरिडले ६० औं स्थानमा रहँदै एसियाड यात्रा अन्त्य गरे। गल्फमा ८० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
टिम इभेन्ट्समा नेपाल चौधौं स्थानमा रह्यो। टंकबहादुर, टासी, विष्णुप्रसाद र दिनेश सहभागी टोलीले अन्तिम दिनको खेल सकिदा कुल ९ सय २० स्कोर गर्योी।
महिला बक्सिङको चुनौती समाप्त
पहिलो पटक एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली महिला बक्सिङको चुनौती आइतवार समाप्त भएको छ। पदक जित्ने खेलाडीका रुपमा हेरिएकी सरस्वती रानामगर लाइटवेइट (५७–६० केजी) तौल समूहको क्वार्टरफाइनलमा आइतबार आयोजक दक्षिण कोरियाकी जिना पार्कसँग नकआउट भइन।
एक दिनअघि महिला फ्लाइवेट (४८–५१ केजी) अन्तर्गत अन्तिम १६ को खेलमा मिनु गुरुङ पनि मंगोलियाकी नन्दिसेट्ससँग तेस्रो राउन्डमा नकआउट भएकी थिइन। नेपालले यसपाली एसियाडमा दुई महिला खेलाडी उतारेको थियो।
दुई वर्ष अघि ग्वाङ्झाउमा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेकी सरस्वती आइतबार चौथो राउन्डमा नकआउट भएपछि महिला बक्सिडमा नेपालको सम्भावना टुंगिएको थियो।
लगातार पाँच वर्षदेखि आफ्नो तौल समूहकी राष्ट्रिय च्याम्पियन सरस्वतीले तीन राउन्डसम्मको खेलमा पार्कलाई कडा टक्कर दिइन्। तेस्रो राउन्डमा दोस्रो र तेस्रो जजले सरस्वतीका पक्षमा निर्णय दिएका थिए।
हरि हिटबाटै बाहिर
इन्चोन एसियाड मुख्य रंगशालामा जारी एथलेटिक्सको पुरुष १ हजार ५ सय मिटर दौडको हिटमा नेपालका हरिकुमार रिमाल आठौं भए। उनले ४ मिनेट ०५.१५ सकेन्ड समय लगाए। हिटमा ९ खेलाडी सामेल थिए। माल्दिभ्सका अहमद हसनमात्र हरिभन्दा पछि रहे। हरि पाँच हजार मिटर दौडमा १४ औं भएका थिए।
बास्केटबलमा सहकार्यको सम्झौता
नेपाली बास्केटबल विकासका लागि नेपाल बास्केटबल संघ र दक्षिण कोरियाको इन्चोन बास्केटबल संघबीच आइतबार सहमति पत्रमा हस्ताक्षर भएको छ।
इन्चोनले नेपाली बास्केटबल टोलीलाई प्राविधिक र प्रशिक्षणमा सघाउने सम्झौतामा उल्लेख छ। सम्झौता पत्रमा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा र इन्चोन बास्केटबल संघका अध्यक्ष इन्दुक काङले हस्ताक्षर गरे। जसअनुसार नेपाल र इन्चोनले मैत्रीपूर्ण खेलका लागि एक–अर्को देशको भ्रमण गर्नेछन्। आन्तरिक छलफलपछि थप सहयोगका बारेमा प्रष्ट हुने इन्चोन बास्केबलका अध्यक्ष काङले बताए।
नेपाल बास्केटबल संघका अध्यक्ष शेर्पाले सम्झौताले नेपाली बास्केटबलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।