काठमाडौं– ६० किलो चरेस सहित एक भारतीय नागरिक सहित २ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले चरेस ओसार्न प्रयोग गरिएको भारतीय टाटा सुमो सहित पर्साका लालबाबु चौधरी र भारतको पूर्वीचम्पारणका सुनिल मिश्रलाई पक्राउ गरेको हो।
ब्युरोका एसएसपी रणबहादुर चन्दका अनुसार काठमाडौंको सतंुगल गाविस– ८ बाट उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनीहरुले हरियाणको एचआर ५५ सिटी ००६३ नम्बरको सेतो टाटा सुमोमा पहेलो प्लाष्टिकको टेपले बाँधेर चरेस राखेका थिए। प्रहरीका अनुसार सुमोको सिटभित्र चरेस लुकाएको सूराकीको आधारमा ब्युरोको टोलीले गाडि नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरेको हो।