झ्यालैमा भाले बासिदियो। जर्याकजुरूक उठेँ। नियमित रेडियो अन गरेँ। खबर उही ताभुरभुर पाहाडमा भोल्क्यानो। कति फ्लाइट क्यान्सिल भए, कति ढिलो भए, प्रधानमन्त्री पिटरद्वारा त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह आदि। धन्न ताभुरभुर अलि टाढै छ कोकोदाबाट।'बेचना!...बेचना!'
ल्यापटप निकालेँ नेपालको खबर हेरेँ। उता पनि सुनकोसीको ताल अझै खुलेको रहेनछ। आर्मीले ३ मिटर घटाए रे।
बेचना दूध लिन गयो होला, बोलेन।
यो नौ सिङ्गे भालेले मलाई खासै टेर्दैन। बेचनालाई मन पर्दैन। भालेले गरेको फोहर सफा गर्नुपर्ने भएर पनि हो। असाध्यै रिस उठ्यो भने 'पानी तताउँ दाइ?' भनेर सोधिहाल्छ। बेचना मलाई 'दाइ' नै भनेर बोलाउँछ। दाइको अर्थ उसलाई थाहा छ। मैले नै हो भालेलाई अटेरी बनाएको। बिहान ढोका नखोलुन्जेल बाहिर क्वार क्वार गरी बस्छ। अघिल्लो महिना एक वर्ष पुग्यो। यसका आफन्तलाई भने हाब्सिलो वा स्यालले सके। यो अलि खाइहाल्दो र हक्की भएकोले होला, अहिलेसम्म सहि सलामत छ। यो टुहुरो भाले र मबीचको दोस्तीको पनि किस्सा छ।

वर्ष दिनअघि बिहानै बेचनाले दूध टेबुलमा राख्दै समाचार सुनाएको थियो, 'आइतीहरू त भागेछन्!'
'हँ?'
'आइतीहरूको परिवारै भागेछ। तिनीहरूको घरमा कोही पनि छैन। सामान पनि छैन।'
'भागे? काँ भागे? हाट गएका पो हुन् कि सबै?'
'आज हाट लाग्ने दिन नै होइन,' बेचनाले भन्यो, 'गाउँले जम्मा भएका छन्। उनीहरूको भनाइमा कागी वा मिनारीतिर गए होलान्। पाँच बर्षअघि मात्रै नादुरीबाट यता आएका हुन् रे। हाम्रो सम्वाद अंग्रेजीमै हो।
'खै तिम्रो साइकलको चाबी देउ त।'
म हान्निदै आइतीको घर पुगेँ। कोही रहेनछ। गाइ–डिंगा पनि थिएनन्। एउटा पोथी आहार टिपेर चल्लालाई कुटुकुटु खुवाउँदै थिई, आँगनमा। पोथी र उसका सात चल्लाबाहेक सबै प्राणी घर छोडेर हिँढेछन्। बौबौ खोइ त? उसलाई पनि लगे होलान्। जंगलको बाटो बौबौ नभए त मुस्किल हुन्छ। गाउँका कुकुरमध्ये चनाखो थियो, बौबौ। मलाई देख्नेबित्तिकै परैबाट पुच्छर हल्लाउँदै दगुर्दै आउँथ्यो।
बौबौले नै हो आइतीसँग भेट गराएको पनि। म यो पातलो गाउँ डुल्दै थिएँ बेचनासँग। सानो छाउरो हामीलाई हेर्दै पुच्छर हल्लाउँदै बाटै छेकेर बसेको थियो। क्यामरामा २४–७० को लेन्स थियो। नजिकै गएर क्यामरा तेर्र्साएको के थिएँ, भुक्दै बाटो मास्तिर कुलेलम ठोक्यो। ५/६ फिटको उकालो माथि पुग्ने-पुग्ने बेलामा सन्तुलन गुमाएर गुल्टिंदै तल आयो, हाम्रै अगाडि। मैले च्याप्प समाएर सुमसुमाएँ। छाउरो झनै कराउन थाल्यो डरले। माथि फुसको घरबाट एउटी सुन्दरी दौडिंदै ढिकमा आइपुगी। केही नबोली उभिइरही। बेचनाले तिनैको भाषामा के-के भन्यो कुन्नी। सुन्दरी हाँसी। मैले बेचनातिर हेरेँ।
'तिम्रो फोटो खिचौं कि यो छाउरो लगौं भनेर सोधेको, दाइ' बेचनाले भन्यो।
'के जवाफ पायौ त?'
'दुवै हुन्न रे।'
'यो छाउरो उसैको हो भन्ने के प्रमाण छ? छाउरोको नाम सोध त।'
बेचनाले सोधेर भन्यो, 'नाम छैन रे।'
'उसो भए यो छाउरोलाई सोध, मालिक्नीको नाम के हो?'
बेचनाले हाँस्दै छाउरोलाई के-के भन्यो।
बिचैमा सुन्दरी बोली, 'आइती।'
'मालिक्नीको नाउँ आइती रे,' बेचना बोल्यो।
'हामीले छाउरोलाई पो सोधेको त, उसैले भन्नु पर्यो नि,' मैले भने।
बेचनाले के भन्यो कुन्नी दुबै जोरले हाँसे। मैले, 'हेलो, आइती' भनेँ। उ हाँसी मात्र रही।
आइतीको उमेर करिब २१/२२ को हुनुपर्छ। हिस्सी परेको हँसाइ। हाँस्दाहाँस्दै मुख छोपी। आँखा रसाए अनि एकै छिनमा सिरियस। अब बेचना सिरियस बात मार्न लाग्यो। म छाउरोसँग खेल्न लागेँ। बेलाबेला ति दुईको अनुहार हेर्छु। गहिरो बात चल्दै थियो।
'ह्वाट इज योर नेम, बडी?' छाउरोलाई सोधेँ। दुबैले मतिर हेरे।
छाउरोले पहिले नाक चाट्यो अनि पुच्छर हल्लाउँदै 'बौ बौ' गर्न थाल्यो।
'यु ह्यर द्याट, गाइज? हि इन्सिस्ट द्याट हिज नेम इज बौबौ।' (तिमीहरूले सुन्यौ, उसको नाम बौबौ हो रे)
फेरि बेचनाले के-के भनेर कुरा टुंग्यायो। दुबै हाँसे। मैले माथि उक्लिएर बौबौ आइतीको हातमा थमाएँ।
'के म आइतीले बौबौ समातेको फोटो खिंच्न सक्छु?' बेचनालाई सोधेँ।
'हुन्छ होला' भन्दै बेचनाले उसलाई सोध्यो। फेरि मतिर फर्केर भन्यो, 'हुँदैन रे दाइ।'
म खिन्न भएँ। यहाँ फोटो खिंचाउन तँछाडमछाड गर्छन्। आइतीले भने ठोडै अस्विकार गरिदिइ।
'यहाँ मलाई फोटा संकलन गरेर बुक निकाल्ने जिम्मा दिइएको छ। त्यसैको लागि हो, तिमी राम्री भएर होइन भन न।'
फेरि के के भन्यो। दुवै हाँसे।
'हुँदैन रे दाइ।'
हामी हिंड्यौ। तिन घन्टा जति गाउँ डुल्दै घर फर्कियौँ। बेचना लन्च रेडी गर्नतिर लाग्यो। नरिवल ताछेर कर्कलो काट्दै थियो। 'बुझ्यौ, दाइ, त्यो छाउरोको मालिक्नी हाँस्दा हाँस्दै किन सिरियस भइ?'
'को? आइती?'
'ए, तिमीलाई त नामै कण्ठ रहेछ। मैले त बिर्सी सकेको दाइ। उसको माथिल्लो ओंठ सुन्निएको थियो नि।'
'ए, सुन्निएको पो हो?'
'अँ, उसको लोग्नेले हिर्काएको रे। मैले नै शंका लागेर डाइरेक्ट सोधेको। हो रहेछ।'
'हो र? ठोक्किएको पनि त हुनसक्छ। किन डाइरेक्ट त्यस्तो सोधेको?'
'दाइलाई थाहै छैन, यता यस्तो कुरा मामुली हुन्छ। नब्बे प्रतिशत महिलामाथि यस्तै हिंसा हुन्छ घरमा।'
'अनि कसैले छेक्दैन् पनि? आमा, बाबु, आफन्त?'
'चलन छैन। हेरेर बस्ने हो। बढी नै चोटपटक लागे औषधिमूलो गरिदिन्छन्।'
'माया पनि हुँदैन?'
'कमै। कसै कसैले त पिटाइ खाए पनि लोग्नेको हात दुखेको छ भने उल्टै मालिस गरिदिनुपर्छ।'
'अनी कानुन, न्याय, प्रशासन गुहारीदैन?'
'तिनको घरमा पनि यस्तै हो।'
बेचनाको कुराले मलाई रिङ्ग्यायो। यो कुन संसार हो, यार!
'अनि आइतिको विवाह भइसक्यो?'
'ल, दाइ पनि। अघिदेखि लोग्नेकै कुरा गरेको होइन?'
'ए, अँ। मेरो ध्यान त हिंसातिर मात्रै गएछ। के गर्छ?'
'ट्रेकिङ स्टाफ हो रे, दुई तिन हप्तामा घर आउँछ रे।'
'अनि किन झगडा परेछ त्यस्तो?'
'आइतीले सँगै काम गर्छु, मलाई पनि लग भनेकी, रिसाइ हाल्यो रे।'
'अनि महिलाले काम गर्न हुँदैन यहाँ?'
'पाए त गर्छन्। खै उसलाई किन गर्न नदिएको हो थाहा भएन।'
'उसको सासु-ससुराले के भन्छन् त?'
'सासु-ससुरा होइनन्। आमाबा हुन् आइतीकै?'
'अनि आमाबाउकै अगाडि हात हाल्ने?'
'पुरुषलाई छुट छ।'
'तिमी पिट्छौ कि पिट्दैनौ?'
'खै दाई, अहिलेसम्म बिहे भएको छैन।'
'ए, बिहे भएपछि तिमीले पनि पिट्ने?'
'सकेसम्म नपिट्ने।'
'धत्! सकेसम्म एकअर्काको हात पो थाम्नुपर्छ। इज्जत पो गर्नुपर्छ। माया गर्नुपर्छ।'
आइतीहरूले गाउँ छोडेको दिन म साँझसम्म बसेँ, कतै बौबौ पो आउँछ कि भनेर। के आउँथ्यो। उनीहरू राती नै हिँडे होलान्। कहाँ गए होलान् त एक्कासी? यस्तै हो त यहाँको चलन? के आइ लागेछ गावैँ छोडेर जानुपर्ने? सल्लाह त अघिदेखि नै हुँदो हो। कस्तो भन्दै नभनेकी। त्यो दिन मनमा अनेक अड्कलबाजी र आँखा डुलाउँदा-डुलाउँदै अँधेरो भयो। बेचना पनि बेचैन थियो, 'घर जाउँ दाइ, अब नआउलान्।'
भोलिपल्ट मर्निङवाकमा त्यतै गएँ, बौबौ भुक्दै पो आउँछ कि? बिस्तारै डिलमाथि उक्लिएँ। सुनसानै छ। घर उस्तै छ, हिजैजस्तो सुनसान्। पोथी आँगनमा चल्लालाई आहार खुवाउँदै थिइ। चल्ला एक्लो थियो। खै त अरू छवटा? घर वरिपरि घुमेर हेरेँ। कतै चिउँचिउँ सुनिएन। दाउरा घारीमुनि केही भुत्ला मात्रै देखिए। भोलिसम्ममा त यो पनि बाँकी नहोला। अर्को पिर। छोप्न खोजेँ, सकिँन। माउ र चल्ला जंगलतिर दगुरे। आफैलाई थकथकी लाग्यो। फर्केर आँगनमै बसेँ। बिस्तारै-बिस्तारै नजिक आए। म निकै बेर नहल्लिकन एकै ठाउँमा बसेँ। चल्लो नजिक आयो। च्याप्प पारेँ। माउ पखेँटा फिजार्दै घाँटीको भुत्ला फुलाएर ठुङ्न आयो। म चल्लो च्यापेर हिँडे घरतिर। चल्लो कराउँदै थियो, माउ पछिपछि। अहिले त्यो चल्लो भाले भएको छ।
बेलाबखतका घटना सम्झन्छु। एकरात गड्याङ्गुडुङ् गर्दै बाछिटे पानी दर्किन थाल्यो। बिजुली चम्किँदा झ्यालका किताब भिजेको छ्याङ्गै देखियो। सोलार बत्ती प्याट्ट पारेँ, झ्याल लगाएँ। ढोका टकटक गर्यो। पक्कै पनि बेचनालाई टर्चलाइट चाहियो। टर्चको ब्याट्री डाउन छ। लाइटर दिनुपर्ला।
'बेचना!'
कुनै प्रतिक्रिया आएन। बेचना त बोलाउँदै ढोकामा टकटक गर्थ्यो। सायद हावाले होला। म ओच्छ्यानतिरै गएँ। फेरि जोडले टकटक गर्यो।
अघि बेचनाले सुनेन होला, चिच्याएँ, 'हु इज द्याट?'
कुनै आवाज आएन। को होला यस्तो राति? मन चिसो भयो। घडी हेरेको सवा १२। सास फुल्दै आयो। पानी घुट्क्याएँ। उता कोठामा बेचना मस्त निदाएको होला। कि उ नै छैन होला। बत्ती निभाएँ र ढोकाको चरबाट हेरेँ। यसपाली नाकैनिर टकटक गर्यो, झसङ्गै भएँ। चुक घोप्टाएजस्तो अँध्यारो, केही देखिएन। पानी दर्केको छ। बाहिर बत्ती त छ, तर सोलार ब्याट्री जोगाउन निभाउने गरेको। त्यसको स्विच पनि बाहिरै छ। अलि लामो टकटक आयो। चरबाट हेरिरहेको थिएँ। बिजुली चम्किँदा पो देखेँ, केटा मान्छेको आकृति। बेचनाभन्दा सानो पो छ, बाटोतिर फर्केर उभिएको। को होला?
'को हो? बाहिर स्विच छ, बत्ति बाल्नू।' अंग्रेजीमै कराएँ।
कुनै आवाज आएन। म चरबाट चिहाइ रहेको छु। ऊ ढोकातिर फर्कियो। आवाज टकटकबाट ढ्याङढ्याङ हुन थाल्यो। उसले पन्ध्रदेखि तिस सेकेन्डको ग्यापमा ढोका बजाइरहेथ्यो। बिस्तारै चुकुल खोलेँ। दौडिएर खाटमा पुगेँ। बत्तीको स्विच समातेँ। अबको ढ्याङढ्याङमा ढोका उघ्रीयो। बत्ती बालेँ। झसङ्गै भएँ।
'आइती?'
पुरै शरीर निथ्रुक्क। ओंठ काँपिरहेका। आँखा राताराता। सास लामोलामो। उसका बायाँ काँधमा च्यात्तिएको लुगाभित्र आलो घाउ प्रस्ट देखिन्छ। रगत बगिरहेको। शरीरभरि राता टाटा। खाली खुट्टाबाट रगत मिसिएको पानी तर्किरहेछ। भित्र छिरी, ढोका लगाइ र त्यहीँ थ्याच्च बसी। मेरो मुटुको धड्कन कानैमा भड्याक-भड्याक गरिरहेको छ। बत्तीमा हेरेँ, खाटमा हेरेँ, टेबुलमा हेरेँ। के हेरेको थाहा छैन। आइतीलाई हेरेँ। झसङ्ग भएँ।
'ह्वाट ह्यापेन्ड? हु डिड दिस?'
उ भक्कानो छोडेर रोई मात्र। बुझिन होला। मैले ढोका खोल्न खोजेँ। उसले झनै ढोका धकेली। मैले फेरि ढोका तान्दै 'बेचना, बेचना' भन्दै बाहिर इसारा गरेँ। उसले नजाउ भनेर इसारा गरी। उ काँपी रहेकी छ। के गर्ने? आँखा चिम्लिएर दश गनेँ। लामो सास लिएँ। हत्तपत्त दराजबाट टिसर्ट निकालेँ, तन्ना निकालेँ, कपास, ब्यान्डेज, बेटाडिन, स्याभ्लोनको सिसी र कैंची निकालेँ। बत्ती झ्याप्पै गयो। टर्चलाइट बल्दैन। छामछुम गर्दै झ्यालमा लाइटर फेला पारेँ। बाल्न खोजेको, भिजेर बलेन। झिल्को नै निस्किएन। धेरै घोट्न थालेपछि लाइटरको पत्थरै फुत्कियो। अँध्यारोमै कराएँ, 'डोन्ट वरी, आइती। ह्याभ पेसेन्स! ह्याभ पेसेन्स!'
म्याकबुक अन गरेँ। उज्यालो भयो। मेरो छटपटी र अत्तालिँदै गरेका हरकतले उसको ध्यान मोडिदै गएको महसुस हुन थाल्यो। ल्यापटप र त्यसको उज्यालो एक टकले हेर्न थाली अचम्मसँग। उसलाई ओच्छ्यानमा पल्टन इसारा गरेँ। उ काँपी मात्रै रही। आफै ढोकामा गएँ। स्टुलमाथि ल्यापटप राखेँ। औषधि र कपडा पनि ढोकैमा पुर्याएँ। कैंची निकालेँ। उसका आँखा बेलाबेला ल्यापटपमै जान्थे। ल्यापटप पनि फ्याट्टै गयो। धन्न स्क्रिन सेभरमा गएको रहेछ। कि थिचेँ, डेस्कटपको फोल्डरमा गएर एनिमेशन मुवी 'स्रेक' अन गरेँ ताकि स्क्रिन अफ नहोस्। आवाजले आइती झस्किइ। ब्याट्री ७८ प्रतिशत रहेछ। हाम्रो ध्यान बाँडियो – घाउ र 'स्रेक'मा।
info@phalano.com