सिगल र उड्कल
१३ भदौ २०७१
•
१६ मिनेट पाठ
सिगल र उड्कल
इमेलको चलन थिएन, फेसबुक, टि्वटर, एसएमएस केही थिएन। टेलीफोन बाक्लो थिएन, सहज थिएन। सजिलो, सुलभ हुलाक थियो, सस्तो टिकट थियो। बीस वर्षअघि बिग एप्पल दुनियाँको हालखबर चिठीमार्फत पठाएको थिएँ, उड्कललाई।यस्तै झरीको बेला थियो नेपालमा। मेरो चिठी थपक्क गोजीमा हालेछ। पछि झरीमा रुझ्दै खेतको आलीमा बसेर पढेछ। भर्खरै उ उतै लागेको छ, म यता छु। जुकरबर्गको दुनियाँबाट उडकलको पनि हालखबर आयोे फेसबुकमार्फतः
फलानो,
के छ? म अहिले क्लिभल्यान्डको उत्तरी लेकछेउ छु। पूर्व क्षितिजदेखि पश्चिमसम्म निलो आकाश छ, सफा, माथिल्लो मुस्ताङझैं। यो लेक इरी होे, ठ्याक्कै हाम्रो मध्यमाञ्चल जत्रो। म लेकसाइडमा टहलिँदै छु। पोखराझैं छैन। रेस्टुरेन्ट बार पसल छैनन्, क्युरिओ सप छैनन्, झ्याइँझ्याइँ म्युजिक छैनन्, डुंगा छैनन्। छन् त स—साना छाल, कत्ति न उर्लिउँला झैं। बतास छ। रंगीबिरंगी टेन्ट छन्। केटाकेटी फ्रिज्वी हुइक्याउँछन्, कुकुरले च्याप्पै पार्छ। बूढाबूढी लम्कँदै छन्। यहाँ ग्रह फराकिलो छ, भए पनि गोरागोरी दुई फिटको परिधिभित्रै अटाएका छन्। मानौं माइक्रोबसमा छन्। ठिटाठिटी कम्मर कम्मर पानीमा हाँसोको फोहरा छाड्दै, छ्यापाछ्याप, कुस्ताकुस्तीमा व्यस्त छन्, मानौं तिनको संसार कम्मरसम्म छ र ती मर्मेड हुन्।
किनारै किनार म अगाडिका स—साना क्युट पाइला पछ्याइरहेको छु। तिनैलाई टेक्दै। मेरा एकफुटे पाइलाले तीन–तीन इन्चका पाइला ढ्याप्पै ढाकेका छन्। सानो कदमसँग मेरो लम्क्याइको ताल मिलाउन हम्मे परेको छ मलाई। पछाडि फर्कन्छु पाइला मेटिँदा छन्— नयाँ पाइलाका लागि बलौटे भुइँ सिनित्त पारिदिन्छ छालले। हाम्रो गाडीको वाइपरले झैं। याद छ, हामी तिब्बत जाँदा हिउँ परेको? गाडीको वाइपर बिग्रिएर अगाडि सिसा हिउँले ढाक्यो, बाटो देखिएन, रोकियौं। तिमीले जुक्ति निकालेका थियौ। ओर्लेर अगाडिको ढक्कन खोल्यौ, केके फुकाल्यौ। अनि दुवै वाइपरमा डोरीले बाँधेर दायाँ–बायाँ झ्यालबाट हामीले पालैपिलो तान्थ्यौं विन्डसिल्डको हिउँ झार्न। अनि त्यो ताक्लाकोटे 'राजा' गुरुजीले दंग पर्दै गाडी कुदाएको, यादै होला।
साना पाइला कुद्न थाले। मैले तालमा ताल मिलाउन सकिन, सन्तुलन गुमाएँ। धन्न घुँडा धस्सियो मात्रै। म हाँस्दै कराएँ, 'ए छोरी, नकुद त। म लडेँ।' छोरी पछाडि फर्केर खित्का छोडी। नजिकै आइ, 'हेर त, सबै जनाले तिमीलाई हेरेर हाँस्दैछन्। भ झट्टै उठ त' भन्दै मेरो हात तानी।
'आई क्यान नट, छोरी,' म जिस्किएँ। एउटी बूढी ठमठम नजिक आइपुगेकी थिई। छोरीलाई हेर्दै 'हेलो, चोरी, यु ह्याभ गट ब्युटीफुल स्माइल' भनी। छोरीको होसहवास उडेझैं भयो। अक्कमक्क परी। बूढी अलि पर पुगेपछि छोरी मेरो कानमा आएर फुसफुसाउन थाली, 'तेल्ले के चोरी भनेको?' 
म उत्तानो परेँ, एक छिनसम्म हाँसोको आवाज पनि निस्केन। छोरी झनै ट्वाँ परी। मेरो मुख र कानमा छालले हान्यो। पानी छिर्योा। म जर्याोकजुरुक उठेँ, खोक्दै कानको पानी तर्काउन टाउको कोल्टे पारेर उफ्रिन थालेँ। अब मुर्छा पर्ने पालो छोरीको। ऊ पनि हाँस्दै उफ्रिन थाली, 'तिमी किन तर्सेको? ठूलो मान्छे भएर पानीदेखि पनि डराउने हो?'
'हैन, छोरी, पानी मुखमा पर्योस क्या। कानमा पनि छिर्योप।'
'टाउकोमा मुड्कीले हान त, ढुङढुङ गर्छ?'
'कल्ले सिकायो तिमीलाई?'
'स्विमिङ टिचरले। पानी जानीजानी खान हुन्न, झुक्किएर खायो भने केही हुँदैन।'
'यो लेकको त छैन, तर समुन्द्रको पानी त नुनिलो हुन्छ नि, छोरी। घाँटी ख्याप्प हुन्छ।'
'घाँटी के हुन्छ?'
'ख्याप्प हुन्छ। भनेको घाँटीभित्र समात्छ नुनले।'
'नुनको नि हात हुन्छ कैं? अनि कल्ले नून हालीदिन्छ समुन्द्रमा?' भन्दै फेरि कुद्न थाली।




थाकियो। झोलाबाट खानेकुरा निकालेँ। छोरीलाई बर्गर र मिल्कसेक दिएँ, आफूले हटडग र जिन्जर एल समातेँ।
'तेल्लाई किन हटडग भन्छ?'
छोरीको प्रश्न छल्न मैले मुखभरि हटडग हुलेँ। बोल्नै मिलेन। छोरी वाल्ल परेर मेरो अनुहारमा हेर्दै उत्तर पर्खेर बसी। मैले फेरि मुखमा जिन्जर एल हुत्याएँ। हटडग प्रसंग छल्न मैले पुरानो कथा सुनाउन थालेँ, 'बुझ्यौ, छोरी, एक दिन म, जोेती अङ्कल र राएश अंकल तिब्बत घुम्न गयौं।'
'मलाई किन नलगेको?' फ्याट्ट सोधी।
'तिमी जन्मिएकै थिएनौ क्या। तिब्बत भनेको नेपालसँगै जोडिएको अग्लो ठाउँमा छ। त्यहाँ धेरै मान्छे थिएनन् र घरहरू पनि धेरै थिएनन्, बिजुली थिएन। त्यहाँ धान, मकै, अंगुर, म्याङ्गो, बनाना केही पनि फल्दैन। अग्लो भएकोले चिसो छ, चिसो ठाउँमा हिउँ पर्ने भएर केही फल्दैन।'
'अनि आइसक्रिम?' छोरी बीचैमा बोली।
'आइसक्रिम त मान्छेले दूधमा चिनी र केके मिठो कुरा हालेर बनाउने हो नि। तिनीहरू आइसक्रिम पनि बनाउन जान्दैनन्। हिमालतिर हुन्छ नि याक? हो, याकको दूध सिधै खान्छन्, मासु खान्छन्,' म बोल्दै गएँ, 'अनि हामीलाई त्यहाँ भोक लाग्यो। एउटा सानो पसलमा मासु पोलेर बेच्दै थियो।'
'बार्बीक्यु?' छोरीको ध्यान खिचियो।
'अँ, बार्बीक्यु गरेर बेच्दै थियो। हामी नजिकै गएर सोध्यौं, 'यो कुन एनिमलको बार्बीक्यु हो?' उसले बुझेन किनभने उनीहरू इङ्लिस जान्दैनन् अनि नेपाली पनि जान्दैनन्। उनीहरू आफ्नै तिब्बतको भाषामात्रै बोल्छन्। त्यो हामीलाई आउँदैन। परेन फसाद्।'
'अनि कसरी कुरा गर्ने त?' छोरीले सोधी।
'सुन न, अनि राएश अङ्कलले आइडिया निकाल्यो।'
'राएश अंकललाई बोल्न आउँछ?'
'आउँदैन।'
'अनि के गर्‍यो त राएश अंकलले?'
'सुन न, राएश अंकललाई के गर्न आउँछ था'छ?'
'गीत गाउन आउँछ।'
'अनि?'
'अनि, कार चलाउन।'
'अनि?'
'अनि, कारको पांग्रा फेर्न आउँछ।'
'अनि?'
'अनि, अनि, अनि...गितार बजाउन।'
'उसले अफिसमा के काम गर्छ भन न।'
'चिया पकाउँछ।'
मेरो हाँसोको फोहरा छुट्यो। फेरि सोधेँ 'अफिसमा अरू के के बनाउँछ?'
'पर्दानमन्त्रीको आर्ट बनाउँछ।'
'हो। राएश अंकलले आर्ट गर्छ हगि? उसले तिब्बतमा पनि आर्ट बनायो। उसले त्यो बार्बीक्यु पसलमा एउटा याक, एउटा च्यांग्रा र एउटा भेडाको चित्र बनायो।'
'चांग्रा भनेको के हो?'
'चांग्रा हैन, च्यांग्रा। त्यो भनेको माउन्टेन गोट। यो तीन वटा एनिमलको चित्र बनाएर राएश अंकलले पसलेलाई देखायो। अनि पसलेे हाँस्यो, अनि औंलाले माउन्टेन गोटमा देखायो। ए, यो मासु त माउन्टेन गोटको पो रैछ त। अनि हामीले टन्न बार्बीक्यु खाएर हिँड्यौं।'
'अनि त्यो आर्ट खै त?'
छोरीलाई सिंगापुर लाने सोचेको थिएँ। पछि यता ल्याएँ। फकाउन कडा परिश्रम गर्नुपर्योर। उसको स्कुलमा समर भ्याकेसन सुरु भएको थियो। यता आएपछि सबै भुली।
एवं प्रकारले छोरीले मेरो समय कटाइरहन्छे। अबोध प्रश्न, निष्पक्ष सोच छ उसमा। उमेरले प्वाँख हालेपछि टाढा हुने होला। अनेक व्यवहार हुन्छ र पनि हाम्रो माया झनै गाढिने देख्छु... फर स्योर।
दुई दशकअघि तिमी यता आउँदा पत्र पठाएका थियौ। तिमीले लेखेको याद छ, न्युयोर्कमा एउटी बूढी बस्थी, तिम्रै कोलोनीमा। उसलाई तीन महिना अस्पताल बस्नु पर्ने भयो अनि तिमीलाई उसको अबोध साथी हेरिदिन आग्रह गरी – बिरालो। चार बीसकी बूढीमाउ स्मार्ट थिई। बेलाबेला लिपिस्टिक निकाल्थी पनि। जो कोही उसलाई बाटो काट्न सघाउँथे। उसको बिरालोबाहेक कोही थिएन। छोराछोरी त थिए, तर अन्य सहरमा आ–आफ्नै जीवन बिताउँदै। तिनमा जिम्मेबारी बोध थिएन। तिमीलाई कल्चरल शक भयो। घरमा बूढी बज्यै मिस गर्यौ , दसैंअघि नै फर्कियौ।
यहाँ यस्तो कल्चर जीवितै छ। यिनीहरूले राम्रैसँग जोगाएका रहेछन्। तिमी आउनु ताकाभन्दा अहिले धेरै नेपाली छन्। नेपाली संस्कृति नेपालमा भन्दा बढी फस्टाएको छ नेपालीमाझ। जो नेपाल छोडेर आए तिनमा झन् बढी छ। तर जो यतै जन्मिए तिनले उही बूढीमाउको संस्कृति पछ्याउँदै छन्। केटाकेटी नेपाली जान्दैनन्। आमाबाबुको चाहना कमसेकम घरमा त नेपाली बोलुन् भन्ने रहेछ। घर परिवारै संक्रमणकालमा छ।
दुई हप्तामैै छोरी औधी रमाउन थालेकी छे। यतै बसौं भनेर जिद्दी पो गर्ने हो कि? म फकाइहाल्छु नि। अहिले पो फकाउन सक्छु। पछि? पछि त के होला होला। तर पनि ...छोरी र उसको एक्लो साथी बिरालोको कल्पना पनि गर्न सकिन्न।
'अमेरिकाको काग पनि किन सेतो हुन्छ?' छोरीले ध्यान खिची।
यो त काग होइन। तर के हो त? के जवाफ दिने? तिमी भए फ्याट्टै भनिदिन्थ्यौ। मैले नि जुक्ति निकालेँ। मोबाइल झिकेर सर्च गरेँ – सिबर्ड। फ्याट्टै त्येसैको इमेज आयो– सिगल।
'यो काग होइन छोरी, समुद्रछेउ बस्ने हुनाले यसलाई सिगल भन्छन्। नेपालमा हुँदैन।'
'नेपाल देखेको छैन यिनीहरूले?'
'हामीकहाँ इगल हुन्छ नि त। आकाशमा इगल घुमिरहन्छ नि।'
'समुद्रमा बस्ने सिगल, आकाशमा उड्ने इगल हो?'
'अब घर पुगेपछि भन्छु है,' म तर्केँ।
पाइला सििनत्तै भए। सिगलले बाइबाइ गरे।

बसमा छोरी थाकेर लुटुपुटु परिहाली। एसी चलाएको चिसो न चिसो। छोरीको हातभरि काँडा उमि्रए। अरू लुगा लगाइदिऊँ, सप्पै भिजेका। फसाद्। अझै डेढ घन्टाको बाटो छ। ट्राफिक पनि सुस्त छ। बाटो बनाउँदै रहेछन्। बिग्रेको त होइन। राम्रै देख्छु म, तर पनि कालो पत्र थप्दै रहेछन्।
छोरीको त बिजोगै हुने भो चिसोले। एसी पनि फुल चलाएछ, निकै जाडो। तिमीले सिंगापुरमा त सुझाएका थियौ– लोकल बस चढ्दा विन्ड सिटर बोक्नुपर्छ, खासगरी हामीले। सोचेँ ड्राइभरलाई भन्नुपर्योय। कसरी भन्नु? ड्राइभर उति पर छ, छोरी यता मस्त निदाएकी छे। बोकेर जाउँ ब्रेक लगाउला। एक्लै जाऊँ, यता छोरी उठी भने, मलाई नदेखे उठीबास लाउँछे। फेरि एक्लै छोड्न पनि भएन। कसैलाई हेरिदेऊ भनुँ, झन्डै खाली नै छ बस। पछाडि दुई जोडी छन्, जाडोले नै होला चप्केेका। के डिस्टर्ब गर्नु। कतै बसको फोन नम्बर देखिए फोनै गर्नुहुन्थ्यो ड्राइभरलाई। देखिएन। चिच्याउँ, छोरी तर्सिन्छे। त्यो धम्मरधुस ड्राइभरलाई केही चिजले ट्वाक्क हान्न पाए'नि हुन्थ्यो। केले हान्ने? सिसामा लाग्यो भने? ड्राइभर झस्कियो भने? छोरी निद्रामै काँप्न थालिसकी।
छोरीलाई काखैमा राखी बिस्तारै–बिस्तारै एकपछि अर्को सिट हुँदै ड्राइभरको पछाडिसम्म पुगेँ। धन्न छोरी उठिन। उसको कानैनिर पुगेर बिस्तारै, 'एक्स्क्युज मी,' भनेँ।
'यस, सर!' कत्रो ठूलो स्वर रहेछ त्यसको, छोरी झस्की। धन्न ब्युँझिन। बेक्कारमा बोलाएछु।
फेरि कराइहाल्यो, 'यु वान्ट मी टु पुल ओभर हियर?' (यहाँ रोक्ने भनेको?)
'धत्तेरी!'
'ह्वाट?'
'नो नो। वुड यु प्लिज लोवर द एसी। इट्स टु कोल्ड फर माइ डटर, यु नो।' (हैन हैन। छोरीलाई धेरै चिसो भो, एसी कम गरिदेउन)
'ओह्, आइ क्यान्ट। आइ ह्याभ स्क्रुड दि नव अप। रिपेयरिङ इट टुनाइट। ग्य्राब हर टाइट।' (ओ हो, म सक्दिन। मैले नब बिगारेको छु। आजै राति बनाउँदैछु। छोरीलाई जोडले च्याप।)
...
यता लोडसेडिङले फेसबुक गयो।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस