तीज नजिकिँदै जाँदा रातो सारी र कुर्तामा सजिएर आफन्त र साथीसंगीको निम्तोमा दर खान जाने महिलाको जमात सहरमा बाक्लिँदै गए पनि यस वर्ष सारी र कुर्ता व्यापारमा सुधार हुन सकेको छैन। तीज नजिकिइसक्दा पनि असन, इन्द्रचोक, बागबजार, न्युरोडलगायत व्यस्त बजारमा चहलपहल नबढेको व्यापारी बताउँछन्।
केही वर्ष अघिसम्म तीज नजिकिँदै गर्दा व्यापारीहरू खाजा खानसमेत भ्याउँदैन थिए। सामान हेर्नकै लागि भए पनि ग्राहक पसलसम्म पुग्थे। दसैं, तिहार र बिहेको मौसममा सारी र कुर्ताको व्यापार बढे पनि तीजका लागि ग्राहकले कपडा कम किन्ने गरेको खिचापोखरीस्थित पिपुल्स प्लाजामा रहेको सिम्पल बुटिक कलेक्सनका सञ्चालक सुरेश तामाङको अनुभव छ। 'गत वर्षदेखि तीजमा व्यापार कम हुन थालेको छ,' उनी सुनाउँछन्, 'पहिले–पहिले दिनमा २० हजारसम्मको सारी र कुर्ता बेच्थेँ। यो वर्ष मुस्किलले पाँच हजारको व्यापार भइरहेको छ।'
गत वर्षदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीज पर्व भडि्कलो तरिकाले मनाउनेलाई चेतावनी दिएपछि रौनक घटेको उनी बताउँछन्। 'पोहोरदेखि पार्टी प्यालेसमा दर खाने चलन कम हुँदै गएको छ,' उनी थप्छन्, 'यसको असर हाम्रो व्यापारमा पर्छ।' यसबाहेक मूल्य दोब्बर भएकाले कपडा खरिद गर्ने ग्राहक घटेको उनको अनुभव छ। पाँच वर्षदेखि बुटिक सञ्चालन गर्दै आएका तामाङ यो वर्ष अहिलेसम्मकै सबैभन्दा कम व्यापार भएको बताउँछन्।
आयोगको निर्देशनले तीजमा कपडा व्यापार घटेको तामाङको भनाइसँग इन्द्रचोकको लिवास सारीका मुरारी रौनियार सहमत छन्। 'पहिले तीजका कार्यक्रम धेरै हुन्थ्यो, प्रायः महिलाले एक सेट सारी किनेकै हुन्थे,' नेपालमै सारी बनाएर बिक्री गर्ने गरेका उनी भन्छन्, 'अहिले तीजका गतिविधिमा कमी आएकाले एक/दुई दिनका लागि नयाँ लुगा किन्न हच्किन्छन्।'
पाको न्युरोडस्थित सनसाइन बुटिककी व्यापारी जीना डंगोलले पसलमा तीज आए–नआएको फरक महसुस गर्न पाएकी छैनन्। 'पहिलेजस्तो चहलपहल छैन, सारी र कुर्तामा २० प्रतिशतसम्म छुट दिँदा पनि व्यापार नै छैन,' उनले भनिन्। गत वर्ष पनि व्यापार सुक्खा भएकाले यस वर्ष तीजकै लागि विशेष सामान आयात नगरेको उनी बताउँछिन्।
विशेषगरी काठमाडौंका व्यवसायीले भारतको नयाँ दिल्लीबाट सारी तथा कुर्ता आयात गर्ने गर्छन्। भारतीय सीमावर्ती सहरमा राजधानीको तुलनामा झन्डै आधा मूल्यमा सारी र कुर्ता पाइने भएकाले पनि असर परेको व्यापारी बताउँछन्। नेपाली बजारमा कुर्ता, सलवार र सलको सेट भएको पिस र विभिन्न डिजाइनका तयारी अवस्थाका रेडिमेड पनि पाइन्छन्। पाँच सय रुपैयाँदेखि तीन हजारसम्म पर्ने कुर्ताको पिस र तीन हजारदेखि २० हजारसम्म पर्ने रेडिमेड कुर्ता धेरै बिक्री हुने व्यवसायी बताउँछन्। धेरै बिक्री हुने सारीको मूल्य २ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्छ।
सारी र कुर्ताको व्यापार चौपट भए पनि सुनको जलप लगाएका गहनाको व्यापार ह्वात्तै बढेको छ। 'सुनभन्दा कम छैन, हराएमा डर छैन' भन्ने 'ट्याग' राखेर सुनजस्तै देखिने जलप लगाएका गहनाको व्यापार दुई गुणा बढेको न्युरोडस्थित न्यु सिटी शृंगारका सञ्चालक राजेश शाह बताउँछन्। यस्ता गहना पसलमा ग्राहकको भीड लाग्न थालेको छ। सक्कली सुनको मूल्य एक तोलाको आधा लाख रुपैयाँ नाघेपछि सुनको गहनाका सौखिन यस्ता 'गोल्ड प्लेटेड' गहनामा आकर्षित भएका व्यवसायीको अनुभव छ।
सस्तो पाइने र केही समय प्रयोग गरेपछि छानीछानी अर्को किन्न सकिने भएकाले कोटेश्वर बस्ने संगीता भुसाल 'गोल्ड प्लेटेड' गहनाप्रति लोभिएकी छन्। 'सक्कली सुन महँगो छ भने सुरक्षाको चिन्ता पनि उत्तिकै,' चार वर्षदेखि 'गोल्ड प्लेटेड' गहना किन्न थालेकी उनले सुनाइन्, 'अहिलेसम्म झन्डै पाँच हजार रुपैयाँमा विभिन्न गहना किनेको छु।'
सबैले सुनका गहना खरिद गर्न नसक्ने भएकाले विकल्पमा सुनजस्तै देखिने गहना किन्ने ग्राहक बढेको व्यापारी शाहले बताए। बिहेकोे मौसम, विभिन्न जातजातिका चाडपर्व, तीज, दसैंलगायत यस्ता गहनाको माग अत्यधिक बढ्ने गरेको छ । 'दुई–तीन वर्षअघिसम्म ग्राहक पसलमा छिर्न धक मान्थे, अहिले ढुक्कका साथ आउँछन्,' उनले भने।
दस वर्षदेखि यस्तै गहनाका पसल सञ्चालन गर्दै आएका बिनटेक्स कलेक्सनका नवीन श्रेष्ठले पनि सुनका जलप लगाइएका गहनाप्रति उपभोक्ताको दृष्टिकोण बदलिएको अनुभव गरेका छन्। 'अहिले छानीछानी गहना खरिद गर्ने बढेका छन्,' उनले भने, 'सुनको अभाव, महँगो मूल्य र जोखिमका कारण धेरै उपभोक्तालाई एउटै ठाउँमा उभ्याइदिएको छ।'
बिहेको मौसम र तीजमा यस्ता गहनाको माग र बिक्री ४० प्रतिशत बढ्ने व्यवसायी बताउँछन्। बिक्रेताका अनुसार, पित्तल वा तामामा सुनको जलप लगाएर यस्ता गहनाको उत्पादन गरिन्छ। नेकलेस, तिलहरी, औंठी, सिक्री, ब्रास्लेटजस्ता गहना उपभोक्ताको रोजाइमा पर्न थालेका छन्। कतिपय गहना बिक्रेता आफैंले नेपालमै बनाउँछन् भने कतिपय भारत, थाइल्यान्डलगायत देशबाट आयात गरेका छन्।
'गोल्ड प्लेटेड' गहनाका व्यापारी जस्तै तीजको समयमा पोते र चुरा बेच्ने व्यापारीलाई ग्राहक थाम्न भ्याइनभ्याइ छ। काठमाडौं इन्द्रचोकको पोते बजारका व्यापारीलाई अहिले अरुसँग बोल्ने फुर्सदसमेत छैन। तीज आउनु १५ दिनदेखि नै हजारौं महिला पोते खरिद गर्न पुगेका थिए। पोते व्यापार तीजको समयमा तीन गुणा बढेको व्यापारीले बताएका छन्। सस्तो, छरितो र उपयोगी हुने भएकाले तीजको समयमा महिलाले आफूले लगाउनमात्र नभई आफन्त र साथीलाई उपहार दिन पनि पोते किन्ने गरेका छन्। बजारमा अहिले बीस रुपैयाँदेखि एक हजार रुपैयाँसम्म पर्ने पोते पाइन्छन्। विभिन्न डिजाइनका नक्कली गहना मिलाएर राखिएका पोते पनि दुई सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म पाइन्छ।
असन र इन्द्रचोक क्षेत्रमा तीजको बेला दैनिक दस लाख रुपैयाँभन्दा धेरैको पोते बिक्री हुने व्यापारी हस्मत मियाँले बताए। सामान्य दैनिक दस हजार व्यापार हुने असन र इन्द्रचोकका पोते पसलमा अहिले सरदर दैनिक तीस हजार व्यापार हुने गरेको उनले जानकारी दिए। 'मेरो पसलमा मात्र दिनको एक सयभन्दा धेरै ग्राहक पोते किन्न आउँछन्,' ग्राहकलाई पोते देखाएर लाछी मिलाउँदै गरेका उनले भने। युरोपबाट समेत नेपालमा आयात गरिने पोते धेरै बिक्री हुने शृंगारको सामान भएको मियाँको अनुभव छ।
राजधानीका बजारमा अहिले 'कट' र 'पोलिस' गरिएका पोतेको व्यापार बढी हुने गरेको इन्द्रचोकका अर्का पोते व्यापारी सलिम उदिनले बताए। पहिले तिलहरी, नौगेडी, छड्के तिलहरीमा लगाउने पोतेको व्यापार बढी भए पनि यो वर्ष जन्तरमा लगाउने पोतेको बढी बिकेको उनीहरु बताउँछन्। 'तीजमा जमघट र उपहार आदान–प्रदान हुने भएकाले व्यापार बढ्ने गरेको छ,' उदिनले सुनाए। विशेषगरी विवाहको मौसममा थामिनसक्नुको भीड हुने पोते बजारमा विवाहको मौसमपछि तीजमा बढी व्यापार हुने गरेको छ ।
काठमाडौंको असन, इन्द्रचोक, मखन गल्लीका चुरा व्यापारीको व्यस्तता पनि निकै बढेको देखिन्छ। असार अन्त्यतिरबाट उकालो लाग्ने चुरा व्यापारले तीजसम्मै व्यापारीलाई व्यस्त बनाएको छ। इन्द्रचोककी चुरा व्यापारी सविना महर्जनको असार महिना सकिने बेलादेखि नै व्यस्तता सुरु हुन्छ। 'असार मसान्ततिर दिनको एक हजार दर्जनसम्म चुरा बिक्री हुन्छ,' उनले भनिन्। उनको पसलमा ३० रुपैयाँदेखि एक हजार रुपैयाँ दर्जनसम्म पर्ने चुरा किन्न पाइन्छ। साउन महिनामा हरियो र पहेँलो चुराको व्यापार धेरै हुने भए पनि तीजको समयमा रातो चुराको व्यापार बढ्ने उनले बताइन् ।
चुरा, पोतेलगायत शृंगार सामग्री किन्न घुइँचो लाग्ने मखन गल्लीकी तुलसी बज्राचार्य अचेल दिनको ३० देखि ५० हजारसम्मको चुरा बेच्छिन्। 'पोहोर साल बढीमा तीस हजारको व्यापार गरेकी थिएँ, अहिले दिनमै पचास हजारको व्यापार भइरहेको छ,' उनी भन्छिन्। अहिले 'स्टाइलिस' चुराको व्यापार पनि बढिरहेकाले धेरै मूल्यको व्यापार भएको हुनसक्ने उनको ठम्याइ छ। ‘अविवाहित महिला स्टाइलिस चुरा रोज्छन्, विवाहितचाहिँ साधारण रातो चुरा खोज्छन्,' उनले भनिन्।
तीजको समयमा चिटिक्क परेको कपडामाथि गहना लगाएर हिँड्न कसलाई मन नलाग्ला? तीजसँगै ब्युटीपार्लर सञ्चालन गरिरहेका व्युटिसियन झन् व्यस्त छन्। सौन्दर्यप्रति सचेत हुँदै गएका महिलाको सुन्दरतामा निखार ल्यााउन ठाउँ–ठाउँमा खुलेका व्युटीपार्लरमा महिलाको लाम लाग्ने गरेको छ। सुन्दर देखिन पैसाको चिन्ता हुँदैन, त्यसैले पनि तीजको समय विशेष देखिन सबैलाई मन लाग्ने सातदोबाटोकी प्राप्ति शर्मा बताउँछिन्। तीजका लागि भनेर उनले फेसियल, थ्रेडिङ र कपाल कलर गरिसकेकी छन्।
ललितपुरमा ब्युटीपार्लर सञ्चालन गरेकी सुनिता ठकुरीका अनुसार बिहेको मौसमपछि सबैभन्दा धेरै व्यस्त हुने समय तीज हो। तर, अख्तियारको निर्देशनका कारण यो व्यवसायलाई पनि गत वर्षदेखि मार परेको छ। सात वर्षदेखि पार्लर सञ्चालन गर्दै आएकी उनी पछिल्ला दुई वर्ष तीजको समयमा व्यापार घटेको बताउँछिन्। 'पहिले पहिले तीजका पार्टी धेरै हुन्थे, अहिले हुँदैनन्, त्यसैले तुलनात्मक रुपमा घटेको छ,' उनले व्यापार घट्नुको कारण खुलाइन् । चार जनालाई रोजगारी दिएकी उनले केही वर्ष अघिसम्म तीजको समय दैनिक पचास जनासम्म महिलालाई सेवा दिएको उनले सम्भि्कन्। 'अहिले दिनमा मुस्किलले बीसजना आउँछन्,' ठकुरी सुनाउँछिन्।
तीजको समय कस्मेटिक सामान किन्नेको पनि भीड राम्रै देखिन्छ। पुतलीसडकमा ब्युटीपार्लर सञ्चालन गरिरहेकी आशका गुरुङ पौडेलका अनुसार अहिले थे्रेडिङ र फेसियल गर्ने महिला क्रिम, सनब्लक, फाउन्डेसन, गाजल, आइलाइनर, नेल पोलिस खरिद गर्छन्। नकल्लीको विगबिगी बढेकाले पनि होला, ग्राहकले ब्रान्डेड कस्मेटिक सामान खोज्ने गरेको उनले बताइन्।