भरतपुरमा रहेको महिला सहकारीले तीजलाई खर्च हैन बचत गर्ने पर्व बनाउँदै छ। यहाँको प्रभात महिला बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष तीज कार्यक्रम राखेर सदस्यहरुबाट ८० हजार रुपैयाँ संकलन गरेको थियो। यो वर्ष पनि कार्यक्रम हुँदै छ।
तीज भडिकलो हुँदै गएपछि चितवनमा गत वर्ष जिल्ला प्रशासन कार्यालयले त्यस्ता कार्यक्रम नगर्न सुचना निकाल्यो। पार्टी प्यालेसहरुमा हुने तीजका कार्यक्रमहरु रोकिए। टेन्ट टाँगेर चोक चोकमा हुने विहे भोज जस्ता तीज कार्यक्रम पनि ठप्प भए। प्रभात सहकारीले भने कार्यक्रम राख्यो। कार्यक्रममा भोज भतेर र अन्य खर्च थिएन। महिलाहरु आए, नाँचे, गाए र आफुसँग भएको पैसा संस्थामा बचत गरे।
'प्रशासनले तीजमा भडि्कलो कार्यक्रम गर्न रोक लगाएको थियो। हामीले यही मौकामा तीजमा बचत गर्ने अभियान सुरु गर्न सफल भयौं,' सहकारी संस्थाका पुर्व अध्यक्ष तथा केन्द्रीय बचत तथा ऋण सहकारी संस्थाका (नेफ्स्कुन) केन्द्रीय सदस्य शान्ती अधिकारीले भनिन्।
गत वर्ष उनीहरुलाई मान्छे नआउलान् भन्ने धर्मर थियो। आउने, मादल बजाएर आफै गीत गाउने सामान्य चिया बिस्कुटसम्म खाने कार्यक्रम थियो। तर आयोजकले सोचेभन्दा धेरै कार्यक्रममा तीन सयजना सहभागि भए।
आएका दुई सयजनाले संस्थामा बचत नै गरे। 'कार्यक्रममा आएकाहरुले संस्थामा न्युनतम सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म बचत गरे' अधिकारीले भनिन्। पैसा नलिइ आउनेहरुले पनि सापट मागरेर बचत जम्मा गरेको संस्थाका वर्तमान अध्यक्ष इश्वरी शर्मा ढकालले बताइन्। गत वर्ष कार्यक्रमको उद्देश्यका बारेमा राम्रोसँग बुझाउन पनि नभ्याएको अवस्था थियो।
'संस्कृतिको जगेर्ना, तडक भडक नियन्त्रण र वचत गर्ने सन्देश दिन हामीले कार्यक्रम गरेका हौं भन्ने कुरा हाम्रा शेयर सदस्य र अन्यलाई पनि बुझाएका छौं। यो पटक सहभागि र वचतको मात्रा अवश्य बढ्ने आशा छ' संस्थाका अध्यक्ष इश्वरी शर्मा ढकालले भनिन्। शेयर सदस्य भएकाले वचत गर्ने मात्रै होइन नयाँ सदस्य बन्न सक्ने सुविधा पनि उपलब्ध हुने छ।
संस्थाले यो वर्ष भदौ सात गते शनिबार कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वचत गर्नेले अरु बेला बचत गरेकोभन्दा शुन्य दशमलब पाँच प्रतिशत बढी ब्याज समेत पाउने सुविधा संस्थाले दिएको छ। संस्कृति जगेर्नाको सन्देश दिन बचत गर्ने सदस्यले पोते र टीका समेत पाउने गर्छ। कार्यक्रम सकेसम्म कम खर्चमा सक्ने आयोजकहरुको ध्यान्न हुन्छ।