समाजलाई अग्रदिशातर्फ डोहोर्या्उन चेतनामूलक कार्यक्रम गरी तीज मनाउँदै आएका इलामेली महिलाले यसपल्ट पनि त्यो क्रमलाई निरन्तरता दिँदैछन्।भाद्र शुल्क द्वितियादेखि पञ्चमीसम्म चार दिन मनाइने तीज इलामेली महिलाका लागि रमाइलो गर्ने पर्वमा मात्र सीमित छैन। हिन्दु नारीले भगवान शिवको आराधना गरी निराहार बसेर नाचगान गर्दै मनाउने यो पर्वमा परिवर्तन आउँदैछ। हिमालय पुत्री पार्वतीले जीवनसाथी शिवको सुस्वास्थ्य कामना गर्दै ब्रत बसेको दिनका रुपमा सम्भि्कइने तीजलाई परिवर्तन चाहने महिलाले परिस्कृत गर्दै मनाउने परम्परा बसाएका हुन्। २०५८ सालदेखि सदरमुकामको माइस्थान मन्दिर परिसरमा महिलाहरु भेला भएर सामूहिक रुपमा तीज मनाउने परम्परा सुरु भएको हो। जसको तेह्रौं संस्करण नजिकिइरहँदा तयारी तीव्र छ।
'हामी आफू रौसिनेभन्दा पनि पीडामा परेका महिलालाई रमाउने अवसर दिन्छौं, त्यो सँगसँगै चेतनामूलक सन्देश पनि छरिरहेका हुन्छौं' तीज मनाउने तयारी गरिरहेकी हरितनगर महिला समूहकी अध्यक्ष मनु चापागाईंले भनिन्, 'जीवनभर संघर्ष गर्ने महिलालाई तीजका दिन एकैठाउँमा रमाइलो गराउँदै केही न केही चेतना दिन तयारी गर्दैछौं।' चापागाईंका अनुसार, इलाममा तीज कतिपय महिलाका लागि 'परिवर्तनको लहर बोकेर आउँछ।' यसलाई पत्याउने आधार निकैवटा छन। इलामेली महिला समाजले तीजकै अवसरमा एकपल्ट ५१ एकल महिलालाई रातो बस्त्र, चुरा, पोते, धागो पहिर्या एर रंगीन जीवन सुरुवात गराएको थियो।
श्रीमान्को मृत्युपछि आफैंमा विक्षिप्त हुँदै सेतो बस्त्र मात्र लगाएर गुम्सिइरहेका त्यत्तिका महिलालाई रातो साडी र रातै ब्लाउजमा सजाउन तीज समारोह आयोजक महिलालाई कम्ती चुनौती थिएन। 'समाजका अगुवा र मै हुँ भन्ने पुरुषले विरोध गर्दागर्दै हामीले एकल महिलालाई रंगीन बनाएका थियौं' चापागाईं सम्भि्कन्छिन्, 'त्यसयता हरेक तीजमा केही न केही नौला काम गरेर सकारात्मक सन्देश छरिरहेका छौं।' अघिल्लो बर्ष मनाइएको तीजमा पनि नाटकमार्फत घरेलु हिंसाविरुद्ध आवाज उठाइएको थियो। यसपल्ट चेतना नाट्य समूहसँगको सहकार्यमा हरितनगर महिला समूहले उस्तै चेतनामूलक नाटक प्रदर्शनको तयारी गर्दैछ।
हरेक पर्वलाई समय र समाज सुहाउँदो बनाउन परिस्कृत गर्दै लानुपर्ने बिचारले तीज मनाइरहेको जनाउँदै समाजकी सचिव गीता बस्नेतले यसपल्ट तीन संघर्षशील महिलालाई सम्मान गर्ने बताइन्। गोलाखर्कबाट सदरमुकाममा दैनिकजसो केरा बेच्न धाइरहने ८१ बर्षीया टुल्कीमाया चौहान, सिङफ्रिङमा गिटी कुटेर जीवन गुजारा गर्ने ७५ बर्षीया एकजना तामाङ र महभीरमा अर्ग्यानिक खेती गरिरहेकी ७५ बर्षीया प्रितीमाया बानियाँलाई तीजका अवसरमा सम्मान गरिँदैछ। 'उनीहरुले बाँच्नका लागि गरेको संघर्ष अरुलाई पनि प्रेरणादायी छ' बस्नेत भन्छिन्, 'समाजमा त्यस्ताको कदर हुनुपर्छ भन्ने सन्देश दिन सम्मान गरिँदैछ।'
तीजमा दिनभर भोको पेट बसेर ब्रत लिने परम्पराको इलामेली महिलाले पहिल्यदेखि विरोध गरिरहेका छन्। स्वास्थ्यलाई प्रमुख कुरा मान्दै खाली पेट बस्दा हुने असरबारे जानकारी गराउँदै अघिल्ला तीजमा महिलाले कार्टुनका कार्टुन पानी र चकलेट वितरण गरेका थिए। त्यस्तै, तीजको ब्रतका दिन एकैथलोमा भेला भएर गरिने रमाइलोलाई सन्देशमूलक पार्न साल र बरका पात भेला पारेर दुना टपरी गाँस्ने प्रतियोगितासमेत गरिएको थियो। 'आधुनिकताका नाममा भड्किलो तीज मनाउने प्रवृत्तिविरुद्ध परम्परागत कुरा जोगाउनुपर्छ भन्ने सन्देश दिन दुनाटपरी गाँसिएको हो' बस्नेतले भनिन्, 'यस्ता कामलाई अझै निरन्तरता दिन्छौं।'
जन्मेको घर, बुवाआमा, दाजुभाइ र इष्टमित्र छोडेर विवाह गर्ने हुँदा महिलालाई त्यसको सम्झनाले नतड्पाओस भनेर तीज मनाउने चलन छ। शहरीकरणको प्रभावले तीजमा इलामकै कतिपय ठाउँमा सौन्दर्य प्रतियोगितासमेत हुन्छन्। जिल्लामा घरेलु हिंसा, जर्वजस्ती करणी र सम्बन्धविच्छेदका घटना बर्षेनी बढिरहेको बेला महिलालाई त्यसतर्फ सचेत गराउन यसपल्टको तीज केन्द्रित हुने हरितनगर महिला समूहकै रिना घलेले बताइन्। 'बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ भन्ने सन्देशसहित सडक नाटक मञ्चन गर्दैछौं' तीज तयारीबारे घलेले भनिन्, 'हामी पर्वलाई जीवन बदल्ने उत्सवका रुपमा मनाउँदैछौं।'