रौतहट— गत साता एक १३ बर्षिया किशोरीलाई बलात्कार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव निरीक्षक सिकिन्दर यादवको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाका आधारमा रौतहटको गम्हरिया बिर्ता गाबिस सिरिपुर टोलमा आफन्तको घरमा लुकेर बसिरहेका अवस्थामा प्रेमपुर गोनाही गाविस वडा नम्वर ८ उचिडिह टोलका ५५ बर्षिय रफिद अन्सारीलाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरिक्षक भिम ढकालले ५५ बर्षिय अन्सारीले गत ९ गते उचिडिह गाँउ छेउमा रहेको सिसोघारीमा काम गरीरहेकी १३ बर्षिया मुश्लिम समुदायका नाबालिकालाई बलात्कार गरी फरार भएको बताए ।
पीडित केटीको मेडिकल जाँच गराई उक्त रिपोर्टका अनुसार अभियुक्त अन्सारीमाथि जबरजस्ती करणी मुद्दा आवश्यक कारवाही भइरहेको प्रहरी प्रवक्ता एवं डिएस्पी ढकालले बताए।
पीडकलाई गाउँघरमै पञ्चायती गरी समान्य रुपमा दण्डजरिवाना गरी उन्मुक्ति दिने कार्यका कारण जिल्लामा बलात्कारको घटना बढ्दै गएका छन्।