कपिलवस्तु— बुढ्ढी गाबिस– १ स्थित एक प्रहरी जवानको घर पछाडि शाैचालयमा गाडेको अवस्थामा १ किलो सुन बरामद भएको छ। प्रहरी जवान भागीरथी चौधरीको घरबाट सो सुन बरामद भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले चौधरीको घरबाट सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो। काठमाडौ स्थित कालीमाटी क्षेत्रमा घुमुवाका रुपमा कार्यरत चौधरीलाई केही दिन पहिले ब्युरोको टोलीले नियन्त्रणमा लिएको थियो।
छानबिन र केरकार गर्दा चौधरीले सुन घरमा लुकाएको बयान दिएपछि ब्युराको टोली उनको घरमा छापा मारेको हो। मंगलबार जिल्ला प्रहरी कार्यालय र ब्युरोको टोलीलाई चौधरीले सुन लुकाएका देखाएका थिए। घर पछाडी रहेको शौचालयमा गाडेको अवस्थामा सुन फेला पारिएको थियो।
प्रहरी नायब उपरिक्षक निदेश मैनालीले ब्युराको टोली सहीत प्रहरी जवान चौधरी जिल्ला आएको बताए। घटना बारेमा आफूलाई थाहा नभएको उनले बताए। अनुसन्धान टोली काठमाडौं फर्किसकेको छ।