खोटाङ, साउन १३ (नागरिक)–माओवादी द्वन्द्वका समयमा गाउँ–गाउँमा रमाइलो गर्दै नाचिने संगीनी नाच प्रायः हराइसकेको थियो । द्वन्द्वको त्रासका कारण रहर भएका चेलीबेटीहरु आफ्नो रहरलाई बाँधेर बस्न बाध्य भए । तर माओवादी शान्तिको बाटोमा आएर खुला राजनीति सुरु गरेपछि फेरि गाउँ गाउँमा धार्मिक तथा सांस्कृतिक संगिनी नाच गाउँ–गाउँमा जम्न थालेको छ।
संगीनी नाच हिजोआज खोटाङका गाउँ–गाउँमा देख्न र सुन्न सकिन्छ । बिशेषगरी बालाचतुर्दशी, ऋषी पञ्चमी, हरितालिका तीज, ब्रतको अवशरमा गाउँदै नाचिने संगिनी नाच अहिले औपचारिकरुपमा आयोजना गरिने कार्यक्रममा समेत देखिन थालेको छ । माओवादी युद्धका समयमा झण्डै लोप हुने अवस्थामा पुगेको संगिनी नाच विस्तारै पुनः ब्यूझन थालेको दिक्तेल नगरपालिका–१५ खाल्लेका बृद्ध देबनारायण घिमिरे बताउँछन् ।
'त्रासका कारण द्वन्द्व कालमा संगिनी नाच्ने अवस्था थिएन,' घिमिरेले भने, 'तर अहिले फेरि मौलाउँदै गएको छ ।' पहिलेभन्दा अहिले आकर्षक तरिकाले संगिनी नाच्न थालिएको उनले सुनाए ।
भजन किर्तनभित्र पर्ने धार्मिक एबं साँस्कृतिक संगिनी नाचलाई धार्मिक बाहेक सामाजिक विकृति र पिसंगतिकाविरुद्ध आवाज उठाउन समेत प्रयोग सुरु भएको छ । धार्मिक कार्यक्रम र चाडपर्व बिशेषमा नाचिने संगीनी नाच समुहमा गोलो घेरामा गीत गाउँदै हाउभाउ मिलाएर नाच्ने गरिन्छ । गाउँघरमा आयोजना गरिने ब्रतका दिन समेत नाचिने संगिनी नाचमा बुढी आमादेखि युवतीसमेत रमाइलो गर्दै झुम्मिन्छन् । बजारमा भित्रिएक क्यासेट अडियो प्ल्येयरका कारण हिजोआज संगिनी नाच्ने प्रचलनमा कमी आएको दिक्तेल नगरपालिका ३ की नैनदेबी बास्तोला बताउँछिन् । 'डेक, साउण्ड बक्सबाट गीत बजाउन थालियो, अहिलेका मान्छे त्यसैमा झुम्मिन थाले,' बास्तोलाले भनिन्, 'हजुरआमाहरुको पालामा जस्तो हिजोआज संगिनी नाच नाचेको देखिँदैन ।'
हाउभाउ र शैलीमा परिवर्तन भएपनि संगिनीको नाचको 'रुप र सार' बिग्रीएको अर्थमा बुझ्न नहुने दिक्तेलस्थित शिव पञ्चायण मन्दीरका पुजारी खड्गकृष्ण खतिवडा बताउँछन् । 'संगिनीको हाउभाउ फरक बन्दै गएको छ,' खतिवडाले भने, 'तर जसरी नाचिए पनि त्यो संगिनी नै हो, त्यो संगिनीभन्दा अलग नाच होइन ।' देशमा लोकतन्त्र आएपछि संगिनी नाचले थप फराकिलो बन्ने अवसर पाएको उनले बताए।