गएको शुक्रबार काठमाडौं–विराटनगर जाने बस कुर्दै कोटेश्वरस्थित कोसी पशुपति यातायातको काउन्टरमा थिएँ। त्यहाँ यातायात व्यवसायी, काउन्टरवाला, टिकट बुकर र मजस्तै बसको प्रतीक्षामा अरू यात्रु पनि थिए। व्यवसायीहरू एकापसमा तितामिठा अनुभव सुनाउँदै हाँसीमजाक गर्दै थिए। पुलिसलाई कसरी हातमा लिने, ट्राफिक प्रहरीलाई मासिक कति भत्ता दिने, यात्रुका सामानको भाडा कसरी असुल्ने... इत्यादि।
काउन्टरको भित्तामा विभिन्न बसका आकर्षक तस्बिर थिए, सेवा सुविधाका अफरहरू हुनै नै भयो। भर्खर सुरु भएको एउटा यातायातका बारेमा बुझ्न खोज्दा एक बुकरले सोध्दै नसोधेको पीडादायी अवस्था पो सुनाए। भन्दै थिए, 'यहाँ बस किनेर मात्र हुँदैन रहेछ, बस किन्नेले बाटो पनि किन्नुपर्छ।' अर्थात्, व्यवसायीले सरकारसँग लिएको रुट परमिट बिक्रीमा राख्छन्। नयाँ व्यवसायी वा बसले त्यो रुट किन्न ठाउँ र सडकहेरी पैसा खर्चनुपर्दो रहेछ। तर निश्चित दररेट छैन। २५–५० हजारदेखि १०–१२ लाखसम्म! सरकारको बाटो अरूले नै बेच्छ। यातायात व्यवस्थाको जिम्मेवारी लिएको निकाय रुट परमिटको ठेकेदारी चलाइरहेको छ।
काउन्टरअगाडि छतको ४–५ फिट उचाइमा सामान राखेर गुड्न तयार अर्को बस हर्न बजाइरहेको थियो। तौलमा हलुका तर आयतनमा धेरै देखिने फमका डसनाजस्ता पाताहरू थिए। व्यवसायीहरू एकापसमा ट्राफिक प्रहरीले ठाउँ–ठाउँमा दुःख दिने अनुमान गर्दैमात्र थिएनन्, पैसा खुवाएर उम्कने योजना पनि बुन्दै थिए। एक बुकरले बसका कन्डक्टरलाई आश्वस्त पारे, 'थानकोटसम्म केही हुँदैन, ट्राफिक प्रहरीलाई मासिक बुझाउँदै आएको छु।' उनी सिकाउँदै थिए— थानकोटपछिका ट्राफिकले जरिवाना तिर्दा पनि मानेनन् भने सामानवालालाई फोन गर्नु। ट्राफिकले जहाँ भन्छ, त्यहीँ सामान ओराल्दिनु। 'पैसा दिएपछि यहाँ जे गरे पनि हुन्छ,' उनी भन्दै थिए, 'ट्राफिक, पुलिस सबै बिक्रीमा छन्; धन्दा मान्नुपर्दैन।'
बिक्रीमा रहेका ट्राफिक प्रहरी र बस किन्नेले सरकारले करौडौं लगाएर बनाएको बाटो पनि किन्नुपर्ने व्यवसायीको कथा–व्यथाले मनमस्तिष्कमा गहिरो छाप पारेको थियो, मधेस झर्दै गर्दा। तीन दिन सप्तरीको नवघोषित नगरपालिका कञ्चनरूप नगरपालिका (जुन मेरो गृहनगर पनि हो) को बसाइपछि काठमाडौं फर्कनुपर्ने भयो। रूपनगरमा होटल व्यवसाय गर्ने नजिकका एक आफन्तलाई काठमाडौं फर्कने टिकटका लागि फोन गरँे। साँझपख उनको होटलमा बसको प्रतीक्षामा थिएँ। ती व्यवसायीले आफ्नै पीडा पोख्न थाले। खाना खान आउने प्रत्येक बसका चालकसहित ५ जना स्टाफलाई निशुल्क खाना, एकपटक बस रोकेबापत २ हजार भत्ता, खाजा खान रोक्दा ५ सय भत्ता र ५ जनाको खाजाको घोषित व्यवस्थाबारे उनी धेरै बोल्न चाहेनन्। उनकै शब्दमा– ती पुराना कुरा हुन्।
नयाँ के भइरहेको छ त?
व्यवसायीले भेद खोले, 'खाना–खाजा खान आउँछौ भनेर बसवालाहरूले लाखौं उधारो लगेका छन्, अग्रिम पैसा लगेपछि उनीहरू अरू होटलमा लगेर गाडी रोक्छन्।' बसवालालाई अग्रिम दिएको पैसा असुल्न २ सय किलोमिटर टाढाको काकडभिट्टा धाउनुपरेको पीडा उनले सुनाए।
उनले थप नयाँ कुरा पनि सुनाए, 'पहिला–पहिला बसका चालकले कहाँ खाना–खाजा खाने त्यसको निर्णय आफंै गर्थे, त्यही होटलअगाडि गाडी रोकिन्थ्यो। अहिले त्यसमा परिवर्तन आएको छ।'
'आजकाल कतिपय बसका मालिस आफैं होटलवालासँग डिल गर्छन्,' उनी भन्दै थिए, 'आफ्ना बस खाना–खाजा खान रोक्नुपर्ने भए, ३–४ लाखसम्म अग्रिम दिनुपर्ने सर्त राख्छन्।' होटलबाट पैसा असुल्ने धन्दामा चालक पछि हटेर मालिकहरू अग्रसर हुन थालेपछि त्यसको पिरलो होटल व्यवसायीमा परेको रहेछ। उनीहरू भन्छन्, 'पहिला गुरुजीको चित्त बुझाए हुन्थ्यो, आजकल पैसा खर्चेर बस मालिकसमेत रिझाउनुपर्ने भो।'
पछिल्लो बस यात्राले नयाँ अनुभव दिलायो। मुलुकको सार्वजनिक यातायातको जालोमा प्रहरी, ट्राफिक प्रहरी बिक्रीमा छँदै थिए; अहिले बस मालिक पनि बिक्री हुनेमा थपिएछन्। बस व्यवसायमा बलबाहु र सिन्डिकेटको राज झन्झन् झाँगिदै गएको देखिन्छ। यात्रु भएर आफंैलाई हेर्दा जताततैबाट ठगिएको भान हुन्छ। अन्त्यमा अचानोमा पर्ने त सर्वसाधारण यात्रु नै रहेछन्। उनीहरू दिनदिनै लुटिइरहेको अवस्थाको गवाह आफंै बनेको छु। एलएलसी सकेर राजधानी छिरेपछिका तीन दसकको अवधिमा गरिएका सार्वजनिक यातायातको यात्रा यसका साक्षी हुन्। यसबीच धेरै परिवर्तन भएका छन्, तर यात्रुको खानाको गुणस्तरमा परिवर्तन आएको अनुभव हुँदैन। 'खाए खा, नखाए घिच्'को नेपाली उखान चरितार्थ गर्दे बसवालाले एकान्तमा रहेका होटलमा यात्रु ओराल्छन्। डिलअनुसार चालक दलले खाना खान्छन्, भत्ता लिन्छन्। भोको पेटका यात्रु होटलवालाले जस्तो पस्कन्छन्, त्यसैमा गुजारा चलाउँदै भने जति पैसा तिर्न बाध्य हुन्छन् । यो नियति निरन्तर चलिरहेकै छ।
तीन दशकयताको बस सेवा हेर्दा विशेषतः पूर्वी नेपालमा उल्ल्लेख्य परिवर्तन आएको छ। राम्रा बसहरू गुड्न थालेका छन्। सामान्य, डिलक्स, डिलक्स एसी; कुन रोज्ने? विकल्प छन्। जतातत्तै चिल्ला सडकहरू छन्। एलइडी टेलिभिजनको पर्दामा फिल्म, फिल्मी गीत हेर्दै यात्रा गर्न पाइन्छ। बसहरूमा वाइफाई फ्रि छ। बस भाडा कति नि? एकरूपता छैन। ठाउँअनुसार फरक। तर त्यो प्रतिस्पर्धा भएर होइन। क्षेत्रमा अञ्चलस्तरमा व्यवसायीका समिति छन्। तिनै समितिका मठाधीशले भाडा तोक्छन्। भाडादर लागू गर्ने समितिका 'दादा'हरूका छेउमा प्रहरी–प्रशासन मौनजस्तै छ। सतहमा हेर्दा प्रतिस्पर्धाजस्तै देखिए पनि भित्र सिन्डिकेटको राज छ। कार्टेलिङले उदार आर्थिक व्यवस्थाको धज्जी उडाएको अनुभव हुन्छ।
एकसरो हेर्दा काठमाडौंबाट पूर्व जाने बसमा समितिको अह्रनखटन चल्दैन। यहाँबाट विराटनगर जाँदा डिलक्समा १ हजार र एसीमा १ हजार २ सयभन्दा घटीमा जान पाइँदैन। सिन्डिकेट नभए पनि व्यवसायीको भद्र सहमतिले यहाँ काम गरेको छ। विराटनगरबाट काठमाडांै आउँदा डिलक्समा १ हजार १ सय र एसीमा १ हजार ४ सयभन्दा घटीमा टिकट पाइँदैन। कारण, त्यहाँ व्यवसायीहरूको समिति छ।
पञ्चायतको आखिरी दशकदेखि मुलुकले आर्थिक उदारीकरण नीति अख्तियार गरेको हो। पञ्चायतको अवशानपछिको प्रजातन्त्रमा उदार र प्रतिस्पर्धी व्यवसायको वकालत नै गरियो। व्यवस्था परिवर्तनका केही वर्षसम्म सार्वजनिक यातायातमा प्रतिस्पर्धा देखिन्थ्यो तर त्यो लामो समयसम्म चल्न सकेन। व्यवसायीहरू उदार अर्थतन्त्रमा अटाउन सकेनन्। प्रतिस्पर्धामा उत्रिइसकेका कतिपय व्यवसायीले राजनीतिक आरोह–अवरोहसँगै सिन्डिकेटको बाटो रोज्नुपर्ने बाध्यता आए। मुलुक लोकतान्त्रिक गणतन्त्रमय बने पनि सार्वजनिक यातायात लोकतान्त्रिक मूल्यपद्धतिमा गुड्न चाहेका छैनन्। उदार र प्रतिस्पर्धी आर्थिक नीति काजगमा सीमित छन्। सडकमा जताततै अधिनायकवादी चरित्रको नियन्त्रण छ। नियन्त्रित माहोलमै कमाउने व्यवसायीले कमाएका छन्। प्रहरी, ट्राफिकले मोज गरेका छन्।
लुटिने त यात्रुहरू हुन्; पञ्चायत, प्रजातन्त्र, लोकतान्त्रिक गणतन्त्र– जताततै उनीहरू लुटिइरहेका छन्।