नेपाली कला साहित्यमा समयचेतना
१३ वैशाख २०७१
•
११ मिनेट पाठ
नेपाली कला साहित्यमा समयचेतना
कलाको सौन्दर्यशास्त्रले मानिसका अन्य आवश्यकताभन्दा भिन्न तर त्यससँग घनिष्ट रूपमा गाँसिएको मानवीय चेतको आवश्यकतामा जोड दिन्छ। यसले मानिस र उसको समाजलाई वैचारिक जडताबाट मुक्त गर्दै निरन्तर नयाँ मानवीय मूल्य, वैचारिक पद्धतिहरूको परिष्कार र निर्माण गर्दछ। यसै मानवीय चेतले गर्दा पुराना र असान्दर्भिक हुँदै गएका मूल्यमाथिकोे प्रहार र त्यसलाई विस्थापन गर्ने अर्को मूल्यको आगमन कष्टकरमात्र हुँदैन, विस्मयकारी पनि हुन्छ भन्ने यथेष्ट प्रमाण उपलब्ध छन्। गहिरो धार्मिक पाखण्डमा फसेको सामाजिक मूल्यलाई अस्वीकार गर्दै बुद्धले ज्ञानको नयाँ क्षितिज देखाएपछि निकै ठूलो हलचल उत्पन्न भएको थियो। बुद्धका शिक्षाले सामाजिक राजनीतिक संरचनामा फेरबदल आउन थालेको थियो, जसबाट भयभीत भएर हिन्दु फन्डामेन्टलिस्ष्टका मठाधीश शंकराचार्यले बुद्ध वचनका महŒवपूर्ण ग्रन्थहरू नष्ट गर्नेसम्मको काम गर्न पुगे। हरेक विचार र त्यसले स्थापना गरेको मूल्य प्रणाली गतिशील हुने मानवीय आवश्यकता हो, त्यसो नभए त्यो असान्दर्भिक हुन्छ र त्यसको क्षयीकरणकोे प्रक्रियाले तीव्रता लिन्छ। प्राचीन पश्चिममा परम्परागत मूल्यहरूमाथि तुलनात्मक रूपमा गतिशील इसाई मूल्य हावी भयो। कालान्तरमा त्यसले पनि सान्दर्भिकता गुमायो र विभिन्न प्रकारका आधुनिक भौतिकवादी र वैज्ञानिक चिन्तनपद्धतिसँग त्यसले सामना गर्नैपर्यो्। यो वैचारिक संघर्ष निकै कष्टकर थियो। त्यतिबेला चर्चका प्रभुत्वबाट समाजलाई मुक्त गर्ने असंगठित र संगठित प्रयास भए। चर्चले मानिआएको च्याप्टो पृथ्वी गलत हो, पृथ्वी गोलो छ भन्ने ग्यालिलियोले कठोर सजाय वरण गर्नुपर्योभ। ग्रिक दुनियाँमा सुकरातले सत्य स्थापनाका लागि हेमलक विष सेवन गर्नुपरेको थियो। हरेक समयमा सैद्धान्तिक वैचारिक रुढीले नयाँ सोचलाई पराजित गर्न यावत् शक्ति लगाई आए पनि नयाँ सत्य, नयाँ मूल्य र विचारको निर्माण प्रक्रिया रोक्ने शक्ति त्यससँग थिएन। 
साहित्य र कलाको सौन्दर्यशास्त्रको अन्तिम उद्देश्य मानव जातिको समृद्धि नै हो र मानवीय चेतमा आउने परिवर्तनले मात्र त्यस उद्देश्यमा पुग्ने मार्ग दृष्टिगोचर तुल्याउँछ। कलाको सन्दर्भमा आभास, भ्रम, यथार्थको पुनर्सिर्जन जस्ता सैद्धान्तिक समालोचकीय अर्थ जेसुकै भए पनि तिनले समग्र रूपमा गर्ने योगदान भनेको मानिसको चेतनामा पार्ने प्रभाव र त्यसका माध्यमबाट ल्याइने प्रगतिशील परिवर्तन नै हो। यसैले कालचेतनाको महŒवलाई रेखांकित गर्दछ। 
अहिलेको नेपाली कलालेखन (साहित्य, कला, स्थापत्यकला आदि विविध विधा) का समस्या समाजको विकास क्रमको अध्ययन अनुशीलन र तिनको कलात्मक पुनसिर्जनका लागि नभई नहुने दृष्टिकोणसँग सम्बन्धित छन्। म केका निमित्त लेख्दैछु, कुन परिप्रेक्ष्य र कालचेतमा लेख्दैछु, मैले लेख्ने समाजका अन्तर्विरोधहरू केकस्ता छन् भन्नेबारेमा लेखक स्वयं स्पष्ट भएन भने बु‰नैपर्छ– लेखकमा दृष्टिकोणको गम्भीर समस्या विद्यमान छ। मेरो विचारमा लेखक आफ्नो लेखनको अभीष्टबारे प्रष्ट हुनैपर्छ। र, अहिले देखिएका समस्याको मूल जरो यतै गाडिएको छ। 
हरेक समाजमा साहित्यको प्रगतिशील चरित्र नै प्रधान हुन्छ। विडम्बनावश, नेपालको प्रगतिशील साहित्य पनि अपरिपक्व सैद्धान्तिक स्थापनाको सिकार भइरहेको देखिन्छ। हाम्रो विचारमा यो दृष्टिकोणकै समस्या हो, जसले लेखकहरुलाई रुढीग्रस्त बनाइदिएको छ। दृष्टिकोण निर्माणमा सबैभन्दा अहम् महŒव राख्छ समाजको ऐतिहासिक विकास क्रम र कालचेतनाले। हामी यहीँनिर भ्रमित भइरहेका छौं। परिवर्तनको उत्कट चाहना, संघर्षमा लामो र क्रियाशील सहभागिता तथा समाजप्रतिको दायित्वबोध हुँदाहुँदै पनि नेपाली लेखकहरुले कलाको स्तरमा नयाँ चेतनाको प्रवेशलाई आत्मसात् गर्न नसकेको देखिन्छ। अन्यथा, सात सालदेखिको आधुनिक नेपालको सामाजिक र राजनीतिक आन्दोलनलाई यसले कलाको स्तरमा सम्बोधन गर्नैपर्ने थियो। नेपाली समाजको संरचनागत परिवर्तनको प्रक्रिया, विश्व सन्दर्भमा हेर्ने हो भने तीव्रतर गतिमा छ। तर हाम्रो कला चेतना धेरै पछाडि छ भन्ने कुरा कुनैबेला शताब्दीयौंसम्म युरोपका अंग्रेजी, पोर्चुगाली, स्पेनिस, फ्रेन्च उपनिवेश रहेका ल्याटिन अमेरिकी र अफ्रिकी कलासाहित्यको निकट विगत र वर्तमानलाई हेरे प्रस्ट हुन्छ। औपनिवेशिककालीन समाजका आफ्नै विशिष्टता हुन्छन् तर तिनको चेपुवामा परेका र विश्वबाट अलग पारिएका नेपालजस्ता मुलुकको समाजका पनि आफ्नै खाले विशिष्टता हुन्छन्। यस्ता विशिष्टतालाई ख्याल नराखिकन रचिएको कलाले समय चेतनालाई सम्बोधन गर्न सक्दैन। 
दृष्टान्तका निमित्त नेपाली समाजको विश्लेषणलाई अघि सारौं। राष्ट्रका रूपमा आधुनिक नेपालको निर्माण भएपछिका अढाई शताब्दी बितेका छन्। सामन्तकालीन समाजमा आकारमा आएको मुलुक निरंकुश एकदलीय पञ्चायत हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ। यसबीचमा नेपाली समाजका संरचनामा फेरबदल आएको छ, राजनीतिक परिवर्तनले नेपाली समाजको आर्थिक र सामाजिक सम्बन्धहरूमा प्रत्यक्ष र परोक्ष परिवर्तन ल्याएको छ। मुलुकले कैयौं आन्दोलन र दस वर्षे सशस्त्र युद्ध भोगेको छ र परम्परागत शासनप्रणालीका वैधानिक आधार समाप्त भएका छन्। तर यसका यथार्थहरू कलामा अझै विशिष्टीकृत भइसकेको देखिन्न। 
लेखनमा महŒव राख्ने प्रश्न हो, लेखनले केलाई आफ्नो विषय बनाउँछ? कुन चरित्र विशेषले के अभीष्टसिद्धिका लागि कस्तो भूमिका निर्वाह गर्दछ? र राजनीति तथा जनजीवनमा त्यसले कस्ता असर उत्पन्न गर्दछ? दृष्टिकोणकै समस्याका कारण नेपाली साहित्यमा यसमाथि विमर्श गरिएको पाइन्न। निश्चय नै प्रगतिशील साहित्यिक शिविरबाट यसमाथि हस्तक्षेपकारी भूमिका निर्वाह हुनुपर्ने थियो। वर्तमान यथार्थमाथि रचिएको साहित्य कलाको अवस्था हेरौं। यिनले धेरैजसो काल्पनिक शत्रु निर्माण गरेका छन् र स्पानिस लेखक सर्वान्तेसको कालजयी पात्र डन की हो झैं त्यसै काल्पनिक शत्रुमाथि प्रहार गर्ने गरेका छन्। एक अर्थमा हुँदै नभएको वा क्षयीकृत तŒवमाथि निरन्तर प्रहार भइरहेको छ र समाजको वर्तमान चरित्रका पछाडिका कारक तत्वहरूलाई बेवास्ता गरिएको छ। 
नेपाली समाजको विश्लेषणको अभाव र दृष्टिकोणमा रहेको कमजोरी नेपाली लेखन परम्पराको यस्तो साङ्लोमा बेरिएको छ, फुत्किँदा पनि उसको चेत खुलेको छैन। अहिले, जतिबेला विज्ञान र प्रविधिले ग्रामीण जनजीवनलाई विश्वसँग जोडेको छ। गोठाल्नी नेपाली नारीले खाडीमा काम गर्न गएको आफ्नो पतिलाई निमेषभरमै सम्पर्क गर्छे, यता आफ्नो फरक आवश्यकता पूर्तिका निम्ति नजिकै उपलब्ध पुरुषसँग बात मार्छे अनि उसको पति रुँदै मरुभूमिमा अमीर र शेखहरूका पत्नीहरूको सेवामा हाजिर हुन्छ। हामी वैधानिक रूपमा अस्वीकृत भइसकेको उहिलेको जिम्मुवाल र मुखियालाई तारो बनाइरहेका हुन्छौं। उपभोक्तावादी संस्कृतिका बारे, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका सर्तहरूले खोक्रो बनाएको आम नेपालीको पीडाबारे, दलाल अर्थतन्त्रले खोक्रो बनाइदिएको हाम्रो राष्ट्रिय र जातीय संस्कृतिबारे र यसले ल्याएको तरंगबाट प्रभावित नयाँ पुस्ताको क्षयग्रस्त मनोविज्ञानबारे हाम्रो कला–साहित्य गम्भीर हुन बाँकी नै छ। समाजको यस यथार्थलाई छिटपुट रूपमा अभिव्यक्त गरेर पुग्नेछैन। यस अवस्थामा हामी सचेत लेखकहरूले हस्तक्षेप गर्नैपर्दछ। यो हस्तक्षेप चेतना र कलाको स्तरमा बढी जरुरी छ।


अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस