काठमाडौं– फर्मुला वानको दुनियासँग नेपाल बेखबर जस्तै छ। यसले दुईपटकका विश्व च्याम्पियन मिका हाकिननलाई मोटर प्रदर्शनी गर्न भने रोकेन। अघिल्लो दिन काठमाडौं आएका फिनिस ड्राइभरले शनिबार नेपाली दर्शकलाई प्रत्यक्ष मोटर रेसको अनुभूति गराए।
ग्वार्कोस्थित स्याकर सेफ्टी राइडिङ ट्रेनिङ सेन्टर मोटर रेसको सर्किट होइन। तर त्यो हाकिननलाई रेसिङ प्रदर्शन गर्न पर्याप्त बन्यो। उनले नेपाली सेलिब्रेटीहरू कलाकार राजेश हमाल, बैंकर अनिल शाह, पाइलट विकास राणा, युवा व्यापारी सौरभ ज्योति, पूर्वमिस नेपाल माल्भिका सुब्बा, राष्ट्रिय फुटबलर अनिल गुरुङलगायतलाई मर्सिडिज गाडीमा राखेर कलात्मक रेसिङ प्रदर्शनी गरेका थिए।
जोनी वाकरको 'ज्वाइन दि प्याक्ट' अभियानका लागि १९९८ र १९९९ को विश्व विजेता हाकिनन नेपाल आएका हुन्। उनी यसका सद्भावना दूत हुन्। मदिरापान गरेर सवारी चलाउन नहुने यो अभियानमा हमाल, राणा, सुब्बा, गुरुङ र गायक एड्रियन प्रधान नेपाली दूत हुन्। आफू र आफ्नो रक्षाका लागि जिम्मेवार व्यक्ति बन्न यस अभियानमा आबद्ध भएको प्रधानले बताए।
कलाकार हमालले विगतको घटनाबाट आफू सचेत भएको भन्दै भने, 'पिउनुपर्छ, तर दुध पिएर सवारी चलाउन उत्तम हुन्छ।' जोनी वाकरको दक्षिण एसियाका महाप्रबन्धक एडिड ह्यारिसले यस क्षेत्रमा यो अभियान चलाउने नेपाल पहिलो राष्ट्र भएको जानकारी गराए। मद्यपानपछि सवारी चलाउँदा हुने खतरा बारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसाथ गत वर्षको नोभेम्बरदेखि यो अभियान चलाइएको हो।
सन् २००१ मा सक्रिय खेलजीवनबाट संन्यास लिएका हाकिननले ७ वर्षअघि यसको महत्व बुझेपछि आफू यो अभियानमा लागेको बताए। भ्रमणकै हिसाबमा फेरि नेपाल आए नेपालका ऐतिहासिक मन्दिर घुम्न जाने हाकिननले बताए।