दोर्जे आङ्मोको घर हुम्लाको धम्बुमा छ। तिमीलाई थाहा होला, हुम्ला नेपालको विकट जिल्ला हो। त्यहाँ अझै पनि विकासका अति आवश्यक काम भएका छैनन्। सडक राम्रा छैनन्। स्वास्थ्य चौकी पनि कम मात्रामा छन्। गाउँ बस्तीमा मान्छेहरु थोरै छन्, घर पनि थोरै। गाउँमा स्कुल पनि सीमित छन्। आङ्मोले सुनाइन्, 'नजिकका स्कुल भनेको एक घन्टाको दूरीमा छन्। कुनै स्कुल पुग्न त झन् तीन–चार घन्टा लाग्छ।'फुर्सद हुँदा उनी आफू जन्मेको गाउँ–बस्ती सम्झिँदी रहिछिन्। उनको दिमागमा के आउँदो हो त? 'मलाई त्यही विकट गाउँमा गएर सेवा गर्ने मन छ,' आङ्मोले भनिन्, 'म पछि गएर शिक्षिका बन्छु।' बुढानीलकण्ठस्थित चपली गाउँको स्नोल्यान्ड रानाग लाइट अफ एजुकेसन स्कुलमा कक्षा आठमा पढ्दै गरेकी आङ्मोले शिक्षिका भएर गाउँको सेवा गर्ने बताइन्।
आङ्मोमात्र होइन उनका थुप्रै साथी छन्, जो मनभरि सपना उनेर बसेका छन्। स्नोल्यान्ड रानाग स्कुल आङ्मोजस्ता साथीका लागि आफ्नो घरजस्तै भएको छ । सेरजङ शाहीको घर डोल्पाको फुकालमा छ। डोल्पा पनि नेपालको विकट ठाउँ नै हो । नर्सरीदेखि नै स्नोल्यान्ड पढ्दै आएका शाहीले भने, 'मैले त सुरुदेखि नै यहाँ पढ्न पाएँ । गाउँका मेरा साथी भने गाईबस्तु चराउनेबाहेक अरू काम गर्दैनन्।' उनको गाउँका साथीको धेरैजसो समय भेडा गोठाला गर्दै बित्छ रे। उनले थपे, 'टाढाको डोल्पादेखि आएर काठमाडौंको अंग्रेजी स्कुलमा पढ्न पाउँदा मलाई खुसी लागेको छ।'
सेरजङको गाउँमा प्रशस्त स्कुल छैनन्। उनको परिवारमा एक दाजु र एक बहिनी छिन्। बाबुआमा पनि छन्। तर के गर्नु, मानछेसँग रुपैयाँ–पैसा नभएपछि जे गर्न पनि समस्या पर्दो रहेछ। शाहीको परिवारको आर्थिक अवस्था कमजोर छ। यस्तै पृष्ठभूमिलाई हेरेर गुरु डोल्पो रानाग रिम्पोचेले उनलाई काठमाडौं झिकाएका थिए।
मुस्ताङको कागबेनीका कर्माजुक्मे गुरुङको गाउँ पनि हिमाली क्षेत्रमै हो। उनको समस्या आङ्मो र शाहीको भन्दा फरक छैन। 'मेरो गाउँमा राम्रा स्कुल छैनन्। पढाइ पनि उति राम्रो छैन,' उनले भने।
चपली गाउँमा रहेको स्नोल्यान्ड स्कुलमा हिमाली भेगका प्रशस्तै साथी छन्। उनीहरू स्कुल आउनुका पछाडि आ–आफ्नै कथा छन्। मान्छेको कथा न हो, जति सुन्यो त्यति सुन्न मन लाग्ने। स्नोल्यान्ड स्कुलमा आर्थिक अवस्था कमजोर भएका र केही अनाथ साथी पनि छन्। भनौं, स्नोल्यान्ड असहाय र बेसहारा साथीहरूको घर नै हो। स्नोल्यान्ड स्कुलका संस्थापक गुरु रानाग रिन्चेन रिम्पोचे हुन्। डोल्पाको लुरीका उनले एक दशकअघि स्कुल सञ्चालनमा ल्याएका रहेछन्। रिन्चेन गुरु डोल्पो बुद्धका नामले पनि चर्चित छन्। समाजसेवा रुचाउने गैरआवासीय नेपाली उनी अहिले ताइवान बस्दै आएका छन्। 'समय समयमा गुरु हामीलाई भेट्न आउनुहुन्छ,' डोल्पोबारे कुरा कोट्याउँदा साथीहरू उनकै कुरा भिकिहाल्छन्।
स्कुलमै होस्टेल छ । उनीहरू होस्टेलमा मिलिजुली बसेका छन्। आफूले भान्सामा प्रयोग गरेका भाँडाकुँडा आफैं माझ्दा रहेछन् । आफ्ना लुगाफाटो आफैं धुन्छन्। शनिबारको बिदामा बगैंचामा गोडमेल गर्छन् । 'हामीले बालबालिकालाई सक्षम बनाउन सानातिना काम आफैं गर्न लगाउँछौं,' स्कुलका इन्चार्ज मणि प्रधानले नागरिकसँग भने। स्कुलमा एक सय ३४ विद्यार्थी छन्। धेरै साथी त हिमाली क्षेत्रका छन्। हिमाली क्षेत्र सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा, जुम्ला र हुम्लाका साथी यही स्कुलमा पढ्छन्। उनीहरूलाई स्कुलले निःशुल्क खाने, बस्ने र पढ्ने सुविधा दिएको छ।
होस्टेलमा पढ्ने लेख्ने र खेल्ने पनि तालिका छ। 'उनीहरू तालिकाअनुसार खेल्ने, पढ्ने र प्रार्थना गर्छन्,' इन्चार्ज प्रधानले थपे।
कक्षा नौका डुप छिरिङ लाप्चाको पारिवारिक पृष्ठभूमि कमजोर छ। उनी स्कुलमा साथीसँग रमाएर पढ्न पाउँदा खुसी छन्। गाउँमा छँदा सरकारी स्कुलमा पढेका उनको रुचि संगीतमा छ। 'मलाई गीत गाउन र गितार बजाउन मन पर्छ,' उनले भने ।
फुर्सदमा यी साथीहरू खेल खेल्छन्, लाइब्रेरीमा उपन्यास र कथाका किताब पढछन्। चित्रकला र संगीतको अभ्यासमा पनि उनीहरू लागिपरेको इन्चार्ज प्रधानले बताए। उनीहरूका लागि कम्प्युटर रुम, म्युजिक क्लास, लाइब्रेरी र आर्ट एन्ड क्राफ्टका कक्षा पनि छन्।
समय समयमा अभिभावकहरू स्कुल आउँछन्। उनीहरूलाई भेट्छन्। सेरजङ गुरुङले भने, 'स्कुलमा आएदेखि म अझैसम्म घर गएको छैन, तर बुबा–मम्मी कहिलेकाहीँ भेट्न आउँदा खुसी लाग्छ।' आर्थिक अवस्था कमजोर रहेका उनका बाबुआमा हवाईजहाज चढेर आउनुपर्दो रहेछ। जहाजको भाडा पनि निकै महँगो हुन्छ। कुराकानी गरिरहँदा उनले आमाबुबालाई सम्झे कि ' उनका आँखा एकाएक रसाएजस्ता भएका थिए।
बिदाको समयमा पनि उनीहरू स्कुलमै रमाउन अभ्यस्त भइसकेका छन्। इन्चार्ज प्रधानले भने, 'उनीहरू आफु जन्मे–हुर्केको घरभन्दा यही रमाउन मन पराउँछन्।'