काठमाडौं– वेलायती सेनामा कार्यरत रहँदा पाँच दशकअघि नामसिंह थापाले नेपालका लागि ओलम्पिकको बक्सिङ रिङमा उत्रने अवसर पाएका थिए। नेपालले ओलम्पिकमा पहिलो पटक सहभागिता जनाउँदा वेलायती सेनाको हङकङ पल्टनमा कार्यरत थापासँगै चार नेपालीले इतिहासमा नाम लेखाएका थिए।
जापानको टोकियोमा सम्पन्न १९६४ को ओलम्पिकमा नेपालले चार बक्सरसहित ६ खेलाडी सहभागि गराएको थियो। विश्व खेलकुदको सबभन्दा ठूलो खेलमेलामा नेपालको त्यो पहिलो पाइला थियो। हङकङमा कार्यरत वेलायती सेनाको पल्टनमा कार्यरत नेपालीहरु नामसिंहसहित भिमबहादुर गुरुङ, रामप्रसाद गुरुङ र ओमप्रसाद पुनले उतैबाट टोकियो गएर खेलेका थिए। खेलिसकेपछि पनि उनीहरु हङकङ नै फर्किए। म्याराथनमा भाग लिएका गंगाबहादुर थापा र भुपेन्द्र सिलवाल भने नेपालबाटै छानिएर टोकियो पुगेका थिए।
हङकङबाट सोझै टोकियो पुगेर उतै फर्किएकाले नेपाली खेलकुदमा थापालगायत चारै बक्सर जीवनभर छायाँमा परे। विदेशमै खेलजीवन सुरु गरेर उतै अन्त गरेका चार बक्सरको नेपाली खेलकुदसँगको साइनो ओलम्पिकमा सहभागि हुनुमात्र थियो। त्यसअघि र पछि कहिल्यै उनीहरु नेपाली खेलकुदसँग जोडिएनन्। गंगाबहादुर थापाको मृत्युपश्चात प्रकाशित समाचारले यी बक्सरहरुलाई नेपाली खेलकुदसँगको नाता नविकरण गरेको थियो।
'थापाको मृत्यु भएपछि ओलम्पियनमा अव सिलवालमात्र बाँकी छन् भन्ने समाचार आएपछि त्यसको उत्तरमा चितवनबाट अर्का पनि बाँकी छन् भन्ने समाचार छापियो। त्यसपछि हामीसँग नेपाल बक्सिङ संघले सम्पर्क गर्यो,' हङकङ निवासी ६७ वर्षे नामसिंह थापाले उतैबाट नागरिकसँग भने, 'त्यसोत २०६० सालमै राष्ट्रिय खेलकुद परिषदले मलाई नगद ५० हजार रुपैयाँसहित कदरपत्र प्रदान गरेको थियो। तर, नेपालको डकुमेन्टेसन कमजोर रहेछ।'
१४ वर्षको उमेरमै ब्रिटिस ब्वाइज कम्पनी अफ गोर्खाजमा भर्ति भएका स्याङजा मनकामना गाविसस्थित बल्येउका थापाले भर्ति भएदेखि नै बक्सिङ तालिम सुरु गरेका थिए। १९६० मा ब्वाइजमा भर्ति भएका उनले लगत्तै मलाया, पेनाङ र सिंगापुरमा जुनियर बक्सिङ प्रतियोगिताहरुमा सहभागिता जनाएका थिए। १९६२ मा हङकङमा पहिलो पटक वेलायती सेनाको पल्टन स्थापना भयो। थापा त्यही पल्टनमा खटाइएपछि उनलाई बक्सिङ करियर सकिएजस्तो लागेको थियो। तर, पल्टनमा पनि बक्सिङ सुरु गरिएपछि खेल्न पाएको उनी स्मरण गर्छन। भन्छन्, 'हङकङमा थुप्रै प्रतियोगिता खेलेँ। हङकङको जर्सीमा पनि खेलेँ। हङकङमा फारइस्ट ल्यान्डफोर्सको बेल्ट पाएपछि मैले सिंगापुरमा गएर खेल्ने मौका पाएँ। सिंगापुरमा मैले जितेपछि पल्टनमा मलाई हेर्ने दृष्टीकोण राम्रो भयो।'
उनलाई त्यतिबेला ओलम्पिक भइरहेकोबारे खास जानकारी थिएन। नेपालबाट खेलकुद प्रशासनले नै उनीलगायत अन्य बक्सरको खोजी गरेका थिए। 'पल्टनका प्रमूखले पनि सहयोगी भूमिका निर्वाह गरेपछि हामीले खेल्न पाएका थियौं,' थापा सम्झन्छन्। थापाका अनुसार अस्ट्रेलियाली पल्टन प्रमूख विलिटिंगल आफू पनि पूरानो बक्सर भएकाले उनले सहजै चारै नेपालीलाई ओलम्पिक खेल्ने अनुमति दिएका थिए।
टोकियोमा सँगै भिडेका चार बक्सरमध्ये यही मार्चमा पोखरामा रामप्रसादलाई भेटनुबाहेक अरुसँग पछिल्लो समय सम्पर्क नभएको उनले बताए। नेपालबाटै खेल्न गएका धावकद्धय गंगाबहादुर थापा र भुपेन्द्र सिलवाल तथा ओमप्रसादको मृत्यु भइसकेको छ। टोकियोको सुखद स्मरण रहेका थापा सहयात्रीसँग विछोडिनुपरेकोमा भने दुखी छन्। भन्छन्, 'रापम्रसादसँग भेट भयो। ओमप्रसाद वितिसके भन्ने सुनेको छु। भिमबहादुरबारे कुनै जानकारी छैन। देशका लागि ठूलो अन्तर्राष्ट्रिय मेलामा भिड्ने मौका पाइयो। त्यस्तो गौरवमय क्षणका सहयात्रीबारे बेखवर हुनुपर्दा साह््रै बिज्दोरहेछ। देशले कम्तिमा यस्ता मानिसको लेखाजोखा राख्नुपर्ने हो।'
पहिलो पटक सहभागिता जनाउँदा ओलम्पिकमा नेपालको प्रदर्शन उत्साहजनक थिएन। ओमप्रसादबाहेक सबै पहिलो बाउटमै पराजित भएका थिए। चार वर्षअघि रोममा सम्पन्न ओलम्पिकमा काश्य पदक जितेका अमेरिकी खेलाडी पहिलो चरणमा थापाका प्रतिद्वन्द्वी थिए। 'म त्यो बेला १८ वर्षको थिएँ, उ चाँही ३३ वर्षको थियो। ओमप्रसादले पहिलो बाउट जित्नुमात्र हाम्रो टोलीको गौरव गर्न लायक नतिजा थियो,' थापाले सम्भि्कए।
वेलायती सेनाको काममै रहँदा हङकङमा छोरी जन्मिएकाले त्यहाँको स्थायी वसोवास प्रवन्ध मिलेका उनी सेवानिवृत भएपछि लगातार नेपाल आउजाउ गरिरहेका छन्। कुनै बेला राष्ट्रिय खेलकुद परिषदबाट मासिक १२ सय रुपैयाँ भत्ता पाएपनि पछि भने त्यसको सम्पूर्ण जिम्मा संघलाई दिएको उनले बताए। बक्सर भएकै कारण हङकङमा सम्मानित जीवन बाच्न सकेको बताउँने उनले नेपाल बक्सिङ संघले आफूलाई सम्भि्करहेको बताए। नेपाली खेलप्रेमीलाई आफूहरुबारे जानकारी गराइनुपर्ने विचार राख्ने उनी संघबाट भने सन्तुष्ट छन्।
'मलाई हङकङले उमेरमा यहीको नागरिक बनाएर व्यावसायिक बक्सर बनाउन खोजेको थियो। तर, गोरा (वेलायती हाकिम) ले मानेन, मैले पनि मानिन। अहिले राम्रै गरे भन्ने लागेको छ। कम्तीमा मलाई नेपाल बक्सिङ संघले सम्भि्कइरहेको छ,' उनले भने, 'अव मलाई आफ्नो गाउँ, देश र नेपाली बक्सिङका लागि सहयोग गर्ने इच्छा छ। मौकाको पर्खाइमा छु।'
बक्सिङ संघले गतवर्ष नेपाल आएको मौकामा थापालाई सम्मान गरेको थियो। नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ ज्युदा इतिहाँसलाई सम्मान गर्न पाउनु संघको आफ्नै सम्मान भएको बताउँछन्। भन्छन्, 'उहाँहरुले नेपाली बक्सिङको जग हाल्नुभएको हो। उहाँहरु नयाँ पुश्ताका लागि प्रेरणाका श्रोत हो। भिमबहादुर गुरुङबारे हामीलाई कुनै अत्तो पत्तो छैन। उहाँ भोपालमा हुनुहुन्छ भन्ने सुनेका छौं। उहाँको अवस्थाबारे खोजी गरिरहेका छौं।'