दाहालको हेलिकप्टर खर्च ३२ लाख
१४ कार्तिक २०७०
•
८ मिनेट पाठ
दाहालको हेलिकप्टर खर्च ३२ लाख
काठमाडौं— एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै हेलिकप्टर उडानमा मात्रै झन्डै ३२ लाख रुपैयाँ खर्च गरेका छन्।उनले हेलिकप्टर भाडामा खर्च गरेको यो रकम एउटा उम्मेदवारले चुनाव प्रचारमा खर्च गर्न पाउने कुल रकमको तेब्बरभन्दा बढी हो । निर्वाचन आयोगले प्रत्येक उम्मेदवारलाई चुनाव प्रचार निम्ति १० लाख रुपैयाँको खर्च सीमा तोकेको छ । दाहालले भने हेलिकप्टर भाडामा मात्र बुधबारसम्म ३१ लाख ४ हजार ६ सय ४० रुपैयाँ खर्च गरिसकेका छन् ।

निर्वाचन आचारसंहितामा दैवीप्रकोप, यातायात अवरुद्ध, दुर्गम वा विशेष परिस्थितिमा आयोगको पूर्वस्वीकृति लिएर हेलिकप्टर प्रयोग गर्न पाइने उल्लेख छ । हेलिकप्टर उडान सञ्चालन गरिरहेका निजी कम्पनीहरूका अनुसार माओवादी अध्यक्ष दाहाल प्रतिघन्टा १ हजार ५ सय अमेरिकी डलर (बिहीबारको विनिमय दरअनुसार १ लाख ४७ हजार ८ सय ४० रुपैयाँ) का दरले हेलिकप्टर चार्टर गर्दै उडिरहेका छन् ।

नागरिकलाई प्राप्त जानकारीअनुसार चुनाव प्रचारकै लागि भनेर माओवादी अध्यक्ष दाहाल हालसम्म २१ घन्टा हेलिकप्टरमा उडिसकेका छन् । यसअनुसार १ हजार ५ सय डलर प्रतिघन्टाका दरले ३१ हजार ५ सय डलर (३१ लाख ४ हजार ६ सय ४० रुपैयाँ) खर्च गरेका छन् ।

'दाहाललाई दिइएको भाडा दर प्रतिघन्टा २ सय डलर (१९ हजार ७ सय १२ रुपैयाँ) सस्तो हो,' एक हेलिकप्टर कम्पनीका सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा बिहीबार नागरिकसँग भने, 'उनलाई त वेटिङ चार्ज (रोकिएको समयमा तिर्नुपर्ने शुल्क) पनि मिनाहा गरिएको छ ।' उनका अनुसार हेलिकप्टर चार्टर गरेर लैजाँदा एक घन्टासम्म कुर्नुपरे वेटिङ चार्ज लाग्दैन । त्यसभन्दा बढी प्रतिघन्टा २ सय डलका दरले छुट्टै शुल्क तिर्नुपर्छ ।

हाल पर्यटकीय मौसम भएका कारण दुर्गम भेग जान हेलिकप्टर चार्टर गर्नेको संख्या उल्लेख्य रहेको ती सञ्चालकले बताए । प्रतिघन्टा १ हजार ७ सय (१ लाख ६७ हजार ५ सय ५२ रुपैयाँ) देखि २ हजार ४ सय डलर (२ लाख ३६ हजार ५ सय ४४ रुपैयाँ) सम्म तिरेर हेलिकप्टर चार्टर गर्ने धेरै रहेको उनले जानकारी दिए ।

यस्तो पर्यटकीय मौसममा पनि 'घाटा' खाँदै हेलिकप्टर कम्पनीले दाहाललाई आकर्षक छुटमा उडाइरहेका छन् । त्यसमाथि विगतमा हेलिकप्टर चार्टर गरेको भाडासमेत नतिरेका दाहालले यसपालि पनि 'तिर्छन् कि तिर्दैनन्, शंकै रहेको' अर्का कम्पनीका एक सञ्चालकले बताए ।

उनका अनुसार गत वर्ष गुल्मी महोत्सव उद्घाटन गर्न गएका बेला काठमाडौंबाट दुईतर्फी हेलिकप्टर चार्टर भाडाबापतको २ हजार ५ सय डलर (त्यसबेला प्रतिघन्टा १ हजार २ सय ५० डलर प्रतिघन्टाका दरले दुई घन्टाको भाडा २ लाख २५ हजार रुपैयाँ) दाहालले अझै तिरेका छैनन् ।

सम्बद्ध कम्पनीहरूका अनुसार दाहालले बुधबार काठमाडौंबाट काभ्रे र दोलखा चुनाव प्रचारमा जाँदा ४५ मिनेट र फर्कंदा ४५ गरी डेढ घन्टा हेलिकप्टर प्रयोग गरेका थिए । यसको भाडा २ हजार २ सय ५० डलर (२ लाख २१ हजार ७ सय ६० रुपैयाँ) लागेको थियो । गत सोमबार यहाँबाट सोलुखुम्बु गएर फर्किंदा दुई घन्टाका लागि हेलिकप्टर भाडाबापत ३ हजार डलर (२ लाख ९५ हजार ६ सय ८० रुपैयाँ) खर्च भएको छ ।

यसैगरी केही दिनअघि दाहाल हेलिकप्टर चार्टर गरेर डोटी, अछाम, ताप्लेजुङ र ओखलढुंगामा चुनाव प्रचार गर्न गएका थिए । काठमाडौंबाट डोटी दुईतर्फी हेलिकप्टरमा साढे ६ घन्टा लाग्छ । यसका लागि दाहालको ९ हजार ७ सय ५० डलर (९ लाख ६० हजार ९ सय ६० रुपैयाँ) खर्च भएको छ ।

दाहाल यहाँबाट अछाम गएर फर्कंदा पाँच घन्टा उडेका थिए । त्यसका लागि ७ हजार ५ सय डलर (७ लाख ३९ हजार २ सय रुपैयाँ) खर्च भएको छ । ताप्लेजुङ जान–आउन साढे ३ घन्टाका लागि ५ हजार २ सय ५० डलर (५ लाख १७ हजार ७ सय ४० रुपैयाँ) भाडा लागेको थियो ।

त्यस्तै, काठमाडौंबाट ओखलढुंगा गएर फर्कन हेलिकप्टरमा साढे दुई घन्टा लाग्छ। यति समय उड्न दाहालको ३ हजार ७ सय ५० डलर (३ लाख ६९ हजार ६ सय रुपैयाँ) खर्च भएको थियो ।

अर्का एक हेलिकप्टर कम्पनीका सञ्चालकले दाहालका लागि चार्टरको माग आए पनि पर्यटकीय मौसम भएकाले उपलब्ध गराउन नसकिने जानकारी दिएको बताए। हाल मुलुकमा फिसटेल एयर, एयर डाइनेस्टी, सिम्रिक एयर, माउन्टेन हेलि सर्भिस, श्री एयरलाइन्स, मुक्तिनाथ हेलिकोप्टर्सलगायतले हेलिकोप्टर उडान सञ्चालन गरिरहेका छन् ।

एकीकृत माओवादी अध्यक्ष दाहाल निर्वाचन आचारसंहिताको खर्च सीमा नाघ्दै हेलिकप्टरमा उडिरहेका मात्र छैनन्, यसको निम्ति आयोगको अनुमति लिने दरकार पनि उनले राखेका छैनन् । आयोगले अनुमति लिएर हेलिकप्टर प्रयोग गर्न पाइने प्रावधान एमाओवादीकै दबाबमा ल्याएको हो ।

गत साता एमाओवादी दबाबमा राजनीतिक दलका शीर्ष नेताले निर्वाचन आयोगको अनुमति लिएर हेलिकप्टर वा जहाज चार्टर गरी चुनाव प्रचारमा जान पाइने गरी आचारसंहिता संशोधन गरिएको थियो । आयोगको अनुमति लिएर सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, कालिकोट, बझाङ, बाजुरा र जाजरकोटमा मात्र हेलिकप्टर वा जहाज चार्टर गरी चुनाव प्रचार गर्न पाइन्छ ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 

डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस